आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

असमझदारी मत्थर बनाउने—  ओली–प्रचण्ड छलफल

असमझदारी मत्थर बनाउने— ओली–प्रचण्ड छलफल

राजनीति, समाचार
काठमाडौं— २७, माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला घटनाक्रम र पार्टी एकीकरणमा भइरहेको ढिलाइबारे छलफल गरेका छन् । उनीहरूबीच गत बिहीबार पनि पार्टी एकीकरणमा भइरहेको ढिलाइ र एकीकरण कार्यदलका काममा केन्द्रित रहेर छलफल भएको थियो । ‘दुई अध्यक्षबीच शनिबार छलफल भएको हो, उहाँहरू नियमित संवाद र छलफलमै हुनुहुन्छ, तर बाहिर जे चर्चा भए पनि कुनै पनि विषयमा असमझारी छैन,’ पार्टीका एक नेताले भने, ‘पार्टीका धारणाहरू पनि आधिकारिक रूपमा सार्वजनिक भइरहेकै छ ।’ शनिबारको भेटपछि भने दुवै अध्यक्षले असमझदारी मत्थर बनाउने समझदारी गरेका छन् । (नयाँ पत्रिका)...
नेकपामा थप तरंग, दुई अध्यक्षबीचको द्वन्द्व समयमै समाधान गर्न नसके पार्टी विभाजनसम्मको खतरा

नेकपामा थप तरंग, दुई अध्यक्षबीचको द्वन्द्व समयमै समाधान गर्न नसके पार्टी विभाजनसम्मको खतरा

राजनीति, समाचार
काठमाडौं— २७, माघ । नेकपाका दुई अध्यक्षबीच सुरु द्वन्द्वले पार्टी पूर्ण रूपमा एक भइनसक्दै विभाजन हुनेसम्मको आशंका बढाएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले भेनेजुएलाका सन्दर्भमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘चिप्लिएको’ टिप्पणी गरेलगत्तै सरकारप्रति खनिएका दाहाललाई शनिबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कटाक्ष गरेका छन् । नेता भीम रावलले दुई अध्यक्षबीचको द्वन्द्व समयमै समाधान गर्न नसके पार्टी विभाजनसम्मको खतरा औंल्याएका छन् । पोखरेलले दाहालको अभिव्यक्तिलाई लक्षित गर्दै शनिबार फेसबुक पेजमा लामो स्टाटस (हेर्नुहोस् पृष्ठ २) लेखेका छन् । उनले पार्टी एकता घोषणा गर्दा गम्भीर छलफल र समीक्षा नभएको भन्दै सनक र उन्मादमा रमाउनेलाई पार्टी नेतृत्वमा ल्याउँदा दुर्भाग्य हुने भनी दाहालप्रति कटाक्ष गरेका हुन् । ‘कम्युनिस्ट पार्टीको नेतृत्व जनतामा परिचित, स्थापित र स्वीकृत पात्रह...
कांग्रेस सभापतिको उम्मेदवार बन्न तयार छुः युवा नेता गगन थापा

कांग्रेस सभापतिको उम्मेदवार बन्न तयार छुः युवा नेता गगन थापा

राजनीति, समाचार
गोरखा — २७, माघ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी महाधिवेशनलाई पछाडि धकेलेर काङ्ग्रेसलाई फाइदा नहुने बताएका छन् । नेपाल प्रेस युनियन गोरखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले महाधिवेशनलाई दुई/अढाइ वर्ष पछाडि धकेल्दा यसले पार्टीलार्ई बलियो नबनाउने भन्दै तत्काल महाधिवेशनको काम शुरु गर्नुपर्नेमा जोड दिए । ‘काङ्ग्रेसले अधिवेशन पछाडि लैजानुपर्ने कुनै कारण छैन”, उनले भने, “सरकारको जिम्मेवारीमा नभएको बेला पार्टीको महाधिवेशनलाई दुई वर्षका लागि म्याद थपेर फाइदा हुँदैन बरु महाअधिवेशनमा गएर सङ्गठन बनाउन लाग्नुपर्छ ।” नेता थापाले पार्टीको आगामी महाधिवेशन पहिलो पुस्ताका नेताले विश्राम लिने महाधिवेशन बनाउनुपर्ने भन्दै त्यसका लागि आफू सभापति लड्न पनि तयार रहेको बताए । “अरु कसैले आँट गर्नुभएन भने म आँट गर्न तयार छु”, उनले भने, “तर आगामी महाधिवेशनलाई जसर...
विद्युतीय रेल र पानीजहाज चलाउँछौँः पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ

विद्युतीय रेल र पानीजहाज चलाउँछौँः पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ

राजनीति, समाचार
सिन्धुली— २४, माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले देशमा विद्युतीय रेल र पानीजहाज चलाउने बताउनुभएको छ । सिन्धुलीको दुधौली नगरपालिका कमलाखाँेचमा निर्मित पक्की पुलको आज उद्घाटन गर्दै उहाँले अबको चार वर्षमा ६ देखि आठ हजार किलोमिटर सडक पिच गर्ने बताउनुभयो । उहाँले अगामी ५ वर्षभित्र पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण गरी सञ्चालन गर्ने गरी सरकाले काम अघि बढाइरहेको बताउनुभयो । “बर्दिबासबाट निजगढ, कांकडभिट्टाबाट पश्चिम, इटहरीबाट पश्चिम, अर्को काठमाडौँ कांकडभिट्टा तथा सुनसरी र कञ्चनपुरबाट शुरु गर्ने सरकारको योजना छ” उहाँले भन्नुभयो । सरकारले विद्युतीय रेल सञ्चालनका लागि आर्थिक व्यवस्थापन गर्न दातृ राष्ट्रसँग कुरा गरिरहेको मन्त्री महासेठले जानकारी दिनुभयोे । पाँच वर्षभित्र पूर्व–पश्चिम रेल मार्ग बनाउने र त्यसैगरी काठमाडौँदेखि केरुङ अबको ६ महीनामा डिपिआर तयार...
गृहमन्त्रीलाई सांसदको प्रश्न-‘सिंहदरबारमा लुकेको अपराधी कहिले पक्राउ पर्छन् ?’

गृहमन्त्रीलाई सांसदको प्रश्न-‘सिंहदरबारमा लुकेको अपराधी कहिले पक्राउ पर्छन् ?’

राजनीति, समाचार
काठमाडौं— २३, माघ । प्रतिनिधिसभाको बुधबारको बैठकमा भएको सांसद र मन्त्रीबीच प्रश्नोत्तरमा सांसदहरुले जनजीविका र जनसरोकारका विषयमा सम्बन्धित मन्त्रीलाई प्रश्न राखेका छन् । संसद् सचिवालयमा लिखितरुपमा प्रश्न राखेपछि सचिवालयले आवश्यकताका आधारमा मन्त्री र सांसदबीच प्रश्नोत्तर गराउने अभ्यास सुरु गरेको हो । सम्बन्धित विषयमा प्रश्न राखेपछि मन्त्रीले दिएको जवाफमा चित्त नबुझेपछि पुनः सांसदले पूरक प्रश्न गर्न पाउने व्यवस्था भएअनुसार बुधबार उक्त कार्यको समेत अभ्यास गरिएको हो। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले गृहमन्त्री रामबहादुर थापा, कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र अर्थमन्त्री डा युवराज खतिवडालाई सांसदहरुले प्रश्न सोधेका थिए। सांसद देवेन्द्रराज कँडेलले गृहमन्त्री रामबहादुर थाप...
भेनेजुएलाबारे स्पष्ट जानकारी दिन सरकारसँग सांसद सुवालको माग

भेनेजुएलाबारे स्पष्ट जानकारी दिन सरकारसँग सांसद सुवालको माग

राजनीति, समाचार
काठमाडौं— २३, माघ । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिकालगायत देशले अनावश्यक चासो राखेको भन्दै सांसद प्रेम सुवालले नेपाल सरकारको तर्फबाट स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै सांसद सुवालले सार्वभौम मुलुकमाथि कुनै पनि देशले अनावश्यक चासो दिने, हस्तक्षेप गर्न नपाइने अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई सम्मान गर्नुपर्नेमा त्यस्तो नभएकाले नेपालजस्ता मुलुकले स्पष्ट अडान सार्वजनिक गर्नुपर्ने बताए । उनले भेनेजुयलाका विषयमा सङ्घीय संसद्‌मा समेत छलफल गर्न माग गरे । सांसदहरुले चितवन र नवलपुर जिल्लामा तत्काल हुलाकी सडक निर्माणमा सरकारले प्राथमिकता नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । चितवन र नवलपुरमा हुलाकी सडक निर्माणको काम सुरु हुन नसक्दा ती जिल्लाका हजारौं नागरिक समस्यामा परेको भन्दै सांसद तिलबहादुर महत क...
मन्त्री-सचिव कु्टाकुट प्रकरणको छानबिन सकियो

मन्त्री-सचिव कु्टाकुट प्रकरणको छानबिन सकियो

राजनीति, समाचार
काठमाडौं— २३, माघ । प्रदेश २ का मन्त्री–सचिव कुटाकुट प्रकरणको छानविन सकिएको छ । प्रतिवेदनमा प्रमुख सचिव दीपक सुवेदीले हस्ताक्षर गर्न बाँकी रहेको छ । सुवेदी, जनकपुर बाहिर रहेकाले प्रतिवेदनमा हस्ताक्षर हुन सकेको छैन । आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रलायका सचिव विद्यानाथ झाबीच दुई साताअघि कुटाकुट भएको थियो । प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । ७ दिनको म्याद तोकिएको समितिले विविध कारण देखाउँदै घटनाको छानविन लम्ब्याएका थिए । ‘छानविन सकिएको छ । प्रतिवेदन पनि तयार छ,’ समितिका संयोजक मन्त्री यादवले कान्तिपुरसँग भने,‘प्रमुख सचिवको हस्ताक्षर हुन बाँकी छ । एक/दुई दिनमै प्रतिवेदन मुख्यमन्त्रीजीलाई बुझाउने छु ।’ उनले भने प्रतिवेदनमा भएको कुरा सार्वजनिक गर्न मानेनन् । मुख्यमन्...
आज प्रतिनिधिसभा बैठकमा सांसदले चार मन्त्रीलाई प्रश्न सोध्ने

आज प्रतिनिधिसभा बैठकमा सांसदले चार मन्त्रीलाई प्रश्न सोध्ने

राजनीति, समाचार
काठमाडौं— २३, माघ । प्रनिनिधिसभाको आज बस्ने बैठकमा चार जना विभागीय मन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिने भएका छन् । सांसदहरुले दर्ता गराएका लिखित प्रश्नको मन्त्रीहरुले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा पालैपालो जवाफ दिने कार्यक्रम छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । संसद् सचिवालयका अनुसार आज गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामगरले सांसदले दर्ता गराएका प्रश्नको जवाफ दिनेछन् । सचिवालयमा मन्त्रीलाई सोध्न सांसदहरुले ८८ वटा मौखिक र २८ वटा लिखित प्रश्न दर्ता गराएका छन् । सचिवालयका अनुसार गृहमन्त्री थापासँग कांग्रेसकी सांसद डिला संग्रौलाले निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि दोषी पत्ता लाग्न नसकेको विषयमा प्रश्न दर्ता गर...
नेकपाको कार्यदलमा सहमति नहुँदा अन्योल

नेकपाको कार्यदलमा सहमति नहुँदा अन्योल

राजनीति, समाचार
काठमाडौं— २३, माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्ला कमिटीको एकतासम्बन्धी कार्यदल सहमतिमा नपुगेपछि सोबारे पार्टी सचिवालय वा स्थायी कमिटी कुन निकायले निर्णय गर्ने भन्ने अन्योल देखिएको छ । लामो समयपछि सोमबार बसेको नेकपाको सचिवालय बैठकले सो कार्यदललाई आजसम्म एकताको गृहकार्यबारे जेजस्तो अवस्था छ त्यसको विवरणसहित प्रतिवेदन दिन निर्देशन दिएकोमा आज कार्यदलको बैठक बस्न सकेन । कार्यदलका सदस्य कतिपय काठमाडौँ उपत्यका बाहिर रहेको र कार्यसूचीमा मतभिन्नता कायमै रहेकाले प्रतिवेदन बुझाउन कार्यदल असमर्थ भएको हो । गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र एनेकपा (माओवादी केन्द्र) बीच एकता हुँदा छ महीनाभित्र तल्ला कमिटीको एकता सक्ने घोषणा गरिएकामा यसबीचमा नेताहरुको व्यस्तता, विवाद, कहिले दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ वा कहिले सचिवालय, स्थायी कमिटी वा कार्यदल हुँदै एकता...
प्रमुख प्रतिपक्षी दल कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

राजनीति, समाचार
काठमाडौं— २३, माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । कांग्रेसको गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले सुझाव समेटेर परिमार्जन गर्न सक्ने गरी पारित गरेको थियो । महासमिति बैठकमा मुख्य गरी केन्द्रीय सदस्य पार्टीका वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटक मात्र हुने व्यवस्था विधानमा राख्न सुझाव आएको थियो । त्यस्तै कांग्रेसको भ्रातृ संस्था नेविसङ्घको वर्तमान केन्द्रीय कार्यसमितिको थपिएको पदावधि ...