आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

समाजवाद उन्मुख अर्थतन्त्र संकटमा

समाजवाद उन्मुख अर्थतन्त्र संकटमा

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, यति बेला जनताको आवाज उठाउने ठाँउ छैन । देशमा प्रतिनिधिसभा विघटन छ । देशमा उत्पन्न राजनीतिक संकट गहिरिदो छ । अहिले दलहरु आआफ्ना शक्ति प्रदर्शनमा लागीरहेका छन । यो विघटनलाई राजनीतिक दुर्घटना मानिन्छ । नेपालको कम्युनिस्ट आन्दोलनमा टुट्ने फुट्ने फेरि जुट्ने कुरा कुनै नौलो कुरा होइन । लेन देनको कुरा नमिले पछि यस्तो हुन्छ । भएको त्यहि हो । नेकपा एमाले लेन देनको कुरा मिले पछि फेरि मिल्न सक्छ । यसलाई कुनै ठूलो कुरा बनाउनु जरुरी छैन । पछिल्लो समय नेकपा एमालेका के पी ओली र माधव नेपाल समूह दुइ खेमा बीच एक अर्का माथि गालीगलौज चलेको छ । यस्तो संस्कार र शैलीले राम्रो पाठ सिकाउँदैन । भावि पुस्ताले यिनीहरुबाट के सिक्ने ? जनताको कुनै चिन्ता छैन । आफनो स्वार्थका लागी नेताहरु एक आपसमा लडेका छन । देश र जनताको भलाईका लागी यिनीहरु लडेका होइनन। यो भ्रममा कोही नपरौं । आफनो स्वार्थका ल...
सर्वोच्चको आदेशपछि फेरि ओली नेतृत्वमा एमालेको एकल सरकार कायम

सर्वोच्चको आदेशपछि फेरि ओली नेतृत्वमा एमालेको एकल सरकार कायम

राजनीति, समाचार
प्रधानमन्त्री केपी ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले बदर गरेको छ। प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटनपछि थपेका दुई उपप्रधानसहित २० मन्त्रीलाई सर्वोच्चले मंगलबार कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। सर्वोच्चको आदेशपछि फेरि ओली नेतृत्वमा एमालेको एकल सरकार कायम भएको छ। प्रधानमन्त्रीसहित ५ सदस्यीय मन्त्रीपरिषद्ले अब आगामी निर्वाचनसम्म कायम रहने भएको छ ।सर्वोच्चको आदेशपछि यो मन्त्रिपरिषदलाई प्रधानमन्त्रीले चलाउन नसक्ने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले विघटनपछि नियुक्त भएका २० मन्त्री पदमुक्त हुने आदेश दिएको हो। आदेशमा पछिल्लो समयमा जेठ २१ र २७ गते प्रधानमन्त्रीको सिफारिस र उनकै नेतृत्वमा राष्ट्रपतिबाट उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीमा भएको थप नियुक्ति प्रक्रिया संविधानको मू...
दलहरुमा गुटबन्दीको राजनीति

दलहरुमा गुटबन्दीको राजनीति

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, पहिरो देश कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् । नागरिकले अकल्पनीय पीडा भोग्नुपरिरहेको छ । यस्तै, महामारीको समयमा फेरि अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो आउने र मानवीय तथा भौतिक क्षति हुने क्रम समेत बढेको छ । सरकार जनताको मुख्य अभिभावक हो । सरकारले जनताको पिर मर्का बुझनु पर्छ । त्यसै गरी राजनीतिक दल र तिनका नेताहरू जनता प्रति इमानदार, कर्तव्यनिष्ठ र नैतिकवान हुनु पर्छ । देश र जनताको हितमा काम गर्ने दल र तिनका नेता मात्र लोकप्रिय हुन्छन । जनताको मन मष्तिष्कमा राज जमाउन सक्छन् । तर पछिल्लो समय त्यस प्रकारका नेताको खडेरी पर्दै आइरहेको छ । त्यसैले पनि राजनीतिक दल र तिनका नेताहरूप्रति जनताको आशा र भरोसा मर्दै जान थालेको छ ।कोरोनाको पहिलो लहर आउँदा पनि सरकार र राजनीतिक दलहरू कोरोना नियन्त्रण गर्न र भावी दिनमा आउन सक्ने संकट समाधान...
एमालेका वरिष्ठ नेता झलनाथ खनाल थप उपचारका लागि भारतको नयाँ दिल्ली

