आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

नेपाल भाषाको फिल्म ‘गालय वन’को ट्रीजर र गीत सार्वजनिक

नेपाल भाषाको फिल्म ‘गालय वन’को ट्रीजर र गीत सार्वजनिक

मनोरन्जन, समाचार
भक्तपुर कमल बिनायक चलचित्र मन्दिरमा हालै एक बिशेष समारोहको आयोजना गर्दै नेपाल भाषाको चलचित्र ‘गाल्य वन”को ट्रेलर र गीत सार्वजनिक गरिएको छ । वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख् आतिथ्य तथा वरिष्ठ कलाकार प्रकाश अधिकारीको बिशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कलाकार, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तित्वहरुको लगायतको बाक्लो उपस्थिति रहेको थियो । एस स्क्वायर ईन्टरप्राईजेजको ब्यानरमा निर्माण भएको तथा अजय दुवाल निर्माता रहेको चलचित्रलाई संयुक्त स्थापितले निर्देशन गरेका छन । कार्यक्रममा प्रमुख् आतिथि वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ तथा बिशेष आतिथि वरिष्ठ कलाकार प्रकाश अधिकारीले चलचित्रलाई सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो भने यसको प्रदर्शन मिति पनि छिट्टै सार्वजनिक गर्ने कुरा निर्देशक संयुक्त स्थापितले जानकारी गराउनु भएको थियो । चलचित्रको सार्वजनिक भएको गीतमा भने स्वर गायक पूर्णमान ...
गीताको शव्दमा शान्तिश्री र सारिकाको स्वरमा ‘छम्म छम्म नाचौँ न’ (भिडियो)

गीताको शव्दमा शान्तिश्री र सारिकाको स्वरमा ‘छम्म छम्म नाचौँ न’ (भिडियो)

मनोरन्जन, समाचार
हिन्दू महिलाहरूको महान् पर्व तीजलाई लक्षित गर्दै यस वर्षका तीज गीत सार्वजनिक हुने क्रममा छन् । यही मेसोमा नारायण रिजालको निर्देशन रहेको तीज गीत ‘छम्म छम्म नाचौँ न’ सार्वजनिक भएको छ । सञ्चारकर्मी गीता अधिकारीको शब्द, शान्तिश्री परियार र सारिका घिमिरेको स्वर, योगेशकाजीको संगीत/एरेञ्ज, पवन विश्वकर्माको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । वरिष्ठ गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यता र वरिष्ठ गायक राजु सिंहको सभापतित्वमा भएको कार्यक्रममा विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, साहित्यकार शैलेन्द्र चापागाईं, सञ्चारकर्मी सानुकाजी श्रेष्ठ, तुलसी गिरी ‘भावुक’ लगायत व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो । उहाँहरूले तीजको मौलिक गीत बनेकोमा गीत र भिडियोसँग सम्बन्धित सबैलाई बधाई तथा शुभकामना दिनुभएको थियो । ‘तीज गीतमा पछिल्लो समय...
तराई समर विक फैसन प्रतियोगिताको उपाधी सुजित पटेल र श्रेया झाले जिते

