आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

भारत र चीनबीच सीमा क्षेत्रमा थप सैनिक नपठाउने सहमति

भारत र चीनबीच सीमा क्षेत्रमा थप सैनिक नपठाउने सहमति

अन्तराष्ट्रिय
असोज ७ काठमाडौं । भारत र चीनबीच सीमा क्षेत्रमा थप सैनिक पठाउन बन्द गर्ने सहमति बनेको छ।सीमा क्षेत्रमा जारी तनावलाई लिएर कमाण्डर तहमा भएको छैटौँ चरणको वार्तापछि मंगलबार संयुक्त वक्तव्य जारी गरेर थप सैनिक नपठाउनेसहितका सहमति बनेको जानकारी दिएका हुन् । दुई देशबीच अहिले जुन अवस्था छ त्यसमा कुनै किसिमको परिवर्तन नगर्ने सहमति पनि बनेको छ । गएको सोमबार चीन र भारतबीच कमाण्डर तहमा वार्ता भएको थियो । दुई देशका नेताबीच भएको वार्तालाई थप बलियो बनाउने सहमति गम्भीरता पूर्वक लागु गर्ने उल्लेख छ ।सीमा क्षेत्रमा अब सैनिकको संख्या नबढ्ने दुवै देशले जनाएका छन् । दुवै देशले वास्तविक नियन्त्रण रेखा (एलएसी) मा अवस्था स्थिर बनाउनका लागि प्रयास गर्ने सहमति भएको छ । अंग्रेजी पत्रिका द हिन्दूका अनुसार अहिले नै सैनिक पछि हट्ने सहमति भने बनेको छैन । तर पछिल्लो सहमति अनुसार एलएसीमा निर्माण कार्य तत्काल हुने छैन...
म्यानचेस्टर युनाइटेड लिग कपको चौथो चरणमा

म्यानचेस्टर युनाइटेड लिग कपको चौथो चरणमा

अन्तराष्ट्रिय, खेलकुद
असोज ७ काठमाडौं । म्यानचेस्टर युनाइटेड लिग कप फुटबल (इएफएल कप) अर्थात काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ ।तेस्रो चरण अन्तर्गत मंगलबार राति भएको खेलमा लुटन टाउनलाई ३–० ले पराजित गरेर म्यानचेस्टर युनाइटेडले चौथो चरणमा स्थान पक्का गरेको हो । युनाइटेडको जितमा ख्वान माटाले पेनाल्टी माफैत ४४ औँ मिनेटमा गोल गरी सुरुवाति अग्रता दिलाए। ८८ औँ मिनेटमा मार्कश रासफोर्ड तथा इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा म्यासन ग्रीनवूडले गोल गरेर ३–० को जित दिलाएका हुन् । ग्रीनवूडले रासफोर्डको गोलका लागि सहयोग गरेका हुन् भने उनको गोलका लागि ब्रुनो फेर्नान्डेसले सहयोग गरे ।यो खेलमा गोलरक्षकका रुपमा डिन हेन्डर्सनले म्यानचेस्टर युनाइटेडबाट डेब्यु गरेका छन् । ...
गएराती कस्मिरमा भुकम्पको धक्का

गएराती कस्मिरमा भुकम्पको धक्का

अन्तराष्ट्रिय
असोज ७ काठमाडौं । गएराती कस्मिरमा भूकम्प गएको छ। श्रीनगरबाट ११ किलोमिटर उत्तर पश्चिम ३.६ रेक्टर स्केलको भूकम्प गएको नेसनल सेन्टर फर साइज्मालजीले जनाएको छ । भूकम्पको झट्का राति ९ : ४० बजे महसुस गरिएको थियो। बिबिसीले जनाए अनुसार कतिपय स्थानीयले पनि यो भूकम्प नभनेर कुनै विस्फोट पदार्थको धक्का भएको आशंका गरेको जनाइएको छ । राति २ सेकेन्डको झड्का भूकम्पै थियो कि श्रीनगर एयरपोर्ट नजिक इन्डियन एयरफोर्समा जमिनमुनि २ सय किलोग्राम बम छ भन्ने जुन कुरा छ, त्यसको विस्फोट त होइन भनेरु ट्विटमा प्रश्न समेत गरिएको छ । ...
लुइस स्वारेजले बार्सिलोना छाड्ने पक्का

