शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

आर्थिक

२५० उद्योगका ३६९ वस्तुलाई नेपाल गुणस्तर चिह्न प्रदान

२५० उद्योगका ३६९ वस्तुलाई नेपाल गुणस्तर चिह्न प्रदान

आर्थिक, समाचार
काठमाडौं— २१, माघ । नेपाल गुणस्तर तथा नापतौल विभागले २५० उद्योगबाट उत्पादित ३६९ उद्योगलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ । विभागले हालसम्म स्वदेश तथा विदेशमा उत्पादन भएका उद्योगका उत्पादित वस्तुलाई नेपाल गुणस्तर चिह्न प्रदान गरेको हो । गुणस्तर चिह्न प्राप्त गर्नेमा ७१ सिमेन्ट उद्योगबाट उत्पादित १३५ वस्तु, २५ डण्डी उद्योगबाट उत्पादित २५ वस्तु, २३ पिभीसी केवल उद्योगबाट उत्पादित २३ वस्तु, १० एलपीजी उद्योगबाट उत्पादित १० वस्तु, १३ पिभीसी पाइप उद्योगबाट उत्पादित १३ वस्तु र २९ एचटिपीइ पाइप उद्योगबाट उत्पादित २९ वस्तु रहेका छन् । एनएस चिह्न प्राप्त गर्ने सिमेन्ट उद्योगमा ६३ ओपीसी, १४ पीएससी र ५८ पीपीसी रहेका छन् । विभागले गत वर्षदेखि विदेशमा उत्पादित वस्तुलाई पनि एनएस चिह्न दिन शुरु गरेको छ । विभागले भारतमा उत्पादित नौ उद्योगका १४ वस्तु र चीनमा उत्पादित एक उद्योगको एक वस्तुलाई...
वीरगञ्ज भन्सारमा २४ हजार ४५ मेट्रिक टन चिनी थन्कियो

वीरगञ्ज भन्सारमा २४ हजार ४५ मेट्रिक टन चिनी थन्कियो

आर्थिक, समाचार
वीरगञ्ज— २१, माघ । साल्ट ट्रेडिङ कर्पोरेशनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरका २४ हजार ४५ मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ । सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि कर्पोरेशनले भित्र्याएको उक्त परिणामको भारतीय चिनी गोदाममा थन्किएको हो । परिणात्मक बन्देजका कारण पाँच महिना भइसक्दा पनि कर्पोरेशनले चिनी लग्न सकेको छैन । हिन्दूको महान् चाँड दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी कर्पोरेशनले भारतको गुजरात राज्यस्थित रेणुका सुगर मिलबाट सो परिणामको चिनी आयात गरेको थियो । ढिलो गरी आयात भएकाले सो चिनी भन्सार पास हुन नसक्दा गोदाममै थन्किएकोे छ । विगत लामो समयसम्म गोदाममै थन्किएका कारण चिनी बिग्रदै गएको छ । २०७५ भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णयलाई आधारमानी वाणिज्य विभागले चिनीको जाँचपास नगर्न पत्राचार गरेकाले यस्तो स्थिति आएको सुख्ख...
‘क्यान इन्फोटेक’ सकियो, चार लाखले अवलोकन

‘क्यान इन्फोटेक’ सकियो, चार लाखले अवलोकन

आर्थिक, शिक्षा, समाज
काठमाडौं— २१, माघ । सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक’ को झण्डै चार लाख व्यक्तिले अवलोकन गरेका छन् । माघ १५ गतेदेखि शुरु भएको सो मेलामा उत्साहजनक उपस्थिति रहेको कम्प्युटर एसोशिएसन नेपाल (क्यान)का महासचिव रञ्जितकुमार पोदारले जानकारी दिनुभयो । मेलाको अन्तिम दिन आइतबार करीब एक लाख व्यक्तिले अवलोकन गरेका थिजए । भृकुटीमण्डपस्थित प्रदर्शनीकक्षमा ६ दिनसम्म चलेको क्यान इन्फोटेकको २५औँ संस्करणको मेलामा औषधि ओसारपसारका लागि ड्रोनको प्रयोग, दूरशिक्षा सिकाइ, स्मार्ट होम र कृषिक्षेत्रमा प्रविधिको प्रयोग सम्बन्धि अवलोकनको व्यवस्था मिलाइएको थियो । ‘सुविसु क्यान इन्फोटेक २०१९ इन एशोसिएसन विथ ई–सेवा’ नाम दिइएको सो मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँनयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका थिए । सूचना प्रविधि म...
महिला चेम्बरको पहिलो शाखा गोरखामा

