आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

बाइडेनले जित्ने देखिएपछि भारतलाई तनाव:अमेरिकी राष्ट्रपतीय निर्वाचन

बाइडेनले जित्ने देखिएपछि भारतलाई तनाव:अमेरिकी राष्ट्रपतीय निर्वाचन

अन्तराष्ट्रिय
कात्तिक २० काठमाडौं ।अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणना जारी छ। अन्तिम मत परिणाम अनाउँदासम्म कसले जित्छ भन्ने यकिन हुन नसक्ने भए पनि डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन जित नजिक हुँदा उनले जित्ने विश्लेषण हुन थालेको छ। जितका लागि आवश्यक पर्ने कम्तिमा २७० इलोक्टरल भोट मध्ये बाइडेनले हालसम्म २६४ मा जित हात पारिसकेका छन् भने ६ इलोक्टरल भोट भएको राज्यमा अग्रता बनाइरहेका छन्। नाभदा राज्यमा मतपरिणाम नउल्टिए बाइडेन राष्ट्रपति निर्वाचित हुने लगभगक पक्का जस्तै बनेको छ। बाइडेन राष्ट्रपति बन्ने देखिएपछि उनको विदेश नीतिलाई लिएर विभिन्न देशहरुमा विश्लेषण शुरु भएको छ। बाइडेनले जित्ने देखिएपछि सबैभन्दा तनावमा भारत परेको भारतीय सञ्चार माध्यमहरुका समाचारहरुले देखाएको छ। भारतीय संस्थापन निकट मानिने आजतकले बाइडेन र उनले उपराष्ट्रपतिको उम्मेदवार बनाएका कमला ह्यारिसको जोडी ह्वाइट हाउस पुगे भारतप...
बाइडेनले भने, ‘म अमेरिकी राष्ट्रपति हुँदैछु, मबाट रातो–निलो रङका आधारमा कुनै राज्यमाथि विभेद हुँदैन’

बाइडेनले भने, ‘म अमेरिकी राष्ट्रपति हुँदैछु, मबाट रातो–निलो रङका आधारमा कुनै राज्यमाथि विभेद हुँदैन’

अन्तराष्ट्रिय
वासिङटन। अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फका प्रत्यासी जो बाइडेनले मिचिगन र विस्कन्सिन राज्यमा विजय हासिल गरेका छन् । डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएका यी दुबै राज्यमा चार वर्षअघि राष्ट्रपति ट्रम्प विजयी भएका थिए । मिचिगन र विक्सन्सिन राज्यमा बाइडेनलाई सफलता प्राप्त भएसँगै राष्ट्रपति ट्रम्पलाई पुनः राष्ट्रपतिमा विजयी हुन कठिन हुँदै गएको छ । अमेरिकामा गत मंगलबार चुनाव भएको थियो । मंगलबार राति र बुधबार दिनभर मतगणना हुँदा पनि राष्ट्रपतिमा चयन हुनका लागि आवश्यक २७० इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) दुबै उम्मेदवारले प्राप्त गर्न सकेका छैनन् । पछिल्लो मत परिणाम अनुसार बाइडेनले २६४ इलेक्टोरल मत प्राप्त गरेका छन् र उनी विजयको नजिक छन् । बाइडेनले सात करोड १० लाखभन्दा बढी मत प्राप्त गरिसकेका छन् । अमेरिकी इतिहासमा राष्ट्रपतिका कुनै पनि उम्मेदवारले प्राप्त गरेको यो सबैभन्दा ...
कोरोना संक्रमणबाट ज्यान गुमाएका डेभिड विजयी :अमेरिकी निर्वाचन

कोरोना संक्रमणबाट ज्यान गुमाएका डेभिड विजयी :अमेरिकी निर्वाचन

अन्तराष्ट्रिय
कात्तिक २० काठमाडौं । अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाएका एक व्यक्ति निर्वाचनमा विजयी भएका छन् । रिपब्लिकन पार्टीका डेभिड अन्दाहल उत्तरी डाकोटामा राज्यको विधायक चुनिएका हुन् । यसै वर्षको सुरुवातमा उनले रिपब्लिकन पार्टीको आन्तरिक प्रतिस्पर्धामा शक्तिशाली व्यक्तिहरुलाई हराएर टिकट पाएका थिए । त्यसयता, गर्भनर डग बुुर्गमजस्ता व्यक्तिहरु उनको पक्षमा थिए । तर चुनावी अभियानकै कारण कोरोनाका कारण ५५ वर्षीय अन्दहलको गत ५ अक्टुुबरमा निधन भयो । संक्रमणका कारण अस्पताल भर्ना भएको एक साता नबित्दै उनको निधन भएको थियो । त्यसयता, अन्दहल विजयी भएमा के हुने भन्ने विषयमा उत्तरी डाकोटाका न्यायधिवक्ता वाइनी स्टेनइजेमले गत महिना स्पष्ट पारेका थिए । वाइनीका अनुसार अब यस राज्यको रिपब्किलन पार्टीको कमिटीले आफ्नै पार्टीका अन्य व्यक्तिलाई उनको साटो विधायक नियुक्त गर्नेछ । ...
आज मुम्बई र दिल्ली भिड्दै :आईपीएल

