शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

आर्थिक

अष्ट्रेलिया निवासी गणेश केसीले एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने

अष्ट्रेलिया निवासी गणेश केसीले एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने

आर्थिक, समाचार
अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा अष्ट्रेलिया निवासी गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिने इच्छा ब्यक्त गर्नु भएको छ । गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि क्रियाशील रहँदै आउनु भएको केसीले संघको आगामी अक्टोवर दोस्रो साता काठमाण्डौंमा हुने ११ औ अन्तराष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने चाहना राख्नु भएको हो । वर्तमान आइसिसी उपमहासचिव रहनु भएको केसीले अग्रजहरुको सल्लाह सुझाव अनुसार उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताउनुभयो । एनआरएनए अष्ट्रेलियाको पूर्व अध्यक्ष हुँदै एनआरएनएका विभिन्न टास्क फोर्समा रहेर जिम्मेवारी निर्वाह गरिरहदै आउनु भएको छ । केसी हाल एनआरएनए स्कील तथा भोकेशनल एजुकेशन कमिटिको संयोजकको भूमीकामा रहनु भएको छ । केसीकै नेतृत्वमा नेपालमा विदेशी ज्ञान, सीप र प्रविधि हस्तान्तरण गर्दै सीपमूलक कार्यक्रम समेत सञ्चालन हुँदै...
ब्यूटिसियन संघले गृहमन्त्री श्रेष्ठलाई बुझायो ज्ञापन पत्र

ब्यूटिसियन संघले गृहमन्त्री श्रेष्ठलाई बुझायो ज्ञापन पत्र

आर्थिक, समाचार
नेपाल ब्यूटिसियन संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी ज्ञापन पत्र बुझाएको छ । शुक्रबार गृहमन्त्री श्रेष्ठलाई भेटी ज्ञापन पत्र बुझाएको हो । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागमा कार्यरत कर्मचारी बन्दना कर्णले संघको आजिवन सदस्य सुष्मा महराले केएल टावरमा सञ्चालनमा ल्याएको फेसियल हाउसमा सेवा लिन जाँदा गरेको व्यवहारका विषयका बारेमा मन्त्रीलाई जानकारी गराउँदै ज्ञापन पत्र बुझाएको जनाएको छ । संघका अनुसार फेसियल हाउसमा खुला रुपमा राखिएको सिसि क्यामेराको हवला दिँदै उक्त क्यामेराले सेवाग्राही कर्णको निजी व्यक्तिगत गोपनियतामा आँच आएको भनी महानगरिय प्रहरी वृत गौशलामा उजुरी दिएकी थिइन । प्रहरीले उक्त घटनामा परेको उजुरी अनुसार आपराधिक कार्य नभएको भन्दै असार २८ गते कर्ण कै सहमतिमा प्रहरी कार्यालयमा सहमति समेत गरेको थियो । त्यही विषयलाई लिएर यो पेशमाथी आँच आउने गरी झुठा आरोप लगाई ब्युट...
संगीता अधिकारीले दिईन एनआरएनए जापानको अध्यक्षमा उम्मेद्वारी

संगीता अधिकारीले दिईन एनआरएनए जापानको अध्यक्षमा उम्मेद्वारी

आर्थिक, समाचार
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्ष पदका लागि संगीता अधिकारी सुवेदीले उमेद्वारी घोषणा गर्नुभएको छ । यही ३० जुलाईमा हुने निर्वाचनमा उहाँले आफ्नो उमेद्वारी घोषणा गर्नुभएको हो । उहाँले भन्नुभएको छ, ‘मैले जुन अनुभव हासिल गरेको छु, त्यसले मलाई अब संस्थालाई सबल नेतृत्व दिन म समर्थ छु भन्ने आत्मविश्वास दिलाएको छ ।’ उहाँले आफूले दुई वर्षे कार्यकालमा उपाध्यक्षका रुपमा निर्वाह गरेको भुमिकाको न्यायोचित मुल्यांकनले पनि आफूलाई भावी नेतृत्वका लागि लायक ठहर गर्ने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘ब्याबसायीक रुपमा कार्य गरेको अनुभब लगायतका आधारमा म नेपाल र नेपालीलाइ मात्र बुझेको छैन जापान र यहाभएका हामी नेपालीहरूका समस्यालाई नजिकबाट बुझेको छु । तिनिहरूलाई समाधान गर्दै हाम्रो समुदायको उज्वल भविष्य देखाउने ९भिजन० लिएर म आएको छु । जापानमा नेपालीको नयाँ पुस्ता तयार भइरहेको छ । हामी पछाडीको...
कलंकीमा‘होटल पलाजो’को समुद्घाटन

