आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

मंगलवार सुनको मूल्य

मंगलवार सुनको मूल्य

आर्थिक, समाचार
सोमवार स्थिर रहेको सुनको मूल्य मंगलवार ४ सय रुपैयाँले बढेको छ । सोमवार छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन पनि प्रतितोला ४ सय रुपैयाँले बढेर ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार १० रुपैयाँले बढेको चाँदीको मूल्य मंगलवार पुनः ५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ...
‘हेलि टूर प्याकेज’ हेलिकप्टर कम्पनीहरूको आकर्षक प्याकेज

‘हेलि टूर प्याकेज’ हेलिकप्टर कम्पनीहरूको आकर्षक प्याकेज

आर्थिक, समाचार
कोरोनाभाइरस संक्रमण महामारीका कारण ठप्प भएको पर्यटन क्षेत्रलाई उकास्न हेलिकप्टर सेवा प्रदायक कम्पनीहरूले विभिन्न प्याकेज ल्याएका छन् । हेलिकप्टर सेवा प्रदायक कम्पनीहरूले यो संकटको अवस्थामा आफूहरू व्यवसायिक रुपमा टिक्न ‘हेलि टूर प्याकेज’ शुरु गरेका हुन् । नेपाली ग्राहकलाई समय अनुसार सेवा दिन हेलिकप्टर कम्पनीहरूले आकर्षक प्याकेज ल्याएको हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव तथा हेलि एभरेष्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) योगराज शर्मा कँडेलले बताए ।  हाल नेपालमा १० वटा हेलिकप्टर कम्पनीका ३४ वटा हेलिकप्टर छन् ।  सोमध्ये १२ वटा मात्रै उडानमा छन् भने बाँकी २२ वटा हेलिकप्टर काम नपाएर थन्किएको अवस्था छ । ‘कम्पनीहरूले आफूलाई व्यवसायिक रुपमा टिकाउन  अधिकांश कम्पनीले हेलि टूर प्याकेज शुरु गरेका हुन्,’ उनले भने ‘ सर्वसाधारण यात्रुलाई आकर्षित गर्न प्याकेज ल्याएका हौं । कँडेलका ...
आज पनि ओरोलो लाग्यो नेप्से

आज पनि ओरोलो लाग्यो नेप्से

आर्थिक
कात्तिक १७ काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । आइतबार पनि ओरालो लागेको नेप्से ३.३३ बिन्दुले ओरालो लागेर एक हजार ६३७.६३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.१७ ले ओरालो लागेर ३२५.४६ मा पुगेको छ । कूल १९७ कम्पनीको ६९ लाख ३७ हजार ४५४ कित्ता शेयर रु दुई अर्ब ४५ करोड ३९ लाख ५४ हजार ६८८ मूल्यमा खरिद बिक्री भए । आज कारोवार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर भने ओरालो लागेको छ भने आठ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ११.६२, विकास बैंक ०.३, अन्य ३.२९ र जीवन बीमा ९.४ बिन्दुले ओरालो लागेको छ । व्यापार ३४.५२, होटल ९.३३, जलविद्युत् ०.५४, वित्त ३.९४, निर्जीवन बीमा २५.२५, उत्पादन ३.८८, लघुवित्त ६२.३ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले उकालो लागेको छ । कारोवारका आधारमा आज प्राइम बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १२ करोड ४० ल...
२० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै केन्द्रीय बैंक

२० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै केन्द्रीय बैंक

आर्थिक
कात्तिक १७ काठमाडौं । नेपाल राष्ट्र बैंकले यही कात्तिक १९ गते २० अर्ब बराबरको ‘विकास ऋणपत्र २०८७ घ’ बिक्री गर्ने भएको छ ।नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले बोलकबोल प्रक्रियाबाट उक्त ऋणपत्र बिक्री गर्न लागेको हो । व्याजदरसमेत बोलकबोल प्रक्रियाबाट निर्धारण हुने केन्द्रीय बैंकले आज जारी गरेको सूचनामा उल्लेख छ । बैंक तथा वित्तीय संस्था, गैर बैंक, वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले समेत उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् । उक्त ऋणपत्र धितो राखी कर्जा लिन वा दिन पाइनेछ । ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिकरुपमा हुने र आर्जित व्याजमा समेत व्याजकर लाग्ने सूचनामा उल्लेख छ । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुनसक्नेछ भने प्रतिस्पर्धी र अप्रतिस्पर्धीबीच बोलकबोल प्रक्रियामा क्रमशः ८५ र १५ प्रतिशत गरी छुट्याइएको छ । प्रतिस्पर्धीलाई रु...
नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा बैंक शाखा विस्तार गर्न ३ वर्ष अघि निर्देशन दिए पनि अझै ६ वटा स्थानीय तहमा वित्तीय संस्थाकाे शाखा हुन सकेन

नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा बैंक शाखा विस्तार गर्न ३ वर्ष अघि निर्देशन दिए पनि अझै ६ वटा स्थानीय तहमा वित्तीय संस्थाकाे शाखा हुन सकेन

आर्थिक, समाचार
नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा बैंक शाखा विस्तार गर्न ३ वर्ष अघि निर्देशन दिएकाे भए पनि अझै ६ वटा स्थानीय तहमा व्यवस्था हुन सकेकाे छैन।  नेपाल राष्ट्र बैंकले जारी गरेको विवरणअनुसार ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४७ वटामा मात्रै बैंक शाखा स्थापना भएका हुन्। राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७४/७५को सुरुमै बैंकहरुलाई एक वर्षभित्र सबै स्थानीय तहमा बैंक शाखा स्थपाना गर्न भनिएको थियो। तर अझै ६ स्थानीय तहमा बैंक शाखा स्थापना हुन नसकेका हुन्।  यो संख्या गत वर्ष यही समय ७ सय ३९ थियो। एक वर्षमा ८ वटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म वाणिज्य बैंकका शाखा स्थापना नभएका स्थानीय तहमा प्रदेश १ अन्तर्गत ताप्लेजुङको मिक्वाखोला, बागमती प्रदेशअन्तर्गत धादिङको रुबिभ्याली र नेत्रावती, कर्णाली प्रदेशअन्तर्गत जाजरकोटको जुरिच...
नेपाली बजारमा आज सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य

आर्थिक, समाचार
नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । आइतबार सुनको मूल्य तोलामा ९५ हजारमा कारोबार भएकोमा आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ५ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२०५ रहेको महासंघले जनाएको छ ।       ...
मजदुरहरुलाई अप्ठेरोमा परेका बेलाका लागि मजदुर सञ्चय कोष स्थापना

मजदुरहरुलाई अप्ठेरोमा परेका बेलाका लागि मजदुर सञ्चय कोष स्थापना

आर्थिक, समाचार
 स्याङ्जाको फेदीखोला गाउँपालिकाले गाउँपालिका भित्र ज्यालादारीमा काम गर्ने मजदुरका लागि मजदुर सञ्चय कोष स्थापना गरेको छ । यस्तो पहल सम्भवतः स्थानीय तहस्तरमा मुलुकमै पहिलो हो । गाउँपालिकाले सञ्चय कोषमा सूचीकृत हुँन समेत मजदुरलाई आग्रह गरेको छ । दुःख गरेर अरुको लागि खट्ने मजदुरहरुलाई अप्ठेरोमा परेका बेला कतैबाट पनि सहयोग नपाउने अवस्था आउने भएकोले सञ्चय कोषको शुरुआत गरिएको पालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए । पालिकाको मजदुर सञ्चय कोष सञ्चालन कार्यविधि, २०७७ बमोजिम पालिका भित्रका १८ देखि ५९ वर्षका दैनिक ज्यालादारीमा काम गर्ने विपन्न मजदुरलाई लक्षित गरी कोष स्थापना गरिएको अध्यक्ष सुवेदीले बताए । चालु आर्थिक वर्षमा सार्वजानिक विकास निर्माणका काममा मजदुरलाई संलग्न गराई उनीहरुको बैंक खातामा ज्याला रकमबाट १५ प्रतिशत रकम कट्टा गरिनेछ भने पालिकाले १५ प्रतिशत थप गरिदिनेछ । ...
अदानचुलीका टेलिफोन सञ्चालनमा