आज मुम्बई र दिल्ली भिड्दै :आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक २० काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल०को क्वालिफायरमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटलबीच प्रतिस्पर्धा हुँदैछ । जारी आईपीएलको क्वालिफायर–१ आज साँझ ७ः४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुन लागेको हो । विजयी टिम फाइनल प्रवेश गर्नेछ भने पराजित टिमले क्वालिफायर–२ मा इलिमिनिटर विजेतासँग खेल्नेछ । इलिमिनिटर शुक्रबार अबुधाबीस्थित शेख जायद रंगशालामा रोयल च्यालेन्जर्स बैंगलौर र सनराइजर्स हैदरावाबीच हुँदैछ । अबुधाबीमा आइतबार हुने क्वालिफायर–२ मा जित निकाल्ने टिम र क्वालिफायर–१ विजेताबीच आगामी सोमबार दुबईमा यो वर्षको आईपीएल उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । ...
बाइडेनले अमेरिकी चुनावी इतिहासमै सबैभन्दा बढी मत पाए

बाइडेनले अमेरिकी चुनावी इतिहासमै सबैभन्दा बढी मत पाए

अन्तराष्ट्रिय
कात्तिक २० काठमाडौं । डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले अमेरिकी राष्ट्रपति निर्वाचनकै इतिहासमा सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गरेका छन् । यसअघि बाराक ओबालमालेृ लोकप्रिय मत पाएका थिए । सन् २००८ मा बाराक ओबामाले प्राप्त गरेको मतलाई पनि बाइडनले नछिनेका हुन् । त्यतिबेला ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत प्राप्त गरेका थिए । यस पटक जो बाइडेनले ७ करोड २० लाख ९५०।४ प्रतिशत०भन्दा बढी मत प्राप्त गरेका छन् । केही राज्यमा मतगणना नसकिएकाले बाइडेनको मत अझ बढ्नेछ । बाइडेनले अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लोकप्रिय मतमा जितेका छन् । बिहीबार बिहानसम्म ट्रम्पले ६ करोड ८५ लाख ४७।९ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन् । अन्तिम नतिजा आउने बेलासम्म ट्रम्पले पनि ओबामाले प्राप्त गरेको भन्दा बढी मत पाउन सक्ने देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । लोकप्रिय मत बढी पाउँदै...
४३ राज्यको नतिजामा बाइडेन अगाडि:अमेरिकी राष्ट्रपति निर्वाचन

४३ राज्यको नतिजामा बाइडेन अगाडि:अमेरिकी राष्ट्रपति निर्वाचन

अन्तराष्ट्रिय
कात्तिक २० काठमाडौं । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको चुनावमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उमेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच कडा प्रतिष्पर्धा देखिएको छ । ५० मध्ये ४३ राज्यको नतिजामा बाइडेन अगाडि छन् । चुनावको अन्तिम नतिजा आउन बाँकी छ । कूल ५३८ इलेक्टोरल सिटमध्ये बाइडेनले २४३ र ट्रम्पले २१४ सिट प्राप्त गरेका छन् । जितका लागि २७० सिट आवश्यक पर्छ । निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा बाइडेनले जित हात पारेका छन् । एरिजोना र नेभाडामा बाइडेन नै अगाडि छन् । जर्जिया र नर्थ क्यारोलाइनामा भने ट्रम्प अगाडि छन् । अलास्कामा पनि ट्रम्प नै अगाडि रहेका छन् । अब पेन्सेल्भेनियाको मत निर्णायक मानिएको छ । पेन्सेल्भेनिया नजितामा पनि अब एरिजोना र नेभाडा गरी बाइडेनलाई चुनाव जित्न पुग्नेछ । नतिजापछि अमेरिकाले ५८ औं राष्ट्रपति पाउने छ । अमेरिकी रा...
राष्ट्रपति ट्रम्पको चुनावी अभियानद्वारा तीन राज्यमा मतगणना रोक्न उजूरी

