बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

राजनीति

छानवीन प्रतिवेदन सार्वजनिक नभए चुनाव अर्थहीन हुने सभापति सर्वेन्द्र खनालको दाबी

छानवीन प्रतिवेदन सार्वजनिक नभए चुनाव अर्थहीन हुने सभापति सर्वेन्द्र खनालको दाबी

राजनीति, समाचार
समुन्नत पार्टी नेपालका सभापति सर्वेन्द्र खनालले जेनजी छानवीन आयोगको प्रतिवेदन तत्काल सरकारलाई बुझाएर सार्वजनिक गर्न माग गरेका छन्। उनले जेनजी आन्दोलनको औचित्य स्थापित गर्न तथा दोषीमाथि कानुनी कारबाहीको सिफारिस गर्न गठन गरिएको उच्चस्तरीय छानवीन आयोगको म्याद थपेर विषयलाई अल्मल्याउन खोजिएको आरोप लगाएका हुन्। नागरिकन्यूज सँगको कुराकानीमा अध्यक्ष खनालले आयोगले समयमै प्रतिवेदन नबुझाउँदा जेनजी आन्दोलनको औचित्य नै समाप्त हुने टिप्पणी गरेका छन्। उनले जेनजी आन्दोलनको उद्देश्यबारे स्पष्ट पार्दै आन्दोलन केवल निर्वाचनका लागि मात्रै नभएको बताएका छन्। उनका अनुसार आन्दोलनका मूल मुद्दा, उपलब्धि तथा जेनजी पुस्ताले खोजेको प्रणालीगत सुधारको विषयलाई सरकारले सही रूपमा बुझ्न नसकेको उनको आरोप छ। खनालका अनुसार भदौ २३ र २४ का घटनामा संलग्न व्यक्तिहरू अहिले चुनावी मैदानमै रहेका छन्। आन्दोलन दबाउने र व...
नृत्यदेखि नीति निर्माणसम्म: महेश्वर सुनार प्रलोपा समानुपातिक उम्मेदवार, क्रम संख्या २

नृत्यदेखि नीति निर्माणसम्म: महेश्वर सुनार प्रलोपा समानुपातिक उम्मेदवार, क्रम संख्या २

राजनीति, समाचार
पोखरा/कास्की । नेपाली नृत्य क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, आध्यात्मिक साधक तथा सामाजिक अभियन्ता महेश्वर सुनार आगामी निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को तर्फबाट समानुपातिक उम्मेदवार सिफारिस हुनुभएको छ। पार्टीले उहाँलाई बन्द सूचीको क्रम संख्या २ मा राख्दै प्राथमिकताका साथ अघि सारेको हो। पछिल्ला तीन दशकभन्दा बढी समयदेखि नेपाली नृत्य क्षेत्रमा सक्रिय सुनार सन् १९९९ मा भारतीय चर्चित रियालिटी शो ‘बुगी उगी’ का विजेता बनेर अन्तर्राष्ट्रिय स्तरमै नेपाली प्रतिभाको पहिचान स्थापित गर्न सफल हुनुभएको थियो। त्यसपछि नेपालमा प्रसारित लोकप्रिय टेलिभिजन कार्यक्रम ‘छमछमी’ को सिजन १ देखि ४ सम्म मुख्य निर्णायकको रूपमा रहेर नेपाली नृत्यलाई व्यावसायिक र संस्थागत दिशातर्फ डोर्‍याउन उहाँको योगदान उल्लेखनीय मानिन्छ। बज्रयोगिनी डान्स एण्ड म्यूजिक एकेडेमीका संस्थापक निर्देशक सुनारले ‘एस...
युवा व्यवसायी सुदन ज्ञवालीको रुपन्देही–२ मा राजनीतिक दाबी

युवा व्यवसायी सुदन ज्ञवालीको रुपन्देही–२ मा राजनीतिक दाबी

राजनीति, समाचार
रुपन्देही – युवा व्यवसायी तथा वैकल्पिक राजनीतिक अभियन्ता सुदन ज्ञवालीले आगामी प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने तयारी थालेका छन्। लामो समयदेखि वैकल्पिक राजनीतिमा सक्रिय रहँदै आएका ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिने गरी आन्तरिक तयारी अघि बढाएका हुन्। ज्ञवाली यसअघि नयाँ शक्ति पार्टी र विवेकशील साझा पार्टी हुँदै हाल रास्वपामा आबद्ध नेता हुन्। दशकभन्दा बढी समयदेखि परम्परागत राजनीतिभन्दा फरक धारको वकालत गर्दै आएका उनले आफ्नो उम्मेदवारी आकस्मिक नभई निरन्तर संघर्ष र राजनीतिक यात्राको स्वाभाविक निष्कर्ष भएको बताएका छन्।‘यो कुनै एक दिनको निर्णय होइन, वैकल्पिक शक्ति निर्माणका लागि वर्षौँदेखि गरिएको त्याग र संघर्षको परिणाम हो,’ उनले उम्मेदवारीबारे प्रतिक्रिया दिएका छन्। बुटवललाई कर्मथलो बनाएका ज्ञवाली एक स्थापित युवा व्यवसायीसम...
क्षेत्र र जिल्लाको निर्णय उल्टाउँदै प्रदेशले गर्‍यो राकेश यादवको सिफारिस