महिला चेम्बरको पहिलो शाखा गोरखामा

आर्थिक, समाचार
गोरखा— २१, माघ । महिला चेम्बरको पहिलो शाखा गोरखामा गठन भएको छ । गोरखा चेम्बरका अध्यक्ष भाईचन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले ज्ञानू अधिकारीको अध्यक्षतामा गोरखा महिला चेम्बर गठन गरेको हो । नया कार्यसमिति अन्तर्गत उपाधय्क्षमा कविता अर्याल, सचिबमा पूर्णकुमारी शाही, कोसाध्यक्षमा रन्जना पोखरेल, सह-सचिवमा भगवती श्रेष्ठ र सदस्यहरुमा सुर्य माया श्रेष्ठ, सिता श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा, नुमाया गुरुङ, सानुमाया खड्का, हेलमाया मास्के र रचना खनाल रहेका छन । साथै, सल्लाहकारमा निर्मला श्रेष्ठलाई चयन गरिएको छ । महिलाहरुको आर्थिक सशक्तिकरणमा टेवा पुर्याउने उदेश्यका साथ महिला चेम्बर गोरखा शाखाको गठन गरिएको गोरखा चेम्बरले जनाएको छ ।...
नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर

नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर

आर्थिक, समाचार
काठमाडौं— १८, माघ । नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ । रु दुई खर्बको लगानी भएको र वार्षिक रु १५० अर्बको कारोवार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यो वर्षदेखि आत्मनिर्भर भएको व्यवसायीले बताएका छन् । निजी क्षेत्र प्रवेश भएको झण्डै १६ वर्षको अन्तरालमा शून्यबाट आत्मनिर्भरमा पुगेको बताउँदै नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुवराज थापाले अर्काे वर्षदेखि नेपाल सिमेन्ट निर्यात गर्ने अवस्थामा पुग्ने उल्लेख गर्नुभयो । “अन्य उद्योगको तुलनामा सिमेन्टमा फरक किसिमले छिटो उत्पादन बढेको छ, यो नेपाल कै लागि गौरव हो, अब सरकारले उद्योगमा देखिएका समस्या समाधानमा पहल गर्नुपर्ने देखिन्छ”, थापाले भन्नुभयो । सन् १८४५ देखि सिमेन्ट उत्पादन शुरु भए पनि नेपालमा १९६० देखि मात्रै उत्पादन शुरु गरिएको थियो । नेपालमा अहिले तीन किसिमका सिमेन्टको गुणस्तर मापन भएको छ । नेपालमा पहिलो हिमाल सिमेन्टले उ...
रेष्टुरेन्ट र बारमा गरिएको १० प्रतिशत सेवा शुल्क खारेजीलाई राष्ट्रिय उपभोक्ता मन्चबाट स्वागत

रेष्टुरेन्ट र बारमा गरिएको १० प्रतिशत सेवा शुल्क खारेजीलाई राष्ट्रिय उपभोक्ता मन्चबाट स्वागत

आर्थिक, समाचार
काठमाडौं— १७, माघ । माघ-राष्ट्रिय उपभोक्ता मन्चले नेपालमा सञ्चालित रेष्टुरेन्टहरूले लिँदै आएको सेवा शुल्क खारेजीको स्वागत गरेको छ । मन्चका अध्यक्ष प्रेमलाल महर्जनद्वारा जारी प्रेस बिज्ञप्तिमा रेष्टुरेन्ट व्यवसायीको संस्था रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)को सोमबारको बैठकले सेवा शुल्क नलिने निर्णयको स्वागत गरिएको उल्लेख छ । रेष्टुरेन्ट व्यवसायीको संस्था रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)को सोमबारको बैठकले सेवा शुल्क नलिने निर्णय गरेको थियो । यस अघि राष्ट्रिय उपभोक्ता मन्चले सेवा शुल्क खारेजीका लागि भन्दै परमादेश जारी गर्न गत आश्विन २ गते सर्वोच्च अदालतमा रिट हालेको थियो । उक्त रिट हाल बिचाराधिन अवस्थामा छ । यसअघि रेष्टुरेन्ट तथा बारको बिलमा १० प्रतिशत सेवा शुल्क जोडिएर आउँथ्यो।...

जापानमा नेपाली कामदार पठाउन ‘गोप्य’ छलफल गरिदैं

आर्थिक, समाचार
काठमाडौं— १७, माघ । रोजगारीको आकर्षक गन्तव्य मानिएको जापानमा नेपाली कामदार पठाउन छलफललाई तीव्रता दिइएको छ । नेपाली र जापानी पक्षबीच कामदार पठाउनेबारे गम्भीर ढङ्गले गृहकार्य चलिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतले जनाएको छ । यस विषयमा गत माघ ३ गते जापानी पक्षसँग औपचारिक रूपमै छलफलसमेत भएको थियो । सो क्रममा जापानी पक्षले नेपालीलाई जापान लैजाने विषयमा अन्तिम टुङ्गो नलागेसम्म आफ्ना भेटवार्ताका विषय गोप्य राख्न भनेपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि यस विषयमा भएका प्रगतिलाई बाहिर ल्याउन चाहिरहेको छैन । स्रोतका अनुसार वैदेशिक रोजगारका अन्य गन्तव्यभन्दा उत्कृष्ट मोडलमा कामदार पठाउने सरकारको तयारी छ । श्रम मन्त्रालयका एक उच्च अधिकारीका अनुसार जापानले आफ्नो देशमा कामदार भित्र्याउन विभिन्न नौ देशसँग छलफल गरिरहेको छ । सोही आधारमा एक मुलुकसँग भएका छलफ...
मुलुक डिजिटल नेपालतर्फ अघि बढ्दै : प्रधानमन्त्री ओली