राष्ट्रपति ट्रम्पको चुनावी अभियानद्वारा तीन राज्यमा मतगणना रोक्न उजूरी

अन्तराष्ट्रिय
वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन अभियानले चुनावमा धाँधली भएको जनाउँदै पेन्सिलभेनिया, मिचिगन र जर्जियामा मतगणना स्थगित गर्न माग गर्दै अदालतमा बुधवार उजूरी गरेको छ । राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल भोट (निर्वाचक प्रतिनिधि) प्राप्त गर्न यी राज्यको मत परिणाम आफ्नो पक्षमा पार्नु जरुरी देखिएको छ । पछिल्ला मत गणनामा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले अग्रता लिन थालेपछि ट्रम्पका तर्फबाट उजूरी गरिएको हो । उजूरीमा मतपत्र राखिएका स्थान र मत गणना स्थलसम्म आफ्ना प्रतिनिधिको पहुँच सुनिश्चित गर्न ट्रम्पको चुनावी अभियानका तर्फबाट आग्रह गरिएको छ । ट्रम्प अभियानले धाँधलीको आरोप लगाएको मिचिगनको एक चुनावी मत गणना स्थलमा एपीले गरेको अध्ययनमा दुबै पक्षका प्रतिनिधिहरुको रोहबरमा मत गणना भएको देखिएको छ । एपीका अनुसार मिचिगनमा डेमोक्रेट पा...
फ्लोरिडामा ट्रम्पलाई  महत्वपूर्ण सफलता

फ्लोरिडामा ट्रम्पलाई महत्वपूर्ण सफलता

अन्तराष्ट्रिय
वासिङ्टन । अमेरिकी राष्ट्रपतिका लागि मंगलबार सम्पन्न चुनावको प्रारम्भिक नतिजा प्राप्त हुन थालेको छ । चुनावी परिणामहरुको रुझानले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः विजय हासिल गर्ने देखाएको छ । तर राष्ट्रपतिका दुबै उम्मेदवार जो बाइडेन र डोनाल्ड ट्रम्पले चुनावी नतिजा आफ्नो पक्षमा रहने दाबी गरेका छन। राष्ट्रपति डोनाल्ड ट्रम्पले निकै महत्वपूर्ण मानिने फ्लोरिडा राज्यमा विजय हासिल गरेका छन्। करोडौं मत गणना गर्न बाँकी रहेकै अवस्थामा राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट बोल्दै निर्वाचनमा आफूले जित्ने निश्चित भइसकेको तर धाँधली हुने सम्भावना अझै रहेको दाबी गरे।उनले चुनावी परिणामलाई लिएर आफू सर्वोच्च अदालत जाने पनि बताए। उनले भने, “साँच्चिकै भन्नुपर्दा चुनाव हामीले जितिसक्यौं । चुनावमा धाँधली भएको पाइएको छ, र यो हाम्रो मुलुकका लागि निकै दुःखद पक्ष हो ।” उनले आफूले चुनावी नतिजाको विषयल...
युभेन्टसको शानदार जित

युभेन्टसको शानदार जित

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक २० काठमाडौं । च्याम्पियन लिग फुटबलमा इटालियन क्लब युभेन्टसले शानदार जित दर्ता गरेको छ ।अवे मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसले फेरेन्सभारोसी टिसीलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा अल्भारो मोराटाले दुई तथा पाउलो डिबालाले एक गोल गरे । टिसीका डिभालीले आत्मघाती गोल गरे । टिसीका लागि बोलीले एक गोल फर्काए ।जितसँगै तीन खेलबाट ६ अंक जोडेको युभेन्टस समूहको दोस्रो स्थानमा पुगेको छ । एजेन्सी ...
जो बाइजेड जित नजिक

जो बाइजेड जित नजिक

अन्तराष्ट्रिय
कात्तिक २० काठमाडौं । अमेरिका चुनावको मतगणना रोचक मोडमा पुगेको छ । डेमोक्रेट्रिकतर्फका प्रत्यासी जो बाइडेनले मिसिगन र विस्कन्सिन राज्यमा विजय हासिल गरेका छन् । ह्वाइट हाउस जानका लागि बाइडेनलाई यी राज्यको मत निर्णायक साबित हुनेछ । अब कुनै एक ब्याटलग्राउन्ड स्टेटमा विजय हासिल गरे उनी राष्ट्रपति बन्नेछन् । मिसिगन र विस्कन्सिन राज्य डेमोक्रेटिक पार्टीको बाहुल्यता भएका राज्य मानिन्थे । यद्यपी, गत चुनावमा डोनाल्ड ट्रम्प यहाँबाट विजयी भए । त्यसैले यसपटकको चुनावमा यी राज्यहरुलाई ब्याटलग्राउन्ड स्टेट मानिएको थियो । अमेरिकामा इलेक्सन डे सकिएको २४ घण्टापछि पनि अहिलेसम्म कुनै पनि उम्मेदवारले आवश्यक २ सय ७० मत ल्याउन सकेका छैनन् । इलेक्टोरल संख्या २ सय ६४ पु¥याइसकेका बाइडेनको पक्षमा ७ करोड १ लाखभन्दा धेरै पपुलर मत भइसकेको छ । जो अमेरिकी राष्ट्रपतिका लागि अहिलेसम्म प्राप्त सर्वाधिक धेरै मत हो ...