आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

“मिसेस नेपाल अस्ट्रेलिया” हुदै, आवेदन फारम खुल्ला

“मिसेस नेपाल अस्ट्रेलिया” हुदै, आवेदन फारम खुल्ला

मनोरन्जन, समाचार
अस्ट्रेलिया –  हिमाली कल्चरग्रुप मेलवन अस्ट्रेलियाको आयोजना, इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा विवाहीत महिलाहरुमा केन्द्रित “मिसेस नेपाल अस्ट्रेलिया ” आयोजना गर्ने घोषणा भएको छ । उक्त कार्यक्रमको लागि आवेदन पनि खुल्ला भइसकेको छ । विबाहित महिलाहरुको सहभागीता लाइ ध्यानमा राखि हिमाली कल्चरग्रुप मेलवर्नले यो कार्यक्रम पहिलो पटक गर्न लागेको हो । महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै अन्तर्राष्ट्रिय क्षेत्रमा एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रुपमा अगाडि बढाउनका साथै नेपालको पर्यटनक्षेत्रमा सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई विस्तार गरिन लागिएको हो । विगत दश वर्ष देखि अस्टेलियामा रहेर नेपाल र नेपाली समाजको लागि विभिन्न सामाजिक स...
शिवन पोखरेल निर्देशित तथा अभिनित “झोले” सार्वजनिक(भिडियो)

शिवन पोखरेल निर्देशित तथा अभिनित “झोले” सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
मोडल तथा म्यूजिक भिडियो निर्देशक शिवन पोखरेलको निर्देशनमा  फरक र यथार्थपरक गीत “झोले” सार्वजनिक भएको छ। यस गीतमा आशिक राईको स्वर रहेको छ भने आशिक राई कै शब्द, संगीत रहेको छ। यस गीतको भिडियोमा शिवन पोखरेलको परिकल्पना तथा निर्देशन रहेको छ भने प्रदिप कुमार रसाईलीको कोरियोग्राफी, करण चैशिर र सरोज शाहीको छायांकन, टेकेनद्र शाहको सम्पादन रहेको छ। https://youtu.be/u0OYiTBoPHU उक्त गीतको भिडियोमा रबी गिरी, पवन खतिवडा, शिवन पोखरेल, आशिक राई, नविना सिलवाल (खुईली), कल्पना सिंह, हरिहर तिमिल्सिना, सपना रसाईली, करुणा केसी, राकेश रणपहेली, रुपेश तामाङ, राजिब आले मगर, राज कुमार गिरी, माया मोक्तान, राज कुमार तामाङ (टाईगर), गणेश कुँवर आदीको अभिनय रहेको छ। यस गीतलाई युबिन ईन्टरटेनमेन्टबाट सार्वजनिक गरिएको हो। ...
टेक बिसी र सिम्रोन परियारको स्वरमा “दुरी मलाई हुनु छैन” (भिडियो)

टेक बिसी र सिम्रोन परियारको स्वरमा “दुरी मलाई हुनु छैन” (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । गितकार हरिभक्त बुढाथोकीको शब्द तथा टेक बिसी र सिम्रोन परियारको स्वरमा “दुरी मलाई हुनु छैन” बोलको गित सार्वजनिक भएको छ । शुक्रवार गितकार हरिभक्त बुढाथोकीकै युटुब च्यानलमा सार्वजनिक गरिएको गितको भिडियोमा बिना रावत, अनिता मेहेन्ता र भुगोल कुमार कार्किको अभिनय रहेको छ । भिम बिसीले संगित दिएको गितको भिडियो निर्देशन तथा कोरियोग्राफी बिशाल कैनिले गरेका छन् । गितकार हरिभक्त बुढाथोकी नेपाली साहित्य र समाजसेवामा एउटा उदाहरणीय नाम हो । एक दर्जन भन्दा बढि पुस्तकका लेखक,साथै ४ विविध विधामा सोध्यपत्र समेत लेखीएका अब्बल ब्याक्ति हुन । साथै नेपालीमा ड्राइभिङ्ग सम्बन्धी पुस्तकका पहिलो लेखक र ती पुस्तकहरू हुन “सवारी ज्ञान” “ड्राइभिङ्ग शिक्षा” तथा English मा “Motor driving” आदि ड्राइभिङ्ग सम्बन्धी पत्रीकाका पहिलो सम्पादक र प्रकाशक तेरथुम जिल्लाका पहिलो नाटककार, उपन्यासकार, गीतकार, कथाकार (साहि...
गायिका पुजनलाई ‘चुपचाप’बाट सर्वोत्कृष्ट महिला गायनको अवार्ड

