आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

ट्रम्प अदालत गए के हुन्छ ?

ट्रम्प अदालत गए के हुन्छ ?

अन्तराष्ट्रिय
कात्तिक २० काठमाडौं । अमेरिकी राष्ट्रपतिका लागि मंगलवार सम्पन्न चुनावको प्रारम्भिक नतिजा प्राप्त हुन थालेको छ । यही बीचमा राष्ट्रपतिका दुबै उम्मेदवार जो बाइडेन र डोनाल्ड ट्रम्पले चुनावी नतिजा आफ्नो पक्षमा रहने दाबी गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले निकै महत्वपूर्ण मानिने फ्लोरिडा राज्यमा विजय हासिल गरेक छन् । करोडौं मत गणना गर्न बाँकी रहेकै अवस्थामा राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट बोल्दै निर्वाचनमा आफूले जित्ने निश्चित भइसकेको तर धाँधली हुने सम्भावना अझै रहेको दाबी गरेका छन् । उनले चुनावी परिणामलाई लिएर आफू सर्वोच्च अदालत जाने पनि बताए ।अदालत गए के हुन्छ ? ट्रम्पले पहिले देखि नै भन्दै आइरहेका छन् कि यदि आवश्यक पर्यो भने अदालत गएर पनि चुनाव जितिन्छ । उनको संकेत सन् २००० को चुनावतर्फ छ । त्यतिबेला डेमोक्रेटिक उम्मेदवार अल गोर फ्लोरिडामा ५३७ मतले हरेका थिए । यसबारे भएको विव...
भारतीय पत्रकार अर्नब गोस्वामीलाई १४ दिनका लागि हिरासतमा पठाइयो

भारतीय पत्रकार अर्नब गोस्वामीलाई १४ दिनका लागि हिरासतमा पठाइयो

अन्तराष्ट्रिय
कात्तिक २० काठमाडौं । रिपब्लिक टिभीका प्रधान सम्पादक अर्नब गोस्वामीलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ । अर्नब बाहेक अन्य दुईलाई सन् २०१८ मा आत्महत्या दुरुत्साहन मामिलामा अबेर राति मुम्बईको एक अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको हो । अर्नब गोस्वामीका वकिल अबाद पोंडाले जमानतको निवेदन दिइएको जसमाथि बिहिबार सुनुवाई हुनसक्ने जानकारी दिएका छन् । सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वय नाइक र उनकी आमा कुमुद नाइकको मृत्युको मामिलामा बुधबार बिहान अर्नब गोस्वामीको मुम्बईस्थित उनको निवासबाट गिरफ्तार गरिएको थियो । ५३ वर्षका इन्टेरियर डिजाइनरले आफ्नो सुसाइड नोटमा उनी र उनकी आमाले अर्नबसहित फिरोज शेख र नितेश सारदाले ५.४० करोड भारु भुक्तानी नगरेका कारण आफ्नो जीवन अन्त्य गर्ने निर्णय लिएको बताएका थिए । फिरोज र नितेश भिन्न–भिन्न कम्पनीका मालिक थिए । डिजाइनर र उनकी आमा सन् २०१८ को मे महिन...
अमेरिकी राष्ट्रपति निर्वाचनमा बाइडेन विजयी नजिक, ट्रम्पद्वारा मतगणना रोक्न माग

अमेरिकी राष्ट्रपति निर्वाचनमा बाइडेन विजयी नजिक, ट्रम्पद्वारा मतगणना रोक्न माग

अन्तराष्ट्रिय
कात्तिक २० काठमाडौं । विस्कन्सिन र मिसिगनमा जित हात पारेसँगै अमेरिकी राष्ट्रपति निर्वाचनको दौडमा डेमोक्र्याटिक पार्टीका ७८ वर्षीय जो बाइडेन विजयको नजिक पुगेका छन् । उनले २६४ सिटमा जित निश्चित गरेका छन् । अब बाइडेनलाई विजयी हुनका लागि ६ सिट आवश्यकता पर्दछ । उनले कुल ५३८ इलेक्टोलर सिटमध्ये वियजका लागि आवश्यक २७० सिट नजिक आफूलाई पुर्‍याएका हुन् । उनका प्रतिष्पर्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म २१३ सिटमै आफूलाई सीमित राखेका छन् । विस्कन्सिन र मिसिगनमा जित हासिल गरेसँगै बाइडेन विजयको बाटोमा उन्मुख रहेका हुन् । अब निर्णायक मानिएको पेन्सेल्भेनियामा बाइडेनले मतान्तर कम गर्दै लगेका छन् । जर्जिया र नर्थ क्यारोलाइनामा भने ट्रम्प अगाडि छन्। अलास्कामा पनि ट्रम्प नै अग्रस्थानमा छन्। ...
इथियोपियामा युद्धको खतरा बढ्यो, प्रधानमन्त्रीद्वारा सेना परिचालनको आदेश