क्षेत्र र जिल्लाको निर्णय उल्टाउँदै प्रदेशले गर्‍यो राकेश यादवको सिफारिस

राजनीति, समाचार
पर्सा  । नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिले पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा अन्ततः युवा नेता राकेश यादवको नाम सिफारिस गरेको छ। प्रदेश कार्यसमितिको सिफारिस पत्र केन्द्रीय कार्यसमितिमा पुगेर दर्तासमेत भइसकेको यादवले जानकारी दिएका छन्। यसअघि क्षेत्रीय तथा जिल्ला कार्यसमितिले यादवको नाम हटाउँदै पूर्वमन्त्री अजयकुमार चौरसिया, संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्य र मदन यादव गरी तीन जनाको नाम मात्र सिफारिस गरेका थिए। त्यसपछि युवा नेता यादवले पुस ८ गते मधेस प्रदेश सभापति तथा मुख्यमन्त्री कृष्ण यादवलाई भेट गरी उम्मेदवारी सिफारिसका लागि लिखित निवेदन दिएका थिए। विधानअनुसार प्रदेशबाट सिफारिस यही निवेदनका आधारमा प्रदेश सभापति यादवले पार्टी विधानअनुसार पर्सा–२ को प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा राकेश यादवको नाम केन्द्रीय कार्यसमि...
समिर लामालाई संचार मन्त्रालयको जिम्मेवारी दिनुपर्ने सर्वत्र माग

समिर लामालाई संचार मन्त्रालयको जिम्मेवारी दिनुपर्ने सर्वत्र माग

राजनीति, समाचार
काठमाडौं । मुलुक आज जटिल र विषम परिस्थितिबाट गुज्रिरहेको छ । राजनीतिक अस्थिरता, सामाजिक असन्तुलन, आर्थिक चुनौती र प्रविधि–सूचना व्यवस्थापनको अव्यवस्था देशलाई थप अनिश्चिततामा धकेलिरहेको छ । यस्तै अवस्थामा, जनता स्थिरता, सुशासन र पारदर्शिता खोजिरहेका छन् । प्रधानमन्त्री सुशिला कार्कीप्रति आम नागरिकको विश्वास बढ्नु त्यसैकारण हो । उहाँको दृढ स्वभाव, निष्पक्ष दृष्टिकोण र इमानदार छविले मुलुकलाई संकट पार गर्ने बलियो आधार प्रदान गरेको छ । तर प्रश्न उठ्छ..के मात्र प्रधानमन्त्रीको दृढ नेतृत्व पर्याप्त छ? स्पष्ट उत्तर हो ….होईन । यसका लागि दक्ष, लोकप्रिय र अनुभवी व्यक्तित्वहरूको सहकार्य अपरिहार्य हुन्छ । आजको युग सूचना र प्रविधिको हो । तर विडम्बना, मुलुकमा सूचना व्यवस्थापन अझै स्पष्ट, व्यवस्थित र जनमुखी बन्न सकेको छैन । भ्रामक प्रचार, तथ्यहीन समाचार र अव्यवस्थित डिजिटल प्रयोगले जनमानसमा नकारात्मक...
न्युयोर्कमा सांसद ज्ञानेन्द्र शाहीसंग “मिट एण्ड ग्रिट” हुदै