अदानचुलीका टेलिफोन सञ्चालनमा

आर्थिक
कात्तिक १५ सिमकोट । गत असोज २० गतेदेखि अवरुद्ध टेलीफोन सेवा पुनः सञ्चालनमा आएको छ । हुम्लाको अदानचुली गाउँपालिकाका बासिन्दाले पुनः टेलीफोन सेवा प्रयोग गर्न पाएका हुन् । टावरमा खराबी नभएकाले केन्द्रीय कार्यालय काठमाडौंबाट अबरुद्ध सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमले जनाएको छ । शुक्रवारदेखि सामान्य रुपमा सञ्चालन आएको टेलिफोन सेवा अझै पनि पूर्ण रुपमा सञ्चालनमा आई सकेको छैन । पूर्णरुपमा सेवा सञ्चालनका लागि अझै केही दिन लाग्ने नेपाल टेलिकमका प्राविधिक अधिकृत राम खातीले जानकारी दिए । टेलिफोन सेवा अबरुद्ध हुँदा त्यहाँका स्थानीयले जिल्ला बाहिर र अन्तरपालिकामा रहेका आफन्तसँग सम्पर्क गर्न पाएका थिएनन् । रासस ...
कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने

कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने

आर्थिक
कात्तिक १५ रुपन्देही ।रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित साना किसान कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने भएका छन् ।नगरपालिकाले सहजीकरण गरेपछि नगरभित्रका साना किसान सहकारी संस्थाहरुले सङ्घीय सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न तयार भएका हुन् । सङ्घीय सरकारले गत जेठमै धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेपनि त्यसको कार्यान्वयन हुन सकेको थिएन । सरकारले गत जेठ २ गते चालु आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल रु २ हजार ७ सय ३५ र मध्यम धानको प्रतिक्विन्टल रु २ हजार ८ सय ८५ न्यूनतम समर्थन मूल्य तोकेको थियो । साना किसान सहकारीमार्फत धान खरिद गर्ने गरी कृषि तथा पशुपक्षी विकास मन्त्रालयले निर्देशिकासमेत जारी गरिसके पनि यस क्षेत्रका सहकारीले किसानको धान तोकिएको न्यूनतम समर्थन मूल्यमा खरिद गरेका थिएनन् । सरकारले लागू गरे...
रसुवागढी नाका हुँदै चिनियाँ समान भित्र्याउन सकस

रसुवागढी नाका हुँदै चिनियाँ समान भित्र्याउन सकस

आर्थिक, समाचार
नोबेल कोरोना भाइरस (कोभिड-१९) महामारी सुरु भएपछि रसुवागढी नाका हुँदै चिनियाँ समान भित्र्याउनु फलामको चिउरा चपाउनु जस्तो भएको छ । चिनियाँ पक्षले दैनिक जम्मा पाँच कन्टेनर सामान नाकासम्म ल्याउने गरी कोटा तोकेको छ । सामान भित्र्याउन सकस भएपछि नेपाली व्यवसायीले चिनियाँ एजेन्टलाई चर्को घुस बुझाउनु परेको बताएका छन् । ‘लामो समयसम्म सामान आउन नसकेका व्यवसायीले चलखेल भयो भनेर गुनासो गरेका छन्, नेपाली व्यवसायीको अस्वस्थ प्रतिस्पर्धा र चीनतर्फ एजेन्ट सेटिङ भएको भन्ने गुनासो कार्यालयमा आएका छन्,’ रसुवागढी भन्सार कार्यालय प्रमुख पुण्यविक्रम खड्काले भने । एजेन्टहरूले धेरै पैसा जसले दिन्छ, उसैको मात्रै सामान ढुवानी गर्ने गरेको गुनासो आएपछि यो विषयमा चिनीयाँ पक्षलाई पनि जानकारी गराइएको खड्काले बताए । नाका सुचारु गर्ने दुई देशको सहमतिअनुसार चीनतर्फका १२ वटा एजेन्टले पालैपालो तीन प्राथमिकताको आध...