बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

अपराध

नम्बर परिवर्तन गरी चोरीको मोटरसाईकल चलाउने पक्राउ

नम्बर परिवर्तन गरी चोरीको मोटरसाईकल चलाउने पक्राउ

अपराध
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीको बास्तविक नम्बर परिवर्तन गरी चोरीको मोटरसाईकल चलाउने १ जनालाई पक्राउ गरेको छ ।पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले आज बालाजु बाईसधारा स्थित सडक खण्डबाट जिल्ला नुवाकोट तादी गाउँपालिका वडा नं. ६ बस्ने वर्ष २८ को अनिल तामाङ्गले बास्तविक नम्वरप्लेट परिवर्तन गरी बा ६५ प २३६६ नम्वर प्रयोग गरी चलाई चलाइरहेको अवस्थामा मोटरसाईकल सहित पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाकाप्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिएका छन  । काठमाण्डौं रामकोट स्थित सडक खण्डबाट बा६३प २६६ नम्वरको रातो रंङ्गको पल्सर मोटर साईकल हराएको भनि रामेछाप खाँडादेवी गाउँपालिका वडा नं. १ बस्ने कुल बहादुर श्रेष्ठले महाशाखामा निवेदन दिएका थिए ।हराएको निबेदनको आधारमा सुचना संकलन र हुलियाको आधारमाखोजतलास गरि हराएको मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यककारवाहीको लाग...
लागुऔषध खैरो हिरोइनसहित  तीन जना पक्राउ

लागुऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ

अपराध, समाचार
 प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित कञ्चनपुरका तीन जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर क्षेत्रीय अनुसन्धान (आरआइटी) बाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१८ बाट एक र बेदकोट नगरपालिका–९ बाट दुई जनालाई खैरो हिरोइनसहित पक्राउ गरेको हो। बैतडी दशरथ नगरपालिका–४ घर भई हाल भीमदत्त नगरपालिका– १८ का २५ वर्षीय नरेश दमाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए। पक्राउ परेका दमाईको साथबाट १४ ग्राम ४२० मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ। यसैगरी बेदकोट नगरपालिका–९ का ३० वर्षीय भीमबहादुर विष्ट र २७ वर्षीय हिक्मत विष्टलाई लालपुरबाट तीन ग्राम २४० मिलीग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए। पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी प्रहरीले थप...
महिला घरेलु हिंसा तथा यौनजन्य अपराध

महिला घरेलु हिंसा तथा यौनजन्य अपराध

अपराध, समाचार
डा.डिआर उपाध्याय आज समाजमा कसैप्रति कसैको विश्वास छैन । महिला घरेलु हिंसा तथा यौनजन्य अपराधका घटनाहरू समाजमा दिन प्रतिदिन घटेका छन् । यो हाम्रो समाजको लागि चुनौतीको विषय हो । यस्ता घटना घट्नुको मूल कारण समाजमा अशिक्षा, गरिबी र चेतनाको अभाव हो । समाजमा बलात्कारी र अपराधीहरू दिनप्रतिदिन बढ्दैछन् । यस्ता घटना हुनबाट जोगाउन समाजमा जनचेतना फैलाउने कार्यलाई प्रभावकारी बनाउन जरुरी छ । अहिलेको युग सञ्चार र प्रविधिको युग हो । यसको सही सदुपयोग गर्न सकेको खण्डमा धेरै फाइदा छन् तर यसको गलत दुरुपयोगको कारणले गर्दा समाजमा अपराध निम्ताएको छ । सामाजिक सञ्जाल र फेसबुकको गलत प्रयोगबाट समाजमा हत्या, हिंसा र बलात्कारका घटनाले प्रसय पाएको छ । आज केही मानिस चेतनाको अभावले पशुजस्तो व्यवाहार देखाउँछन् । हाम्रो समाजमा घरभित्रै बाबुले छोरीलाई , छोराले आमालाई र दाजुले बहिनीलाई ससूराले बुहारीलाई, देवरले भाउजूल...
नक्कली सुनलाई सक्कली भनेर सुनचाँदी व्यवसायीलाई ठगी गर्ने एकजना पक्राउ