तराई समर विक फैसन प्रतियोगिताको उपाधी सुजित पटेल र श्रेया झाले जिते

मनोरन्जन, समाचार
मधेश प्रदेश अन्तर्गत सर्लाहीको सदरमुकाम मलंगवामा ब्राइट इभेन्ट मेनेजमेन्टको प्रस्तुतिमा आयोजित तराई समर विक फैसन प्रतियोगितामा बेस्ट मोडलको उपाधी पुरुषतर्फ सुजित पटेल र महिलातर्फ श्रेया झाले जितेका छन् । मलंगवा नगरपालिका-८ स्थित कुशुम पार्टी पैलेसमा सम्पन्न भएको प्रतियोगिताको फाइनलमा सर्लाही जिल्ला लगायत जिल्ला बाहिर बिरगंज र जनकपुरबाट भाग लिइ फाइनल प्रतिस्पर्धाको लागि छनौट भएका १४ जना फाइनालिस्टहरु मध्येबाट सुरज कुशवाहा र बुनु श्राफले दोस्रो तथा मनिष पासवान र स्वेता गुप्ताले तेस्रो स्थान जित्न सफल भएका छन् । प्रतियोगितामा सहभागी भएका अन्य प्रतिस्पर्धीहरुलाई पनि विभिन्न विद्याको पुरस्कारबाट सम्मानित गरिएको थियो। तराई मधेशका किशोर किशोरी तथा युवा युवतीहरुले आफु भित्र लुकाएर राखेको अन्तरनिहित प्रतिभालाई उजागर गरि समाजमा फैसनको क्षेत्रलाई छुट्टै पहिचान दिलाउने उदेश्यले यो प्रतियोगिताको आय...
गीतकार तथा मोडल प्रिन्स लियोको‘लेख्छ कसले मर्ने मिति’(भिडियो)

गीतकार तथा मोडल प्रिन्स लियोको‘लेख्छ कसले मर्ने मिति’(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौँ । लोकप्रिय गायक शिव परियारको लेख्छ कसले मर्ने मिति बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार तथा मोडल प्रिन्स लियोको शब्द सृजना रहेको गीतमा नेहर बुढाथोकीले संगीत भरेका छन् । पछिल्लो समय नेपाली समाजमा देखिएको सामाजिक विकृतिले विछोडिएको परिवारको कथालाई मोडलद्वय प्रिन्स लियो र विना राउतका माध्यमबाट देखाउन खोजिएको छ । https://www.youtube.com/watch?v=MfZQ2tbRqXA प्रिन्स र विनासहित बालकलाकार आयुषा ढकाल र प्रशान्त डिसीको अभिनय भिडियोमा देख्न सकिन्छ छ । विशाल निरौलाको एरेन्ज रहेको गीतको भिडियोको सम्पादन र कलरिङ मिलन विश्वकर्माले गरेका हुन् भने भिडियोको छायांकन प्रकाश खड्काको टिमले गरेको हो । विक्रम चौहानको निर्देशन रहेको भिडियोको निर्माता समेत मोडल प्रिन्स लियो हुन् । प्रिन्सको शब्दमा प्रमोद खरेलको स्वरमा रहेको मलाई मारिदिनुको भिडियो बजारमा आएको थियो । प्रिन्स स्वयंकै अभिनय ...
रोशन भट्टराईको ‘फुल झैं कोमल तिमी’मा आनन्द कार्कीको स्वर (भिडियो)

रोशन भट्टराईको ‘फुल झैं कोमल तिमी’मा आनन्द कार्कीको स्वर (भिडियो)

मनोरन्जन, समाचार
सुमन कुमार श्रेष्ठ र रोशन भट्टराईको निर्देशनमा ‘फुल झै कोमल तिमी’ सार्वजनिक २०६२ सालदेखि निरन्तर गीत लेखनमा सक्रिय गीतकार रोशन भट्टराईको नयाँ गीत फुल झैँ कोमल तिमी सार्वजनिक भएको छ । नेपाली सांगितिक क्षेत्रमा मुख्यत: रोमान्टिक गायक, गजल सम्राटका रुपमा आफ्नो पहिचान बनाएका वरिष्ठ गायक आनन्द कार्कीको सुमधुर आवाजमा सजिएको गीतमा वरिष्ठ संगीतकार तारा प्रकाश लिम्बु र युमेशले संगीत भरेका छन भने संगीत संयोजन फणिन्द्र राईको रहेको छ । गीतकार रोशन भट्टराईको प्रस्तुति रहेको भिडियोलाई गायक तथा सञ्चारकर्मी सुमन कुमार श्रेष्ठ र गीतकार भट्टराईले संयुक्त रुपमा निर्देशन तथा परिकल्पनामा तयार पारिएको छ । https://youtu.be/b08CTPQtJh8 नायिका नम्रता सापकोटा र मोडेल कमल सिंहको भरपुर रोमान्स तथा दमदार अभिनय रहेको भिडियोमा वरिष्ठ सिनेम्याटोग्राफर राजु केसिको छांयाकन, निराजन केसिको सम्पादन तथा मेकअप वरिष्...
गायिका सुजाता केसीको ‘गाएर नाचेर टोलै थर्काउने’सार्वजनिक(भिडियो)