गायिका पुजनलाई ‘चुपचाप’बाट सर्वोत्कृष्ट महिला गायनको अवार्ड

मनोरन्जन, समाचार
काठमाडौं । गायिका पुजन काफ्लेलाई यो वर्षको नवौं नेशनल क्यापिटल अवार्डमा ‘सर्वोत्कृष्ट महिला आधुनिक गायन’को अवार्ड प्रदान गरिएको छ । राजधानीको नेपाल पर्यटन बोर्डमा आयोजित उक्त समारोहमा गायिका काफ्लेलाई ‘चुपचाप’ बोलको गीतबाट उक्त अवार्ड प्रदान गरिएको मूल आयोजक समितिले जनाएको छ । समारोहका विशिष्ठ अतिथीद्धय पूर्व मुख्य मन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डे,पूर्व मन्त्री एवं बागमती प्रदेश सदस्य दिपेन्द्र श्रेष्ठ तथा चलचित्र कलाकार संघका वरिष्ठ उपाध्यक्ष शिवहरि नेपाल ‘वैरागी’ले सो विधाको अवार्ड प्रदान गरेका थिए । पुरुष गायक तर्फबाट हिमाल सागरले उक्त अवार्ड हात पार्न सफल भएका थिए ।केहि समय अघि मात्र पनि थाईलैण्डको बैंककमा भव्य समारोहका वीच हिमालयन ईन्टरनेशनल अवार्डमा सोही गीतबाट उत्कृष्ट गायिकाको अवार्ड जित्न सफल गायिका काफ्ले शिक्षाकर्मी संगै गायनमा समेत व्यस्त रहदै आएकी छिन...
तृप्ति खड्का गुरुङ्गलाई ‘सर्वोत्कृष्ट गायन’ को अवार्ड

तृप्ति खड्का गुरुङ्गलाई ‘सर्वोत्कृष्ट गायन’ को अवार्ड

मनोरन्जन, समाचार
काठमाडौं । लोकप्रिय गायिका तृप्ति खड्का गुरुङ्गले यो वर्षको नवौं नेशनल क्यापिटल अवार्डमा सर्वोत्कृष्ट गायिकाको अवार्ड चुम्न सफल भएकी छिन । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित उक्त विशेष समारोहमा उनले गाएको ‘तिम्रो झझल्को ‘बोलको गीतबाट सर्वोत्कृष्ट महिला गायनबाट अवार्ड हात पारेकी हुन । पुरुष गायक तर्फबाट हिमाल सागरले उक्त अवार्ड हात पार्न सफल भएका थिए । एघार लाख भन्दा वढि पटक हेरिएको उक्त गीतको भिडियो २०८१ साल हरि उफ्रेती अफिसियल युटुयूब च्यानलबाट सार्वजनिक गरिएको थियो । समारोहका विशिष्ठ अतिथीद्धय पूर्व मुख्य मन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डे,पूर्व मन्त्री एवं बागमती प्रदेश सदस्य दिपेन्द्र श्रेष्ठ तथा चलचित्र कलाकार संघका वरिष्ठ उपाध्यक्ष शिवहरि नेपाल ‘वैरागी’ले गायिका तृप्तिलाई सो विधाको अवार्ड प्रदान गरेका थिए । डेढ दशक भन...
गायिका सुमी पराजुलीलाई ‘बेस्ट स्टाइलिस सिङ्गिङ अवार्ड’

