आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

ग्लोकल टीन हिरो नेपाल अन्तर्गत, ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक

ग्लोकल टीन हिरो नेपाल अन्तर्गत, ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक

मनोरन्जन, समाचार
वाई वाई ग्लोकल टीन हिरो नेपाल सातौं संस्करणनमा आवेदन दिने किशोरकिशोरीबाट उत्कृष्ट २० छनोट गरिएको छ । उनीरुलाई ग्लोकल २० अन्डर २० भनी पहिचान गरिएको छ । उक्त सुची सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको हो । देश भरीबाट आएको ६११ आवेदनबाट यी किशोर किशोरीहरु छानिएका हुन् । यी २० किशोर किशोरीहरु निर्णायक मण्डलबाट उनीहरुको कामले समाज ल्याएको प्रभावको आधारमा चयन गरिएका हुन् । समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ ।किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो’ नेपालको यो सातौं संस्करण हो । यस वर्ष सेप्टेम्बर १ तारिकका दिन अन्लाइन अवार्ड कार्यक्रम र सम्मेलनमार्फत उनीहरु पुरस्कृत हुने भएका छन् । सोही दिन वाई वाई ग्लोकल टिन हिरो नेपा...
नागपन्चमी थिममा फेसियल हाउसको फोटोसुट

नागपन्चमी थिममा फेसियल हाउसको फोटोसुट

मनोरन्जन, समाचार
काठमाडौं । फेसियल हाउस हेयर सैलुनहरूमध्ये नेपालकै नम्बर १ ब्राण्डका रूपमा स्थापित छ । यो सँगसँगै फेसियल हाउसले मोडलिङ क्षेत्रमा पनि आफ्नो वर्चश्व कायम गर्दै आएको छ । फेसियल हाउसले हालसम्म नेपालकै ठूलो फेसन सो ‘फेसन ट्रेड सिजन–३’ आयोजना गरिसकेको छ । साथै नेपालमा हुने चाडपर्वलाई विशेष महत्व प्रदान गर्दै आएको फेसियल हाउसले विभिन्न चाडपर्वहरूलाई लक्षित गरी ‘फोटो शुट’ समेत गर्दै आएको छ । यसै सन्दर्भमा नागपञ्चमीमा गरिने धार्मिक एवं सांस्कृतिक महत्वको झल्को दिन यस प्रकारको फोटो शुट गरेको छ । यस प्रकारको कामले नेपालीहरूले भुल्दै गएको संकृतिलाई जगाईराख्ने फेसियल हाउसकी प्रवन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा बताउँछिन् । यसै अन्तर्गत फेसियल हाउसले नागपञ्चमी थिममा फोटो शुट गरेको छ । नागहरूको बस्ती रहेको विश्वास गरिने पोखरी टौदहलार्ई लोकेशन बनाएर गरिएको फोटो शुटमा मोडेलको रूपमा सुशीला था...
चलचित्र ‘कुईनेटो’को प्रोमो सार्वजनिक

चलचित्र ‘कुईनेटो’को प्रोमो सार्वजनिक

मनोरन्जन, समाचार
मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि. र पिम नेपालको संयूक्त प्रस्तुतीमा कमला जोशी निर्माता रहेको चलचित्र कुईनेटोको टिजर (प्रोमो) ओएस्आर डिजिटल मार्फत सार्वजनिक भएको छ ।  सुदुरपश्चिमको विभिन्न रमणिय एवं पर्यटकिय स्थानमा छायांकन गरिएको चलचित्र कुईनेटो मौलिक विषय वस्तु समावेश भएको  प्रेम कथामा आधारित हाँस्य विधामा वनेको चलचित्र हो । स्थानिय चौधरी र अछामी भाषा र संस्कृतिलाई चलचित्रमा समेटिएको निर्देशक माधव राज खरेलले वताएका छन् । हाँस्य विधामा समेटिएको चलचित्रमा माया, प्रेम, समर्पण, सद्भाव आदीलाई कलात्मक रुपमा चलचित्रमा प्रस्तुत गरिएको छ । माधव राज खरेल निर्देशित चलचित्र कोभिड १९को असर केही कम हुने वित्तिकै सार्वजनिक प्रर्दशनीमा आउने निर्माण कम्पनीले वताएको छ । https://youtu.be/pNObsdJkIk8 निर्देशक खरेलकै लेखन रहेको उक्त चलचित्रमा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी,...
‘अली अली लजाउँदै’ गायिका रितु कंडेल (भिडियो)

