आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

खेलकुद

सीपीएलको ‘ड्राफ्ट’मा २ नेपाली क्रिकेटरको नाम

सीपीएलको ‘ड्राफ्ट’मा २ नेपाली क्रिकेटरको नाम

खेलकुद
असोज २२ काठमाडौं । कम्बोडियाको क्रिकेट एसोसियनले आयोजना गर्ने कम्बोडीयन प्रिमियर लिग (सीपीएल) टी-२० क्रिकेट प्रतियोगितामा नेपालका २ खेलाडीले पनि खेल्ने भएका छन् नेपालको तर्फबाट रूपन्देहीका विशाल भुसाल र अर्जुन पौडेलको नाम सार्वजनिक गरिएको छ । रूपन्देहीका स्थानीय खेलाडी विशाल रूपन्देही सुपर लिगमा खेल्ने खेलाडी हुन् । प्रतियोगिताको विदेशी खेलाडीको ड्राफ्टमा विभिन्न देशका १ सय ६४ खेलाडीको नाम सार्वजनिक गरिएको छ ।सूचीमा नेपाल, भारत, केन्या, यूएई, फिलिपिन्स, ओमान, म्यानमार, दक्षिण अफ्रिका, जिम्बाबे, श्रीलंका, पाकिस्तानलगायत अन्य देशका खेलाडीको नाम छ । आयोजकका अनुसार विदेशी खेलाडीको अन्तिम नामावली केही दिनभित्र सार्वजनिक गरिने छ ।प्रतियोगिता कोरोना भाइरस ९कोभिड(१९०का कारण आगामी जनवरीबाट सुरु हुने बताइएको छ । ...
कोलकाताको तेस्रो जित;आइपीएल

कोलकाताको तेस्रो जित;आइपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज २२ काठमाडौं । आइपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले तेस्रो जित हात पारेको छ ।बुधबार राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गर्दै कोलकाताले तेस्रो जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा कोलकाताले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रनमा समेटियो ।चेन्नईका सेन वाट्सनले ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै अम्बाती रायडुले ३० रन जोड्दा फाप डु प्लेसिस र साम करनले १७र१७ रन बनाए ।कप्तान महेन्द्र सिंह धोनी ११ रनमा आउट भए । रविन्द्र जडेजा २१ रनमा अविजित रहदा केदार जाधबले अविजित ७ रन बनाए । कोलकाताका शिवम माभी, भरुण चक्रवर्ती, कमलेस नगरकोटी, सुनिल नारिन र आन्द्रे रसेलले १र१ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले राहिल त्रिपाठीको ८१ रन मद्दतमा १ सय ६७ रन बनाएको थ...
स्ट्राइकर एडिसन कवानी र फाकुंडा पेलिस्ट्री म्यान्चेसटर युनाईटेडमा

स्ट्राइकर एडिसन कवानी र फाकुंडा पेलिस्ट्री म्यान्चेसटर युनाईटेडमा

अन्तराष्ट्रिय, खेलकुद, समाचार
इंग्लिश प्रीमियर लीग क्लब म्यान्चेसटर युनाईटेडले स्ट्राइकर एडिसन कवानी र फाकुंडा पेलिस्ट्रीसँग सम्झौंता गरेको छ । कवानीले क्लबसँग एक बर्षका लागि सम्झौंता गरेका हुन । तर सम्झौंतामा करार अवधि लम्ब्याउन सकिने व्यवस्था रहेको छ । साथै पेलिस्ट्रीले क्लबसँग ५ बर्षको लागि सम्झौंता गरेका छन । साथै उनको सम्झौंतामा पनि करार अवधि लम्ब्याउन सकिने व्यवस्था रहेको छ । कवानीले फ्रान्स लिग र ईटालीको सिरी ए मा गोल्डेन बुट जितेका छन । युरोपमा सन २००७ मा आएपछि उनले कुल ३४१ गोल गरेका छन । जसमध्ये यूईएफए च्याम्पियन्स लिगमा उनको ३५ गोल रहेको छ । यी फरवार्डले फ्रान्सको क्लब पीएसजीलाई ६ वटा लिगको उपाधि जिताउन मद्दत गरेका छन । जाहा उनले ब्यक्तिगत २०० गोल गर्दे सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन । अन्तराष्ट्रिय खेलमा उनले उरुग्वेका लागि कोपा अमेरिका कपको उपाधि जिताउन मुख्य योगदान दिदै आफ्नो राष्ट्रका लागि ११६...
विराट कोहलीले आईसीसीको कोभिड–१९ प्रोटोकल उल्लघंन गरे

