मेसीको गोलमा अर्जेन्टिनाको जीत ;विश्वकप छनौट २०२२
असोज २४ काठमाडौं । अर्जेन्टिनाले २०२२ को कतार विश्वकप फुटबलअन्तर्गत दक्षिण अमेरिकी छनोटमा जितका साथ अभियान थालेको छ । बिहीबार अर्जेन्टिनाको राजधानीमा सम्पन्न छनोट खेलमा अर्जेन्टिनाले इक्वेडरमाथि १–० को जित दर्ता गर्यो ।
अर्जेन्टिनालाई जित दिलाउँदा कप्तान लियोनल मेसीले एक मात्र पेनाल्टी गोल गरेका थिए । अर्जेन्टिनी फुटबल संघले छनोट खेलमा सीमित दर्शकलाई अनुमति दिएको थियो । बोम्बोनेरा रंगशाला लगभग खाली भए पनि थोरै दर्शकले अर्जेन्टिनाका कप्तान मेसीलाई हौसला बढाएका थिए ।
९० मिनेटसम्म समर्थकले ‘मेसी–मेसी’ भनी समर्थन गरिरहे । खेलको १२औँ मिनेटमा इक्वेडरका लुकास ओकाम्पोसले डि–बक्सभित्र फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पायो । मेसीले कुनै गल्ती नगरी अर्जेन्टिनालाई १–० को अग्रता दिलाए ।
विश्वकप छनोटमा अर्जेन्टिनाले पछिल्लो आठ खेलमध्ये एक खेलमा मात्र गुमाएको छ । यद्यपि झिनो एक गोलको अन्तरमा व...









