बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

राजनीति

जनहितमा काम नगर्ने पार्टी आफै सकिन्छन

जनहितमा काम नगर्ने पार्टी आफै सकिन्छन

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, अहिलेको निर्वाचन मतपरिणामले नेपाली जनताले परिवर्तन चाहेको देखियो । ब्यवस्था परिवर्तन भएको पनि यति धेरै बर्ष भैसक्यो तर जनताको अबस्थामा परिवर्तन आउन नसक्दा जनताले परिवर्तन खोजेका हुन । राजनीतिक दलहरु सरकारमा पटक पटक गए तर जनताको मर्म बुझने खालको कुनै काम हुन सकेनन् । त्यसो भएर पनि जनता असन्तुष्टि छन । देशमा सुशासन कायम हुन नसके विकासको गति अगाडि बढ्न सक्दैन । २०७४ सालको आमनिर्वाचनमा नेपाली जनताले कम्युनिस्टलाई बहुमत दिए । तर कम्युनिस्टले सहज बहुमत भएर पनि राज्यसत्ता चलाउन सकेनन् । सत्ता स्वार्थको राजनीतिलाई लिएर कम्युनिस्टका नेताहरु बीच बिवाद चुलीदै गए पछि अन्ततः एक ठाउँ रहन सकेनन् । माधब नेपालले पार्टी नै फुटाए । आज कम्युनिष्टहरु अलक अलक हुँदा धेरै कमजोर देखिएका छन । कम्युनिष्टका नेताहरु पदका लागी फुटछन । यो कुरा इतिहासले प्रष्ट पार्दै पनि आएको छ । कम्युनिष्टहरु प...
इच्छाबहादुर वाग्ले अघिअघि…

इच्छाबहादुर वाग्ले अघिअघि…

राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको तयारी अन्तिम चरणमा पुगिसकेको छ । मंसिर ४ गते हुने निर्वाचनको लागि प्रचारप्रसारको समय पनि अन्तिम चरणमा छ । राजनीतिक दलका उम्मेदवारहरुले घरदैलोको कार्यक्रमहरु पनि लगभग सकाईसकेका छन् । बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्ले निर्वाचनको घरदैलो अन्तिम अवस्थामा पुगिराख्दा आफू विजयको माला पहिर्याउन मात्र बाँकी रहेको बताउँछन् । स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि उनलाई जनताको साथ र समर्थन बढ्दै गएको छ । जसका कारण पनि वाग्ले अहिले निर्वाचन जित्नेमा ढुक्क छन् । यस क्षेत्रमा नेकपा (एमाले)का तर्फबाट पूर्वयुवा तथा खेलकुदमन्त्री एकवाल मियाँ र नेकपा (एकीकृत समाजवादी)बाट पूर्वश्रममन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) चुनावी मैदानमा छन् । तर उम्मेदवारी दर्ता गराएपछि पूर्वमन्त्री श्रेष्ठ भने पटक–पटक विवादमा तानिँ...
फ्रि भिसामा मलेसिया होइन, बारा ४ मै रोजगारीको अवसर बनाउछौं –वाग्ले

फ्रि भिसामा मलेसिया होइन, बारा ४ मै रोजगारीको अवसर बनाउछौं –वाग्ले

राजनीति, समाचार
बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार ईच्छाबहादुर वाग्लेले फ्रि भिसामा मलेसिया पठाउने नभई आफ्नै क्षेत्रमा रोजगारीको वातावरण बनाउने उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।बारा ४ मा चापाकल चुनाब चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता वाग्लेले आफ्ना प्रतिष्पर्धीहरुले मधेशका गरिब परिवारका यूवालाई फ्रि भिसामा मलेसिया पठाउने प्रलोभन बाँडिरहेकाले त्यस्ता उम्मेदवारलाई मत नदिन आग्रह गरेका हुन् ।सोमबार बाराको परवानीपुर गाउँपालिकामा आयोजित एक चुनाबी सभालाई सम्बोधन गर्दै उम्मेदवार वाग्लेले आफ्नै परिवारसंग बसेर आफ्नै क्षेत्रमा रोजगारीको वातावरण बनाउन आँफूलाई मतदान गर्न आग्रह गरे ।‘३० हजार कमाउन मलेसिया होइन, बारा ४ मै प्रशस्त अवसर बनाउन सकिन्छ, त्यो वातावरण म बनाउँछु’ वाग्लेले भने । ...
काठमाडौं क्षेत्र नं १० को ‘क’ मा राप्रपाका उमेशराज सापकोटाको सम्भावना प्रवल

