आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख पुग्‍यो

भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख पुग्‍यो

अन्तराष्ट्रिय
असोज २९ काठमाडौं । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ७३ लाखभन्दा बढी पुगेको छ। भारतमा हालसम्म ७३ लाख ७ हजार ९७ भन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। यस्तै भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख ११ हजार ३११ जनाको मृत्यु भएको छ भने हालसम्म भारतमा ६३ लाख ८३ हजार ४४१ भन्दा बढी कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। विश्वभर भने संक्रमितको संख्या तीन करोड ८७ लाख ५६ हजार २१४ भन्दा बढी रहेको छ। अहिलेसम्म विश्वभर १० लाख ९७ हजार २ भन्दा बढीको कोभिड–१९ का कारण ज्यान गएको छ। ...
वहराइनका राजकुमारसहित १७ जनाले चुमे मनास्लुको चुचुरो

वहराइनका राजकुमारसहित १७ जनाले चुमे मनास्लुको चुचुरो

अन्तराष्ट्रिय
असोज २९ काठमाडौं । वहराइन राजकुमारसहित १७ जनाको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेका छन्।राजकुमार नासिर बिन हामिद अल खलीफाले आज (बिहीबार) बिहान ८,१५६ मिटरको मनास्लु हिमालको सफल आरोहण गरेका हुन्। पर्यटन विभाग पर्वतारोहण शाखाका निर्देशक मीरा आचार्यले राजकुमारसहित १४ जना र ३ गाइड गरि १७ जनाको टोलीले सफल आरोहण गरेको जानकारी दिइन्।आचार्यका अनुसार उनीहरु बिहीबार बिहान ७:१०  मा मनास्लु हिमालको टाकुरामा पुगेका थिए। नेपालको हिमाल आरोहणका लागि बहराइन राजकुमार नासिर बिन हामिद अल खलीफा सहित १५ जना र ३ जना वेलायतका गरी १८ को टोली आरोहणका लागि नेपाल आएका थिए। त्यसमध्ये १४ जना मात्रै आरोहणमा सहभागी भएका हुन्। ...
लुकाकुको उत्कृष्ट प्रदर्शनमा बेल्जियमको जित

लुकाकुको उत्कृष्ट प्रदर्शनमा बेल्जियमको जित

अन्तराष्ट्रिय, खेलकुद
असोज २९ काठमाडौं । रोमेलु लुकाकुको उत्कृष्ट प्रदर्शनमा बेल्जियमले नेसन्स लिग फुटबलमा आइसल्याण्डलाई २–१ ले हराएको छ ।बेल्जियमको जितमा दुबै गोल लुकाकुले गरे । खेलको नवौं मिनेटमा लुकाकुले बेल्जियमलाई अग्रता दिलाएका थिए । तर, १७औं मिनेटमा आइसल्याण्डका बिरकिर सवार्सनले बराबरी गोल फर्काए । ३८औं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै बेल्जियमलाई महत्वपूर्ण तीन अंक दिलाए ।जितसँगै समूहमा बेल्जियम ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । डेनमार्क दोस्रो र इङ्ल्याण्ड तेस्रोमा छ । अंकविहिन आइसल्याण्ड तालिकाको पुछारमा छ । ...
दोस्रो लहरको संक्रमणपछि फ्रान्सका ९ शहरमा कर्फ्यू

दोस्रो लहरको संक्रमणपछि फ्रान्सका ९ शहरमा कर्फ्यू

अन्तराष्ट्रिय
असोज २९ काठमाडौं । फ्रान्सको राजधानी पेरिससहितका ९ शहरमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि कर्फ्यूको घोषणा भएको छ। राष्ट्रपति इम्यानुएल म्याक्रोँले पेरिस तथा अरु ८ शहरमा रातिको समयमा कर्फ्यू लगाउने घोषणा गरेका हुन् । फ्रान्समा अहिले कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।राति ९ बजेपछि बिहान ६ बजेसम्म आउँदो शनिबारदेखि चार हप्ताका लागि कर्फ्यू लागु हुने राष्ट्रपति म्याक्रोँले टेलिभिजन अन्तर्वार्ताको क्रममा बताएका हुन् । यस्तै उनले सार्वजनिक स्वास्थ्य आपतकाल पनि घोषणा गरेका छन् । यसैबिच जर्मनीमा संक्रमण फैलिएका र जोखिम उच्च रहेका क्षेत्रका बार तथा रेस्टुरेन्टहरु चाँडो बन्द गर्नु पर्ने भएको छ ।राति ११ बजेपछि बार तथा रेस्टुरेन्टहरु खुला हुन नपाउने र दुई परिवारका १० भन्दा बढी मानिस भेला हुन नपाउने नियम लागु भएको छ । जर्मनीमा गएको अप्रिलयता पहिलोपटक बुधबार एकै दिन पाँच हज...
अमेरिका र भारतमा कति छन् कोरोना संक्रमित ?