लुइस स्वारेजले बार्सिलोना छाड्ने पक्का

अन्तराष्ट्रिय, खेलकुद
असोज ७ काठमाडौं । बार्सिलोनाका महत्वपूर्ण खेलाडी लुइस स्वारेजले बार्सिलोना छाड्ने पक्का भएको छ ।बार्सिलोनाले क्लव छाड्ने स्वीकृति दिएसँगै उनी स्पेनिस ला लिगा टिम एथ्लेटिको मड्रिड जाने भएका छन् । बार्सिलोनाले उनलाई स्वतन्त्र मूल्यमा जान दिएको हो । ६ वर्ष बार्सिलोनामा रहेका उनले २८३ खेलमा १९८ गोल गरेका छन् ।पासपोर्ट सम्बन्धी समस्याका कारण इटालियन सिरी ए क्लब युभेन्टससँगको सम्झौता प्रयास असफल भएपछि स्वारेज पारिश्रमिक घटाएर एथ्लेटिकोमा जान तयार भएका हुन् । एथ्लेटिकोले स्वारेजका लागि बार्सिलोनालाई चार मिलियन युरो मात्रै तिर्ने छ । यस्तै स्वारेजले बार्सिलोनामा वार्षिक ३० मिलियन युरो पारिश्रमिक पाउने गरेकोमा एथ्लेटिकोमा त्यसको आधा पाउने छन् । एजेन्सी ...
राजस्थानद्वारा चेन्नई पराजित;आईपीएल

राजस्थानद्वारा चेन्नई पराजित;आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज ७ काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ ।मंगलबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई १६ रनले पराजित गर्दै राजस्थानले यो सिजनको आइपीएलमा सुखद् सुरुवात गरेको हो । सारजाह क्रिकेट मैदानमा राजस्थानले दिएको २ सय १७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर २ सय रन मात्र बनाउन सक्यो ।चेन्नईका फाप डु प्लेसिसीले ७२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै शेन वाटसनले ३३ तथा केदार जादबले २२ रन बनाए । मुराली विजय २१ रनमा आउट हुँदा साम करनले १७ रन जोडे । कप्तान महेन्द्र सिंह धोनी २० रनमा अविजित रहे ।राजस्थानका राहुल टेवाटियाले ३ विकेट लिए । श्रेयास गोपाल, जोफ्रा आर्चर र टम करनले १र१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभ...
चेन्नाई र राजस्थान भिड्दै ;आईपीएल

चेन्नाई र राजस्थान भिड्दै ;आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज ६ काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा आज (मंगलबार) चेन्नाई सुपर किङ्स राजस्थान रोयलबीचको खेल हुँदैछ । शारजहा क्रिकेट मैदान दुबईमा हुने खेलमा चेन्नाई लगातार दोस्रो जीतको खोजीमा छ ।पहिलो खेल चेन्नाईसँग खेल्न लागेको राजस्थान भने १३ औं संस्करणको सुखद् सुरुवातको लक्ष्यमा रहेको छ । चेन्नाईले यो सिजनको आईपीएलको पहिलो खेलमा साबिक विजेता टोली मुम्बई इन्डियन्सलाई पराजित गर्दै राम्रो सुरुवात गरिसकेको छ ।भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको टोलीविरुद्ध मैदान उत्रिने योजनामा रहेको राजस्थानका खेलाडीले उसलाई रोक्ने लक्ष्य बनाएका छन् । अस्ट्रेलियन क्रिकेट टीमका पूर्वकप्तान स्टेभ स्मिथले नेतृत्व गरेको राजस्थानका स्टार खेलाडी वेन स्टोक्स र जोस बट्लर टोलीमा छैनन् ।जसमा बट्लर १४ दिनको क्वारेन्टिन नियमले अहिले युएईमा क्वारेन्टिनमा बसिरहेका छन् भने स्टोक्स परिवारसँगै न्युज...
भारत र श्रीलङ्काका प्रधानमन्त्रीबीच वार्ता हुने

भारत र श्रीलङ्काका प्रधानमन्त्रीबीच वार्ता हुने

अन्तराष्ट्रिय
असोज ६ काठमाडौं ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका उनका समकक्षी महिन्दा राजापाक्षबीच वार्ता हुने भएको छ । उहाँहरुकाबीच यही सेप्टेम्बर २६ मा भिडियोमार्फत् वार्ता हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन् । तर यसको औपचारिक जानकारी भने दिइएको छैन । गत हप्ता श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षले भारतका प्रधानमन्त्री मोदीलाई टेलिफोन गर्नुभएको थियो । त्यतिबेला राजापाक्षले दुई छिमेकी मुलुकका बीचमा अझ बलियो सम्बन्ध र सहकार्य गर्नका लागि जोड दिएको थियो । प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ, “श्रीलङ्काका राष्ट्रपति गोटावाया राजापाक्ष र प्रधानमन्त्री महिन्दा राजापक्षले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उहाँको जन्मदिनका अवसरमा फोन गर्नुभएको थियो । टेलिफोन कुराकानीका क्रममा उहाँहरुका बीचमा दुई देशको सम्वन्ध र सहकार्यलाई थप बलियो बनाउने कुरामा जोड दिइएको ...
पतिले पेट चिरिदिएकी गर्भवती महिलाले जन्माइन् मृत शिशु

पतिले पेट चिरिदिएकी गर्भवती महिलाले जन्माइन् मृत शिशु

अन्तराष्ट्रिय
असोज ६ काठमाडौं । भारतमा पतिले धारिलो हतियारले पेट चिरिदिएकी एक गर्भवतीले मृत बच्चा जन्माएको प्रहरीले जनाएको छ।ती महिलाको माइती पक्षले शिशुको लिङ्ग पहिचान गर्न उनलाई आक्रमण गरिएको आरोप लगाएको छ। ती दम्पतीका पाँच जना छोरी रहेका र ती पुरुषले छोरा जन्माउन पत्नीलाई दबाव दिने गरेको उनीहरूले बताएका छन्।पक्राउ परेका ती पुरुषले भने उक्त घटनालाई दुर्घटनाको सङ्ज्ञा दिँदै आफूले जानीजानी त्यस्तो कार्य नगरेको बताएका छन्। घटना उत्तर प्रदेशको बदायूँ जिल्लाको हो। के छ महिलाको अवस्था ?प्रहरीले बीबीसीलाई बताएअनुसार पेट चिरिएकी महिलालाई राजधानी दिल्लीस्थित अस्पतालमा राखिएको छ र उनको स्वास्थ्य अवस्था स्थिर छ।उनकी बहिनीका अनुसार छोरा पाउने विषयलाई लिएर उक्त दम्पतीबीच नियमित रूपमा झगडा हुने गर्थ्यो। उनका भाइका अनुसार स्वास्थ्य अवस्था निकै गम्भीर भएपछि चिकित्सकहरूको सल्लाहमा उनलाई दिल्ली पुर्‍याइएको...
फुटबल क्लब चेल्सीका लगानीकर्ताको विपक्षी टोलीका खेलाडीमा गोप्य लगानी रहेको खुलासा ; फिनसेन फाइल्स

फुटबल क्लब चेल्सीका लगानीकर्ताको विपक्षी टोलीका खेलाडीमा गोप्य लगानी रहेको खुलासा ; फिनसेन फाइल्स

अन्तराष्ट्रिय
असोज ६ काठमाडौं । फुटबल क्लब चेल्सीका लगानीकर्ता रोमन अब्रामोभीचले आफ्नो क्लब भन्दा बाहिरका खेलाडीमा समेत गोप्य रूपमा लगानी गरेको खुलासा भएको छ। ती खेलाडीहरूमा सन् २०१४को च्याम्पियन्स लीगमा चेल्सी विरुद्ध मैदानमा उत्रिएका पेरुका विङ्गर आन्द्रे करीओ समेत रहेको बताइएको छ। उनले ब्रिटिस भर्जीन आइल्यान्ड्सस्थित कम्पनी मार्फत खेलाडीहरूमा लगानी गरेका हुन। अब्रामोभीचकी प्रवक्ताले भने उनले कुनै पनि नियम नतोडेको दाबी गरेकी छन्। तर फुटबल एसोसिएसनका पूर्व अध्यक्ष लर्ड ट्राइसम्यानले भने कुनै क्लबका लगानीकर्ताले अर्को टोलीबाट खेल्ने खेलाडीमा रुचि राख्नु कत्तिको “उचित” होला भन्दै प्रश्न गरेका छन्। मैदानमा १२ खेलाडी फिनसेन फाइल्सका रूपमा परिचित ब्याङ्कहरूको दस्ताबेज बारे एउटा खुलासा ‘सस्पिसियस एक्टीभीटी रिपोर्टस – सार’मा अब्रामोभीचको लेइस्टन होल्डीङ्स नाम गरेको अफसोर कम्पनीमा लगानी रहेको खुला...
अभिनेत्री दीपिका पादुकोणको नाम पनि ड्रग्स केसमा जोडियाे

अभिनेत्री दीपिका पादुकोणको नाम पनि ड्रग्स केसमा जोडियाे

अन्तराष्ट्रिय
असोज ६ काठमाडौं । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणकाे अनुसन्धानका क्रममा अभिनेत्री दीपिका पादुकोणको नाम पनि जोडिएको छ । भारतीय दुई टिभी च्यानल आजतक र रिपब्लिकले ३ वर्षअघि गरेको कुराकानी उधृत गर्दै दीपिका पादुकोण पनि लागुऔषधमा संलग्न भएको दाबी गरिएको हो । दैनिक भास्करका अनुसार घटना अनुसन्धान गरिरहेको एनसीबीले यो घटनामा दीपिकाको म्यानेजर करिश्मा प्रकाशलाई सोधपुछ गरेको हो । ...