कलंकीमा‘होटल पलाजो’को समुद्घाटन

आर्थिक, समाचार
काठमाडौंको कलंकीमा सुविधासम्पन्न होटल सञ्चालनमा ल्याइएको छ । करिब ५ करोड रुपैयाँ लगानीमा होटल पलाजो सञ्चालनमा ल्याइएको हो ।होटलको शुभारम्भ शनिवार एक समारोहका बीच ९२ वर्षीय अग्रज व्यक्तित्व भीमबहादुर पाठकले गरे । काठमाडौं उपत्यकाभित्रका विभिन्न महत्वपूर्ण पर्यटकीय क्षेत्र घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई केन्द्रमा राखेर होटल संचालनमा ल्याइएको संचालक सूर्यबहादुर खाती क्षेत्रीले जानकारी दिए । स्वदेशी तथा विदेशी अतिथिलाई आरामदायी सेवा तथा उत्कृष्ट सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको उनले बताए । होटल पलाजोले प्रत्यक्ष रुपमा ५० जनालाई रोजगारी प्रदान गरेको छ । होटलमा स्ट्याण्डर्ड, सुपर डिलक्स, डिलक्स गरी २५ वटा एसी रुम रहेका छन् । रुफटफ रेष्टुरेन्ट एण्ड बार, कफी शप र सेमिनार हलको पनि व्यवस्था रहेको छ । ...
श्रमिकको न्यूनतम पारिश्रमिक पनि बढाइनु पर्छ : संगम थापा सभापति ट्रेड युनियन काँग्रेस बनेपा

श्रमिकको न्यूनतम पारिश्रमिक पनि बढाइनु पर्छ : संगम थापा सभापति ट्रेड युनियन काँग्रेस बनेपा

आर्थिक, समाचार
काभ्रेपलान्चोक – ट्रेड युनियन कांग्रेस काभ्रेले आज शुक्रबार श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार हुनुपर्ने माग राख्दै काभ्रेको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पाण्डे मार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ । वर्तमान समयको मूल्य वृद्धि र महंगीलाई ध्यानमा राखी श्रमिकहरुको न्यूनतम पारिश्रमिक २५ हजार कायम गरिनुपर्ने ट्रेड युनियन कांग्रेसको माग छ । यसैगरी रोजगारदाताका साथै सरकार समेत श्रमजिविको न्युनतम पारिश्रमिकमा गम्भीर देखिँदैन । सरकार आफै कानुनविपरीत देशमा दुई प्रकारको न्युनतम पारिश्रमिक निर्धारण गरी गम्भीर विभेद गरीरहेको छ भनि ज्ञापन पत्रमा भनिएको छ । नेपाल ट्रेड युनियन काँग्रेस काभ्रेका अध्यक्ष प्रेम शर्मा वाग्ले लगायत जिल्ला कार्यसमितिका पदाधिकारी,नेपाल ट्रेड युनियन काँग्रेस बनेपा नगर सभापति संगम थापा, लगायत अन्य नेपाली कांग्रेसका भातृ संस...
रीनाको ब्युटी एकेडेमी इनोग्रेसनमा प्रसान्त र गौरी

रीनाको ब्युटी एकेडेमी इनोग्रेसनमा प्रसान्त र गौरी

आर्थिक, समाचार
काठमाडौं ।  काठमाडौं मलको चौथो तलामा हेयर वेज ब्युटी एकेडेमी सन्चालनमा आएको छ । रीना निरौलाले सन्चालनमा ल्याएको एकेडेमीको आज गरिएको उद्घाटनमा अभिनेता प्रासान्त ताम्राकार, अभिनेत्री गौरी मल्ल, तेन्जिङ सेर्पा, पूनम गौतम तथा बिपना थापाले रिबन काट्दै निरौलालाई सफलताको कामना गरेका थिए । गौरी र प्रसान्तले केक काट्दै रीनालाई “गुड लक” समेत भने ।  सन्चालकको तर्फबाट अतिथीलाई बुके प्रदान गर्दै आफ्नो नया काममा साथ दिएकोमा रीनाले धन्यवाद ज्ञापन गरेकी थिइन । अभिनेता ताम्राकारले निरौलालाई बधाई दिदै उनको एकेडेमीले राम्रो प्रोडक्ट उत्पादन गर्नेमा आश्वस्त रहेको बताए । त्यस्तै अभिनेत्री गौरीले रीनाको कदमले सफलता पाउने बिस्वास गर्दै बधाई तथा शुभकामना दिइन ।  एकेडेमीमा सुन्दरताका पारखीका लागि हेयर, मेकअप र नेल आर्टको अध्यापन सङै ट्रेनिङ समेत सन्चालन गर्ने निरौलाले बताईन । लामो समय यता सौन्दर...
उच्च अदालतद्वारा सर्वोच्चको निर्णयलाई गर्यो सदरःभत्काईयो मार्वल उधोगको संरचना

उच्च अदालतद्वारा सर्वोच्चको निर्णयलाई गर्यो सदरःभत्काईयो मार्वल उधोगको संरचना

आर्थिक, समाचार
ललितपुर । गोदावरी नगरपालिका वडा ३ मा रहेको गोदावरी मार्वल इन्डष्ट्रिज प्रा लि को पर्खाल लगायत अन्य संरचना पुनः भत्काईएको छ। वडाअध्यक्ष राज घिमिरेको नेतृत्वमा गएको टोलिले मार्वल कम्पनिको संरचना भत्काएको हो। उच्च अदालत पाटन अदालतको माननीय न्यायाधीश राजेन्द्र खरेल तथा माननीय न्यायाधीश गोकर्ण डाँगीको सँयुक्त इजलासले २०८०\०३\१९ गते उच्च पहाड फुलचोकी गोदावरी क्षेत्र पुतली ,चरा,सुन्दर पात भएका रुख प्रणाली पाईने हुँदा जैविक विविधताको संरक्षण गरिनु पर्ने भन्दै सर्वोच्च अदालतको मिति २०७२/०१/०३ मा गरेको फैसला पुनः कायम गरेको छ। यस अघि सर्वोच्च अदालतले गोदावरी मार्वल उधोगले लामो समयसम्म गरेको खानी तथा खनिज कार्यबाट त्यस क्षेत्रको भु-सतहमा परेको प्रतिकुल असर,पर्यावरण र जैविक विविधतामा परेको क्षतिसमेतको यथार्थ र वास्तविक स्थिति पहिचान गरि त्यसबाट सृजित नकारात्मक असरलाई न्यूनीकरण गर्दै सो क्षेत्रलाई ...
गोदावरी वडा न. ३ को जानकारी दिन चोक चोकमा क्युआर स्क्यान बोर्ड

गोदावरी वडा न. ३ को जानकारी दिन चोक चोकमा क्युआर स्क्यान बोर्ड

आर्थिक, समाचार
ललितपुर । ललितपुर जिल्ला स्थित गोदावरी पर्यटनका हिसाबले सुन्दर र आकर्षक क्षेत्र हो । विशेषत: छुट्टीका दिनमा यस क्षेत्रमा भिडभाड हुने गर्दछ। शान्त सितल ठाउँमा रम्न र हरिया डाडाकाडा हेर्न पर्यटक लालायित हुन्छन् । धार्मिक हिसाबले पनि यो क्षेत्र घुम्न लायकको ठाउँ मानिन्छ। सुन्दर पर्यटकीय क्षेत्र गोदावरीमा क्युआर स्क्यान बोर्ड राखिएको छ।गोदावरी नगरपालिका वडा न. ३ मा पर्यटन प्रवर्द्धन हेतु क्युआर स्क्यान बोर्ड राखिएको हो। क्युआर स्क्यान गरेर पर्यटकले यस क्षेत्रको सम्पुर्ण जानकारी लिन सक्दछ्न। गोदावरी घुम्न आउने पर्यटकलाई वडा भित्र रहेका सम्पुर्ण मठ मन्दिर , स्कुल कलेज , होटल ,रेष्टुरेन्ट , माहुरी पालन मत्स्य पालन , हर्बेरिम , गार्डेन , बनस्पति,मार्वल डाडा आदि सबैको अडियो, भिडियो ,फोटो र ति ठाउहरुको छोटो लिखित जानकारी सहितको क्युआर स्क्यान वोर्ड वडाका पोल र चोकमा राखि घुम्नका लागि सहज बनाउने ...
कोलम्वोमा राजदुतबाट सम्मानित भईन सौन्दर्यकर्मी जेविशा थापा

कोलम्वोमा राजदुतबाट सम्मानित भईन सौन्दर्यकर्मी जेविशा थापा

आर्थिक, समाचार
कोलम्वो । श्रीलंकाको राजधानी कोलम्बोमा दोश्रो ग्लोबल टुरिज्म कन्फ्रेन्स भव्य रुपमा सम्पन्न भएको छ । कोलम्वोको होटल जेष्ट मेट्रोपोलमा आयोजित उक्त समारोहमा नेपालकी सौन्दर्यकर्मी जेविशा थापा सम्मानित भएकी छिन । लामो समयदेखि सौन्दर्य क्षेत्रमा सक्रिय सौन्दर्यकर्मी थापालाई श्रीलंकाका लागि नेपाली राजदुत वासुदेव मिश्र,सहोदराथ्वेय पियसतहन फाउण्डेसन श्रीलंकाका प्रमुख दनुस्का जयसिंघे तथा पर्यटन व्यबसायी एवं ईस्ना होलीडेजका प्रमुख निशानत परेराले संयुक्त रुपमा सम्मान प्रदान गरेका थिए । नेपालमा पर्यटन प्रवद्र्धनका लागि आयोजित उक्त कार्यक्रममा श्रीलंकाका पर्यटन व्यबसायी,समाजसेवीहरुको समेत उपस्थिती रहेको थियो । लामो समयदेखि सौन्दर्यकर्मीको रुपमा निरन्तर लागि पर्दै आएकी थापाले दुवईमा समेत सर्वोत्कृष्ट मेकअप आर्टिष्टको रुपमा अवार्ड हात पार्न सफल भएकी छिन । स्वदेशमा भएका विभिन्न संघ संस्थाबाट सम्मानित भ...
अव गीता एभिएसनबाटै पाईलट कोर्ष गर्न सकिने

अव गीता एभिएसनबाटै पाईलट कोर्ष गर्न सकिने

आर्थिक, समाचार
काठमाडौं । नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले शुभम् एभिएसनले फ्लाइङ स्कुलको लागि पहिलो पटक अनुमति पाएको छ । गीता एभिएसनको सहकार्यमा संचालित शुभम् एभिएसनलाई मन्त्रिपरिषदको निणर्य अनुसार फ्लाइङ स्कुल संचालनका लागि अनुमति प्रदान गरिएको हो । अव स्वदेशमै फ्लाइङ स्कुल संचालन पछि प्रशिक्षणका लागि विदेशिने करोडौं रकम रोकिने छ । लामो समयदेखि रोकिएको पाईलट प्रशिक्षण सम्बन्धि तालिमका लागि फ्लाइङ स्कुल स्थापना भए संगै नेपालमा व्यावसायिक उडान हुन नसकेका विमानस्थलमा फ्लाइङ स्कुल चलाउन सकिने छ । गीता एभिएसनका प्रमुख क्याप्टेन जनक अधिकारीका अनुसार लामो प्रयास पछि वल्ल यो पटकको मन्त्रीपरिषदले नेपालमै पाईलट कोर्षका लागि अनुमति प्रदान गरेको छ । त्यसका लागि एभिएसनले आफ्ना सम्पूर्ण तयारी पुरा गरिसकेको छ । लामो समयदेखि एभिएसन तालिम दिदै आएको गीता एभिएसनको सहकार्यमा शुभम् एभिएसनले ईएएसए(EASA) युरोपीयन स्...