न्युयोर्कमा सांसद ज्ञानेन्द्र शाहीसंग “मिट एण्ड ग्रिट” हुदै

राजनीति, समाचार
न्युयोर्क, अमेरिका — नेपाली राजनीतिमा युवाशक्ति र राष्ट्रवादी विचारधाराका प्रखर प्रवक्ता मानिनु भएका राप्रपा नेपालका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य माननीय ज्ञानेन्द्र शाही अब अमेरिकी भूमिमा नेपाली समुदायसँग प्रत्यक्ष संवाद गर्ने तयारीमा छन्। आगामी अगस्ट ९, २०२५ (शनिवार) साँझ, न्युयोर्कको क्विन्सस्थित सत्य नारायण मन्दिरको सभाहलमा एक भव्य “मिट एण्ड ग्रिट” तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ। प्रवासी नेपालीको सक्रिय सहभागिता र उत्साहजनक सहभागितालाई ध्यानमा राख्दै हिमानी ट्रष्ट अमेरिका – न्युयोर्क ब्युरो, प्रवासी नेपाली एकता समाज (पानस) र दर्शन ठकुरी समाज न्युयोर्कको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न हुने भएको हो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहनु हुने सांसद शाहीसंगको यो भेटघाट कार्यक्रममा, अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका व्यक्तिहरूले राजनीतिक अवस्था, राष्ट्र...
आज संघीय संसदको दुवै सदनको बैठक बस्दै

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै

मनोरन्जन, राजनीति
संघीय संसद्को दुवै सदनको बैठक आज (सोमबार) बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ। विनियोजन विधेयक, २०८२ अन्तर्गत, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपंक्षी विकास, स्वास्थ्य तथा जनसंख्या, कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ। त्यसैगरी युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम रोजगार तथा सामाजिक सुरक्षा, गुह र सञ्चार तथा सूचना प...
अखिल क्रान्तिकारीले गर्‍यो कार्यविभाजन, उपत्यका विशेष मा निरोज श्रेष्ठलाई

अखिल क्रान्तिकारीले गर्‍यो कार्यविभाजन, उपत्यका विशेष मा निरोज श्रेष्ठलाई

राजनीति, शिक्षा, समाचार
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले कार्यविभाजन गरेको छ। २०८१ साल माघ २७ गते बसेको केन्द्रीय समितिको प्रथम बैठकमा गरिएको निर्णयलाई संगठनले सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार, उपत्यका विशेष प्रदेश समितिको इन्चार्जको जिम्मेवारी निरोज श्रेष्ठलाई दिइएको छ। श्रेष्ठलाई काठमाडौं उपत्यका भित्र विद्यार्थी संगठन विस्तार, आन्दोलन सञ्चालन तथा संगठनात्मक समन्वयको मुख्य नेतृत्व दिने निर्णय भएको छ। बैठकले संगठनको आन्तरिक मजबुती, विद्यार्थी आन्दोलनलाई थप सक्रिय बनाउने रणनीति, तथा राजनीतिक कार्यदिशालाई प्रभावकारी बनाउन कार्यविभाजन गरिएको बताइएको छ। बैठकमा विभिन्न प्रदेश, विभाग र जिल्लाको इन्चार्जको जिम्मेवारीहरू पनि तोकिएको र निकट भविष्यमै संघर्षका कार्यक्रमहरू सार्वजनिक गरिने जनाइएको छ। संगठनले उक्त निर्णयलाई नयाँ ऊर्जा र रणनीतिक धारको...
आजकै दिन हामीले स्वतन्त्रतासहित गणतन्त्र प्राप्त गरेका थियौं :राष्ट्रपति पौडेल

आजकै दिन हामीले स्वतन्त्रतासहित गणतन्त्र प्राप्त गरेका थियौं :राष्ट्रपति पौडेल

राजनीति, समाचार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जबसम्म प्रत्येक नेपाली नागरिकको अनुहार र आँगनमा खुशी र उज्यालो पुग्दैन, त्यो बेलासम्म संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उद्देश्य पुरा हुँदैन भन्नुभएको छ । राष्ट्रपति पौडेलले गणतन्त्र दिवस २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना सन्देश दिनुहुँदै आज गणतन्त्रले खोजेको सबैभन्दा ठूलो विषय जनताको जीवनस्तर माथि उठाउने नै भएको स्पष्ट गर्नुभएको छ । “त्यसका लागि उत्पादनमा वृद्धि, न्यायोचित वितरण, रोजगारी प्रवर्धन एवं सुशासन हो, जबसम्म प्रत्येक नेपाली नागरिकको अनुहार र आँगनमा खुशी र उज्यालो पुग्दैन, त्यो बेलासम्म संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उद्देश्य पुरा हुँदैन”, शुभकामना सन्देशमा उल्लेख छ । उहाँले यो अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको बताउनुभएक...
राष्ट्रपति भेट्न प्रधानमन्त्री दाहाल शितल निवासमा

राष्ट्रपति भेट्न प्रधानमन्त्री दाहाल शितल निवासमा

राजनीति, समाचार
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गर्नुभएको छ । सो भेटमा राष्ट्रपति पौडेलले जारी संसदको गतिरोधबारे चासो र चिन्ता राख्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। सो अवसरमा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताउनुभएको थियो । ...