मुलुक डिजिटल नेपालतर्फ अघि बढ्दै : प्रधानमन्त्री ओली

आर्थिक, समाचार
काठमाडौं— १७, माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको बताउनुभएको छ । नेपाल टेलिभिजनको ३४ औँ वार्षिकोत्सवका अवसरमा सो टेलिभिजनको चारै वटा च्यानलको हाइ डिफिनेसन (एचडी) रुपान्तरणको शुभारम्म गर्दै प्रधानमन्त्री ओलीले अब कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधार, उर्जा, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा नेपाललाई आधुनिकीकरणमा प्रवेश गराइने पनि बताउनुभयो । उहाँले नेपाली र स्वीट्जरल्याण्डका वैज्ञानिक मिलेर सुपर कम्प्युटर बनिसकेको र अरु पनि बन्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल हरेक क्षेत्रमा हरेक दिन आधुनिकतासँगै एक कदम अगाडि बढिरहेको छ । हासिल गरेका उपलब्धिका जगमा आर्थिक समृद्धि, सुशासन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ अघि बढिरहेका छौँ । हामी सबै आधुनिक नेपालको दौडमा अघि बढ्न सकौँ ।” नेपाल...
लगातारको हिमपातका कारण बन्द रहेको रसुवागढी नाका आजदेखि खु्ल्यो

लगातारको हिमपातका कारण बन्द रहेको रसुवागढी नाका आजदेखि खु्ल्यो

आर्थिक, समाचार
रसुवा— १५, माघ । केही दिनदेखिको हिमपातका कारण बन्दभएको रसुवागढी नाकामा आजदेखि यातायात सेवा सञ्चालनमा आएको छ । केरुङ्गबाट सामान बोकेर आएको ट्रक तथा कन्टेनर मितेरी पुलबाट आजदेखि नेपाल प्रवेश गर्न थालेको सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्म टिमुरेका गुल्मपती जीवन केसीले जानकारी दिनुभयो । बीस ट्रक तथा कन्टेनर चिनियाँँ भू–भागबाट नेपाल प्रवेश गरिसेकेको र करीब ६० कन्टेनर मितेरी पुल नजिक चिनियाँँ भू–भागबाट नेपाल प्रवेश गर्ने क्रममा रहेको सशस्त्र प्रहरीले जनाएको छ । यही माघ ८ गतेदेखि शुरु भएको हिमपातका कारण रसुवागढीदेखि केरुङसम्म चिनियाँँ भू–भागतर्फको राजमार्गमा भारी हिमपात भएकाले सामान आयातका लागि केरुङतर्फ गएको ३०० भन्दाबढी ट्रक कन्टेनर केरुङमा नै रोकिएका छन् । चिनियाँ पक्षले जम्मा भएका हिउँ सडकबाट पन्छाएपछि यातायात सेवा सञ्चालनमा आएको हो । आज दिनभरमा २०० को हाराहारीमा मालवाहक ट्रक ...
महासंघ नेतृत्व हडप्न ज्ञानेन्द्रलाल प्रधानलाई प्रयोग गरि गोल्छाले चलेको चालले माथ खायो

महासंघ नेतृत्व हडप्न ज्ञानेन्द्रलाल प्रधानलाई प्रयोग गरि गोल्छाले चलेको चालले माथ खायो

आर्थिक, समाचार
काठमाडौं — १५, माघ । ज्ञानेन्द्रलाल प्रधानलाइ प्रयोग गरेर नेपाल उद्योग वाणिज्य महासंघमा शेखर गोल्छा अध्यक्ष बन्ने चाहना फेरि पनि अपुरो भएको छ । विधान संशोधन गरी बरिष्ठलाई सिधै अध्यक्ष बनाउने प्राबधान हट्ने पक्का पकी भएपछी बरिष्ठ उपध्यक्ष गोल्छाले ज्ञानेद्र लाल प्रधानलाई काडको उपयोग गरेको पाइएको छ । अहिलेको विधानमा वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रवधान रहेको छ । महासंघका अधिकांस सदस्य यो प्रवधान फेर्नुपर्ने बताउँदै आएका छन । यसको लागि विधान मस्यौदा समिति समेत गठन भएको थियो । शेखर गोल्छाले आफु सिधै महासंघको अध्यक्ष हुन नपाउने देखे पछि कोषध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलाई प्रयोग गरी अध्यक्ष बन्ने दाउमा थिए । गोल्छाले भवानी राणालाई अख्तीयार लगाएर महासंघबाट हटाउने र आफु अध्यक्ष बन्न खोजेको महासंघका पदाधिकारीको दाबी छ । गोल्छालाई सोचजस्तो सजिलो थिएन यो काडवाट आफनो अनुकुलको उपय...