गायिका सुजाता केसीको ‘गाएर नाचेर टोलै थर्काउने’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
हिन्दु नारीहरूको आउदै गरेको महान् पर्व हरितालिका तिजको शुभकामना सहित अर्जुन पोखरेलको शब्द संगित र  गायिकासुजाता केसीको स्वरमा’गाएर नाचेर टोलै थर्काउने’गायिका सुजाता केसीको आफ्नै युटुब च्यानलबाट सार्वजनिक भएको छ । गित संगीतमा निकै नै रुचि राख्ने सुजाता केसीले अत्यन्तै मिठो अनि मौलिक रहेको भाका रहेको तिज गित सार्वजनिक गरिसके पछी ६० हजार भन्दा माथि दर्शक स्रोताको नजरमा पुगिसकेको छ । तीज गीतको नाममा पछिल्लो समय धेरै तीजका गितहरु दोहोरी गीत जस्तै बनेर ,अलिक भड्किला शब्दहरु प्रयोग गरेर आइरहेका छन् उसो त मौलिक तिज गितहरु लोप हुन थाले भन्ने जस्ता जनगुनासाहरु आइरहेको अवस्थामा सुजाता केसीले भने मौलिक सृजनालाई अलि बढी महत्व राख्ने गायिका तथा सर्जक हुन् । https://youtu.be/ebeco6e1iw4 गीतको भाव अनुसार म्युजिक भिडियो पनि उत्तिकै मिठासपूर्ण ढंगले तयार पारिएको छ । भिडियोमा लोकप्रिय मोडल उ...
साधना म्युजिक अवार्ड (रिवार्ड)का उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदान

साधना म्युजिक अवार्ड (रिवार्ड)का उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदान

मनोरन्जन, समाचार
साधना म्युजिक अवार्ड (रिवार्ड)का उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदान गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमबीच उत्कृष्ट पाँचलाई प्रमाणपत्र वितरण गरिएको हो । तीन वर्षदेखि राष्ट्रिय साधना अवार्ड कार्यक्रम गर्दै आएको सामना म्युजिक क्रियसनले यसपटक रिवार्ड गर्न लागेको हो । अर्थात् अवार्डसँगै नगद प्रदान पनि गर्ने कार्यको सुरुवात गर्न लागेको छ । नेपालमा अवार्ड वितरण आयोजकले गर्न लागेको सम्भवतः यो नै पहिलो रिवार्ड भएको आयोजकको दाबी छ । जसअन्तर्ग सोमबार विभिन्न २१ विधाका उत्कृष्ट पाँच कलाकार/सर्जक/स्रष्टालाई मनोनयनको प्रमाणपत्र वितरण गरिएको छ ।चाडै नै एक विशेष कार्यक्रमको आयोजन गरेर अवार्ड (रिवार्ड) प्रदान गरिने सामना म्युजिक क्रियसनकी अध्यक्ष सामना शाहले जानकारी गराउनुभयो । अवार्डका नाममा विकृति बढेको र अवार्ड किनबेच हुने गरेको भनेर आलोचना भइरहेका बेला आफूहरूले नयाँ प्रयोग गर्न खोजेको प्रा...
आरबी खत्री ‘सरद’को नयाँ भजन सार्वजनिक(भिडियो)