विराट कोहलीले आईसीसीको कोभिड–१९ प्रोटोकल उल्लघंन गरे

अन्तराष्ट्रिय, खेलकुद, समाचार
युएईमा जारी आईपीएलमा भारतीय कप्तान विराट कोहलीले अन्तराष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) को कोभिड–१९ प्रोटोकल उल्लघंन गरेका छन । आईपीएलमा बेङलोरका कप्तान रहेका कोहलीले दिल्ली बिरुद्वको खेलमा उक्त प्रोटोकल उल्लघंन गरेका हुन । सोमबार दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा दिल्ली बिरुद्वको खेलमा सर्ट कभरमा फिल्डिङ गर्ने क्रममा कोहलीले आफु तर्फ तिव्र गतिमा आईरहेको बललाई रोके अनी त्यो बलमा र्‍याल लगाए । यो घटना दिल्ली बिरुद्वको पारीमा तेस्रो ओभरमा घटयो । जब ओपनर ब्याटसम्यान पृथ्वी सावले तीव्र गतिका बलर नवदीप सैनीको ओभरको तेस्रो बललाई ड्राईभ गरेका थिए । त्यसपछि कोहलीले तुरुन्त आफ्नो गल्ती महसुस गरे र आफ्नो हात उचालेर गल्ती स्विकार गरे। गतहप्ता राजस्थान रोयल्सका ब्याटसम्यान रोबिन उथप्पाले कोलकाता नाइट राइडर्स बिरुद्वको खेलमा फिल्डिङ गर्ने क्रममा बलमा र्‍याल लगाएका थिए । कोविड– १९ महामारीको कार...
म्यानचेस्टर युनाइटेडमाथि टोटनह्यामको शानदार जित: इंग्लिस प्रिमियर लिग फुटबल

म्यानचेस्टर युनाइटेडमाथि टोटनह्यामको शानदार जित: इंग्लिस प्रिमियर लिग फुटबल

अन्तराष्ट्रिय, खेलकुद
 इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई ६–१ ले पराजित गरेको छ । टाेटनह्यामका लागि ह्यारी केन र सन हेङ्ग–मिनले दुई–दुई गोल गरे । यस्तै एनडोम्बेले र औरिएरले एक–एक गोल गरे । दोस्रो मिनेटमै पाएको पेनाल्टीमा ब्रुनो फेर्नान्डेसले गोल गरी म्यानचेस्टर युनाइटेडलाई सुरुवाति अग्रता दिलाएका थिए। तर सो अग्रता जोगिन सकेन । ...
इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनको लगातार चौंथो जित

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनको लगातार चौंथो जित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लगातार चौंथो जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति ब्राइटनलाई ४-२ गोल अन्तरले पराजित गर्दै एभर्टनले लगातार चौंथो जित निकालेको हो । गोडिसन पार्कमा एभर्टनलाई जित दिलाउन जेम्स रोड्रिगेजले दुई गोल गरे । यस्तै डोमिनिक लेविन र एरि मिनाले एक एक गोल गरे । ब्राइटनका निल माउपे र युभेस बिसोउमाले एक एक गोल फर्काए । खेलको १६ औं मिनेटमा लेविनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा माउपेले गोल गर्दै ब्राइटनलाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ४५ औं मिनेटमा मिनाले गोल गर्दा पहिलो हाफमा एभर्टन २-१ ले अघि रह्यो । खेलको ५२ औं मिनेटमा रोड्रिगेजले गोल गर्दै एभर्टनको अग्रता ३-१ को बनाए । ७० औं मिनेटमा रोड्रिगेजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा ब्राइटनका बिसोउमाले थप एक गोल...
आईपीएल : हैदरावादले चेन्नाईलाई ७ रनले हरायो

आईपीएल : हैदरावादले चेन्नाईलाई ७ रनले हरायो

अन्तराष्ट्रिय, खेलकुद, समाचार
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले दोस्रो जित निकालेको छ । दुबईमा राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ रनले पराजित गर्दै हैदराबादले दोस्रो जित निकालेको हो । हैदराबादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्रै बनाउन सक्यो । रबिन्द्र जडेजाले ५० रनको अर्धशतकीय पारी खेले पनि चेन्नईले जित्न भने सकेन । कप्तान महेन्द्र सिंह धोनीले अविजित ४७, फाप डु प्लेसिसले २२ रन बनाए । त्यस्तै साम करन १५ रनमा अविजित रहे । हैदराबादका टी नटराजनले २ विकेट लिए । भुवनेश्वर कुमार र अब्दुल समदले १र१ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । हैदराबादका लागि प्रियम गार्गले अविजित ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै अविशेक शर्माले ३१ र मनिस पाण्डेले २...
बार्सिलोनाको लगातार दोस्रो जित

बार्सिलोनाको लगातार दोस्रो जित

अन्तराष्ट्रिय, खेलकुद
असोज १६ काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार दोस्रो जित हात पारेको छ ।बार्सिलोनाले सेल्टा डि भिगोमाथि सहज जित हात पारेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा १० खेलाडीमा समेटिएको बार्सिलोनाले सेल्टालाई उसकै मैदानमा ३–० ले हराएको हो । एवान्का बलाईडोस भिगोमा बिहीबार राति भएको खेलमा बार्सिलोनका लागि युवा स्टार अन्सु फाती र सर्जियो रोबर्टोले गोल गर्दा एक गोल उपहार पाएको थियो । ११औं मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । उनले फिलिपे कौटिन्होको पासमा दुई डिफेन्डरबीचबाट गोल गर्न सफल भएका थिए । ४२औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो । डेनिस सुआरेजमाथि फल गरेपछि डिफेन्डर क्लेमेन्ट लेङ्लेट दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिए । तर पनि बार्सिलोनाले खेलमा दबाब कायमै राख्यो । ५१औं मिनेटमा लुकास ओलाजाले आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेलमा २–...
लिभरपुललाई हराउँदै आर्सनल

लिभरपुललाई हराउँदै आर्सनल

अन्तराष्ट्रिय, खेलकुद
असोज १६ काठमाडौं । कारोबाओ कपको अन्तिम १६ मा आर्सनलले लिभरपुललाई पराजित गरेको छ ।बिहीबार राति भएको लिभरपुल र आर्सनलबीचको खेल निर्धारित समयसम्म गोलरहित बराबरी हुँदा पेनाल्टी सुटआउटमा धकेलिएको थियो । गोलरहित बराबरी रहेको खेलमा पेनाल्टी सुटआउटमा आर्सनलले लिभरपुललाई  ५–४ गोलले पराजित गरेको हो ।लिभरपुल घरेलु मैदान एनफिल्डमा पराजित हुँदा आर्सनलका गोलकिपर बेर्नड लेनोले एक पेनाल्टी बचाएका हुन् । लिभरपुललाई पराजित गर्न आर्सनलका जोइ विलकको अन्तिम पेनाल्टी सुटलाई गोलमा परिणत गरेका थिए ।लिभरपुललाई पराजित गरेको आर्सनल क्वाटफाइनल प्रवेश गरेको छ ।यस्तै, लिभरपुलले सोमबार प्रिमियर लिगमा एस्टोन भिल्लासँग खेल्दैछ भने आर्सनले आइतबार प्रिमियर लिगमै सेफिल्ड युनाइटेडसँग खेल्दैछ । ...
पञ्जाबलाई हराउँदै मुम्बईकाे जित ;आइपीएल

पञ्जाबलाई हराउँदै मुम्बईकाे जित ;आइपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज १६ काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटको यो सिजन साविक विजेता मुम्बईले दोस्रो जित हात पारेको छ। बिहीबार राती भएको खेलमा मुम्बईले किङ्स इलेभेन पन्जाबलाई ४८ रनले पराजित गर्‍यो।  एक सय ९२ रनको लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४३ रनमात्र जोड्न सक्यो। पन्जाबका लागि निकोलास पुरनले सर्वाधिक ४४ रन बनाए। मायांक अग्रवालले २५, केएल राहुलले १७ र ग्लेन म्याक्सवेल ११ रन बनाएर आउट भए। मुम्बईका जसप्रित बुमराह, जेम्स प्याटिन्सन र राहुल चाहरले दुई दुई विकेट लिए। ट्रेन्ट बोल्ट र कुनाल पाण्याले एक एक विकेट हात पारे। बुमराहले चार ओभरमा १८ रन मात्र दिए। मुम्बईले चार खेल खेल्नेक्रममा दोस्रो जित हात पारेको हो। त्यति नै खेल खेलेको पन्जाबको भने तेस्रो हार हो। पन्जाबले टस जितेर पहिला बलिङ रोजेपछि  मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ९१ रन जोड्...