आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

जनताको ताजा जनादेश लिने कुरामा कोही पछि हटनु हुदैन

जनताको ताजा जनादेश लिने कुरामा कोही पछि हटनु हुदैन

राजनीति, समाचार
डा.डिआर उपाध्याय, नेपाली जनता धेरै समस्यामा परेका छन । जनताको सरकार अझै आएको छैन । जनताले धेरै कुराको सास्ती भोग्दै आएका छन । जुन सरकार आए पनि जनतालाई केही अनुभूति भएको छैन । अहिले जनता पुरै निराशमा छन । जनतामा उत्साह र उमंग छैन । आज समृद्ध नेपाल, सुखी नेपालीको नारा ओझेलमा परेको छ । सरकार पनि जनचाहनाअनुसार अगाडि बढ्न सकेको छैन । सरकारले जनताको पक्षमा काम गर्न सकेन । लोकतन्त्रको मूल मर्म अनुसार कुनै काम हुन सकेको छैन । जनताको ताजा जनादेश लिने कुरामा कोही पछि हटनु हुदैन । वास्तवमा सत्तारूढ दलमा देखिएको आन्तरिक किचलो सत्तास्वार्थ नै हो । जसले गर्दा यो गलत परिणाम आएको हो । नेकपा एमाले बिभाजन हुनु दुखद कुरा हो । लाखौँ कार्यकर्ता अझै पनि एकताको पक्षमा उभिएका छन् । अहिले नेकपा एमालेमा देखिएको समस्या भनेकै गलत चिन्तन र प्रवृत्ति नै हुन् । सरकारका अगाडि थुप्रै चुनौती छन् । देशमा कोरोनाका ...
संगठन बलियो बनाउने नै मेरो प्रमुख योजना:शान्तिरत्न शाक्य,नगर सभापति उम्मेदवार,नेका

संगठन बलियो बनाउने नै मेरो प्रमुख योजना:शान्तिरत्न शाक्य,नगर सभापति उम्मेदवार,नेका

अन्र्तवार्ता, राजनीति, समाचार
शान्तिरत्न शाक्य नेपाली काङ्ग्रेस बनेपाको क्रियाशिल व्यक्ति हुन् । उनी बनेपा शहरका स्थायी बासिन्दा हुन् । उनी एक सफल ब्यवसायी पनि हुन । काभ्रे जेसिसको नेतृत्व समालिसकेका शाक्य तत्कालिन बनेपा नगर वडा नम्बर ९ का वडा अध्यक्ष भएर जनप्रतिनिधिको अनुभव पनि छ । नगर सभापति भएपछि नगर पिता बन्ने सहज बाटो खुल्ने हुँदा उनि बनेपा कांग्रेसको सारथी बन्न हौसिएका हुन । उनलाई काङ्ग्रेस नेता कन्चनचन्द्र बादेको साथ छ सभापति मधु आचार्यको आशिर्वाद छ। नगर अधिवेशनको सेरोफेरोमा इपाना नेपालले शाक्यसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । सम्पादक । •नगर सभापतिका उम्मेदवारहरु अरु पनि हुनुहुन्छ, र तपाई अनुभवी पनि हुनुहुन्छ । यो अवस्थामा अरु उम्मेदवारहरु भन्दा तपाईंलाई कुन कुन कुराहरुले योग्य हुनुहुन्छ जस्तो लाग्छ ?​मेरा प्रत्यासी साथीहरु पनि सक्षम हुनुहुन्छ । उहाँहरुले पनि संगठन विस्तारको लागि आफ्नो योगदान दिनु ...
देश प्रति नेताहरु गैरजिम्मेवार हुनु दुखद पक्ष

