बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

राजनीति

जनतालाई झुक्याउने दिन गए

जनतालाई झुक्याउने दिन गए

राजनीति, समाचार
-डा.डी.आर.उपाध्याय खनाल, अब राजनीतिक दलका नेताहरु सच्चिनु पर्छ । लोकतन्त्र बचाउने भनेको दलहरुले हो । दलहरु नमिले सम्म लोकतन्त्र बलियो हुदैन । लोकतन्त्र बलियो बनाउन पनि दलहरु मिल्नु पर्छ । आज देशमा राजनीतिक अबस्था त्यति राम्रो ढंगले चलेको छैन । जनता धेरै निराश अबस्थामा छन । राजनीतिक दलहरुले जनतालाई भ्रममा पारिरहेका छन । अब जनता सचेत हुनु पर्छ आज जनताको चेतनास्तरमा निकै वृद्धि भइसकेको छ । अहिलेका जनता मुलुक हाँक्ने भएका छन । अब हुने चुनाव मा जनताले आफै फैसला गर्छन । अब मतदाता सचेत हुनु पर्ने आबश्यकता देखिएको छ । अब जनतालाई सचेत र सजग बनाउनु पर्ने बेला आएको छ । राजनीतिक दलहरुले ले मुलुक बनाउने चिन्ता पटक्कै गरेनन् । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनबाट पाठ सिकेर दलहरु अघि बढनु पर्छ । दल र तिनका नेताहरुले सधैँ नेपाली जनतालाई सोझो सम्झँदै आएका छन् । नेताहरूका भ्रष्ट प्रवृत्तिका बिरुद्ध ...
राजनीतिमा नातावाद घुसे देश बन्न सक्दैन

राजनीतिमा नातावाद घुसे देश बन्न सक्दैन

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, काठमाडौं । लामो समय देखि नै नातावादको राजनीतिले देशलाई गाँजेको छ । यसबाट देश अझै मुक्त हुन सकेको छैन । राजनीतिमा नातावाद घुसे पछि देश बन्न सक्दैन । राजनीति भनेको यस्तो पवित्र चिज हो, जहाँ निस्वार्थ रुपमा जनसेवा गरिन्छ । तर नेपालको राजनीतिमा भने त्यस्तो देखिएन । नेपालको राजनीतिमा समाजसेवाको नाममा ब्यापार भएको छ । नेताहरु राजनीतिको नाममा सबै कुरामा सम्पन्न भएका छन । जनताको बलमा यति ठूला ठूला परिवर्तन भए, परिवर्तनबाट नेता बने तर जनता जहाँको त्यही छन । राजनीति दल र तिनका नेताहरुले राजनीति नियुक्ति, चुनावका लागी टिकट आदी इत्यादीमा सबै भन्दा बढी प्राथमिकता नातावादलाई दिन्छन । परिवर्तनका लागी लडेका, पार्टीको लागी योगदान दिएका ती नेता कार्यकर्ताहरु ओझेल परेको जस्तो देखिन्छ । जो संग पैसा छ त्यो नै राजनीतिमा हावी भएको छ । लामो समय देखि यस्तो प्रवृत्ति देखिन्छ । सत्ता राज...
नेताहरु अवसरको खोजीमा

नेताहरु अवसरको खोजीमा

राजनीति, समाचार
-डा.डी.आर.उपाध्याय खनाल, काठमाडौं । बिभिन्न पार्टी परित्याग गरि एमालेमा प्रबेश गरेका समाचारहरु दिनौं संचार माध्यममा आउने गरेको देखिन्छ । पाँच दल एकातिर एमाले अर्को तिर हुँदा पनि एमालेकै चर्चा छ । मधेश केन्द्रित दलहरु पनि एमालेमा प्रबेश गरिरहेका छन । मधेशी नेताहरू एमालेमा प्रबेश गरेको देख्दा मधेशमा एमाले बलियो हुन्छ की भन्ने अडकलवाजी सुरु हुन थालेको छ । २०७४ सालको संसदीय चुनावमा एमालेलाई मधेशमा निषेध गर्ने अभियान नै चलाएका नेताहरू नै अहिले एमालेमा प्रवेश गरेका छन । राजनीतिमा कति खेर के हुन्छ कुनै ठेगान नै हुदैन । नेताहरु अवसरको खोजीमा छन । अवसरवादी राजनीतिले मुलुक पछाडी परिरहेको छ । नेताहरु आफनो स्वार्थका लागी कहिले यता कहिले उता गरिरहेका छन । निष्ठाको राजनीति हराउदै गएको छ । मुलुक बनाउने र ढृड इच्छाशक्ति भएको राजनेताको यो मुलुकमा खाँचो छ । अहिले सम्म देशको लागी सोच्ने र देश बनाउने न...
युवा बिना अब मुलुक बन्दैन

