आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

खेलकुद

क्यारेवियन प्रिमियर लिगको खेल तालिका सार्वजनिक

क्यारेवियन प्रिमियर लिगको खेल तालिका सार्वजनिक

खेलकुद, समाचार
काठमाडौं । क्यारेवियन प्रिमियर लिग (सिपिएल)को खेल तालिका सार्वजनिक भएको छ । अगस्ट १८ बाट सुरु हुने खेलको फाईनल सेप्टेम्बर १० मा खेलिनेछ । सिपिएलमा यसपटक २४ दिनमा ६ टिमहरुले कुल ३३ खेलहरु खेल्नेछन । खेलहरु त्रिनिदाद एण्ड टोबेगो र टारौबा स्टेडियममा हुनेछ भने २३ खेल सहित सेमिफाईनल र फाईनल ब्रायन लारा क्रिकेट एकेडमीमा खेलिने छ । बाकि १० खेलहरु पोर्ट अफ स्पेन स्थित क्विन्स पार्क ओभलमा हुनेछ । प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछ । पहिलो खेल पछिल्लो पटकको रनरअप टोली गुयाना अमेजन वरिर्यस र त्रिबांगो नाइट राइडर्स बिच हुनेछ । दोस्रो खेल डिफेन्डिङ च्याम्पियन बारबाडोस त्रिडेंट्स र किट्स एंड नेविस पेट्रयोट्स बिच हुनेछ । नेपाली खेलाडी सन्दिप लामिछानेको टिम जमैका तलावाजले पहिलो खेल अगस्ट १९ मा सेन्ट लुसियासँग खेल्ने भएको छ । कोरोनाका कारण यस पटक खेलहरु बिना दर्शक खालि स्टेडियममा हुनेछ । ...
क्यानले एक साताभित्र राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि विज्ञापन गर्ने

क्यानले एक साताभित्र राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि विज्ञापन गर्ने

खेलकुद, समाचार
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एक साताभित्र राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि विज्ञापन गर्ने भएको छ। सोमबार बसेको क्यानको कार्यसम्पादन कमिटीको बैठकले रिक्त रहेको मुख्य प्रशिक्षक पदका लागि आईसीसीसँग समन्वय गरी एक हप्ता भित्र विज्ञापन गर्ने निर्णय गरेको छ।कमिटीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) सँग छलफल गरेर मुख्य प्रशिक्षकसहित महाप्रबन्धक, वित्तीय प्रबन्धक र व्यवस्थापकका लागि दरखास्त आह्वान गर्ने जनाएको छ । क्यानले पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राष्ट्रिय टिमको प्रशिक्षक छनोट गर्न लागेको हो । भारतीय प्रशिक्षक उमेश पटवालले राजीनामा दिएपछि लामो समयबाट नेपाली टिम प्रशिक्षक विहीन रहेको छ । कमिटीको बैठकले सात प्रदेशको लागि ७ जना प्रशिक्षकको लागि समेत दरखास्त आह्वान गर्ने निर्णय गरेको छ । कार्यसम्पादन कमिटीले केन्द्रीय कमिटिका सदस्य जयन्ती भट्टको सयोजकत्वम...
संघमा आर्थिक अनियमितता छैन :नेपाल बक्सिङ संघ

संघमा आर्थिक अनियमितता छैन :नेपाल बक्सिङ संघ

खेलकुद, समाचार
नेपाल बक्सिङ संघले आफ्नाे संघका सबै कार्य पारदर्शि भएको दाबी गरेको छ।  केही सञ्चारमाध्यमबाट आफ्नो संघमा आर्थिक अनियमितता भएको विधान मिचिएको, बक्सिङको स्तर खुम्चिएको भन्ने समाचार प्रकाशित प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रकाशित समाचारमा कुनै सत्यता नभएको संघले जनाएकाे छ। १२औं दक्षिण एशियाली खेलकूदमा ३ वटा कास्य पदक, काठमाडौंमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुदमा ३६ वर्ष पुरानो रेकर्ड ब्रेक गर्दै बक्सिङ इतिहासकै सर्वाधिक ३ स्वर्ण, ६ रजत, र ६ कास्य पदक जित्दै राष्ट्रको गरिमा बढाउन सक्षम रहेको संघले बताएको छ। दक्षिण एसियाकै भारत पछि दोश्रो बक्सिङ्ग पावर हाउसको रूपमा उदय भइरहेको नेपाल बक्सिङ संघलाई झुठो समाचारले सहयोग नगर्ने संघका प्रवक्ता श्यामकाजी अवालेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  विज्ञप्तिमा भनिएको छ, ‘यस अघि संघबाट स्पष्टिकरण सोधिएका केही पदाधिकारी...
टिम क्रुलको अर्को ठूलो गल्तीका कारण बुधबारको खेलमा आर्सनलको शानदार जित