अमेरिका र भारतमा कति छन् कोरोना संक्रमित ?

अन्तराष्ट्रिय
असोज २९ काठमाडौं । विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित रहेको अमेरिकामा संक्रमितको संख्या ८१ लाख नाघेको छ । यस्तै हालसम्म २ लाख २१ हजार बढीको मृत्यु भइसकेको छ । संक्रमितमध्ये हालसम्म अमेरिकामा ५२ बढी निको भएको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । यसैगरी भारतमा संक्रमितको संख्या ७३ हजार नाघेको छ । हालसम्म भारतमा १ लाख ११ हजार बढीले ज्यान गुमाउँदा निको हुनेको संख्या ६३ लाखको हाराहारीमा रहेको छ । ...
काेराेना संक्रमणकाे दाेस्राे लहर बढेसँगै इटलीमा नयाँ नियम लागू

काेराेना संक्रमणकाे दाेस्राे लहर बढेसँगै इटलीमा नयाँ नियम लागू

अन्तराष्ट्रिय
असोज २९ काठमाडौं । इटालिमा कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै संक्रमण रोक्न सरकारले मंगलबारदेखि नयाँ नियमहरु लागू गरिएकाे छ। रेस्टुरेन्ट, बार र पबहरु राति १२ बजे म्म मात्रै खोल्न अनुमति दिइएको छ भने बेलुका ९ बजे पछि रेस्टुरेन्ट ,वार र पब बाहिर जम्मा हुन प्रतिबन्ध लगाइएको छ। क्वारेन्टिनको समय १४ दिनलाई घटाएर १० दिन बनाइएको छ। विवाह गर्दा ३० जना भन्दा बढी जम्मा नहुन भनिएको छ भने घरमा हुने जमघटमा आफ्नो परिवारको सदस्य बाहेक ६ जना जम्मा हुन अनुमति दिइएको छ। घरमा हुने जमघटमा बाहिरबाट मान्छे घरमा आउँदा संक्रमणको खतरा हुने भन्दै मास्क अनिवार्य प्रयोग गर्न भनिएको छ। मंगलबारदेखि जारी गरिएको नयाँ नियमहरु तत्कालको लागि एक महिनाको लागि मात्रै भएको इटालीका प्रधानमन्त्री जुजेप्पे कन्टेले जानकारी गराएका छन्। आवश्यकता हेरेर प्रत्येक प्रदेशलाइ नियम परिवर्तन गर्न सरकारले अनुमति दिएको छ। यस अघ...
पोर्चुगलको शानदार जित

पोर्चुगलको शानदार जित

अन्तराष्ट्रिय, खेलकुद
असोज २९ काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण भएपछि उनीबिनै नेसन्स लिग खेलेको पोर्चुगलले स्वीडेनमाथि सहज जित निकालेको छ।पोर्चुगलको जोस अल्वालड रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले ३–० को जित हात पार्‍यो । पोर्चुगलको जितमा डियोगो जोटाले दुई तथा बर्नान्डो शिल्वाले एक गोल गरे ।जोटाले २१औं मिनेटमा दिएको पासलाई सदुपयोग गर्दै शिल्वाले पहिलो गोल गरे । ४४औं मिनेटमा क्यान्सेलोले दिएको पासलाई जोटाले गोलमा बदलेसँगै पोर्चुगल फर्स्ट हाफमै दुई गोलले अघि रह्यो। दोस्रो हाफमा पनि जोटाले एक गोल थपे । कार्भाल्होले दिएको पासलाई गोलमा परिणत गर्दै जोटाले ७२औं मिनेटमा पोर्चुगललाई ३–० को अवस्थामा पुर्‍याए । त्यसपछि दुवै टोलीबाट कुनै पनि गोल भएन र पोर्चुगलले खेल जित्यो । जितसँगै १० अंक बनाएको पोर्चुगल अंकतालिकाको शीर्षस्थानमा छ  । समान १० अंक भए पनि फ्रान्स गोल अन्तरका आधा...
स्पेनमा कोभिडका संक्रमित फेरि बढ्न थाले

