आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

‘फेरी हांस्ने छौं’ भन्दै आए किरण माईकल,प्रताप मेलिना लगायत गायक गायिकाहरु (भिडियो सहित)

‘फेरी हांस्ने छौं’ भन्दै आए किरण माईकल,प्रताप मेलिना लगायत गायक गायिकाहरु (भिडियो सहित)

मनोरन्जन, समाचार
किरण माईकलको ‘फेरी हांस्ने छौं’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । थुप्रै चर्चित गायक गायिकाको स्वरमा सजिएको उक्त गीतको ‘भिडियो दाईको’ रेकर्डस युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । गायक गायिकाहरु मेलिना राई ,प्रताप दास, निल पुन, किरण माईकल घिमिरे, कमल रसाईली, अस्मिता अधिकारी, बुलेट फ्लो ,गोबिन्द चेम्जोङ्ग लिम्बु, सशन कंडेल,सुस्मिता बरालको स्वर रहेको गीतको शव्द संगित किरण माईकल घिमिरेको रहेको छ । प्रमोद परियारको एरेन्ज रहेको गीत मिक्सिङ्ग तथा मास्टर दाईको रेकर्डस युकेमा गरिएको हो । https://youtu.be/PR0-V3Lb7n0 देशमा भैरहको प्राकृतिक विपतीबाट पिडितहरुका लागि गीतको माध्यमबाट मल्हम लगाउने प्रयास स्वरुप उक्त गीत तयार भएको लोकप्रिय गीतकार तथा गायक किरण माईकलले बताए ।शिव शम्भु युनीटी ग्रुप युके नेपालको प्रस्तुती रहेको भिडियोलाई रन्जित कटवालले निर्देशन गरेका हुन भने छायांकन तथा सम्पा...
मिस्टर एण्ड मिस एसईई नेपाल-२०२१ को उपाधी प्रिस्टिना र आश्रयलाई

मिस्टर एण्ड मिस एसईई नेपाल-२०२१ को उपाधी प्रिस्टिना र आश्रयलाई

मनोरन्जन, समाचार
काठमाडौ, ‘मिस्टर एण्ड मिस एसईई नेपाल–२०२१’को उपाधि प्रिस्टिना तामाङ र आश्रय कार्कीले जितेका छन् । मिस्टर एण्ड मिस एसईईको ताजसंगै तामाङले मिस ट्यालेन्ट, पिपुल्स चोइस अवार्ड र कार्यक्रमको भोटिङ पार्टनर रहेको ग्लोबल अनलाइन पे मार्फत थाईल्यान्ड भ्रमणको टिकेट जितेकी हुन् । त्यसैगरी कार्कीले ताजसंगै मिस्टर भर्सटाएल र मिस्टर ट्यालेन्टको उपाधी हात पारे । २०२१ सालको एलएससी परीक्षा दिने विधार्थीहरु बीच कृयटिभ नेरो नेपालले सो प्रतियोगिता आयोजना गरेको थियो । राजधानीस्थित सम्पदा गार्डेन रिसोर्टमा सम्पन्न सो प्रतियोगितामा ‘फस्ट रनरअप’को उपाधि सुप्रीया भण्डारी र बिकेश श्रेष्ठले प्राप्त गरे । भण्डारीले मिस फोटोजेनिक र स्पोर्ट्स अवार्ड हात पारिन भने श्रेष्ठले मिस्टर पपुलरको अवार्ड हात पारे । सोस्तिका सोरेन र सम्मान वाग्लेले ‘सेकेन्ड रनर अप’, अंकिता नेपालले मिस एक्टिव र मिस पपुलरको अवार्डसंगै ग्लोवल अनल...
‘आंखा आंखा जुधी’ सार्वजनिक (भिडियो)

‘आंखा आंखा जुधी’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
आंखा आंखा जुधी गीतको भिडियो सार्वजनिक भएको छ ।गीत भ्वाइस अफ नेपाल सिजन–३ का प्रतियोगी गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ भने शब्द ध्रुवप्रसाद अम्गाई, संगीत लेखु सहयात्रीको रहेको छ ।मोडल सन्तोष बानिया तथा श्रेया सिटौलको अभिनय रहेको भिडियो एम 3 मिडिया नेपालको युट्यूब च्यानलबाट सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=NUAe1OG4OEU बुद्ध थापाको छायाँकन र विकास दाहालको सम्पादन रहेको भिडियो चर्चित भिडियो निर्देशक सोनाम पाख्रिनले निर्देशन गरेका हुन् । ...
‘मिस एण्ड मिसेस् हेरिटेज इन्डिया २०२१’ का लागि कोरियोग्राफर रोजिन शाक्यबाट अनलाइन ग्रुमिङ

‘मिस एण्ड मिसेस् हेरिटेज इन्डिया २०२१’ का लागि कोरियोग्राफर रोजिन शाक्यबाट अनलाइन ग्रुमिङ

मनोरन्जन, समाचार
नेपालको फेसन र मोडलिङ क्षेत्रले विभिन्न स्वरुप र तरिकाले अन्तर्राष्ट्रिय मंचमा आफ्नो उपस्थिति र पहिचान बढाउने क्रम बढ्दो छ । यसै सन्दर्भ नेपालका फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले भारतमा संचालन हुँदै गरेको एउटा सौन्दर्य प्रतियोगिताका लागि अनलाइन माध्यमबाट ग्रुमिङ कक्षा सम्पन्न गरेका छन् । म्रुनाल इन्टरटेन्मेन्ट एण्ड ग्रुमिङको आयोजनामा भारतमा राष्ट्रिय स्तरमा आयोजना हुँदै गरेको ‘मिस एण्ड मिसेस् हेरिटेज इन्डिया २०२१’ का प्रतिस्पर्धीहरुलाई नेपाली फेसन कोरियोग्राफर रोजिन शाक्यले हालै मात्र गुगलमीटको माध्यमबाट अनलाइन मार्फत् गु्रमिङ सेसन सम्पन्न गरेका हुन् । विशेषतः गरी स्टेज प्रस्तुतिकरण, प्रतियोगितामा सहभागिले गर्नुपर्ने तयारी, उसको उद्देश्य र प्रतियोगिताको उपयोगिता तथा अवसरलाई कसरी सदुपयोग गर्ने भन्ने कुरा उक्त ग्रुमिङ सेसन केन्दि«त रहेको थियो ।उक्त ग्रुमिङ सेसनपछि प्राप्त प्रति...
लेखनाथ पोखरेलको नियात्रासंग्रह ‘फकलीको गाउँ’ बजारमा

लेखनाथ पोखरेलको नियात्रासंग्रह ‘फकलीको गाउँ’ बजारमा

मनोरन्जन, समाचार
लेखनाथ पोखरेलको नियात्रासंग्रह ‘फकलीको गाउँ’ पाठकमाझ आएको छ । पोखरेलले नेपालका सत्तरीभन्दा बढी जिल्ला र विदेशको केही ठाउँमा भ्रमणको सिलसिलामा देखेका, सुनेका, बुझेका र अनुभूत गरेका कुरालाई विषयवस्तु बनाएर पस्किएको कृति ‘फकलीको गाउँ’ पाठकमाझ आएको हो । यात्रावृत्तान्तमा आधारित विभिन्न शीर्षकमा दिएर बाईस गुच्छाहरूको संगालोको रुपमा तयार पारिएको कृतिमा लेखकले विविध प्रसंगको संग्रह गर्नुभएको छ । कृतिमा ऐँसेलुखर्कको चिठ्ठा, मैले देखेको मधेश, लुइँचको शिकार, पशुपतिको टुँडाल, खार्पादेखि खार्पासम्म, लालबहादुर शास्त्रीसँगको भेट, अक्कुम आओ, बियरको पहिलो घुट्को, सिलाङ धुम्न जाँदा, मेरो पहिलो जागिर, ओलाङ्चुङ्गोलाको रोमाञ्चक यात्रा, ऐतिहासिक मिल्सएरिया, फकलीको गाउँ, ओडारका मान्छे, तमोरको खोँच, इलामदेखि सिंगापुरसम्म, दुल्लु पुग्दा, नेपाल बन्द, वरुण उपत्यकादेखि बाह्रबिसेसम्म, रिडीको खास्टो, हिमालपारिको ज...
कोरियोग्राफर अश्विनी झा फेशन डिजाइनर काउन्सिल अफ नेपालको सल्लाहकार

