शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

अपराध

आठ नक्कली परीक्षार्थी(अर्काको नाममा परीक्षा दिने) पक्राउ

आठ नक्कली परीक्षार्थी(अर्काको नाममा परीक्षा दिने) पक्राउ

अपराध, समाचार
 जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ। लोकसेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका–७ दैलेख निवासी कमल विकको स्थानमा परीक्षा दिने सोही गाउँपालिकामा बस्ने २३ वर्षीय तिलक विक, गुराँस गाउँपालिका–२ दैलेख बस्ने रणबहादुर रावललको स्थानमा सोही ठाँउका १९ वर्षीय रामबहादुर कार्की रहेको प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए। त्यस्तै भगवतीमाई गाउँपालिका–७ दैलेख बस्ने चक्रराज विकको स्थानमा परीक्षा दिने सोही ठाउँका २५ वर्षीय दीपेन्द्र विक, नारायण नगरपालिका–७ दैलेख चन्द्रबहादुर रानाको ठाउँमा परीक्षा दिने चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ दैलेख २० वर्षीय रमेशप्रसाद न्यौपानेलाई पक्राउ गरिएको प्रहरी ...
लोकेसेवा आयोगको साइट ह्याक गरेको आरोपमा  तीन जना पक्राउ

लोकेसेवा आयोगको साइट ह्याक गरेको आरोपमा तीन जना पक्राउ

अपराध, समाचार
लोकेसेवा आयोगको साइट ह्याक गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले उनीहरुलाई कास्कीबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा ललितपुरको महालक्ष्मी नगरपालिका ९ सानागाँउ बस्ने २५ वर्षीय विवेक महर्जन र अन्य दुई जना पोखरा महानगरपालिकाका १७ र १५ वर्षीय युवाहरु रहेको ब्युरोले जनाएको छ। उनीहरुमाथि साइट ह्याक गरेर गलत सूचना सम्प्रेषण गरेको आरोप लगाइएको छ। ‘आयोगको वेभसाइटमा अनाधिकृत रुपमा पहुँच बनाई गलत सूचना प्रवाह गरेको देखिएको छ यसबारे हामी अनुसन्धान गरिहेका छौ’, व्यूरोका प्रमुख एसएसपी नविन्द अर्यालले भने। लोकेसेवा आयोगको साइट ह्याक गरेर अनाधिकृत रुपमा गलत सूचना प्रवाह गरेको उजुरी ब्युरोमा परेपछि अनुसन्धान सुरु गरेको थियो। ...
उपत्यकाको बिभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १४ जना पक्राउ

उपत्यकाको बिभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १४ जना पक्राउ

अपराध, समाचार
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको बिभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १४ जनालाई यस आ.व. बर्षमा पक्राउ गरि कारबाहीको दायरामा ल्याएको छ ।  महाशाखाको पिडित सहायता ईकाइको बिशेष टोलीले उपत्यकाको बिभिन्न स्थानहरुबाट हराएका र चोरी भएका सवारी साधनहरुलाई खोजतलास गर्ने बिशेष अभियान संचालन गरिरहेको छ । महाशाखाले उपत्यकाको बिभिन्न स्थानबाट हराएका ८५ वटा मोटरसाइकलहरु खोजतलास गरि सम्बन्धित धनिलाई जिम्मा दिएकोछ ।  महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले “बिगत लामो समयदेखि मोटरसाईकल चोरी गर्ने पेसेवर गिरोहलाई निग्रानीमा राखि सादा पोशाकमा बिशेष अपरेसन टोली खटाइएका छौ, धेरै जसो उपत्यकाबाट हराएका मोटरसाइकलहरु उपत्यका बाहिरका ग्रामीण बस्तिहरुमा पुग्ने गरेको पाइएको छ, त्यस्ता बस्तीहरुमा समेत सुराकी परिचालन गरि सुचना संकलन गर्ने काम समेत भैरहेको” बताए । आज मात्रै मह...
डोटीबाट फरार  एक कैदीबन्दी पक्राउ,सुरक्षामा  खटिएका  प्रहरी  निलम्बनमा

डोटीबाट फरार एक कैदीबन्दी पक्राउ,सुरक्षामा खटिएका प्रहरी निलम्बनमा

अपराध, समाचार
जिल्ला बालसुधार गृह डोटीबाट फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिकाका १६ वर्षीय राजेन्द्र बोहरा रहेको प्रहरीले जनाएको छ । सोही गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परी पुर्पक्षका लागि उनलाई जिल्ला बाल सुधार गृह डोटीमा राखेको थियो । गए राति करिब ११ बजे फरार भएका बोहरालाई जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्लाको पूर्वीचौकी गाउँपालिका सानागाउँको जङ्गलबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पुर्पक्षका लागि बालसुधार केन्द्रमा राखिएका बोहरालाई केही दिन पहिले कोरोना सङ्क्रमण पुष्टि भएपछि बालसुधार केन्द्रबाट जिल्ला अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । उनले बिहीबार राति करिब ११ बजेको समयमा अस्पतालको शौचालयको...
टिकटकमा जथाभावी भिडियो राख्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी

टिकटकमा जथाभावी भिडियो राख्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी

अपराध
प्रहरीले टिकटक, फेसबुक, इन्स्टाग्राम लगायतका विभिन्न सामाजिक सञ्जालमा अमर्यादित, दुराचारयुक्त तथा अश्लील सामग्रीको प्रकाशन प्रशारण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले पछिल्लो समय टिकटकमा कानुन विपरीतका भिडियो बनाएर राख्ने काम भइरहेको तर्फ ध्यानाकर्षण भएको जनाएको छ। ‘पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा लैङ्गिकता, फरक क्षमता, महिला तथा बाल अधिकार लगायतका संवेदनशील विषयहरुको ख्यालै नगरी महिला तथा बालबालिका सम्बन्धी प्रचलनमा रहेका कानुन विपरित हुने भिडियोहरु बनाउने, प्रसारण गर्ने गरेको भन्ने सम्बन्धमा यस ब्यूरोको ध्यानाकर्षण भएको छ,’ ब्यूरोले जारी गरेको सूचनामा भनिएको छ। साथै ब्यूरोले यससँग सम्बन्धित कतिपय सूचना तथा निवदेनमाथि अनुसन्धान भइरहेको र केहीलाई कानुनी दायरामा पनि ल्याइसकेको जानकारी गराएको छ। त्यस्ता कानुन विपरितका गतिविधि नगर...
३ लाख २० हजार घुससहित मालपोतका दुई कर्मचारी पक्राउ

३ लाख २० हजार घुससहित मालपोतका दुई कर्मचारी पक्राउ

अपराध
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय तुल्सीपुर दाङका दुईजना कर्मचारीलाई तीन लाख बीस हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । आयोग सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले मालपोत कार्यालयका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई घुससहित पक्राउ गरेको हो । जग्गाको मोठ कायम गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिदै गर्दा शुक्रबार दिउँसो साढे १ बजेतिर उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धानका लागि अख्तियारको कार्यालय नेपालगञ्जतर्फ लगिएको छ । ...
चन्द्रागिरिमा बालिका बलात्कार गर्ने पक्राउ

चन्द्रागिरिमा बालिका बलात्कार गर्ने पक्राउ

अपराध
मंसिर ४ काठमाडौं । प्रहरीले एक बालिकालाई बलात्कार गर्ने एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–२ बसुण्डोलमा १४ वर्षीय बालिकालाई बलात्कार गर्ने हुम्ला ताजाकोट गाउँपालिका–२ का २३ वर्षीय सुरेश लोहारलाई मङ्गलबार पक्राउ गरेको हो। वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बसुण्डोलस्थित अर्जुन सुवेदीको जग्गामा बनाएको टहरामा बालिकालाई बोलाएर जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए। मङ्सिर १ गते सोमबार भाइटीकाको दिनमा घटना घटे पनि लोहार फरार रहेका थिए। पक्राउ लोहारलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको वृत्त प्रमुख श्रेष्ठले बताए। ...
लागुऔषध चरेश र विनरेक्ससहित  तीनजना पक्राउ

लागुऔषध चरेश र विनरेक्ससहित तीनजना पक्राउ

अपराध, समाचार
पर्सा-लागुऔषध चरेश र विनरेक्ससहित तीनजना युवक वीरगञ्जबाट पक्राउ परेका छन्। लागुऔगाध चरेशसहित पक्राउ पर्नेमा पर्साको बीरगंज ३ छप्कैया बस्ने २८ बर्षिय अभिषेक श्रीवास्तव र वडा नम्बर ५ बस्ने २३ बर्षिय धिरज पटेल रहेका छन्। बिशेष सूचनाको अधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई वीरगञ्ज १६ मितेरी पुल नजिकै चेकजाँच गर्नेक्रममा चरेशसहित पक्राउ गरेको हो। पक्राउ परेका श्रीवास्तवको साथबाट लागु औषध चरेश २ के.जी.४४५ ग्राम र पटेलको साथ पनि २ केजी ४४५ ग्राम गरि ४ केजी ८ सय ९० ग्राम बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ। यस्तै बिस्कुटको कार्टुन भित्र लुकाएर भारतबाट ल्याउदै गरेको लागुऔषध सहित एक युवक वीरगञ्जबाट नै पक्राउ परेका छन।लागुऔषधसहित पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १३ श्रीपुर टोल बस्ने ४४ बर्षका बिनोद गुप्ता रहेका छन्। बिशेष सूचनाको अधारमा खटिएको प्रहर...
कालिज र बन्दुकसहित ५ जना शिकारी पक्राउ

कालिज र बन्दुकसहित ५ जना शिकारी पक्राउ

अपराध
मंसिर १ बेनी । म्याग्दीको बेनी नगरपालिका–४ मा हतियार र कालिजसहित पाँच शिकारी पक्राउ परेका छन् । थामडाँडाको अर्जे खोलाको जङ्गलमा वन्यजन्तु चोरी शिकारी गर्ने उनीहरुलाई भरुवा बन्दुक र कालिजसहित आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बेनी नगरपालिका–४ थामडाँडाका ४९ वर्षीय पूर्ण गुरुङ, २० वर्षीय सन्दीप गुरुङ, २५ वर्षीय सन्तोष गुरुङ, ३६ वर्षीय सकबहादुर गुरुङ र २१ वर्षीय सञ्जय गुरुङलाई पक्राउ गरिएको जानकारी दिए । रातको समयमा जङ्गलमै पक्राउ परेकाहरुको साथबाट कालिज र एक थान एक नाले भरुवा बन्दुकसमेत बरामद गरिएको प्रहरी निरीक्षक चौधरीले बताए । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनीहरु विरुद्ध वन्यजन्तुको अवैध चोरी शिकारी र अवैध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाउने प्रहरीले जनाएको छ । वन्यजन्तुको चोरी शिकारी हुने...
छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

अपराध
मंसिर १ काठमाडौं । छिमेकी २८ वर्षीय अजय पासवानलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा मलंगवा नगरपालिका-६ खुटौना बस्ने ३६ को बिनोद पासवानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । बिनोदले धारिलो हतियार प्रहार गर्दा अजयको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खुटौना र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ...