लोकप्रिय कलाकार गोपाल ढकाल ‘छन्दे’ प्रथम उपराष्ट्रपतिबाट सम्मानित
“राष्ट्रलाई पुर्याएको योगदान विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई विशेष सम्मान” भन्ने मूल नाराका साथ रिवन इन्टरटेन्मेन्ट प्रा लि को ७ औँ बार्षिकोत्सबको अवसरमा आयोजना गरिएको राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ मा विगत १७ बर्षदेखि नेपाली कलाकारिताको क्षेत्रमा दर्जनौँ सुपरहिट ठूलो पर्दाका नेपाली कथानक चलचित्र, टेलि चलचित्र, विज्ञापनहरु, सडक नाटक, स्टेज शोहरु, देश बिदेशमा आफ्नो प्रस्तुति दिईसकेका, बिभिन्न संघ संंस्थामा आबद्घ एवम् अनेक राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड, सम्मानबाट सम्मानित चर्चित हाँस्य कलाकार गोपाल ढकाल छन्देलाई कार्यक्रमका प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति सम्माननीय परमानन्द झाबाट सम्मानित गरिएको छ ।
उक्त कार्यक्रममा व्यवसायी, व्युटिसियन नेपाली चलचित्रकर्मी, संगीतकर्मी लगायत विभिन्न विधाका लगभग ८० जना व्यक्तित्व तथा स्रष्टालाइ योगदानको आधारमा सम्मानि...