‘अली अली लजाउँदै’ गायिका रितु कंडेल (भिडियो)

मनोरन्जन, समाचार
गायिका रितु कँडेलले यस वर्षको तीजको गीत सार्वजनिक गरेकी छिन्। 'अली अली लजाउँदै' बोलको गीत उनले आफ्नै युट्युब च्यानल रितु कंडेल मार्फत सार्वजनिक गरेकी हुन्। बुधबार सार्वजनिक गीतमा स्वर रितु आफैंले दिएकी छिन भने संगित पनि रितुकै रहेको गीतमा एरेन्ज गोविन्द मधुर आचार्य र सम्पादन प्रकाश धमलाको रहेको छ। https://youtu.be/AmzqR_1-JnE सुरेश श्रेष्ठले छायांकन र मिक्सिंग खडक बाजुरालीको रहेको छ। भिडियो निर्देशन र कोरियोग्राफी स्मृति तिमल्सिनाको छ भने रुविना अधिकारी र गायिका रितु स्वयंको अभिनय देख्न सकिन्छ। हरेक वर्षको तीज जस्तै उनले यसवर्ष पनि तीज गीत सार्वजनिक गरेकी हुन्। ...
दर्शकको मन जित्दै ‘आमा सबैकी’ (भिडियो)

दर्शकको मन जित्दै ‘आमा सबैकी’ (भिडियो)

मनोरन्जन, समाचार
टेलिचलचित्र ‘आमा सबैकी’ले यतिवेला दर्शकको मन जित्न सफल भएको छ । मञ्जरी मिडियामार्फत आइरहेको यो समसामायिक टेलिचलचित्रलाई युट्युवमा दर्शकले साथ दिइरहेका छन् । यसको तेस्रो भागसम्म आइपुग्दा सबैको तारिफ बटुल्न सफल भएको छ । राजु गिरीले निर्देशन गरेको यो टेलिचलचित्रमा संगम भण्डारी, सविन बास्तोला, सुभेच्छा थापा, राजु गिरी, सुदन धिताल, लक्ष्मिनाथ तिमिल्सिना, रचना पौडेल, सरोज दाहाल, सुप खनाल, मोहन घिमिरे, समिता रिजाल, सरोज मानन्धरलगायतका कलाकारको अभिनय रहेको छ । https://youtu.be/dW1QQIPCBmk रामकृष्ण चौलागाईंको छायाँकन, ललित सिंह साउदको सम्पादन रहेको यो टेलिचलचित्रको निर्माण सुस्मिता धितालले गर्नुभएको हो । टेलिचलचित्रमा सामाजिक विषयवस्तुलाई यर्थाथ परक र व्यङ्ग्यातमक रुपमा प्रस्तुत गरिएको छ । यो टेलिचलचित्र हरेक शुक्रबार चार बजे सार्वजनिक हुने गरेको छ । ‘आमा सबैकी टेलिचलचित्र तेस्रो भाग...
‘मिस्टर एण्ड मिस एसईई आईकन’को आठौं संस्करणको उपाधि रिभा खनाल र निमा तेन्जिङ्ग शेर्पाले जिते

‘मिस्टर एण्ड मिस एसईई आईकन’को आठौं संस्करणको उपाधि रिभा खनाल र निमा तेन्जिङ्ग शेर्पाले जिते