इथियोपियामा युद्धको खतरा बढ्यो, प्रधानमन्त्रीद्वारा सेना परिचालनको आदेश

अन्तराष्ट्रिय
आदिस अबाबा । अफ्रिकी मुलुक इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बुधबार एउटा प्रादेशिक क्षेत्रमा शान्ति भंग भएको भन्दै कारबाही गर्न संघीय सेनालाई आदेश दिएका छन्। टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टिपिएलएफ) ले गतराति प्रादेशिक राजधानीको एउटा सैनिक अखडामा आक्रमण गरेको प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । सेना परिचालनले अफ्रिकाकै सबैभन्दा बढी जनसंख्या रहेका तथा शक्तिशाली मुलुकमध्ये एक इथियोपियामा फेरि युद्ध शुरु हुने खतरा बढेको छ । टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अबियले उत्तरी टिग्रे प्रदेशको राजधानी मिकेले र दान्सा शहरमा विद्रोही समूहले गरेका आक्रमणमा धेरै सैनिकले शाहदात प्राप्त गरेको बताएका छन् । प्रधानमन्त्री अबियले छिमेकी मुलुक इरिट्रिआसँग जोडिएको इथियोपियाको संवेदनशील क्षेत्रमा सक्रिय विद्रोहीको अन्त्य अवश्यम्भाबी रहेको पनि बताए । इरिट्रिआस...
फ्लोरिडामा ट्रम्प विजयी

फ्लोरिडामा ट्रम्प विजयी

अन्तराष्ट्रिय
फ्लोरिडा– फ्लोरिडामा डोनल्ड ट्रम्पले दोस्रो पटक पनि जित हासिल गरेका छन्।फ्लोरिडामा डेमोक्र्याटिक पार्टीका माइकल ब्लुमबर्ग लगायतका धनाढ्य व्यापारीहरूले करोडौँ डलर चुनावी प्रचारप्रसारका क्रममा खर्च गरेर मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयास गरेका थिए। फ्लोरिडा डोनल्ड ट्रम्पको गृहराज्यजस्तै बन्न पुगेको छ। उनले परम्परागत रूपमा रिपब्लिकनहरूको वर्चस्व रहेका स्थानबाट राम्रो नतिजा ल्याउन सके भने जो बाइडनको समर्थन रहेको ठानिने हिस्पानिक मूलका मतदाताहरूबाट समेत उनी आफ्नो पक्षमा मत प्राप्त गर्न सफल रहेका देखिएको छ। फ्लोरिडाको जितपछि ट्रम्पले आफ्नो पुन:निर्वाचनका लागि पहिलो ठूलो अवरोध पार गरेका छन्। यसबाट कम्तीमा पनि यो राज्यमा निर्वाचनअघि विभिन्न मत सर्वेक्षणहरूले बाइडनको पक्षमा मतदाताको झुकाव रहेको देखाएका नतिजाहरू पूर्ण रूपमा विश्वसनीय नरहेको देखिएको छ। अब ट्रम्पले औद्योगिक “मिडवेस्ट” भ...
ट्रम्पले समर्थकलाई सम्बोधन गर्दै भने– मैले चुनाव जितिसकेँ

ट्रम्पले समर्थकलाई सम्बोधन गर्दै भने– मैले चुनाव जितिसकेँ

अन्तराष्ट्रिय
कात्तिक १९ काठमाडौं । मतगणना जारी रहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव आफूले जितिसकेको दाबी गरेका छन्। ह्वाइट हाउसमा आफ्ना सर्मथकलाई सम्बोधन गर्दै उनले आफूहरु ठूलो जितको क्रममा रहेको बताएका हुन् । ‘हामी चुनाव जित्ने तयारी छौँ,’ ट्रम्पले सम्बोधनका क्रममा भनेका छन्, ‘वास्तवमा भन्दा हामीले जितिसकेका छौँ।’ उनले चुनावको अन्तिम नतिजा नआउँदै जितको घोषणा गरेका हुन् । उनले अहिले मतगणा भइरहेका राज्यमा डेमोक्र्याटले धाँधली गरेको आरोप लगाएका छन्। उनले भने, ‘चुनावमा धाँधली भएको छ । हामी कानूनको पूर्ण पालना गराउन लाग्ने छौँ । सर्वोच्च अदालत जाने छौँ । चार बजेपछि आएका कुनै पनि मत गणना हुन दिने छैनौँ।’ तर अहिलेसम्म ट्रम्पले दाबी गरेजस्तो धाँधलीको कुनै प्रमाण आएको छैन । उनले मतगणना भइरहेका राज्यमा पनि आफू विजयी भएको दाबी गरेका छन्। पेनसिलभेनिया, विस्कनसिन, जर्जा, एरिजोना, ने...
ट्रम्पले आफ्ना प्रतिस्पर्धीमाथि चोरीको आरोप

