सरकारको गति देख्दा बोल्नु पर्ने भयो
-डा.डिआर उपाध्याय,
राजनीति दल र तिनका नेताहरुलाई यो देशको कुनै चिन्ता छैन । उनीहरुलाई सत्ता बाहेक अरु चिन्ता छैन । देश र जनताका्े कुनै मतलव नै छैन । कुरा गरेर मात्र हुदैन ब्यवहारमा कार्यान्वयन गरेर देखाउनु पर्छ । नेताहरुले केहि कुरा ब्यवहारमा कार्यान्वयन गरेर देखाउन सकेनन् । आज देश ठूलो राजनीतिक संकटमा छ । जनताले देशको बिकास र समृद्धि चाहेका छन । तर यता तिर कसैको ध्यान नै छैन । बिकास र समृद्धि अहिलेको आबश्यकता हो । देश बनाउने कुरामा नेताहरुको ध्यान जानु पर्छ । राजनीतिक दल र तिनका नेताहरुको ब्यबहार र कार्यशैली देख्दा लाज लाग्छ । राजनीतिक दल र तिनका नेताहरुले जनतामा खासै आशा जगाउने काम गर्न सकेनन् । नेताहरु धनी बन्दै जाने काम मात्र भएको छ । देश र जनताको अवस्था सधै खोक्रो छ । यो पाराले देश बनाउन सकिदैन ।
जनताको अवस्था दयनीय बन्दै गएको छ । जुन देशमा नेता धनी हुन्छन त्यस देशमा जनताको अवस...