देश प्रति नेताहरु गैरजिम्मेवार हुनु दुखद पक्ष

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, मन्त्रिमण्डल अझै पनि विस्तार हुन सकेको छैन । भदौ २९ गतेबाट पूर्णरूपमा मन्त्रिमण्डल विस्तार हुने भनिएको थियो । तर अहिले सम्म मन्त्रिमण्डल बिस्तार हुन नसक्दा प्रधानमन्त्री शेर बहादुर देउवाले ठूलो आलोचना खेप्नु परिरहेको छ । यो अवधिसम्म अपूर्ण सरकारले झण्डै दुइ महिना पार गरिसकेको छ । मन्त्रिमण्डल बिस्तार हुन नसक्दा सरकारी काम कारवाही ठप्प छन । सरकार सुस्त गतिले हिडिरहेको छ । मन्त्रिपरिषद् विस्तार कहिले हुन्छ प्रधानमन्त्री ज्यू ? यसरी मुलुक बनाउन सकिदैन । देश प्रति नेताहरु गैरजिम्मेवार हुनु दुखद पक्ष हो ।काम नै गर्न सकिदैन भने तत्कालीन ओली सरकारविरुद्ध किन पाँच दलीय गठबन्धन बनाएको ? सरकारलगायतका सबै कुराहरूमा प्याकेजमा सहमति गर्ने भनेको खै ? के जनताको आखाँमा छारो हाल्नलाई हो यो सव भएका्े ? होइन भने फटाफट काम गरेर देखाउनु पर्छ देउवा सरकारले सबै समस्याको समाधान दिने र सरकार...
दिशाविहीन बन्दै गएको राजनीति

दिशाविहीन बन्दै गएको राजनीति

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, राजनीतिक दल र तिनका नेताहरु मुलुक प्रति गम्भिर बन्न सकेनन् । जसले गर्दा दलीय ब्यवस्था माथि नै पटक पटक प्रश्न उठिरहेको छ । लामो समय देखि नेपालको राजनीतिले सहि गति लिन सकेको छैन । राजनीति सधै अस्थिरताबाट गुज्रिएको छ । देशले सहि गति लिने सम्भावना अत्यन्त न्यून देखिँदै छ । राजनीतिक दल र तिनका नेताहरु सधैं सरकार गिराउने र बनाउने खेलमा मात्र सीमित बनेका छन । कुनै नेतामा दीर्घकालीन सोच भएन । देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक रूपान्तरणका दिशामा चिन्तन गर्ने कुनै नेता नै छैनन् । राजनीति व्यक्तिवादी बन्दै गएको छ । दलहरूमा सिद्धान्तको कुनै मतलव छैन । बढी सुविधा कसरी प्राप्त गर्ने भन्ने ध्यान दलहरुको छ । यो सोचले राजनीति दिशाविहीन बनेको छ । सरकार प्रमुखको चिन्ता मुलुक प्रति हुनु पर्छ । देशमा सुशासन कायम हुन सकेको छैन । विकास निर्माणका काम पनि त्यस्तै छन । देशको विदे...
बिपी कोइरालाको १०८औँ जन्मजयन्ती  आज देशभर मनाइँदै

बिपी कोइरालाको १०८औँ जन्मजयन्ती आज देशभर मनाइँदै

राजनीति, समाचार
नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । निर्वासनमै बिपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिए । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उहाँ त्यो आन्दोलनमा सक्रिय भएका हुन् । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो । प्रजातन्त्र स्थापना नै मु...
युवा नेता बिनोद कुमार लामा ककनी ८ बाट काँग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

युवा नेता बिनोद कुमार लामा ककनी ८ बाट काँग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

राजनीति, समाचार
नुवाकोट ककनी गाउँपालिका ८ न. वडा बाट युवा नेता बिनोद कुमार लामा नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । सोमबार भएको क्षेत्रीय अधिवेशनबाट लामा सर्वसम्मत चयन भएका हुन् । स्थानीय स्तरमा निकै प्रभावशाली छवि बनाउन सफल रहेका युवा नेता लामा आफू सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधि निर्वाचित भएको जानकारी दिएका छन् । क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएसँगै आगामी दिनमा सिंगो वडा, जिल्ला र प्रदेशको विकास र युवाहरु परिचालनमा विशेष सक्रिय भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ...
अन्ध राष्ट्रवादमा अल्झिएको राजनीति

अन्ध राष्ट्रवादमा अल्झिएको राजनीति

राजनीति, समाचार
डा.डिआर उपाध्याय, अन्ध राष्ट्रवादमा अल्झिएको राजनीति अब मुलकमा देश भक्त राष्ट्रवादी नेताको खाँचो छ । देश बनाउने कुरामा खेलवाड गरेर हुदैन । देश बनाउने भनेको देश भक्त राष्ट्रवादीेले हो । राष्ट्रवादी भावना सवै नेपालीमा हुनु पर्छ । त्यसो भयो भने मात्र देश बन्छ । बिदेशीको इसरामा चलेर देश बन्दैन । यो कुरा सबैले बुझनु पर्छ । अहिले जे भएको छ , त्यो देशको हितमा भएको देखिदैन । हाम्रो देशका जनता धेरै चिन्तित छन । नेताका कारण देश बर्वाद भयो । नेता बिदेशिको इसरामा चले । समस्या यो हो । देश र जनताको मुक्तिका लागी अव केही सोच्नु पर्ने बेला भएको छ । हाम्रो देशमा राष्ट्रवादी भावना बोकेका नेता नै पाउन गाहारो छ । खोक्रो राष्ट्रवादले मुलुक परिवर्तन हुदैन । भ्रमको खेती छर्ने नेताबाट मुलुक बन्दैन । आज नेपाली जनता धेरै सचेत छन । हिजोको जस्तो बेला अहिले छैन । अब जनतालाई भ्रम छर्ने नेताको भविश्य छैन । यो कुर...
नेकपा(एमाले)का उपाध्यक्ष वामदेव गौतमले  दिए राजीनामा