काठमाडौं क्षेत्र नं १० को ‘क’ मा राप्रपाका उमेशराज सापकोटाको सम्भावना प्रवल

राजनीति, समाचार
आम चुनावको मिति नजिकिँदै जाँदा काठमाडौं क्षेत्र नं. १० को प्रदेशतर्फ चुनावी सरगर्मी ह्वातै बढेको छ । अहिले उम्मेदवारहरु आ–आफ्ना एजेण्डा लिएर मतादाताको घरदैलोमा पुगेका छन् । काठमाडौं क्षेत्र नं. १० मा राप्रपाबाट उमेशराज सापकोटा चुनावी मैदानमा छन् । उनी ‘हलो’ चुनाव चिन्ह लिएर प्रदेश तर्फ क बाट चुनावमा होमीएका छन् । सापकोटा उम्मेदवारी बनेसँगै अहिले क्षेत्र नं. १० का मतदाताहरु निकै उत्साहित भएका छन् । अन्य राजनीतिक पार्टी भन्दा राष्ट्रिय प्रजातन्त्र पार्टीमा मतदाताहरुको आर्कषण बढेको उम्मेदावार सापकोटा बताउँछन् । उनी भन्छन्, ‘अहिलेका मतदाता अलि सचेत भएको पाएको छु । उहाँहरु पार्टी भन्दापनि व्यक्ति राम्रो खोजिरहनुभएको छ ।’ आफु लामो समयदेखि यहि क्षेत्रमा राजनीति गरेको र यहाँका जनताको आशाको केन्द्र भएकाले पनि मतादाताहरु उत्साहित भएको उनको अनुभव छ । यसो त यस क्षेत्र देशकै राजधानी भएर पनि विकास न...
विकासमा अब्बल निर्विकल्प नेता ‘सोमप्रसाद पाण्डे’

विकासमा अब्बल निर्विकल्प नेता ‘सोमप्रसाद पाण्डे’

राजनीति, समाचार
विकासप्रेमी नेताका रुपमा चिनिनुहुन्छ सोमप्रसाद पाण्डे । मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि उहाँ पाल्पा क्षेत्र नं २ बाट एकीकृत समाजवादीका तर्फबाट काँग्रेस वाम गठबन्धनका साझा उमेद्वार बन्नुभएको छ । प्रजातान्त्रीक आन्दोलनसँगै राष्ट्रिय राजनीतिमा होमीनुभएका पाण्डे २०५१, २०५६, २०७० र २०७४ मा साँसदका रुपमा निर्वाचित व्यक्तित्व हुनुहुन्छ । विकास प्रेमी नेताका रुपमा छवी बनाइसक्नुभएका उहाँ पाल्पा २ मा निर्विकल्प व्यक्तित्व हुनुहुन्छ । जसको उपस्थिति विना सिंगो पाल्पाले एक्लो महशुष गर्ने गरेको छ । बिशेषगरी पाल्पाको विकासमा सोमप्रसाद पाण्डेको भूमिका महत्वपूर्ण मानिन्छ । सडक निर्माण, पुर्वाधारको विकास, विभिन्न गाउँमा खानेपानीको व्यबस्थापन, सौचालयको व्यबस्थापन, शिक्षाका लागि पूर्वाधारको निर्माण जस्ता कार्यले सोमप्रसाद पाण्डेलाई पाल्पाले विकासप्रमि नेताका रुपमा स्थापीत गरेको छ । अध...
गोरखा क्षेत्र नं. १ मा राजेन्द्र बजगाईंको पक्षमा जनलहर

गोरखा क्षेत्र नं. १ मा राजेन्द्र बजगाईंको पक्षमा जनलहर

राजनीति, समाचार
आगामी मंसिर ४ गते हुने आम निर्वाचनामा गोरखा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उमेदवार भएका राजेन्द्र बजगाईंको पक्षमा जनलहर देखिएको छ । नेपाली कांग्रेसको तर्फबाट गठबन्धनका उम्मेदवार बजगाईं जनताका माझमा विकासप्रेमी र संकटका सारथीका रुपमा चिनिनुहुन्छ । लामो समय पर्यटन व्यवसायमा रहनुभएका बजगाईं कांग्रेसको महासमिति सदस्य समेत हुनुहुन्छ । गोरखाको उच्च हिमाली क्षेत्रमा मानवीय संकट पर्नासाथ अधिकांशले बजगाईलाई नै सम्झने गर्दछन् ।।उहाँले धेरैपटक गोरखामा बिरामी र दुर्घटनामा परेकाहरुको उद्धार गर्दै आउनुभएको छ । गोर्खाली युवालाई प्रत्यक्ष रोजगारीको लागि उहाँको भूमिका महत्वपूर्ण रहँदै आएको छ । विकास र समृद्धिका लागि अग्रसर उहाँ गोरखाको विकास तथा निर्माणका लागि एक पील्लरका रुपमा स्थापीत हुनुहुन्छ । गोरखाको भीमसेन गाउँपालिका मसेल वडा नं. स्थित सामान्य कृषक परिवारमा जन्मिनु भएका बजगाईं बाल्यकालदेखिन...
गठबन्धनको राजनीति,चुनावी घोषणा पत्र र निर्वाचन

गठबन्धनको राजनीति,चुनावी घोषणा पत्र र निर्वाचन

राजनीति, समाचार
-डा.डी.आर.उपाध्याय खनाल, काठमाडौं । यति बेला देश भरी नै चुनावी माहोल तातेको छ । यसै सिलसिलामा बिभिन्न राजनीतिक दलहरुले चुनावी घोषणा पत्र सार्वजनिक गरिरहेका छन । घोषणा पत्रमा खासै नयाँ कुरा केही पाउन सकिदैन । हुन त घोषणा पत्र जारी गर्दैमा सबै कुरा पुरा हुन्छन भन्ने कुनै ग्यारेन्टी छैन । बिगतका पटक पटकका चुनावमा पनि चुनावी घोषणा पत्र जनताले पढेकै हुन । तर ती घोषणा पत्रमा लेखेका कुरा कार्यान्वयन भएको पाइदैन । जनतालाई सधै भ्रममा राखेर भोट बटुल्ने खेल राजनीतिक दलहरुले पटक पटक गरिरहेका छन । अब जनता पहिले जस्तो झुक्किने काम गर्नु हुदैन । बिबेक प्रयोग गरेर मात्र हाम्रा मान्छे होइन, राम्रा मान्छेलाई जिताउने अभियानमा लाग्नु पर्छ । त्यसो भयो भने मात्र मुलुकको भविश्य बन्छ । खराव मान्छेलाई चुनावी माध्यममार्फत ठाउँका ठाउँ रोक्नु पर्छ । पुराना नेताहरुलाई पटक पटक हेरियो अब युवालाई हेर्न बाँकी छ । य...
बिबेकशिल साझाका भण्डारी नेकपा एमाले प्रबेश