मनोरन्जन, समाचार
ललितपुर : यस बर्षको मिस्टर एण्ड मिस एसईई आईकनको आठौं संस्करणको उपाधि रिभा खनाल र निमा तेन्जिङ्ग शेर्पाले जितेका छन । मिस तर्फकी उपाधी विजेता रिभाले मिस एसईई आईकनको ताज सहित मोष्ट पपुलर, बेष्ट स्पीच र मल्टीमिडिया च्वाइस अवार्ड समेत हात पार्न सफल भईन भने मिस्टर तर्फका शेर्पाले उपाधी सहित बेष्ट सिंगर तथा मल्टीमिडिया च्वाइसको अवार्ड हात पारे ।त्यसै गरि, मिस तर्फ सुस्मिता बरालले फस्ट रनर अपको उपाधी सहित बेस्ट स्माईलको अवार्ड जितिन भने सन्जिता परियार सेकेण्ड रनर अपको उपाधि सहित मस्ट डिजरभिङ्गको अवार्ड, स्तुती न्यौपानले थर्ड रनर अपको उपाधी सहित मोष्ट आइकोनीक आइज तथा मिस फरफेक्टको अवार्ड र कुशुम आले मगरले फोर्थ रनर अप सहित बेष्ट डान्सको अवार्ड हात पार्न सफल भईन ।मिस तर्फ अन्य टाईटल विजेताहरुको विवरण :-सुजाता तामाङ्ग : मिस क्याटवाक तथा मोष्ट फोटोजेनिकतिसा शाक्यः मिस ट्यालेन्टरिजुला श्रेष्ठः मोष्ट ...
तारा श्रीस मगरको स्वरमा ‘आमा’ सार्वजनिक(भिडियोसहित)

तारा श्रीस मगरको स्वरमा ‘आमा’ सार्वजनिक(भिडियोसहित)

मनोरन्जन, समाचार
गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को फस्ट रनरअप तारा श्रीस मगरको स्वरमा रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ । रश्मी काली थापाको शब्द, अष्ट लामाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भ्वाइस अफ नेपालमा आफ्नो स्वरको जादुबाट सबैको मन जित्न सफल हुनुभएको थियो ताराले । गीतकारका रुपमा रश्मीको यो सार्वजनिक पहिलो गीत हो । https://www.youtube.com/watch?v=uDGfsHZv2MQ जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा अग्रज अभिनेत्री शर्मिला मल्ल र नायिका अफ्सना थापाको अभिनय रहेको छ । आमाका बारेमा लेखिएको यो गीतलाई निक्कै मार्मिक ढंगले प्रस्तुत गरिएको छ । गीत जति मनछुने छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । परदेशमा रहेका नारीहरूले स्वदेशमा रहनुभएको आमाको सम्झनामा भाव पोखिएको छ । विदेशमा रहँदा आमाको सम्झनाले ब्याकुल बनाएको गीतमार्फत प्रस्तुत गरिएको छ । दिपेन बस्न्यातको छाया...
विश्व किर्तीमानी गीतकार डा. उपाध्यायको फरक शैलीका ७ गीतिकविता सार्वजनिक

विश्व किर्तीमानी गीतकार डा. उपाध्यायको फरक शैलीका ७ गीतिकविता सार्वजनिक

मनोरन्जन, समाचार
विश्व किर्तीमानी गीतकार तथा कवि साहित्यकार डा. डि.आर. उपाध्यायले मँगलबार एक समारोहबीच आफ्ना फरक शैलीका ७ वटा गीति कविता सार्वजनिक गरेका छन् । गिनीज अफ वल्र्ड रेकर्ड सहित विश्वका चर्चित ५२ वटा विधामा यस अघि विश्व रेकर्ड कायम गरेका गीतकार तथा साहित्यकार उपाध्यायले मँगलबार सार्वजनिक गरेका ७ वटा गीति कवितालाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्दैछन् ।यसपटक उनले सार्वजनिक गरेको गीति कवितामा विश्वका ११० म्युजिक ब्यान्डको नाम समेटिएको गीति कविता, हामी शब्द ६० पटक समेटिएको गीति कविता, १७० मोवाईल फोनको नाम समावेश गरिएको गीति कविता, ५३ विभिन्न प्रजातिको कुकुरहरुको नामबाट तयार गीति कविता, संसारका प्रचलित ४१ वटा ह्याट–क्वापको नाम समेटिएको गीति कविता, शब्दको अन्त्यमा ४३ यो अक्षर समावेश गरि बनाईएको गीति कविता, विभिन्न गाडीका ६० वटा मोडलहरुको नामबाट तयार गरिएको गीति कविता सार्वजनिक गरेका हुन् । यी गीत...
जोसेफ शाही ठकुरी र धर्मेन्द्र सुनारको युगल गायनमा ‘जिन्दगीले घुमायो’को भिडियो सार्वजनिक(भिडियो)

