आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

चीन र १४ देशबीच विश्वकै सबैभन्दा ठूलो व्यापार साझेदारी सम्झौता

चीन र १४ देशबीच विश्वकै सबैभन्दा ठूलो व्यापार साझेदारी सम्झौता

अन्तराष्ट्रिय
मंसिर १ भियतनाम। चीन र १४ अरु देशहरुबीच आइतबार विश्वकै सबैभन्दा ठूलो व्यापारिक साझेदारी गर्नेसम्बन्धी एउटा सहमति भएको छ । यो समूहसँग विश्वकै एक तिहाई आर्थिक गतिविधि हुने गरेको छ । क्षेत्रीय वृहत आर्थिक साझेदारी (आरसेप) सहमतिमा आइतबार भर्चुअल बैठकबाटै हस्ताक्षर भएको छ । दक्षिणपूर्वी एसियाली संगठन (आसियान) को वार्षिक सम्मेलनका अवसरमा उक्त सहमतिमा हस्ताक्षर भएको हो । सम्मेलन आयोजक समितिका अध्यक्ष राष्ट्र भियतनामका प्रधानमन्त्री नुहेन झुआन फुकले विगत आठ वर्षदेखिको कडा प्रयत्नपछि आरसेपमा हस्ताक्षर भएकामा आफूलाई निकै खुशी लागेको बताए । विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र व्यापार सम्झौता मानिएको आरसेपले बहुपक्षीय व्यापार प्रणाली आजको आवश्यकता रहेको फेरि पुष्टि गरेको प्रधानमन्त्री फुकले बताए । उनले यस सम्झौताबाट दिगो व्यापार सहजीकरणलाई सक्षम तुल्याउने, कोभिड–१९ का कारण छिन्नभिन्न भएको आपूर्त...
अमेरिकी चुनावलाई लिएर ट्वीटरको ठूलो खुलासा !

अमेरिकी चुनावलाई लिएर ट्वीटरको ठूलो खुलासा !

अन्तराष्ट्रिय
मंसिर १ काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावको स्पष्ट नतिजा आईसकेको छ । जसमा डेमोक्रेटिकका उम्मेद्वार जो बाइडेनले जित दर्ता गरेका छन् । तर राष्ट्रपति डोनाल्ड ट्रम्प यो स्विकार्न तयार छैनन् । उनले चुनाव धाँदली भएको बताएका छन् । यसैबीच ट्वीटरले एक नयाँ खुलासा गरेको छ । ट्वीटरले २०२० मा अमेरिकी राष्ट्रपति चुनावसँग सम्बन्धीत लगभग ३ लाख भ्रामक कन्टेन्ट ट्वीट गरेको बताएको छ । २०२० को राष्ट्रपति चुनावमा जो बाइडेनले ३०६ इलेक्टोरल भोट ल्याएका छन् भने, डोनाल्ड ट्रम्पले २३२ इलेक्टोरल भोट पाएका छन् । बहुमतका लागि त्यहाँ २७० इलेक्टोरल भोटको आवश्यक पर्छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम स्पुतनिकका अनुसार राष्ट्रपति ट्रम्पले ५० ट्वीट तथा रिट्वीट गरेका छन् । ...
सय छक्का प्रहार गर्ने पहिलो महिला क्रिकेटर बनिन सोफी डिवाइन

सय छक्का प्रहार गर्ने पहिलो महिला क्रिकेटर बनिन सोफी डिवाइन

अन्तराष्ट्रिय, खेलकुद
मंसिर १ काठमाडौं । न्युजिल्यान्डकी क्रिकेटर सोफी डिवाइन बिग बास लिगमा सय छक्का प्रहार गर्ने पहिलो महिला खेलाडी बनेकी छिन । उनले महिला बिग बाश लिग अन्तर्गत शनीवार मेलबर्न रेनेगेड्स विरुद्व भएको खेलमा यो किर्तिमान पुरा गरेकी हुन । सोफीले उक्त खेलमा अविजित ७७ रनको पारी खेल्दै पर्थ स्कोचर्सलाई ९ विकेटले जित दिलाईन । पर्थ स्कोचर्सले उक्त खेल ३१ बल बाँकि रहदै जितेको थियो । आफ्नो ७७ रनको पारीमा सोफीले ३ छक्का प्रहार गरेकी थिईन । देब्रे हाते खेलाडी सोफीले अहिले सम्म महिला बिबिएलमा ७४ खेल खेलेकी छिन र १०१ छक्का प्रहार गरेकी छिन । उनले महिला बिबिएलमा ३९.८८ को औसतमा २ हजार ४ सय ३३ रन बनाएकी छिन । यसक्रममा उनको अधिकतम स्कोर अविजित १०३ रन रहेको छ । उनले अहिले सम्म महिला बिबिएलमा १५ पटक ५० भन्दा बढी रन बनाएकी छिन । साथै जारी प्रतियोगितामा उनले २ सतक पनि प्रहार गरेकी छिन । ...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३० हजार नाघ्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३० हजार नाघ्यो

अन्तराष्ट्रिय
मंसिर १ काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३० हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा थप ४३५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३० हजार १०९ पुगेको छ । यस्तै भारतमा कोरोना संक्रमितको संख्या ८८ लाख नाघेको छ ।पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३० हजारभन्दा बढी संक्रमित भएका छन् । थप ३० हजार ७१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८८ लाख ४५ हजार ६१७ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ८२ लाख ४७ हजार ९५० जना संक्रमणमुक्त भएका छन् । ...
मेक्सिकोमा कोरोनाबाट बाट १० लाखभन्दा बढी सङ्क्रमित फेला

मेक्सिकोमा कोरोनाबाट बाट १० लाखभन्दा बढी सङ्क्रमित फेला

अन्तराष्ट्रिय
मंसिर १ काठमाडौं । मेक्सिकोमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार १० लाखभन्दा बढी पुगेको मेक्सिको सरकारले जनाएको छ । विगत २४ घण्टामा मेक्सिकोमा कूल पाँच हजार ८६० व्यक्तिमा थप सङ्क्रमण पुष्टि भएको र यो संगै अहिलेसम्म १० लाख तीन हजार २५३ व्यक्ति सङ्क्रमित भएका स्वास्थ्य मन्त्रालयका रिकार्डो कोर्टसले भन्नुभयो । मेक्सिकोमा आइतबारसम्म ९८ लाख २५९ व्यक्तिको मृत्यु भएको छ । विगत २४ घण्टामा मेक्सिकोमा ६३५ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको थियो । मेक्सिको अमेरिका, भारत, ब्राजिलपछि कोभिड–१९ का कारण बढी मृत्यु दर रहेको मुलुक हो । मेक्सिको सङ्क्रमणका हिसाबले ११ औँ बढी प्रभावित मुलुक हो । ...
हङकङमा एक नेपाली रेस्टुरेन्टमा आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु,१० जना घाइते

हङकङमा एक नेपाली रेस्टुरेन्टमा आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु,१० जना घाइते

अन्तराष्ट्रिय, समाचार
हङकङमा एक नेपाली रेस्टुरेन्टमा आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । आगलागीको घटनामा अन्य १० जना घाइते भएका छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङ याउमाइतेइको क्यान्टोन रोडस्थित नेपाली रेस्टुरेन्टमा आगलागी हुँदा १७ जना घाइते भएका थिए । घाइतेमध्ये १३ जनालाई उद्धार गरिएकोमा १ बच्चासहित ४ पुरुष र ३ जना महिलाको मृत्यु भएको हो । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । घाइते १० जनामध्ये ७ जनाको अवस्था पनि गम्भीर रहेको जनाइएको छ । हङकङको समयानुसार आइतबार राति करिब ८ बजेतिर आगलागी भएको थियो । जन्मदिन मनाउन बालिएको क्यान्डिलबाट आगो सल्किएको हुनसक्ने स्थानीय प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । यद्यपि त्यसको पुष्टि भने हुन सकेको छैन । घाइतेहरुलाई नजिकैको क्वीन एलिजावेथ, क्वांग वाह, प्रिन्सेस मर्गरेट अस्पताल र क्यारितास मेडिकल सेन्टरमा लगिएको छ । हङकङकी प्रमुख कार्यकार...
अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिकी रक्षामन्त्रीमा पहिलो पटक महिलालाई अवसर दिने

अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिकी रक्षामन्त्रीमा पहिलो पटक महिलालाई अवसर दिने

अन्तराष्ट्रिय, समाचार
संयुक्तराज्य अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडेनले अमेरिकी रक्षामन्त्रीमा पहिलो पटक महिलालाई अवसर दिने सम्भावना रहेको छ । अमेरिकी रक्षामन्त्रीमा हालसम्म कुनै पनि महिलाले अवसर पाएका छैनन् । रक्षा मन्त्रालय मातहतका निकायमा रहेर काम गरिसकेकी मिसेल फ्लोरनोएले यस्तो दुर्लभ अवसर प्राप्त गर्न लागेको बाइडेन निकटका व्यक्तिहरुले बताएका छन्। राजनीतिक रुपमा मध्यमार्गी धारकी भनेर चिनिनु हुने मिसेल बाइडेनको पहिलो रोजाईमा रहने बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको चार वर्षे कार्याकालमा पाँच जना रक्षामन्त्री फेरिइसकेका छन् । पछिल्लो पटक रक्षामन्त्री मार्क एस्परलाई राष्ट्रपति ट्रम्पले चुनाव सकिएलगत्तै गत सोमबार बर्खास्त गर्नु भएको छ, र अहिले उक्त पद रिक्त छ । रक्षामन्त्री एस्परले विदेशबाट अमेरिकी सेना फिर्ता गर्ने तथा अमेरिकामा भएका कतिपय विरोध प्रदर्शनमा सेना परिचालन गर्ने विषयमा रा...
बेलायतले वायु प्रदूषण कम गर्न पेट्रोल र डिजेलबाट चल्ने गाडिमा प्रतिबन्ध लगाउने

बेलायतले वायु प्रदूषण कम गर्न पेट्रोल र डिजेलबाट चल्ने गाडिमा प्रतिबन्ध लगाउने

अन्तराष्ट्रिय, समाचार
बेलायतले पेट्रोल र डिजेलबाट चल्ने गाडिमा प्रतिबन्ध लगाउने भएको छ । वायु प्रदूषण कम गर्नको लागि बेलायतले यस्तो निर्णय गर्न लागेको हो । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अर्को हप्ता यो निर्णय गर्ने भएका छन् । फाइनान्सियल टाइम्सका अनुसार बेलायत सरकारले अर्को हप्ता २०३० देखि पेट्रोल र डिजेलबाट चल्ने गाडिहरुको बिक्रीमा प्रतिबन्धको निर्णयको घोषणा गर्ने तयारी गरेको छ । यसअघि बेलायत सरकारले २०३५ देखि पेट्रोल र डिजेलबाट चल्ने गाडीमा प्रतिबन्ध लगाउने योजना बनाएको थियो । तर, अब प्रधानमन्त्री जोनसनले यो योजनामा परिवर्तन गर्दै पहिले निर्धारित समयभन्दा ५ वर्ष अगाडि अर्थात २०३० देखि नै यसलाई लागू गर्ने योजना बनाएका छन् । सबैभन्दा पहिले बेलायतले २०४० देखि पेट्रोल र डिजेलबाट चल्ने गाडिमा प्रतिबन्ध लगाउने योजना बनाएको थियो जुन योजनालाई प्रधानमन्त्री जोनसनले गएको फेब्रुअरीमा परिवर्तन गरेर २०३५ मै प्रति...
वासिङ्टनमा ट्रम्पका समर्थकले गरे प्रदर्शन

वासिङ्टनमा ट्रम्पका समर्थकले गरे प्रदर्शन

अन्तराष्ट्रिय
वासिङ्टन – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प हालै भएको राष्ट्रपतीय चुनावमा पराजित भए ।उनका प्रतिद्वन्दी जो बाइडेनले चुनावमा जीत हासिल गरे पनि ट्रम्पले भने आफ्नो हार स्वीकार गर्न मानिरहेका छैनन् । यसैबीच वासिङ्टन डिसीमा ट्रम्पका हजारौं समर्थक भेला भएर विरोध प्रदर्शन गरका छन् । प्रदर्शनकारीले झण्डासहित प्रदर्शन गरेका थिए । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रदर्शनमा दक्षिण पन्थी समूह प्राउड बोइजको पनि सहभागिता थियो । गल्फ कोर्स जान निस्किएका ट्रम्पलाई प्रदर्शनकारीहरुले घेरेका थिए । गत नोभेम्बर ३ मा भएको चुनावमा जो बाइडेन विजयी भएपछि ट्रम्पले हार बेहोरेका छन् । उनले आफू अदालतमा जाने र कानुनी लडाइँ लड्ने बताउँदै आएका छन् । ...
ह्वाइट हाउसमा दिपावली : ट्रम्प, बाइडेन लगायतले दिए शुभकामना

ह्वाइट हाउसमा दिपावली : ट्रम्प, बाइडेन लगायतले दिए शुभकामना

अन्तराष्ट्रिय
कात्तिक ३० काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दुहरुको महान पर्व दिपापलीको अवसरमा शुभकामना दिएका छन् । राष्ट्रपति ट्रम्पले दिपवालीका अवसरमा शुभकामना दिँदै अमेरकी राष्ट्रपति भवनमा दीप जलाएर दिपावली समेत गरेका छन् । ट्रम्पले आफूले दीपावली गरिरहेको तस्वीर सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा तस्बिर पोष्ट गर्दै राष्ट्रपति ट्रम्पले ‘ह्यापी दिपावली’ भनेका छन् । त्यस्तै अमेरिकाकै नवनिर्वाचि राष्ट्रपति वो बाइडेनले पनि दिपावलीको शुभकामना दिएका छन् ।  उता, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र प्रिन्स चाल्र्सले पनि दिपावलीको शुभकामना दिएका छन् । बेलायतका प्रधानमन्त्री जोनसले ब्रिटिश हिन्दु, शिख र जैन धर्माबलम्बीहरुलाई दिपावलीको एकमुष्ट शुभकामना दिएका छन् । त्यस्तै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ लगायतका नेताहरुले पनि दिपा...