टिम क्रुलको अर्को ठूलो गल्तीका कारण बुधबारको खेलमा आर्सनलको शानदार जित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
नर्विच सिटीका गोलरक्षक टिम क्रुलको अर्को ठूलो गल्तीका कारण इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा आर्सनलले शानदार जित दर्ता गरेको छ । लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा आर्सनलले नर्विच सिटीलाई ४–० ले पराजित गरेको हो । पुछारको नर्विचको प्रिमियर लिगमै रहने चाहना थप धुमिल भएको छ । आर्सनलका लागि पिएर एमरिकले ३३ र ६७ औँ मिनेटमा गरी दुई गोल गरे । यस्तै ग्रानेट जाकाले ३७ औँ तथा सिड्रिक सोर्सले ८१ औँ मिनेटमा गोल गरे । डच गोलरक्षक क्रुलले एमरिकको पहिलो गोलमा आफ्नै पेनाल्टी एरियामा पोजिसन गुमाए । सिड्रिकले पेनाल्टी एरियाको बाहिरबाट गोल गरेका हुन् । पराजित भएको पुछारको नर्विचको ३२ खेलबाट २१ अंक छ । जितपछि सातौँ स्थानको आर्सनलको भने ३२ खेलबाट ४६ अंक भएको छ । लिग अन्तर्गत बुधबार राति नै भएको खेलमा तेस्रो स्थानमो लेस्टर सिटी एभर्टनसँग २–१ ले पराजित भयो । अर्को खेलमा ...
ला लिगाको शीर्षस्थानमा पुनः उक्लियो रियल म्याड्रिड

ला लिगाको शीर्षस्थानमा पुनः उक्लियो रियल म्याड्रिड

अन्तराष्ट्रिय, खेलकुद, समाचार
रियल म्याड्रिड स्पेनिस ला लिगाको अंकतालिकाको शीर्षस्थानमा फर्किएको छ। बुधबार राति भएको खेलमा घरेलु मैदान अल्फ्रेडो डी स्टेफानो मैदानमा मालोर्कालाई २–० ले पराजित गर्दै रियल पुनः शीर्षस्थानमा उक्लिएको हो। रियल र बार्सिलोना दुवैको समान ३१ खेलबाट ६८ अंक भए पनि हेड टु हेडको आधारमा रियल शीर्षस्थानमा पुगेको हो। उति नै खेल खेलेको मालोर्का २६ अंकमा रेलिगेसन जोनमा नै छ। पहिलो हाफमा १ गोल गरेको रियलले दोस्रो हाफमा १ गोल थप्यो। रियलले खेलको १९ औं मिनेटमा भिनिसियस जुनियरको गोलमा अग्रता बनाएको थियो। खेलको ५६ औं मिनेटमा कप्तान सर्जियो रामोसले फ्रिकिकमा सिधै गोल गर्दै रियललाई २–० को अग्रता दिलाएका थिए। गएराति नै भएको खेलमा ओसासुनाले डिर्पोर्टिभो अलाभेष र सेल्टा डी भिगोले रियल सोसिडाडलाई समान १–० पराजित गरे। ...
कैलाश विकास बैंक लिमिटेड, वालिङ्ग शाखाले किर्ते गरेको भन्दै दिपेन्द्र कँडेल मिडियामा, घट्नामा संलग्न कसैलाई नछोड्ने चेतावनी

कैलाश विकास बैंक लिमिटेड, वालिङ्ग शाखाले किर्ते गरेको भन्दै दिपेन्द्र कँडेल मिडियामा, घट्नामा संलग्न कसैलाई नछोड्ने चेतावनी

खेलकुद, समाचार
काठमाडौं, ६ फागुन - पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले कैलाश विकास बैंक लिमिटेड, वालिङ्ग शाखाले आफ्नो आमाले लिएको ऋणलाई प्रयोग गर्दै किर्ते गरी पत्रिकामा नाम प्रकाशित गर्न अन्तिम चरणमा पुग्दै गर्दा कँडेल आफैंले घट्नाको पर्दाफास गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कँडेलले कैलाश विकास बैंक लिमिटेड, वालिङ्ग शाखाले आफ्नो परिवारको सामाजिक प्रतिष्ठामाथि नै आँच पुर्याउने गलत उद्देश्यका साथ यस्तो हर्कत अपनाएको दाबी गरे । उनले भने,‘मेरो बुवा आफैं पनि ऋण तथा असुली न्यायाधिकरणका न्यायाधीशको रुपमा कार्यररत हुनुहुन्थ्यो, र, उहाँले आफ्नो गृहजिल्ला स्याङ्जामा पनि विभिन्न वित्तिय संस्था तथा हाल प्रभु बैंक रहेको तत्कालिन गौरीशंकर विकास बैंकसमेत खोल्न निर्णायक भूमिका निर्वाह गर्नुभएको थियो । त्यो बैंकको त उहाँ आफैं प्रथम महाप्रबन्धक हुनुहुन्थ्यो । अहिले बुवा स्वर्गवास ...
मोर्डन पेन्टाथलन फेडेरेसनको दोस्रो साधारणसभा सप्पन्न,अन्तर्राष्ट्रिय स्तरको वोल्ड लेजर रन सिटि टुरको आयोजना हुने

मोर्डन पेन्टाथलन फेडेरेसनको दोस्रो साधारणसभा सप्पन्न,अन्तर्राष्ट्रिय स्तरको वोल्ड लेजर रन सिटि टुरको आयोजना हुने

खेलकुद, समाचार
काठमाडौँ — कार्तिक २४। मर्डन पेन्टाथलन फेडेरेसन नेपालको दोस्रो साधारणसभा सप्पन्न भएको छ । राजेन्द्र श्रेष्ठको अध्यक्षतामा र राखेप का उपाध्यक्ष पिताम्बर तिमिल्सिना प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बार्षिक कार्ययोजना पारित गर्दै महासचिव यादव बस्नेतले प्रस्तुत गरेको संगठनात्मक प्रतिबेदन र लेखपरिक्षण प्रतिबेदन केही संसोधन सहित पारित भएको छ । कार्यक्रममा फाल्गुन महिनामा सुनसरीको इटहरीमा राष्ट्रिय लेजर रन प्रतियोगिता र काठमाडौमा अन्तर्राष्ट्रिय स्तरको वोल्ड लेजर रन सिटि टुर प्रतियोगिता २०२० मा आयोजना गर्ने निर्णय गर्नुको साथै २०२० मा हुने लेजर रन प्रतियोगिता सम्पन्न गर्नका लागि बरिष्ठ उपाध्यक्ष मोहन डागिको संयोजकत्वमा ९ सदस्सिय उपसमिति गठन भएको छ । कार्यक्रमका प्रमुख अतिथि पिताम्बर तिमिल्सिनाले मर्डन पेन्टाथलन नेपाल छोटो समयमा निकै धेरै उपलब्धी प्राप्तगरि अन्तर्राष्ट्रिय स्...
नेपाली रैथाने खानाको खोजिको लागि सेफ तामाङको १०१ दिने भ्रमण

नेपाली रैथाने खानाको खोजिको लागि सेफ तामाङको १०१ दिने भ्रमण

खेलकुद, समाचार
काठमाडौं- नेपाली मौलिक तथा रैथाने खानाको बिषयमा खोज अनुसन्धान गर्न सेफ प्रेमलाल तमाङले नेपाल भ्रमण गर्ने भएका छन् । तमाङ आश्विन १३ गतेबाट देश दौडाहामा निक्लन लागेका हुन । नेपाली मौलिक खानाको पहिचान गरि उक्त खानाहरुलाई अन्तरराष्ट्रियकरण गर्ने उदेश्य सहित तमाङले नेपाली रैथाने खानाको खोजिको लागि पुर्व मेची देखि पश्चिम महाकाली सम्म १०१ दिन को भ्रमण गर्नेछन् । यसै माझ तमाङको सम्मानमा ग्लोबल नेप्लिज सेफ फेडेरेशनले बिदाई गरेको छ । फेडेरेशनका सचिव समेत रहेका तमाङलाई पर्यटन बोर्डमा आज आयोजित कार्यक्रम माझ उनको यात्राको सफलताको कामना गर्दै पर्यटन विभागका महानिर्देशक ढुन्डु राज घिमिरे, विश्व साईकल यात्रि पुस्कर शाह, फेडेरेशनका अध्यक्ष लक्ष्मन प्रसाद भण्डारी एवम् पदाधिकारी, वरिष्ठ सेफ लगायतले बिदाई गरेका थिए । सेफ तमाङले नेपाली समाजमा नेपाली मौलिक खानाहरुको सट्टा बिदेशी खानाहरुको प्रयोगमा बढोत्तरी ...
नेपाल नेटबल संघले दक्षिण एसियाली नेटबल च्याम्यिनसिप गर्ने

नेपाल नेटबल संघले दक्षिण एसियाली नेटबल च्याम्यिनसिप गर्ने

खेलकुद, समाचार
काठमाडौं, २९ भाद्र - नेपाल नेटबल संघले दक्षिण एसियाली नेटबल च्याम्यिनसिप गर्ने भएको छ । संघले प्रथम पटक दक्षिण एसियाली यू(१६ नेटवल च्याम्यिनसिप गर्न लागेको हो। आगामी कात्तिक १ गतेदेखि ५ गते सम्म आर्मी फिजिकल तथा स्पोर्ट सेन्टर लगनखेलमा उक्त प्रतियोगिता हुन लागेको नेपाल नेटबल संघले आईतवार राजधानीमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । प्रतियोगितामा कुल ६ वटा देशका खेलाडीहरु सहभागि हुने नेपाल नेटवल संघका महासचिव दिपक लामाले पत्रकार सम्मेलनमा बताए । प्रतियोगितामा आयोजक नेपाल, भारत,बंगलादेश,पाकिस्तान, श्रीलंका र मल्दिभ्सको सहभागिता रहनेछ । लिगकप नकआउटमा खेलाउने यस खेलमा १० मिनेटको दरले ४० मिनेटको खेल हुनेछ । यस प्रतियोगितामा प्रति टिम १७ जनाको टिम हुनेछ भने १५ जना अम्पायर र अफिसियल हुने लामाले बताए । अन्तराष्ट्रिय अम्पायरमा सिंगापुर,पाकिस्तान, श्रीलंका,भारतवाट दुई, दुई जनाको दरले कुल आठ र ब...
एसियन साम्बोमा पाँच खेलाडीले नेपाललाई दिलाए पदक

एसियन साम्बोमा पाँच खेलाडीले नेपाललाई दिलाए पदक

खेलकुद, समाचार
एसियन साम्बोमा पाँच खेलाडीले नेपाललाई दिलाए पदक काठमाडौं– भारतको नयाँ दिल्लीमा जारी एसियन साम्बो प्रतियोगितामा नेपालले पाँच पदक जित्न सफल भएको छ । प्रतियोगितामा सहभागी नेपाली टोलीका साब्बारानी महर्जन, रचना लामा र मीरा पौडेलले रजत पदक जित्न सफल भएका हुन् । त्यसैगरी निरज भण्डारी र भगवाती माझीले कास्य पदक हात पारेका छन् । प्रतियोगिताका लागि नेपाली टोली गत मंगलबार भारत गएको थियो । सेप्टेम्बर १० देखि शुरु भएको प्रतियोगिता १६ तारिखसम्म चल्नेछ । प्रतियोगितामा नेपालसहित ४४ वटा राष्ट्रका खेलाडीको सहभागीता रहेको नेपाल साम्बो फेडेरेसनका उपाध्यक् रमेश पौडेलले जानकारी दिए । ...