गायिका सुमी पराजुलीलाई ‘बेस्ट स्टाइलिस सिङ्गिङ अवार्ड’

मनोरन्जन, समाचार
काठमाडौं – नवौं नेसनल क्यापिटल अवार्ड २०८१ मा गायिका सुमी पराजुलीले गीत ‘माया गर्ने तरिका’ बाट बेस्ट स्टाइलिस सिङ्गिङ अवार्ड जित्न सफल भएकी छन्। उनले यस सम्मानमार्फत नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएकी छिन्। सुमीको आवाजमा प्रस्तुत ‘माया गर्ने तरिका’ गीतले दर्शक तथा श्रोतामाझ विशेष लोकप्रियता कमाएको थियो। गायकमा सुमी पराजुलीलाई चर्चित गायक प्रताप दासले साथ दिएका थिए । गीतमा उनको गायन शैली, अभिव्यक्ति र प्रस्तुति निकै प्रभावशाली रहेको भन्दै निर्णायक मण्डलले उनलाई यो अवार्डका लागि छनोट गरेको हो। सांगीतिक क्षेत्रको योगदानलाई सम्मान गर्न र प्रतिभाशाली कलाकारलाई हौसला प्रदान गर्न गरिँदै आएको नेसनल क्यापिटल अवार्डमा यस वर्ष विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो। सुमी पराजुलीको नाम यस वर्षको विशेष आकर्षण बनेको छ। नेपाल पर्यटन बोर्डमा सम्पन्न उ...
त्रिप्ती तथा विजयको स्वरमा‘तिम्रो धड्कन’ सार्वजनिक(भिडियो)

त्रिप्ती तथा विजयको स्वरमा‘तिम्रो धड्कन’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं ।  गायिका तृप्ति खड्का गुरुङ्ग तथा गायक बिजय गुरुङ्गको स्वरमा रहेको ‘तिम्रो धड्कन’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका तृप्ति खड्का गुरुङ्गको आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक गितको भिडियोमा गायक गुरुङ्ग स्वयं फिचर्ड छन भने उनलाई नवमोडल शिवानी मित्रले साथ दिएकी छिन । विजय गुरुङ्गकै शव्द तथा संगीतमा तयार भएको गीतको भिडियोको निर्देशन समेत उनकै रहेको छ । नरेश पाण्डेको एरेन्जमा तयार गीतलाई सारेगम स्टुडियोमा रेकर्ड गरिएको हो । https://www.youtube.com/watch?v=vw9svSVAwFc उपत्यकाका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोलाई प्रकाश खड्का एण्ड टिमले छायांकन तथा मिलन विश्वकर्माले सम्पादन र राजाराम सिंखडाले सहायक निर्देशन गरेका छन । गायक गुरुङ्ग तथा गायिका खड्का यस अघिका थुप्रै गीतहरु लोकप्रिय छन । ...
स्व.गुरुदेव कामतमा समर्पित कृष्ण भट्टराईको स्वरमा ‘ओठको त्यो मधुरस'(भिडियो)

स्व.गुरुदेव कामतमा समर्पित कृष्ण भट्टराईको स्वरमा ‘ओठको त्यो मधुरस'(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं ।  शंकर अधिकारी घायलको शब्दमा गुरुदेव कामतको संगीत अनि कृष्ण भट्टराईको स्वर रहेको ‘ओठको त्यो मधुरस पिलायौ अलि अलि’ गायक कृष्ण भट्टराईकै आफ्नै युटुव च्यानल बाट रिलिज गरिएको छ । युबा अबस्थामा हुने उतारचढावलाइ मिठो ढंगले बुनिएको शब्द लाइ गुरुदेव कामतले रमाइलो पारामा गजल लाइ संगीत गरेका छन । उक्त गजलको भिडियोमा स्वयं गायक हार्मोनियम सहित प्रस्तुत भएका छन । गजल लाइ नया स्वरुपमा छायांकन गरिएको छ। https://youtu.be/LwhvRqG36Iw चक्र बहादुर बरालको छायांकन ,रोशन भुसालको मेकप र राजेस कुमारको सम्पादन रहेको छ,  भने नृत्य राजन महर्जन अनि अभिनय समिक्षा भुजेल, कृष्ण भट्टराई , रवि खड्का , राजु पौडेल , सुजन बस्नेत, नबराज अधिकारी , र  बिक्रम गिरी र जेलिसा कार्किको अभिनय रहेको छ,  भने गीतकार शंकर अधिकारी घायलले उक्त भिडियोलाइ निर्देशन गरेका छन । ...
इन्डोनेसियामा `दोस्रो इन्टरनेशनल एचिभमेन्ट अवार्ड २०२५´ सम्पन्न