आरबी खत्री ‘सरद’को नयाँ भजन सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
आरबी खत्री ‘सरद’ले नयाँ भजन सार्वजनिक गरेका छन् । उनले भगवान शिवको नाममा ‘ॐ नम शिवाय’ भजनको भिडियो सहित सार्वजनिक भएको छ ।उनी आफैले लेखेको गीतमा संगीत बाबुल गिरीले भरेका छन् । भजनमा गायक स्वयंम अभिनयमा उत्रिएका छन् । उनको साथमा सुरेन्द्र मकाजु,सरिता भण्डारी,शंकर पोखरेल,सुजता पोखरेल र बिन्दु कार्कीको अभिनय रहेको छ । पोखराका विभिन्न स्थानमा खिचिएको थियोलाई दर्शकले पनि युटुबमा मन पराएका छन् । https://www.youtube.com/watch?v=OYAr_ex08ow उत्तम अर्यालले खिचेको भिडियोलाई नबिन निरौँलाले सम्पादन गरेका छन् । यस भजनको निर्देशन पनि गायक खत्रीले नै गरेका छन् । त्यस्तै यो भिडियोमा लगानी सुरेन्द्र मकाजुुको छ । गायक खत्रीले यस अघि थुप्रै म्युजिक भिडियो तथा ठुला व्यानरका फिल्ममा कम गरिसकेका छन् । नैना रेशम,नबोलेनी हाँसि राखन,सिसा,नाईट क्विन,पसिना लगायत फिल्मा गायक खत्रीले आफ्नो काम देखाइसकेका छन् ...
“मिस इकलेज २०२२” को लागि आवेदन फारम खुल्ला

“मिस इकलेज २०२२” को लागि आवेदन फारम खुल्ला

मनोरन्जन, समाचार
साउन २, काठमाडौं, विगत १३ वर्ष देखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले मिस ईकलेज २०२२ को एघारौंै संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी दिएको छ । उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष देखि २५ वर्ष सम्मका छात्राहरुलाई मध्यनजर राखि “ मिस ईकलेज २०२२ ” को आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले वताउनु भयो । कलेज स्तरका युवतीहरुको शैक्षिक विकास , व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाको लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई एक शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको हो । विगत १३ वर्षदेखि काठमाडौंमा रहेर राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्द...
‘मिस टिन हिमालय नेपाल २०२२’ सम्पन्न

‘मिस टिन हिमालय नेपाल २०२२’ सम्पन्न

मनोरन्जन, समाचार
कथा ईभेन्टले आयोजना गरेको ‘मिस टिन हिमालय नेपाल २०२२’ सम्पन्न भएको छ । १३० जना प्रतिष्पर्धीहरू मध्ये ३७ जना प्रतिस्पर्धाहरूले मिस टिन हिमालय २०२२ ताजको लागि प्रतिस्पर्धा गरेका थिए । मिस टिन हिमालयको ग्रान्ड फिनाली योहो टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको थियो कथा ईभेन्टका चेयरमान गनिका गुरुङले मिस टिन हिमालय नेपाल अहिलेको सबैभन्दा चर्चित राष्ट्र स्तरको टिन प्याजेन्टको रूपमा स्थापना भइसकेको जानकारी दिए । ग्रान्ड फिनालीमा वरिष्ठ पाईल्ट तथा समाजसेवी क्याप्टेन बिजय लामाले प्रमुख अतिथिको भूमिका निर्वाह गरेका थिए भने ड्रिस्टिक ३२५ E का ड्रिस्टिक गभ्रनर लायन कर्म गुरूङ् र ड्रिस्टिक फष्ट लेडि लायन अन्जलि गुरूङ्ले विशेष अतिथिको भूमिका निर्वाह गरेका थिए । मिस टिन हिमालय नेपालको ग्रान्ड फिनालीमा भने वरिष्ठ र्‍यापर निर्णय श्रेष्ठ, अभिनेत्री बेनिशा हमाल, क्याप्टेन रमण घिमिरे, उद्यमी रतिन्द्र सिंह र म...