नक्कली सुनलाई सक्कली भनेर सुनचाँदी व्यवसायीलाई ठगी गर्ने एकजना पक्राउ

अपराध, समाचार
नक्कली सुनलाई सक्कली भनेर सुनचाँदी व्यवसायीलाई ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर गोदावारी बस्ने धादिङ थाक्रे गाउँपालिका ११ घर भएका रवि क्षेत्री भन्ने ३४ वर्षीय राज सापकोटा (सुनार) रहेका छन्। उनलाई महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार साँझ पक्राउ गरेको हो । उनको साथबाट सुनको जस्तो देखिने ब्रास्लेट, सुनको जस्तो देखिने सिक्री र उक्त गहनाको बिलहरू समेत प्रहरीले बरामद गरेको छ । अनुसन्धानको क्रममा सापकोटाले असोज ६ गते चन्द्रागिरी नगरपालिका ७ थानकोट चेकपोष्टस्थित सुनचाँदी गहना पसलमा विल सहित सुन जस्तो देखिने ब्रास्लेटलाई सुन हो भनी बन्दकी राखी नगद १ लाख ८० हजार रुपैयाँ ठगी गरेका थिए । यस्तै, पुस १७ गते चन्द्रागिरि नगरपालिका १२ गुर्जुधारास्थित सुनचाँदी गहना पसलमा विल सहित सुन जस्तो देखिने बा...
डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

अपराध, समाचार
काठमाडौं महानगरपालिका-१५ विजेश्‍वरी पुलस्थित डिउटीमा खटिएको प्रहरीलाई १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काभ्रे तिमाल गाउँपालिका-७ घर भएका २८ बर्षीय चन्द्र तामाङलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रदेश नम्बर ३-०२-०१७ प ७९६८ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकल चालक तामाङले मादक पदार्थ सेवन गरेका कारण प्रहरीलाई उक्त रकम दिने खोजे पश्चात प्रहरीले उनलाई उक्त रकम सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । ...
मोटरसाइकल चोरी गर्ने गिरोहका सदस्य पक्राउ

मोटरसाइकल चोरी गर्ने गिरोहका सदस्य पक्राउ

अपराध
जिल्ला प्रहरी कार्यालयले मोटरसाइकल चोरी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेको छ । चोरीका मोटरसाइकल बिक्री गर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयले आज (बुधवार) यहाँ पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेकालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–८ का २८ वर्षीय वसन्तकुमार गुरुङ, वडा नं ९ का २१ वर्षीय मेलोन सुनार, वडा नं ११ का १८ वर्षीय शिव विक र गोर्खाको भीमसेन थापा गाउँपालिका वडा नं ५ घर भई भरतपुर–८ बस्ने ३७ वर्षीय नवराज श्रेष्ठ रहेका छन् । उनीहरुलाई प्रहरीले चोरीका तीन थान पल्सर मोटरसाइकल र एक थान स्कुटरसहित पक्राउ गरेको हो । उनीहरु जिल्लाका विभिन्न ठाउँबाट पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले घरमा राखिएका सवारीसाधन चोरी गरेर नम्बर प्लेट फेरेर बिक्री गर्दै गर्दा उनीहरुलाई पक्राउ गर...
हुकिङ गरी विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही

हुकिङ गरी विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही

अपराध, समाचार
 नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानलाई तीव्रता दिँदै हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा विद्युतीय सामग्री पनि ठूलो सङ्ख्यामा जफत गरेको छ । प्राधिकरणका कर्मचारी तथा प्रहरीको सहयोगमा गाउँगाउँमा पुगेर टिभी, फ्रिज, पङ्खा, पानी तान्ने मोटर, तार, कटरलगायतका १४० थान विद्युतीय उपकरणसमेत नियन्त्रणमा लिएको विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ । कोरोनाको महामारीमा नेपाल सरकारले गरेको लकडाउनदेखि हालसम्मको अवधिमा विद्युत् चोरीमा संलग्न ४२ जनालाई पक्रउ गरी कारवाही गरिएको वितरण केन्द्रका प्रमुख आमोद यादवले जानकारी दिए । उनीहरुबाट तीन लाख दुई हजार ५४९ राजस्व असुलीसमेत गरिएको छ । प्राधिकरणका इञ्जिनीयर विमलप्रसाद साहका अनुसार विद्युत् चोरीमा संलग्नलाई न्यूनतम तीन हजारदेखि विद्य...
बीस करोड बिगो असुलीको माग