नेकपा(एमाले)का उपाध्यक्ष वामदेव गौतमले दिए राजीनामा

राजनीति, समाचार
नेकपा(एमाले)का उपाध्यक्ष वामदेव गौतमले शुक्रवार पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको राजीनामा पत्र उपाध्यक्ष गौतमले आज पार्टी केन्द्रीय कार्यालय थापाथलीमा दर्ता गराएका हुन् । राजीनामापत्रमा उनले संविधान जारी भएपछि भएको पहिलो प्रतिनिधिसभाको निर्वाचन २०७४ मा एमाले र नेकपा(माओवादी केन्द्र)को साझा घोषणापत्रलाई कार्यान्वयन नगरेको तथा सरकारको कामलाई पटकपटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि सुधार गर्न नसकेको आरोप लगाएका छन् । अध्यक्ष ओलीलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, “म आफैँ सङ्लग्न भएर निर्माण भएको नेकपा(एमाले)मा तपाइँकै गलत विचार, प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकाले आजको मितिबाट पार्टीको उपाध्यक्ष पद र पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको छु ।” राजीनामापत्रमा जनताक...
प्रधानमन्त्रीको एमाले अध्यक्ष केपी ओलीसँगको सम्बन्ध सुधार प्राथमिकतामा

प्रधानमन्त्रीको एमाले अध्यक्ष केपी ओलीसँगको सम्बन्ध सुधार प्राथमिकतामा

राजनीति, समाचार
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्ध सुधारलाई प्राथमिकतामा राखेर काम थालेका छन्। देउवाले एकातिर बैठक सुचारु गर्नुपर्ने अवस्था छ भने अर्कोतिर अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बाट प्राप्त ५० करोड अमेरिकी डलरको परियोजना संसद्बाट पारित गर्नुपर्ने छ। प्रमुख विपक्षी नेताका रूपमा देउवाले यसअघि ओलीसँग हार्दिकतापूर्ण सम्बन्ध राखेका थिए। विपक्षी नेताका रूपमा देउवाले ओलीलाई अप्ठ्यारो पारेनन्। प्रधानमन्त्रीबाट आफू हट्नुपरेका कारण सुरुआती दिनका असन्तुष्टि बाहेक ओलीका पनि देउवासँग खासै गुनासा छैनन्। ओलीको सबैभन्दा बढी आक्रोश नेकपा (एस) अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छ। नेपाल र दाहाल सत्तासाझेदार भए पनि एमसिसी पारित गर्ने विषयमा देउवाका लागि ओली निकट हुन सक्छन्। देउवा...
नेपाली कांग्रेसको  आजदेखि गाउँ/नगर वडा अधिवेशन प्रारम्भ

नेपाली कांग्रेसको आजदेखि गाउँ/नगर वडा अधिवेशन प्रारम्भ

राजनीति, समाचार
नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ/नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा अधिवेशन आरम्भ हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । उनका अनुसार ती सबै जिल्लामा निर्वाचनका लागि आवश्यक सामग्रीसमेत पठाइसकिएको छ । जिम्मेवारी तोकेका मतदान अधिकृतले आफ्ना वडामा आवश्यक तयारीअनुसार मतदान गराउने प्रक्रिया सुरु भएको छ । क्रियाशील सदस्यता सूची प्राप्त भएका र आवश्यक तयारी पूरा गरिसकेका सबै वडामा सम्भव भएसम्म आज नै अधिवेशन हुने र बाँकी नाम छुटेका तथा सूची मिलाउनुपर्ने वडामा समितिको स्वीकृती लिएर एक÷दुई दिनपछि अधिवेशन गर्न सकिने बताइएको छ । क्रियाशील सदस्यता न...