आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

नयाँ राष्ट्रपति बन्ने अवस्था देखिएपछि बाइडेनको सुरक्षा बढाइयो

नयाँ राष्ट्रपति बन्ने अवस्था देखिएपछि बाइडेनको सुरक्षा बढाइयो

अन्तराष्ट्रिय
कात्तिक २२ काठमाडौं । अमेरिकाको आगामी राष्ट्रपति डेमोक्रेटिक उम्मेद्वार जो बाइडेन बन्ने पक्कापक्की भएपछि उनको सुरक्षा बढाइएको छ। बाइडेनले चुनाव जित्ने अवस्था देखिए पछि अमेरिकी गुप्तचर सेवाले उनको सुरक्षामा टोली परिचालन गरेको वासिंगटन पोस्टले जनाएको छ। अन्तिम मत परिणाम सार्वजनि हुन बाँकी रहेका नेभाडा,पेन्सेलभेनिया,एरिजोना र जर्जियामा समेत बाइडेन अगाडी छन्। यस्तो अवस्थालाई मध्य नजर गर्दै उनलाई सुरक्षाको लागी प्रवन्ध मिलाईने भएको हो । अमेरिकी गुप्तचर बिभागले बाइडेनको गृह भएको डेलावरको विलमिङ्गटनमा गुप्तचरको एक टोली पठाउने भएको समाचारमा जनाइएको छ। शुक्रबार अघिनै गणना समाप्त हुने र त्यसअघिनै बाइडेनले बिजयी भाषण दिन सक्ने भएकोले गुप्तचरको एक टोलीलाई बाइडेनको वरिपरिको सुरक्षाको बोलाईएको वाशिंगटन पोस्टले जनाएको छ । ...
बाइडेनले ट्रम्पलाई भने- हामी प्रतिस्पर्धी हौँ, शत्रु हैनौँ

बाइडेनले ट्रम्पलाई भने- हामी प्रतिस्पर्धी हौँ, शत्रु हैनौँ

अन्तराष्ट्रिय
कात्तिक २२ काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावको जितउन्मुख रहेका डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले आफ्नो गृह राज्य डेलावेरबाट सम्बोधन गरेका छन्। सम्बोधन गर्दै उनले चुनाव जित्नेमा विश्वस्त रहेको बताए । ‘हामी अगाडि छौँ, जित्नेछौँ, बाइडेनले भने, ‘२४ वर्षपछि एरिजोना जित्दैछौँ । २८ वर्षमा जर्जिया जित्दैछौँ। पेन्सिलभेनिया जस्तो महत्त्वपूर्ण राज्य जित्दैछौँ। रेकर्ड नम्बरले परिवर्तन रोजेका छन् ।’ उनले देशलाई एकीकृत गराउनका लागि सबै मिलेर काम गर्नु पर्ने बेला आएको पनि उल्लेख गरे । गृह राज्य डेलवरको विलमिङ्गटनमा नेपाली समय अनुसार शनिबार बिहान सम्बोधन गर्दै पूर्वउपराष्ट्रपतिसमेत रहेका बाइडेनले जनताको आवाज सुनिनु पर्ने बताए। उनले भने, ‘हामी यो दौड जित्दै छौँ । तर जनताको हरेक आवाज सुनिनु पर्छ र सुनिने छ ।’ उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसका साथमा उपस्थित भएका बाइडेनले तन...
जापानमा गयो भूकम्प

जापानमा गयो भूकम्प

अन्तराष्ट्रिय
टोकियो २२ कात्तिक- जापानमा शनिबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । राजधानी टोकियोदेखि झण्डै ६०० माइल दक्षिपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । जापानको भूगर्भ विभागले दिएको जानकारी अनुसार झण्डै दश किलोमिटर गहिराइबाट कम्पन भएको थियो । विभागका अधिकारीहरुले भूकम्पपछि कुनै आँधीको खतरा नरहेको जानकारी दिएका छन् । सरकारी अधिकारीहरुको भूकम्पका कारण अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भइनसकेको पनि स्पष्ट पारेका छन् । जापान धेरै भूकम्प आउने देशमा पर्दछ । बर्षेनी दर्जनौ पटक भूकम्प आउने गर्दछ भने कतिपय शक्तिशाली भूकम्पले मानवीय तथा भौतिक क्षति समेत गराउने गरेको छ । सन् २०११ मा आएको ९ म्याग्नीच्युडको विनाशकारी भूकम्प र त्यसपछिको आँधीका कारण जापानमा कम्तीमा १५ हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो भने धेरै भौतिक संरचनामा क्षति भएको थियो । (र...
चुनाव हारे पनि डोनल्ड ट्रम्पद्वारा पद नछाड्ने संकेत

चुनाव हारे पनि डोनल्ड ट्रम्पद्वारा पद नछाड्ने संकेत

अन्तराष्ट्रिय
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमरिकी राष्ट्रपतिय निर्वाचनमा अवैधानिक भोटहरु गनिएको आरोप लगाएका छन्। उनले हाल घोषित निर्वाचन परिणामप्रति असन्तुष्टि जनाउँदै त्यसका विरुद्ध अर्थात् हालको परिणाम उल्टाउन सर्बोच्च अदालतमा मुद्धा दायर गर्न जाने घोषणा गरेका छन्। ह्वाइट हाउसमा अमेरिकी समयअनुसार, बिहीबार साँझ एक विशेष पत्रकार सम्मेलन गर्दै सो घोषणा गरेका हुन्। उनले निर्वाचनको दिनभन्दापछि जम्मा गरेर गणना गरिएका मतहरुलाई अवैधानिक भनेका छन्। अमेरिकी निर्वाचन प्रणालीअनुसार, आफ्नो मतपत्र हुलाकमार्फत पनि पठाउन सकिने, देशभित्र अनुपस्थित भए देशवाहिरबाट पनि आफ्नो देशको राष्टपतिका लागि मत दिन सकिने संबैधानिक व्यबस्था छ तर, राष्ट्रपति डोनाल्डले निर्वाचनका दिनवाहेक अरु दिनका मतहरुलाई मान्यता दिन नसकिने बताए। उनले भने, ‘बैधानिक भोटहरु गन्ने हो भने मैंले चुनाव जितेको छु। तर, अबैधानिक भोटहरु गन्ने ...
इटालीमा पुन कडा लकडाउन, अस्पतालहरु विरामीले भरिए

इटालीमा पुन कडा लकडाउन, अस्पतालहरु विरामीले भरिए

अन्तराष्ट्रिय
कोरोना भाइरसका संक्रमितहरु बढेसंगै इटालीमा पुन लकडाउन हुने भएको छ। शुक्रबारदेखि लकडाउन गर्न लागिएको हो। इटालीको विभिन्न क्षेत्रलाई तीन भागमा बिभाजन गरी सरकारले कडा निययहरु लागू गर्ने भएको छ। इटालीका चार क्षेत्रहरु लोम्बार्डिया, पिओमोन्ते, कालाबृया र भाले डि ओस्टालाई रेड जोन घोषणा गरिसकिएको छ। यी क्षेत्रहरु कोराना भाइरसको संक्रमण धेरै छ। इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले बुधबार साँझ कोरोनाको दोस्रो लहर रोक्न र अस्पतालमा अहिले कोरोनाका कारण बढिरहेको अत्याधिक चाप कम गर्न लकडाउन आवश्यक रहेको जानकारी गराएका थिए । शुक्रबारदेखि सुरु हुने लकडाउन दुई हप्ताको लागि हुने छ। संक्रमणको संख्या कम हुँदै गएमा लकडाउन हटाउन पनि सकिने प्रधानमन्त्री कन्तेले जानकारी गराएका थिए। लकडाउनका लागि जारी गरिएका नियम भने इटालीमा पहिलोपटक मार्च महिना लकडाउन हुदाको जस्तै छन्। रेड जोन घोषणा गरिएका प्रदेशहरूम...
चीनको वैदेशिक व्यापार ४.६ प्रतिशतले बढ्यो

चीनको वैदेशिक व्यापार ४.६ प्रतिशतले बढ्यो

अन्तराष्ट्रिय, आर्थिक
कात्तिक २२ काठमाडौं । यस वर्ष चीनको वैदेशिक व्यापार बढेको यहाँको भन्सार प्रशासनले जानकारी दिएको छ । प्राप्त समाचार अनुसार यहाँको भन्सार प्रशासनले गतवर्षको तुलनामा यसवर्षको चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले वृद्धि भएको जनाएको हो । अघिल्लो वर्षको तुलनामा यसवर्षको अक्टोबर महिनामा चीनको वैदेशिक व्यापारमा ४।६ प्रतिशतले वृद्धि आएको देखिएको सो प्रशासनले जानकारी दिएको प्राप्त समाचारमा जनाइएको छ । त्यसैगरी चीनको निर्यात बजारमा पनि वृद्धि भएको पनि सो समाचारमा जनाइएको छ । गत वर्षको तुलनामा यसै वर्ष चीनको निर्यातमा ७.६ प्रतिशले वृद्धि भएको देखिएको हो । त्यस्तै सोही अवधिमा चीनको आयात भने ०.९ प्रतिशतले मात्र बढेको पनि सो समाचारमा जनाइएको छ । रासस ...
फ्रान्समा एकै दिनमा ६० हजार जना कोरोना संक्रमित थपिए

फ्रान्समा एकै दिनमा ६० हजार जना कोरोना संक्रमित थपिए

अन्तराष्ट्रिय
कात्तिक २२ काठमाडौं । फ्रान्समा एकै दिनमा ६० हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ६० हजार ४८४ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । फ्रान्सको स्वास्थ्य मन्त्रालयले यो संख्या यहाँ कोभिड १९ को महामारी शुरु भएपछिको २४ घन्टामा देखिएको सबैभन्दा ठूलो सङ्क्रमित संख्या भएको बताएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले फ्रान्समा र अझ बढी पेरिसमा कोभिडको संक्रमण दिन प्रतिदिन झनै ठूलो संख्यामा बढ्दै गएको बताएका छन् । अधिकारीहरुका अनुसार यस संक्रमणबाट फ्रान्समा बिहीबार ५८ हजारजना भन्दा बढी व्यक्ति संक्रमित भएका थिए भने शुक्रवार अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् ६० हजार जनाभन्दा बढी देखिएका हुन् । यो सँगै फ्रान्समा आजसम्ममा १६ लाख ६१ हजार ८५३ जना नागरिक सङ्क्रमित हुन पुगेका छन् । ...
चार राज्यमा बाइडेन र दुई राज्यमा ट्रम्पको अग्रता, जर्जियामा पुनः मत गणना गरिने

चार राज्यमा बाइडेन र दुई राज्यमा ट्रम्पको अग्रता, जर्जियामा पुनः मत गणना गरिने

अन्तराष्ट्रिय
कात्तिक २२ काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको दौडमा डेमोक्रेट तर्फका उम्मेद्वार जो बाइडेनले आफ्नो अग्रता कायम राखेका छन् । मतगणना भइरहेका राज्यमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन अग्रस्थानमा छन् । जर्जिया, नेभादा, पेन्सिलभेनिया, एरिजोना राज्यमा राष्ट्रपति डोनल्ड ट्रम्प पछि परेका छन् । ताजा मत परिणामलाई हेर्दा बाइडेन राष्ट्रपति निर्वाचित हुने करिव सुनिश्चित जस्तै देखिएको छ । राष्ट्रपति ट्रम्पले अलास्का र नर्थ क्यारोलिनामा अग्रता कायम गरेका छन् । गणना हुन बाँकी रहेको मत हुलाकमार्फत् हालिएको मतपत्र भएको र मेल इन बक्समा आएका धेरैजसो मत डेमोक्रेटका पक्षमा देखिएकाले बाइडेनले अन्तिमसम्म आफ्नो अग्रता कायम राख्न सक्ने अनुमान गरिएको छ । यसैबीच निर्वाचन अधिकारीहरुले १६ इलेक्टोरल कलेज भएको जर्जियामा पुनः मत गणना गरिने जनाएका छन् । निर्वाचन मत परिणामका लागि जर्जिया राज्य अहम सावित हुन ...
लण्डनमा सरकारले जारी गरेको लकडाउनका विरुद्धमा प्रदर्शनमा उत्रिएका १०४ जना पक्राउ

लण्डनमा सरकारले जारी गरेको लकडाउनका विरुद्धमा प्रदर्शनमा उत्रिएका १०४ जना पक्राउ

अन्तराष्ट्रिय, समाचार
 बेलायतको राजधानी लण्डनमा सरकारले जारी गरेको लकडाउनका विरुद्धमा प्रदर्शनमा उत्रिएका १०४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धात्मक व्यवस्थाको उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसको महामारी फैलिँदै गएपछि सरकारले दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा गरेकाले त्यस विरुद्ध बिहीवार हजारौँले प्रदर्शन गरेका थिए । प्रदर्शनमा उत्रिएकाहरुलाई तत्काल भिडभाडबाट भाग्न र घरघर जान प्रहरी अधिकारीहरुले निर्देशन दिएका थिए । निर्देशन दिँदा पनि अवज्ञा गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरी कमाण्डर जोन कोन्नर्सले कोरोना भाइरस विरुद्ध लागु गरिएका प्रतिबन्धात्मक व्यवस्थाहरुको उल्लंघन गरेकाहरुलाई पक्राउ गरिएको स्पष्ट पारे । हाम्रो मुख्य जिम्मेवारी लण्डनलाई सुरक्षित राख्नु हो, त्यसका लागि हामीले भिडभाड गर्न नदिने नियम लागू गरेका छ...
संसारकै दुई धनीको बीचमा फस्यो फ्यूचर ग्रुप

संसारकै दुई धनीको बीचमा फस्यो फ्यूचर ग्रुप

अन्तराष्ट्रिय
कात्तिक २० काठमाडौं । भारतका सबैभन्दा धनी व्यक्ति र संसारकै धनी व्यक्ति सिधा सिधा प्रतिष्पर्धामा हुँदा भारतका रिटेल किंग किशोर बियानी र उनको बिग बजार बीचमा फसेको छ। बिग बजार किन भने त्यो उनको सबैभन्दा चर्चित ब्रान्ड। तर। उनको व्यापार त्यो भन्दा ठूलो छ र दाउमा जे लागेको छ, त्यो त्यसभन्दा पनि कैयौं ठूलो छ। संसारका सबैभन्दा धनी व्यक्ति अमेजनका जेफ बेजोस हुन्। यो पटक उनको जोसँग प्रतिष्पर्धा भइरहेको छ, उनी हुन् रिलायन्सका मुकेश अम्बानी, भारतका सबैभन्दा धनी र संसारमा चौथो धनी। दुबैबीच टकरावको कारण बनेका छन् किशोर बियानी र उनको फ्यूचर ग्रुप। गएको आइतबार अमेजनले सिंगापरको अन्तर्राष्ट्रिय पञ्चाट सिंगापुर इन्टरनेशनल आर्बिट्रेशन सेन्टरबाट एक अन्तरिम आदेश गराएको छ। जसअनसार फ्यूचर ग्रुपले आफ्नो कारोबार रिलायन्स ग्रुपसँग गर्न सक्दैन। यस्तो किन भन्ने बुझ्न पहिला व्यापार बुझ्नु पर्छ । बियानीक...