स्पेनमा कोभिडका संक्रमित फेरि बढ्न थाले

अन्तराष्ट्रिय
असोज २९ म्याड्रिड । स्पेनमा कोरोना भाइरस (कोभिड १९) का नयाँ संक्रमित थपिन थालेका छन् । यहाँ पनि कारोना भाइरसको संक्रमणको दोस्रो वेभ आएको बताइएको थियो ।प्राप्त समाचारअनुसार यहाँ बितेको एक हप्तामा कम्तीमा पनि सात हजार जनामा नयाँ संक्रमण देखिएको हो । बताइएअनुसार यहाँ गरिएको परीक्षणका क्रममा सात दिनयता ७ हजार ११८ जनामा नयाँ संक्रमण देखिएको हो । साथै गएको सात दिनमा यहाँ ४८० जनाको निधन भएको छ । स्पेनका स्वास्थ्य अधिकारीहरुले यस संक्रमणबाट हरेक दिन कम्तीमा पनि ८० जनाले ज्यान गुमाउन थालेको बताएका छन् । उनीहरुले स्पेनमा पनि यो सङ्क्रमणको दोस्रो वेभ आएको र हिजो आज हरेक थप नयाँ नयाँ संख्यामा संक्रमितहरु भेटिन थालेका पनि बताएको छ । चीनको हुबे प्रान्तको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २०० भन्दा बढी देशमा फैलिएको छ । तर शुरुमा यो संक्रमणले स्पेन र इटालीलाई निकै क्षति गराएको थियो...
राजस्थानलाई १३ रनले हराउँदै दिल्ली आइपीएलको शीर्ष स्थानमा

राजस्थानलाई १३ रनले हराउँदै दिल्ली आइपीएलको शीर्ष स्थानमा

अन्तराष्ट्रिय, खेलकुद
असोज २९ काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।दुबईमा बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार राति दिल्लीले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि बेन स्टोक्सले ४१ रन जोड्दा रोबिन उथप्पाले ३२ रन बनाए । यस्तै सन्जु सामसनले २५ तथा जोस बट्लरले २२ रन बनाए । राहुल टेवाटिया १४ रनमा अविजित रहे । दिल्लीका लागि एन्रीच नोर्ट्जे र टुसार देशपाण्डेले २/२ विकेट लिए । यस्तै कागिसो राबडा, अक्षर पटेल र रविचन्द्र आश्विनले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।दि...
भारतीय सेनापति किन आउँदैछन् नेपाल ?

भारतीय सेनापति किन आउँदैछन् नेपाल ?

अन्तराष्ट्रिय
असोज २८ काठमाडौं । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समेटेर नक्सा जारी गरेकोलाई चीनसँगको मिलेमतो भनी बात लगाउने भारतका २८ औँ सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे दशैं र तिहारको बीचमा नेपाल आउँदैछन् ।भारतसँग बिग्रँदो कूटनीतिक तथा व्यक्तिगत सम्बन्ध सुधार्ने प्रधानमन्त्री केपी ओलीको योजनाअन्तर्गत उनलाई परराष्ट्र मन्त्रालयमार्फत भ्रमणको निम्तो दिइएको हो । सन् २०१९ डिसेम्बरदेखि सेनाध्यक्षको जिम्मेवारी सम्हालेका उनी सन् १९८० देखि सिख लाइट इन्फेन्ट्री रेजिमेन्टको सातौँ बटालियन कमाण्ड गर्दै चीन र पाकिस्तानसँग सीमा विवाद रहेको क्षेत्र जम्मु–काश्मिरमा लामो समय काम गरेका फौजी हुन् ।नरवाणे कात्तिक १८ र १९ गते काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममा सहभागी भएपछि तीर्थयात्राका लागि मुक्तिनाथ जाने कार्यक्रम तय भएको परराष्ट्रस्रोतले जनाएको छ । जम्मा तीन रात नेपालमा बिताएर २१ गते फर्कने उनले प...