एमालेका वरिष्ठ नेता झलनाथ खनाल थप उपचारका लागि भारतको नयाँ दिल्ली

राजनीति, समाचार
थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गर्नुभएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज महासचिव पोखरेलले भेट गर्नुभएको थियो । ‘‘पार्टी मिलाउनुस् कमरेड….’’ भनी नेता खनालले महासचिव पोखरेललाई आग्रह गर्नुभएको महासचिवका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो । एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहेका बेला उच्च नेताबीचमा पनि अनौपचारिक संवाद भइरहेको छ तर निकास निस्किसकेको छैन । नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उहाँलाई गत जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । केही महिनाअघि नेता खनाल कोभिड–१९ सङ्क्रमणमुक्त हुनुभएको थिय...
युवा शक्ति परिवर्तनका संवाहक

युवा शक्ति परिवर्तनका संवाहक

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, बिश्वमा सवै भन्दा फोहोरी राजनीति नेपालमा छ । यसरी देश चलाउन समस्या हुन्छ । पछिल्लो समय युवाले राजनीतिमा त्यति चासो देखाएका छैनन । कारण राजनीति घृणित खेल भयो । यसलाई सफा गर्न जरुरी छ । अहिलेका युवाले नै फोहोरो राजनीतिलाई सफा गर्न अघि सर्नु पर्छ । राजनीतिकर्ममा रहेका युवाले यो समय हाम्रो हो, हामी नै सत्कर्मको थालनी गर्नुपर्छ भन्ने कुरा बुझ्नु र बुझाउनु अति आवश्यक छ । राजनीतिमा पछिल्लो समय देखिएको गलत राजनीतिलाई चिरेर युवा अघि बढनु पर्छ । कांग्रेसका गगन, प्रदीप, विश्वप्रकाशजस्ता युवानेता, एमालेका योगेश, गोकर्ण, माओवादीका वर्षमान, लेखनाथजस्ता युवानेता जुरर्मुराउनु पर्छ । यो समयको माग पनि हो । युवा शक्ति भनेका परिवर्तनका संवाहक हुन्। समाज परिवर्तन र देश विकासको मेरुदण्ड हुन्। नागरिकको अबको एक मात्र सपना समृद्धि हो। समृद्ध भविष्यको सपना पूरा गर्ने जिम्मा युवाको काँधम...
दलहरु आफ्नो स्वार्थका लागि मात्र लालायित भए

दलहरु आफ्नो स्वार्थका लागि मात्र लालायित भए

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, एमाले एकताका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको ६ बुँदे आह्वानले केही दिन नेपाली राजनीतिमा नयाँ तरंग ल्यायो । यो तरंग अझै सेलाएको छैन । खासगरी २०७५ जेठ ३ भन्दा पहिलाको स्थितिमा पार्टीलाई पु¥याउनुपर्ने माधव नेपाल–झलनाथ खनाल पक्षको माग हो । अन्ततः यही आह्वानमार्फत अध्यक्ष ओलीले स्वीकारेका छन्। अब माधव पक्ष एकताका लागी गम्भिर हुने हो भने गाँठो फुकेको छ । पटक पटक भएका परिवर्तन पछि कुनै पनि सरकार पूरा कार्यकाल टिक्न सकेनन्। संविधानसँगै भएको पहिलो संसदीय निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्यायो। पछि दुई दल (नेकपा) एमाले र माओवादी केन्द्रबीच एकीकरण भयो। त्यसबाट झन्डै दुईतिहाई बहुमतको सरकार बन्यो। पाँच वर्ष मुलुकले स्थिरता पाउँछ भन्नेमा आम नागरिक विश्वस्त थिए । तर, आन्तरिक र बाह्य चलखेलबाट स्थिरताको सपना पुरा हुन सकेन । पार्टीभित्रै विविध चलखेल भए । पार्टी फु...
दुई-दुई हजार जरिवाना तिरेर छुटे गणेश लामासहित तीन जना