इन्डोनेसियामा `दोस्रो इन्टरनेशनल एचिभमेन्ट अवार्ड २०२५´ सम्पन्न

मनोरन्जन, समाचार
बाली, इन्डोनेसिया | निकिला मिडिया नेटवर्कद्वारा आयोजना गरिएको `दोस्रो इन्टरनेशनल एचिभमेन्ट अवार्ड २०२५ ´इन्डोनेसियाको बालीमा भव्य रूपमा सम्पन्न भएको छ। बाली पेजेन्ट्स को सहकार्यमा सम्पन्न यस कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका विशिष्ट योगदानकर्ता व्यक्तित्वहरूलाई सम्मान गरिएको हो। यसअघि पहिलो अन्तर्राष्ट्रिय उपलब्धि पुरस्कार थाइल्याण्डको बैंकक सहरमा सम्पन्न गरिएको थियो। इन्डोनेसियामा आयोजित उक्त अवार्ड सेरेमोनिमा अभिनेता शिव हरि नेपाल (बैरागी), व्यवसायी बद्री प्रसाद उप्रेती, कानुन व्यवसायी कलम बहादुर खत्री, साहित्यकार राधा देवी पराजुली (भण्डारी), सामाजिक कार्यकर्ता निशा लामा, उद्यमी शलिना लामा, सामाजिक अभियन्ता फुर्साङ लामा तामाङ, बैंकर कृष्ण केसी, व्यवसायी निरञ्जन भण्डारी, उद्यमी भैरव कुमार तामाङ तथा युवा उद्यमी एलीजा गौतमलाई विशेष सम्मान प्रदान गरिएको थियो। त्यसैगरी, चलचित्र लेख...
राजेन्द्र लुईटेललाई थाईलैण्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’ को अवार्ड

राजेन्द्र लुईटेललाई थाईलैण्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’ को अवार्ड

मनोरन्जन, समाचार
थाईलैण्ड । संचारकर्मी एवं म्यूजिक भिडियो निर्देशक राजेन्द्र लुईटेल (राज)ले थाईलैण्डमा सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशककको अवार्ड जित्न सफल भएका छन । बैंककस्थित प्रिन्सटन होटलमा आयोजित भव्य समारोहमा विश्वकिर्तिमानी निर्देशक राजलाई माया मार्यौ बोलको गीतको म्यूजिक भिडियोबाट उक्त अवार्ड प्रदान गरिएको हो । हिमालयन ईन्टरनेशनल अवार्ड समारोहमा थाईलैण्डका प्रतिष्ठित व्यक्तित्वहरुको हातबाट उनले सो अवार्ड प्राप्त गरेका थिए । केहि समय अधि मात्र पनि नेपालमा सम्पन्न जिनियस म्यूजिक अवार्डमा समेत सोही गीतको भिडियोबाट उत्कृष्ट भिडियो निर्देशकको अवार्ड हात पारेका राज पछिल्लो पटक भिडियो निर्माणमा समेत व्यस्त छन । सर्वाधिक उचाईमा म्यूजिक भिडियो निर्माण गरि गिनिज बुकमा नाम लेखाउन सफल राजले केहि महिना अघि मात्र भारतको मुम्बईमा दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्डबाट सम्मानित भएका राज लाई झण्ड...