युवा बिना अब मुलुक बन्दैन

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, काठमाडौं । आज युवाहरु राजनीतिमा सक्रिय हुदै छन । देशको अबस्था नाजुक छ । यो कुरा बुझेर पनि युवाहरु सक्रिय हुनु स्वभाविक हो । देश र जनताको भाग्य र भबिश्य निर्माणका लागी युवाहरु जुटनु आजको आवश्यकता हो । युवाहरु जुटनै पर्छ । देश बनाउनका लागी आगामी निर्वाचनमा युवाले जितेर आउनु पर्छ । यो अहिलेको समयको माग हो । पुराना नेताहरुलाई मतदाताले स सम्मान बिदाई गर्नु पर्छ । पुराना नेताबाट अब मुलुकले निकास पाउदैन । यो कुरा सबैले बुझि सकेका छन । राष्ट्रको भविष्य निर्माण गर्ने भनेको अब युवाहरुले हो । युवा बिना अब मुलुक बन्दैन । युवा नेताहरु अब अग्रसर हुनु पर्छ । आज देश बर्वादीको दिशा तर्फ उन्मुख छ । यो देशलाई बचाउँन युवाहरु अघि सर्नु पर्छ । बिभिन्न राजनीतिक दलका युवा नेताहरु अघि नबढे सम्म देश बन्दैन । यो कुरा सबैले बुझन जरुरी छ । आज देशमा राजनीतिक बातावरण बिग्रदै गएको अबस्था छ । देश...
गीतकार ध्रुव  प्रसाद  अंमगाई समानुपातिकमा सिफारिस

गीतकार ध्रुव प्रसाद अंमगाई समानुपातिकमा सिफारिस

मनोरन्जन, राजनीति, समाचार
पछिल्लो समय गीत सङ्गीतको क्षेत्रमा गीतकारको रुपमा चर्चाको शिखरमा पुग्न सफल भएका गीतकार ध्रुव प्रसाद अंम्गाईको २०७९ मा हुन गईरहेको आमनिर्वाचनमा गोरखा जिल्लाबाट ने क पा एमालेको तर्फ बाट समानुपातिक सांसद पदका लागि सिफारिसमा पर्नु भएको खबर हामीलाई प्राप्त भएको छ ।१८ वर्षको कलिलो उमेर देखि गोरखा बाट अनेरास्ववियु पाचौबाट औपचारिक रुपमा राजनीति यात्रा सुरुवात गरेका अंम्गाई एक साहासी खरो स्वभाव भएका कुशल वक्ता समाजसेवी एवम मेहनती व्यक्तित्व भएको कुरा जानकारहरु बताउछ्न। २०४९ सालमा अनेरास्ववियु पांच औं जिल्ला कमिटी सदस्य र २०६२ काठमाडौ गोरखा सम्पर्क मञ्च को सद्स्य हुँदै हाल प्रवासी मन्च मकाउ को सल्लाहकार छ्न ।गोरखा हाल गण्डकीगाउँपालिका फुजेल जन्मथलो भएका अंम्गाईले आफ्नो गाउँ ठाउँमा विकासनिर्माण लगायत उच्च मा वि स्थापना देखि मठ मन्दिर निर्माण सामुदायिक वन पालन सिंचाइ का लागि नगर निर्माण जस्ता थुप्रैक...
राजनीतिक अस्तित्वको रक्षा गर्न गठबन्धनको सहारा

राजनीतिक अस्तित्वको रक्षा गर्न गठबन्धनको सहारा

राजनीति, समाचार
डा.डिआर उपाध्याय, काठमाडौं । आज भोली चुनावकै चर्चा हुन थालेको छ । राजनीतिक दलहरु चुनावी एजेण्डालाई लिएर छलफलमा जुटीरहेका छन । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको परिणाम कस्तो आउने हो अहिले नै यसै भन्न सकिने अबस्था भने छैन । निर्वाचनको परिणाम दिने भनेको जनताले हो । अहिले जनताले के सोचिरहेका छन बुझन सकिएको छैन । आफ्नो पक्षमा निर्वाचनको परिणाम ल्याउन सबै दलहरु लागेकै छन । स्वतन्त्र उम्मेदवारहरुले जित्ने हुन की भनेर राजनीतिक दलका नेताहरुमा अत्यधिक छटपटाहट पनि देखिएको छ । दलका नेताहरु चुनाव जित्न जुनसुकै हथकन्डाको अवलम्बन गर्न तयार छन । सत्ता गठबन्धनले चुनावमा दुईतिहाई बहुमत ल्याउने दाबी गरिरहेको छ । तर गठबन्धनको राजनीतिक अभ्यासले लोकतन्त्र कमजोर हुने हो की भन्ने चिन्ता पनि छ । लोकतन्त्रमा हरेक पार्टी अलक अलक चुनावी प्रतिष्प्रर्धा गर्नु पर्ने हो तर नेपाली काँग्रेस, माओवादी केन्...
प्रदेश ‘ख’ मा दुई उम्मेद्वार शंकर प्रसाद दुलाल र राम प्रसाद खनाल

प्रदेश ‘ख’ मा दुई उम्मेद्वार शंकर प्रसाद दुलाल र राम प्रसाद खनाल

राजनीति, समाचार
काठमाण्डौ, भाद्र १४ आउदो मंसिर ४ को निर्वाचन मा काठमाडौ क्षेत्र नं २ मा उम्मेद्वार को को हुने भन्ने होडबाजि र दौड धुप चलेको छ । गठबन्धन कस्तो हुने भन्ने छलफल चलिरहेको छ । गठबन्धनको तर्फबाट संघ र प्रदेश गरि तीन जनाले उम्मेदवारी हुने छ । गठबन्धनको केन्द्रिय निर्णय अनुसार संघमा माधब कुमार नेपालले पाउने प्राय निश्चित देखिन्छ । समाजवादिले संघ पाउँदा दुई प्रदेश मध्य एक प्रदेश माओबादिले र एक प्रदेश काङ्ग्रेसले पाउने आधार बनेको देखिन्छ । गठबनधनको आधार अनुसार आकांक्षीहरु पनि धेरै देखिएका छन । त्यसैगरी प्रदेश क मा नेपाली काङ्ग्रेसको तर्फबाट मनिष कोइरालाको चर्चा चलेको देखिन्छ भने प्रदेश ख मा माओबादीको तर्फबाट राम प्रसाद खनाल र शंकर प्रसाद दुलालको चर्चा चलेको देखिन्छ । संघको बारेमा टुङ्गो नलागी सकेको माधब नेपाल आफै या अर्को उम्मेदवार भन्ने चाहिँ छलफल भैरहेको श्रोतले जनाएको छ भने प्रदेश ख मा चाहिँ ...
लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र नै हो

लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र नै हो

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, काठमाडौं । संघीय र प्रदेशसभाको निर्वाचन मिति घोषणा भएको छ । निर्वाचन मिति घोषणा संगै बिभिन्न राजनीतिक दलहरु चुनाव केन्द्रित बन्न थालेका छन । आजको मिति सम्मको कुरा गर्ने हो भने संघीय र प्रदेशसभाको चुनावमा पनि सत्ता गठबन्धन दलहरु मिलेरै चुनावमा जाने कुरा गरिरहेका छन । उनीहरुको चाहना के हो भने जसरी हुन्छ एमालेलाई कमजोर बनाउने र चुनाव पछि मिलिजुली फेरि सरकारमा जाने र मिलेर खाने यो बाहेक गठबन्धनको अरु कुरा केही देखिएन । लोकतन्त्रमा दलहरु एक्ला एक्लै प्रतिष्प्रर्धा गर्नु पर्ने हो, मिलेर चुनाव लडनुको के अर्थ ? यसले राजनीतिक अस्थिरता निम्त्याउने बाहेक अरु केही गदैन । नेकपा एमालेलाई कमजोर बनाउन खोज्दा के मुलुकको राजनीति अस्थिरता तर्फ त जादैन ? यो प्रश्न भोली गम्भिर रुपमा उठने छ । बिगत लामो समय देखि सत्ता र शक्तिमा रहेकाहरुले मुलुकको भबिश्य बनाउन सकेनन् । आम नेपाली जनत...
नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा छलफल

नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा छलफल

राजनीति, समाचार
जनकपुरधाम । बदलिदो परिवेशमा नेपाल भारतको सम्बन्धका विषयमा जनकपुरधाममा गहन छलफल गरिएको छ । नेपाल भारत खुल्ला सिमा सम्वाद समुह केन्द्रिय समितिको आयोजनामा जनकपुरधाममा आयोजित छलफलमा वक्ताहरुले विगतमा भएका दुईवटा सन्धीहरु पश्चात नेपाल भारतको सम्बन्ध कमजोर हुदै गएको बताए । कार्यक्रममा नेपाल भारतका जानकार कुशेश्वर झाले राजा महेन्द्रको पाला देखि नेपालमा भारत विरोधी गतिविधी सुरु हुन थालेको बताए । जनकपुरधामको प्रमुखमा उम्मेदवार बनेकी तमलोपा नेतृ विभा ठाकुरले आफु २०४४ सालमा विवाह गरेर नेपाल आएकोबेला नागरिकता लिन कुनै पनि अप्ठेरो नभएको बताउदै अहिले हुन थालेको जालझेल प्रति आपती जनाइन् । उनले भारतबाट विवाह गरेर नेपालकी बुहारी भएकी महिला माथी बिश्वास नभएको खण्डामा सबैलाई र्फिता पठाईदिनु पर्ने सम्मको अभिव्यक्ति दिइन । कार्यक्रममा नेपाल भारत खुल्ला सिमा सम्वाद समुहका केन्द्रिय अध्यक्ष राजिव झाले खुल...
अब जनता उठनु पर्ने बेला भयो

अब जनता उठनु पर्ने बेला भयो

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, काठमाडौं । मुलुकको विकास र समृद्धि भन्ने कुरा धेरै पहिले देखि उठेको कुरा हो । तर ब्यवहारमा कुनै कुरा लागु हुन सकेको छैन । देशको बिकासका लागी दीर्घकालिन र अल्पकालिन योजना बनाइनु पर्ने हुन्छ । योजना नबनेका पनि होइनन् तर कार्यान्वयनको पक्ष फितलो छ । राजनीतिक दल र तिनका नेताहरु संघीय निर्वाचनमा फेरि कसरी जितेर आउने र मुलुकमा लुटतन्त्र मच्याउने भन्नेमा केन्द्रित बनेको देखिन्छ । महँगीले आमजनता आजित र निराश छन् । राजनीतिक दल र तिनका नेताविरुद्धको आक्रोश चुलिँदो छ । तर, पनि शासकहरू कानमा तेल हालेर आरामले सुति राखेको जस्तो बहाना गरिरहेका छन । उनीहरु सत्तामा रहेर लुटतन्त्र मच्याउनमा नै व्यस्त छन् । सत्तापक्ष, प्रतिपक्ष सबै आआफनो दुनो सोझाउन ब्यस्त छन । जनताको चुलो राम्ररी बले नबलेको, जनताले उपचार राम्ररी पाए नपाएको यो बिषयमा सरकार बेखवर जस्तै छ । सरकारलाई कुनै मतलब नै छैन ।...