सच्चा राष्ट्रवादी नेताको खाँचो
डा.डिआर उपाध्याय,
हाम्रो देशमा राष्ट्रवादी भावना बोकेका नेता नै पाउन गाह्रो छ । खोक्रो राष्ट्रवादले केही गदैन । नेपाली जनता धेरै सचेत छन । जनतालाई भ्रम छर्ने नेताको भविश्य अव छैन । अव नेपालमा जनताको काम गर्ने नेताको खाँचो छ ।
भाषणको पनि अव काम छैन । चर्को भाषण सुन्दा सुन्दै जनता वाक्क दिक्क छन ।जनताले नयाँ सोच र चिन्तन बोकेका नेता खोजेका छन । ति नेता जनताले अझै पाउन सकिरहेका छैनन् । देशमा खोक्रो राष्ट्रवादी नेता मात्र छन । कुनै पनि मुलुकका लागि सच्चा राष्ट्रवादी नेताको खाँचो हुन्छ । त्यो नेपालमा पाउन गाहारो छ । नक्कली राष्ट्रवादीको कुरा गरेर साध्य छैन ।
कैयौं ऐतिहासिक घटनाक्रमबाट पनि त्यही कुरा पुष्टि हुँदै आएको छ । नेपालमा ‘अन्धराष्ट्रवाद’ छन । नेपालमा राजनीतिक दलहरू इमानदार भएनन् । नेताहरु पैसामा बिके समस्या यो हो । चीन कम्युनिष्ट शासन पद्दति अपनाइरहेको मुलुक हो । त्यहाँ एकदलीय...