जोसेफ शाही ठकुरी र धर्मेन्द्र सुनारको युगल गायनमा ‘जिन्दगीले घुमायो’को भिडियो सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
रत्न डंगोलको अभिनय रहेको गीत ‘जिन्दगीले घुमायो’ सार्वजनिक भएको छ । युवा गायक जोसेफ शाही ठकुरी र भ्वोइस अफ नेपालका प्रतिस्पर्धी धर्मेन्द्र सुनारको युगल गायनमा रहेको गीत ‘जिन्दगीले घुमायो’को भिडियो सार्वजनिक भएको हो । जोसेफ शाही अफिसियल युट्युव च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ । सर्वश्व गुमाएर पनि जिउने आत्मबल नगुमाएको एक्लो पात्रको कहाँनी समेटिएको गीतकोको भिडियोमा डंगोलसँगै राजिन आचार्य, रामबाबु रेग्मी र रचना गौतमको अभिनय रहेको छ । सिम भन्ज्यांग विभिन्न स्थानमा छायाँकन गरिएको भिडियोमा गौरव गिरीको निर्देशन छ । https://youtu.be/nwlmpEUcEPQ जोसेफको नै शब्द, करणराज कार्कीको संगीत र देबेश राइको संगीत संयोजन रहेको गीत ए वन म्युजिसियन स्टडीयोमा रेकर्ड गरिएको हो भने ध्वनी सम्पादन किशोर थापाको छ । बसन्त कुँवरको छायाँकन, बलभद्र कुँवरको सम्पादन रहेको गीतको भिडियोमा श्याम कुँवरक...
नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको पाँचौ अधिवेशन सम्पन्न

नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको पाँचौ अधिवेशन सम्पन्न

मनोरन्जन, समाचार
नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको पाँचौ अधिवेशन राजधानी काठमाण्डौमा सम्पन्न भएको छ । कोरोनाको कहरका विचमा पनि भौतिक दुरी कायम गर्दै आयोजना गरिएको कार्यक्रममा संगठनको लागि नयाँ पदाधिकारी चयन गरिएको छ । निर्वाचन अधिकृत तथा संचारकर्मी डब्बु क्षेत्रीको रोहवरमा निर्वाचन सम्पन्न गरिएको छ । पाँचौ महाधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गरेको छ । जसमा अध्यक्ष खगेन्द्र प्याकुरेल, बरिष्ठ उपाध्यक्ष ऋषिराज आचार्य, महिला उपाध्यक्ष सरिता भारती, संगठन उपाध्यक्ष दयाराम घिमिरे, कार्यक्रम उपाध्यक्ष सुवास बुढाथोकी, महासचिव राजन थापा, सचिव प्रदिप वास्तोला, सह–सचिव, सुरेश कुमार राउत, कोषाध्यक्ष कमला कुमारी जोशी, सह–कोषध्यक्ष प्रवण भुषाल र केन्द्रिय सदस्य तथा प्रवक्ता कल्याण अधिकारी केन्द्रिय सदस्य डेविल सिंह राजपुत, तुलसा कटुवाल, साक्षी लम्साल, सुष्मा देवकोटा, गोपाल ढकाल, प्रेम पाण्डे, केन्द्रिय सदस...