दुई-दुई हजार जरिवाना तिरेर छुटे गणेश लामासहित तीन जना

राजनीति, समाचार
पोखरामा पक्राउ परेका गणेश लामालाई दुई हजार जरिवाना गराइएको छ । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय कास्कीले उनीहरूमाथि कारवाही गरेको हो । प्रहरीले लामासहित तीनजनालाई हिजो पक्राउ गरेको थियो । त्यसपछि आज जिल्ला प्रशासन कार्यालयमा बुझाइएको थियो । जिप्रकाले तीनैजनाको बयानपछि जरिवाना तिराएर छोड्ने निर्णय गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुवास हमालले लामामाथि निषेधाज्ञा तोडेको बाहेक अरु आरोप नभएको बताए । ...
प्रधानमन्त्री केपी शर्मा अ‍ोलीद्वारा आज फेरि मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीद्वारा आज फेरि मन्त्रिपरिषद् विस्तार

राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। २१ गते १० मन्त्री थपेका प्रधानमन्त्री ओलीले आज फेरि मन्त्री थपेका हुन। राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विभिन्न मन्त्रालयमा मन्त्री र राज्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ। ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७८र१र३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधान बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ’। , राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ। ...
प्रधानमन्त्रीलाई मन्त्रिमण्डल पूर्णता दिन सकस

प्रधानमन्त्रीलाई मन्त्रिमण्डल पूर्णता दिन सकस

राजनीति, समाचार
पटकपटक मन्त्री परिषद् विस्तार र पुनर्गठन गर्दै आइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिमण्डललाई पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डललाई पूर्णता दिन गृहकार्य थाले पनि आफ्नै पार्टीभित्रका आकांक्षा बढी हुँदा र अन्य पार्टीबाट नेकपा एमालेमा प्रवेश गरेका नेतालाई पनि उचित स्थान दिनुपर्ने हुँदा प्रधानमन्त्री सकसमा परेका हुन् । यही सकसका कारण निकै महत्वपूर्ण मानिएका गृह, उद्योग वाणिज्य तथा आपूर्ति, सञ्चार तथा सूचना प्रविधिलगायतका मन्त्रालय केही समयदेखि मन्त्रीविहीन हुँदै आइरहेका छन् । तीलगायत सातवटा मन्त्रालय रिक्त रहँदा मन्त्रालयले गर्ने महत्वपूर्ण नीतिगत कार्यसमेत प्रभावित हुँदै आएका छन् । मन्त्री बन्न एक दर्जन बढी पूर्व सांसद दौडधूपमा लागेका छन् । यसअघि मन्त्री नभएका र पार्टीमा इमानदारितापूर्वक लामो त्याग गर्दै आइरहेकालाई मन्त्री बनाउन प्रधानमन्त्री माथि दबाब ...
सर्वोच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठन गरेका विषयमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश

सर्वोच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठन गरेका विषयमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश

राजनीति, समाचार
सर्वोच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठन गरेका विषयमा परेको रिट निवेदनमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै सोसम्बन्धी लिखित जवाफ माग गरेको हो  । इजलासले सो विषयमा थप छलफलका लागि दुवै पक्षलाई आगामी असार ८ गते बोलाउने आदेशसमेत गरेको छ । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेसहित छ जनाले उक्त विषयमा रिट निवेदन दायर गरेका थिए ।  ...