“मिसेस व्यूटी क्वीन नेपाल २०१९” आवेदन फारम खुल्ला
काठमाडौं, कार्तिक २०, सिजन मिडिया प्रा.लि.द्धारा आयोजीत विवाहीत महिलाहरुमा केन्द्रित “मिसेस व्यूटी क्वीन नेपाल २०१९” तेस्रो संकरणको आयोजना गर्ने भएको छ । उपत्यका लगायत मोफसलका शहरहरुमा वढीमात्रामा अविवाहीत युवतीहरुलाइ मात्र ध्यानमा राखेर कार्यक्रमहरु हुदै आएको मा विवाहित महिलाहरुको पनि सहभागीता लाइ ध्यानमा राखि सिजन मिडियाले यो निरन्तरता दिदै तेस्रो चरणको लागि कार्यक्रम आयोजना गर्न लागेको वताउछन सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्त । महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई विस्तार गरिन लागिएको हो । विगत एघार वर्ष देखि काठमान्डौमा रहेर राष्ट्रिय तथा अ...









