तीन गैरआवासिय नेपालीबाट चेपाङ विद्यार्थीहरुलाई १ लाख ५० हजार रुपैया बराबरको सहयोग
गोरखा, १५ मंसिर- गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ६ भुम्लीचोक स्थित भद्रकाली मा.वि. र थुम्का प्रा.वि. का १ सय ३८ जना चेपाङ विद्यार्थीहरुलाई १ लाख ५० हजार रुपैया बराबरको स्टेशनरी तथा खाजा सहयोग गरिएको छ । भद्रकाली मा.वि. का ५० जना, थुम्का प्रा.वि. का ८८ जना चेपाङ विद्यार्थीलाई कापी, कलम, ज्यामिती बक्स, बिस्कुट लगायतका सामग्रीहरु सहयोग गरिएको हो । काठमाडौं महानगर -३, महाराजगन्ज, मनिकुल टोल घर भई विगत लामो समयदेखि ताइपेइ ताइवानमा बस्दै आएका रोहित श्रेष्ठ, आरुघाट गाउँपालिका वडा नं. ५ अल्काटार स्थायी घर भई हाल हङ्गकङ्गमा बस्दै आएका आकाश बञ्जारा र गण्डकी गाउँपालिका वडा नं. ५ दर्बुङ घर भई हाल जापानमा रहेका बिराट बाबु खनालले सो सहयोग उपलब्ध गराएका हुन । ताइपेइ ताइवान निवासी रोहित श्रेष्ठले सो सामग्री सहयोग गर्नको लागि रु. १ लाख रुपैया तथा आकाश बञ्जारा तथा बिराट बाबु खनालले रु. ५० हजार र...