कोरियोग्राफर अश्विनी झा फेशन डिजाइनर काउन्सिल अफ नेपालको सल्लाहकार

मनोरन्जन, समाचार
फेशन डिजाइनर काउन्सिल अफ नेपालले आफ्नो सल्लाहकारमा कोरियोग्राफर अश्विनी कान्त झा लाई नियुक्त गरेको छ। उहाँलाई यसअघि सम्पन्न कार्यसमितिको बैठकले अध्यक्ष अमित झाको प्रस्तावमा काउन्सिलको सल्लाहकारमा नियुक्त गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो। संस्थाको छैठौँ वार्षिकोत्सव को उपलक्ष्यमा फेशन डिजाइनर काउन्सिल अफ नेपालका अध्यक्ष अमित झाले एक कार्यक्रमका बिच अश्विनी झालाई नियुक्ति पत्र प्रदान गर्नु भएको छ । सो कार्यक्रमको दौरान काउन्सिलका अध्यक्ष झाले बिगत डेढ दशक भन्दा लामो समय देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मंचहरुमा मोडलिङ्ग, ब्युटी पेजेन्ट तथा फेशन कोरियोग्राफिको अनुभव संगाल्नुका साथै उच्च सफलता हासिल गर्नु भएका कोरियोग्राफर झा नेपाल तथा अन्तर्राष्ट्रिय फेशन जगत र ब्युटी पेजेन्ट क्षेत्रलाई राम्ररी बुझ्नु भएको छ र उहाँलाई सल्लाहकारको रुपमा संस्थाले पाउँदा उहाँको शिप, दक्षता तथा ...
प्रकाश शाहिको ‘मेरो नाचो तीज’ गीतको भिडियो सार्वजनिक(भिडियो)

प्रकाश शाहिको ‘मेरो नाचो तीज’ गीतको भिडियो सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
सुर्खेत । प्रकाश शाहिको मेरो नाचो तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गितमा विभिन्न प्राकृतिक बिपत्ति बाध्यता, विबसता राजनीतिक परिघटना र वैदेशिक हस्तछेपले हाम्रो समाजमा नराम्रो असर पारेकाे छ त्यसमा पनि विषेश गरि नारीहरु यसकाे प्रत्यक्ष मारमा छन् । यिनै कथा ब्यथा हरुलाई उजागर गर्दै जस्ताे सुकै पिर ब्यथामा पनि आफ्नाे संस्कार संस्कृति जगेर्ना गर्न नारीहरु रमाउने गर्छन नारीहरुकाे संस्कृति र नाच लाई केसैले पनि राेक्न र छेक्न सक्दैन भनेर यश गितबाट सकरात्मक सन्देश गितमा दिन खाेजियकाे छ। पछिल्लो समयकि लोकप्रिय गायिका सुनिता बुढा क्षेत्रीको आवाजमा सजिएको गीतमा शब्द तथा संङ्गीत प्रकाश शाहिको रहेको छ भने एरेन्ज बिपिन आचार्यले गरेका छन् । https://youtu.be/8QT1EpmGdds बराहाताल मुभि हाउसकाे ब्यानरमा निर्मित भिडियाेमा छायांकन अर्जुन सापकाेटा काे रहेकाे छ भने संपादन तथा रंग संयाेजन निर...
तीज गीत‘मै घुमे फनफनी’सार्वजनिक(भिडियो)

तीज गीत‘मै घुमे फनफनी’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाण्डौ : गायिका संगीता सिवाकोटीको प्रस्तुति एवं स्वर रहेको ‘मै घुमे फनफनी’ बोलको तीज गीत सार्वजनिक भएको छ । गीतमा तिलक बस्नेतको शब्द, संगीत रहेको छ भने गायनमा सिवाकोटिलाई पनि स्वरमा साथ दिएका छन । चर्चित एरेन्जर सुदीप सागरको एरेन्ज रहेको र मिक्सिङ मास्टरिङ्ग एच बी एन किस्मतको गीतलाई बिमल छिनालले रेकर्डिङ गरेका हुन । https://www.youtube.com/watch?v=ivgdxdyMRaI शिब बि.क.को निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका बर्षा सिवाकोटीको बेजोड अभिनय तथा न्रित्य देख्न सकिन्छ । भिडियोलाई बुद्ध थापाले छांयाकन गरेका छन भने टेकेन्द्र शाहले सम्पादन गरेका छन । म्युजिक भिडियोलाई एट के एभरेष्ट मोशन पिक्चर्सको अफिसियल युट्युब मार्फत बजारमा ल्याईएको छ । ...
चलचित्र ‘कुईनेटो’को शिर्ष गीत“धर्ती आकाश” सार्वजनिक(भिडियो)

चलचित्र ‘कुईनेटो’को शिर्ष गीत“धर्ती आकाश” सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि. र पिम नेपालको संयूक्त प्रस्तुतीमा कमला जोशी निर्माता रहेको चलचित्र कुईनेटोको शिर्ष गीत “धर्ती आकाश” ओएस्आर डिजिटल मार्फत सार्वजनिक भएको छ । नायक श्रीदेव भट्टराई र नायिका श्रीजु अधिकारीको अभिनय रहेको उक्त गीतलाई सुदुरपश्चिमको विभिन्न रमणिय एवं पर्यटकिय स्थानमा छायांकन गरिएको छ । गीतको शव्द गीतकार ललिता कुँवरले लेखेकी हुन् भने संगीत चर्चित संगीतकार सन्तोष श्रेष्ठले गरेका छन् । श्रेयसी चेम्जोङ र यूवराज चौलागाईको स्वर रहेको गीतको एरेन्जर ओम सुनार हुन् । https://www.youtube.com/watch?v=BdOEGKaSnco हाँस्य विधामा समेटिएको चलचित्रमा माया, प्रेम, समर्पण, सद्भाव आदीलाई कलात्मक रुपमा चलचित्रमा प्रस्तुत गरिएको छ । माधव राज खरेल निर्देशित चलचित्र कोभिड १९को असर केही कम हुने वित्तिकै सार्वजनिक प्रर्दशनीमा आउने निर्माण कम्पनीले वताएको छ । निर्देशक खरेलकै लेख...
सफलता श्रेष्ठको स्वरमा ‘म हुँ नेपाली’ सार्वजनिक(भिडियो)

सफलता श्रेष्ठको स्वरमा ‘म हुँ नेपाली’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
दश वर्षीया सफलता श्रेष्ठ ‘म हुँ नेपाली’ राष्ट्रिय भावको गीत लिएर स्रोता/दर्शकमाझ आउनुभएको छ । उहाँको स्वर र अभिनय रहेको गीतको भिडियो बिहीबार गोल्डेन क्रियशनको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । https://youtu.be/FjXpNozx6to विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतलाई सन्तोषले नै लेख्नु भएको हो भने दवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ । हेम प्रभास अधिकारीको निर्देशन र समिर थोकरको कोरियोग्राफी रहेको गीतको भिडियोमा सफलतालाई नै फिचरिङ गरिएको छ । अजय रेग्मीको छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । अनामनगरको नेपाल मेघा स्कुलमा कक्षा ६ मा अध्ययनरत सफलता गीत, सङ्गीत र अभिनय भने पछि हुरुक्क हुनुहुन्छ । यो सार्वजनिक गीत उहाँको पहिलो गीत हो । उहाँका बुबा सन्तोष श्रेष्ठ नेपालका ख्यातिप्राप्त सङ्गीतकार हुनुहुन्छ । सन्तोषले थुप्रै गीतमा स्वर पनि ...