बिबेकशिल साझाका भण्डारी नेकपा एमाले प्रबेश

राजनीति, समाचार
काठमाडौं । विबेकशिल साझा पार्टिका केन्द्रिय सदस्य गोपाल भण्डारीको नेतृत्वमा स्वतन्त्र ब्यक्तिहरु तथा विभिन्न पार्टी परित्याग गरि एउटा ठूलो समुह नेकपा एमाले प्रवेश गरेको छ। चुनावको मुखमा देशका विभिन्न ठाउँहरुमा गरि ७१ जना उनको नेतृत्वमा नेकपा एमाले प्रबेश गरेका हुन । बिबेकशिल साझा, नेकपा समाजबादि , नेकपा माओबादी केन्द्रका बिभिन्न कमिटीहरुमा रहि काम गरिरहेका तथा स्वतन्त्र ब्यक्तिहरुको प्रबेश भएको हो। नेकपा एमालेका अध्यक्ष के. पि. ओलिले पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा नव प्रबेशिलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा बोल्दै पार्टीका महासचिव शंकर पोखरेल अब देश बनाउने कार्यमा क्षमतावान युवाहरु अघि सर्नुपर्ने र त्यसको केन्द्रको रुपमा प्रबेशको लहर आएको बताउनु भयो कार्यक्रममा नव प्रबेशिहरुको प्रतिनिधित्व गर्दै गोपाल भण्डारीले बैकल्पिक पार्टीहरुले भन्दै आएको बैकल्पिक राजनीति ...
जनता प्रतिनिधि देश प्रति इमान्दार हुनुपर्छ

जनता प्रतिनिधि देश प्रति इमान्दार हुनुपर्छ

राजनीति, समाचार
-डा.डी.आर.उपाध्याय खनाल, अहिले राजनीतिक दलहरू चुनावको बिषयलाई लिएर ब्यस्त छन । उनीहरु संग कुरा गर्ने फुर्सद नै छैन । आज देश भरी चुनावी प्रचार ब्यापक रुपमा बढी रहेको छ । मंसिर ४ गते चुनाव हँदै छ । निर्वाचनको चटारो सबै दलहरुलाई लागेको छ । अहिले सबै दलहरु चुनावमा नै केन्द्रित छन । जनताको मन जित्नेहरुका लागी यो चुनाव अवसर हो, जनतालाई धोका दिनेहरुका लागी यो चुनाव ठूलो चुनौती हो । दलहरु जनता प्रति त्यति गम्भिर भएको देखिएन् । यो ठूलो समस्या हो । देश र जनताको निम्ति राजनीति गर्छु भन्ने हरु नै बेइमान भए । यो नै समस्या हो । जनतामा बिहान बेलुकाको छाक टार्न धौं धौ परिरहेको अबस्था छ । अब मुलुक बनाउन सबै उठ्नु पर्छ । जनताका प्रतिनिधि देश प्रति इमान्दार हुनु पर्छ । जनताका प्रतिनिधि नै बेइमान भए भने देश बिग्रन्छ । आज सत्तारुढ राजनीतिक दलहरू आफ्नै बलबुतामा नभई एक अर्काको बुइ चढेर अघि बढन खोजिरहेका छ...
नेताहरुमा चरम अवसरवाद छ

नेताहरुमा चरम अवसरवाद छ

राजनीति, समाचार
-डा.डी.आर.उपाध्याय खनाल काठमाडौं ।  आमनिर्वाचन २०७९ को माहोल तातिसकेको छ । नेताहरु चुनावी प्रक्रियामा लागी सकेका छन । तर आमजनतामा निर्वाचनप्रति खासै उत्साह भएको देखिएन । कारण के हो त ? आम जनता यति बेला निराश भएको अबस्था देखिन्छ । राजनीति गर्ने नेताहरुले जनतामाथि बेइमान गरिरहेका छन । त्यो कारणले पनि जनतामा उत्साह देखिएन । जनतामा निराश आउनु भनेको खतराको संकेत हो । अब राजनीतिक दलहरु इमान्दार नबन्ने हो भने समस्या पककै आउँछ । आज हामीले देखिरहेका छौं , नेताहरुमा चरम अवसरवाद छ । नेताहरु भ्रष्टाचारमा चुर्लुम डुबेका छन । बेइमानको राजनीतिले मुलुकलाई अघि बढाउन सकिदैन । आज हामी देखिरहेका छौं, जनता किन निराश र वाक्क छन् ? लोकतन्त्रमा देश र जनता सम्पन्न हुनु पर्ने हो त्यो किन हुन सकेन ? कारण नेताहरु बेइमान भए अरु केही होइन । लोकतन्त्रको नाममा छाडातन्त्र चलेको छ । यसरी देश चल्दैन । जनताको ...