ट्रम्पले आफ्ना प्रतिस्पर्धीमाथि चोरीको आरोप

अन्तराष्ट्रिय
कात्तिक १९ काठमाडौं । अमेरिकामा आगामी राष्ट्रपतिका लागि भएको मतदानका जारी मतगणनामा उम्मेदवारहरुबीच कडा प्रतिस्पर्धा देखिएको छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र जो वाइडनबीच कडा प्रतिस्पर्धा देखिएको हो । सुरुवाती रुझानमा वाइडनले ट्रम्पलाई निक पछि पारेको भएपनि अहिले ट्रम्प केही अघि लागेको बीबीसीले जनाएको छ। मतगणना जारी रहँदा राष्ट्रपति ट्रम्पले आफ्ना प्रतिस्पर्धीमाथि चोरीको आरोप लगाएका छन् ।ट्वीट गर्दै उनले चुनावमा चोरीको आरोप लगाएका हुन् । ट्रम्पले लेखेका छन्, हामी अगाडि छौं तर उनीहरु हामीसँग चुनाव परिणाम चोर्न चाहन्छन्, हामी उनीहरुलाई यस्तो गर्न दिने छैनौं । चुनाव सकिएपछि भोट हाल्न पाइने छैन । यसैबीच डेम्रोक्रेतिक उम्मेदवार जो बाइडनलले मत परिणाम बाट खुसी भएको बताएका छन् । उनले धैर्यता राख्न मतदातालाई अपिल गरेका छन् । विस्कोन्सिन र मिशिगनलाई लिएर खुसी छु, त्यतिबेलासम्म चु...
ट्रम्प भन्छन्-‘चुनावमा धाँधली भयो, सर्वोच्च अदालत जान्छु’

ट्रम्प भन्छन्-‘चुनावमा धाँधली भयो, सर्वोच्च अदालत जान्छु’

अन्तराष्ट्रिय
वासिंगटन । अमेरिकी राष्ट्रपति चुनावको पूर्ण नतिजा नआउँदै राष्ट्रपतिका उम्मेद्धवार डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट सम्बोधन गर्दै चुनाव जितेको दाबी गरेका छन्। मतगणना जारी रहँदा ह्वाइट हाउसबाट सम्बोधन गर्दै ट्रम्पले भने, ‘जहाँसम्म मेरो कुरा छ, हामीले जितिसक्यौँ।’राष्ट्रपति ट्रम्पले आफ्नो सम्बोधनमा विपक्षीले धाँधलीको प्रयास गरेको आरोप पनि लगाएका छन्। मतगणना जारी रहेको राष्ट्रपतीय चुनावका विषयमा विपक्षीले धाँधली गरेको भन्दै आफू सर्वोच्च अदालत जाने ट्रम्पले बताए।ट्रम्पले चुनावमा धाँधली गरेको आरोप लगाए पनि अहिलेसम्म त्यस्तो कुनै घटना सार्वजनिक भएको छैन ‘यो अमेरिकी जनतामाथिको ठगी हो, हाम्रो देशका लागि लज्जाको विषय हो,’ उनले भने। उनले धाँदलीको प्रमाण भने दिएनन्।अहिले पनि केहीले भोट हालिरहेको आरोप लगाउँदै ट्रम्पले त्यो रोकिनुपर्ने बताएका हुन। चुनावको अन्तिम मत परिणाम पनि आउन अझै बाँकी छ...
फ्लोरिडाले तय गर्नेछ ह्वाइट हाउसको यात्रा, जहाँ ट्रम्पको छ वर्चश्व

फ्लोरिडाले तय गर्नेछ ह्वाइट हाउसको यात्रा, जहाँ ट्रम्पको छ वर्चश्व

अन्तराष्ट्रिय
कात्तिक १९ काठमाडौं । अमेरिकामा राष्ट्रपति चुनाव कसले जित्नेछ ? भन्ने कुरा हालसम्म तय भईसकेको छेन ।अमेरिकामा स्विंग स्टेट्समा जसले जित्छ, उसले ह्वाइट हाउसको यात्रा तय गर्छ भन्ने अमेरिकनहरुको विश्वास रहेको छ । एउटा राज्य फ्लोरिडा पनि रहेको छ । त्यहाँ बाजी मार्नेले ह्वाइट हाउसको यात्रा तय गर्छ । फ्लोरिडामा हालसम्म ट्रम्पको अग्रता रहेको बताइएको छ । अहिलेसम्म समग्रमा हेर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा २१३ इलेक्टोरल भोट छ भने डेमोक्रेटिक उम्मेद्वार जो बाइडेनको पक्षमा २२४ इलेक्टोरल भोट रहेको छ । ...
पूर्व फुटबल स्टार डियगो म्याराडोनाको शल्यक्रिया

पूर्व फुटबल स्टार डियगो म्याराडोनाको शल्यक्रिया

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक १९ काठमाडौं । अर्जेन्टिनाका पूर्व फुटबल स्टार डियगो म्याराडोनाको शल्यक्रिया भएको छ । उनको मस्तिष्कको नियमित शल्यक्रिया भएको निजी चिकित्सकले जनाएका छन् । मस्तिष्कमा रगतको दाग देखिएपछि उनी सोमबार अस्पताल भर्ना भएका थिए । मंगलबार उनको शल्यक्रिया भएको हो । सन् १९८६ मा अर्जेन्टिनालाई म्याराडोनाले विश्वकप जिताएका थिए । सन् १९९० मा फाइनलमा पुर्याएका थिए । उनी शताब्दीकै महान फुटबल खेलाडीका रुपमा परिचित छन् । ...