बीस करोड बिगो असुलीको माग

अपराध, आर्थिक, समाचार
राजस्व अनुसन्धान विभागले करिब २० करोड रुपियाँ बिगो असुलीको माग दाबी गर्दै विभिन्न व्यापारिक फार्मका पाँच जना सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । विभागले ललितपुरको सानेपामा रहेको कविला सप्लायर्सका सञ्चालक भारतीय नागरिक नवलकिशोर चौधरी, शिवम् प्याकेजिङ एन्ड सप्लायर्सका सञ्चालक सीतादेवी जयसवाल र काँडाघारीस्थित गौतम सप्लायर्सका सञ्चालक मुकेश चौधरीबाट १३ करोड ४५ लाख रुपियाँ बिगो असुली र कारागार सजाय माग गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । उनीहरूले मूल्य अभिवृद्धि कर र आयकर छली गरेको अभियोग लगाइएको छ । त्यसैगरी बारा बुनियाबाद गाउँपालिकास्थित शिवम् ट्रेड सप्लायर्सका सञ्चालक जगदीश सहनीसमेतलाई प्रतिवादी बनाउँदै चार करोड ८९ लाख रुपियाँ बिगो दाबीसहित अर्को मुद्दा दायर गरिएको विभागले जनाएको छ । विभागका अनुसार राजस्व चुहावट गर्ने नियतले गलत विवरण घोषणा गर्ने कास्कीको अनुस्का मल्टिप्र...
अन्नपूर्ण चिनी मिलका मालिक राकेश अग्रवाल नभेटिएपछि श्रीमती प्रभा पक्राउ

अन्नपूर्ण चिनी मिलका मालिक राकेश अग्रवाल नभेटिएपछि श्रीमती प्रभा पक्राउ

अपराध
अन्नपूर्ण चिनी मिलका मालिक राकेश कुमार अग्रवाल नभेटिएपछि प्रशासनले उनकी श्रीमती प्रभाव अग्रवाललाई पक्राउ गरेको छ । सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलका मालिक अग्रवालमाथि जिल्ला प्रशासन कार्यालय, सर्लाहीले पक्राउ पुर्जी जारी गरेको थियो । उखु किसानको वर्षौदेखिको करोडौं रकम भुक्तानी नदिएका कारण प्रशासनले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर, अग्रवाल फरार रहेकाले प्रशासनले उनकी श्रीमतीलाई आज पक्राउ गरेको हो । ...
नदीजन्य पदार्थ अवैधरूपमा उत्खनन गर्ने सवारी साधन प्रहरीको नियन्त्रणमा

नदीजन्य पदार्थ अवैधरूपमा उत्खनन गर्ने सवारी साधन प्रहरीको नियन्त्रणमा

अपराध, समाचार
तनहुँको विभिन्न स्थानबाट अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र बन्दीपुर गाउँपालिकाबाट प्रहरीले बिहीबार आठ सवारी साधनलाई नियन्त्रणमा लिएको हो । व्यास–११ शेरास्थित बुल्दीखोला किनारबाट नदीजन्य पदार्थ उत्खनन एवं लोड गर्दै गरेको अवस्थामा ग १ त ३४४८, ग १ त ४६१७ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । म्याग्दे–५ छाङपाटनस्थित निषेधित जग्गामा गिट्टी बालुवा उत्खनन एवं लोड गरिरहेको अवस्थामा ग१त १५५५ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिइएको छ । त्यस्तै बन्दिपुर–६ स्थित नमूना ग्रिट एण्ड क्रसर प्रालिबाट उत्पादित नदीजन्य पदार्थ लोड गरी ओसारपसार गर्दै गरेको अवस्थामा ना ७ ख ६१५, ग १ क ४२३८, ग१ख ९२५३ र बा २ क ५२७६ नम्बरको टिपर नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका ...