खसी बजारको अनुगमन सुरु
कात्तिक २ काठमाडौं । काठमाडौं महानगरपालिकाको पशु सेवा महाशाखाले शनिबार टुकुचा र कलंकीमा रहेको खसी बजारको अनुगमन गरेको छ । घटस्थापनाको दिन पारेर महानगरपालिकाले मासुजन्य खाद्य उत्पादनको निरीक्षण अनुगमनका क्रममा चौपायाको स्वास्थ्य जाँच गरेको हो । टोलीले निरोगीको सिङमा हरियो र रोगीको सिङमा रातो रङ लगाउने कार्यको थालनीसमेत गरेको छ । स्वस्थ्य, स्वच्छ माछामासुजन्य खाद्य उत्पादनको उपभोग र बजारीकरण तथा मासुको स्रोतका रूपमा प्रयोग हुने चौपायाको व्यापार र बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले बजार निरीक्षण, अनुगमन थालेको महाशाखाका प्रमुख डा। अवधेश झाले बताएका छन । आमनागरिक र सर्वसाधारणलाई निरोगी खसीबोकाको पहिचान गर्न सहज पु¥याउने उद्देश्यले संकेतका रूपमा रङको प्रयोग गरेको नगरपालिकाले जनाएको छ ।
खसी, बोका, भेडा, च्याङ्ग्राको सिङमा हरियो रङ भएको अवस्थामा त्यसलाई निरोगी भनेर बुभ्न सहज हुने अपेक्षा गर...








