नृत्य निर्देशकहरुको छाता संगठन नृत्य निर्देशक संघ नेपालमा भुवन श्रेष्ठ नियुक्त
काठमाडौं— २२, माघ ।
नेपालका नृत्य निर्देशकहरुको अग्रणी छाता संगठन नृत्य निर्देशक संघ नेपालको दोश्रो साधारण सभा संपन्न भएको छ। काठमाडौंको पुतलीसडक स्थित केन्द्रिय कार्यालयमा शनिवार आयोजित कार्यक्रममा नृत्य निर्देशक संघ नेपालको दोश्रो साधारण सभा संपन्न भएको हो।
नेपाली नृत्य निर्देशकहरुको हक, हित तथा अधिकारका लागि घनिभूत रुपमा बहस तथा छलफल भएको थियो। दोश्रो साधारण सभाले नयाँ कार्य समिति समेत निर्वाचित गरेको छ। संस्थापक अध्यक्ष भुवन श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित भएको प्र्रमुख निर्वाचन अधिकृत सन्तोष रानामगरले भिजन संसार डटकमलाई बताएका छन्।
प्रमुख निर्वाचन अधिकृत रानामगरका अनुसार अध्यक्ष भुवनदास श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष प्रदीपमान श्रेष्ठ तथा दुई उपाध्यक्ष संजय शर्मा र भावना कार्की रहेका छन्। महासचिवमा नृपध्वज खत्री र सचिव ज्ञानवहादुर महर्जन तथा...









