आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

दक्षिण कोरियामा कोरोना प्रकोप तेस्रो पटक महामारीका रुपमा देखिन थालेपछि सरकारले सामाजिक दूरीलाई थप कडा पार्ने

दक्षिण कोरियामा कोरोना प्रकोप तेस्रो पटक महामारीका रुपमा देखिन थालेपछि सरकारले सामाजिक दूरीलाई थप कडा पार्ने

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
दक्षिण कोरियामा कोरोना प्रकोप तेस्रो पटक महामारीका रुपमा देखिन थालेपछि सरकारले सामाजिक दूरीलाई थप कडा पार्ने भएको छ । यहाँको सरकारले अबदेखि सार्वजनिकस्थलमा एकै पटक चार जनाभन्दा बढी भेला हुन नपाउने नियम लागू गरेको छ । आउँदै गरेको क्रिसमस पर्व तथा नयाँ वर्षका समयमा हुन सक्ने भीडभाडलाई ध्यानमा राखी सरकारले बिहीबारदेखि देशैभर उक्त नियम लागू हुने बताएको छ । यससँगै कम्पनीभित्रै सहकर्मीबाट पनि कोरोना फैलिन सक्ने भएकाले कामका समयमा समेत अनिवार्य रुपमा मास्क लगाउनुपर्ने भएको छ । छड्के जाँचका अवस्थामा कुनै कामदार वा कर्मचारीले मास्क नलगाएको भेटिएमा कम्पनीका तर्फबाट र मास्क नलगाउने कर्मचारीबाट जरिवाना हुने बताइएको छ । यसअघि नै सार्वजनिकस्थलमा ‘नो मास्क नो राइड’ नियम लागू छ । पछिल्लो पटक कोभिडको अत्यधिक प्रभाव रहेका सउल, ख्याङ्दिो तथा इन्छन क्षेत्रमा थप कडाइका साथ उक्त नियम लागू गरिने भएको छ...
म्यानचेस्टर सिटी लिग कप (इएफएल) फुटबलको सेमिफाइनलमा प्रवेश

म्यानचेस्टर सिटी लिग कप (इएफएल) फुटबलको सेमिफाइनलमा प्रवेश

अन्तराष्ट्रिय, खेलकुद, समाचार
म्यानचेस्टर सिटी लिग कप (इएफएल) फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनल साबिक विजेता म्यानचेस्टर सिटीसँग ४–१ ले पराजित भएको हो । सिटीको जितमा तेस्रो मिनेटमा गाब्रियल जिसस, ५४ औँ मिनेटमा रियाद महरेज, ५९ औँ मिनेटमा फिल फोडिन तथा ७३ औँ मिनेटमा एमेरिक लापोर्तेले गोल गरे । आर्सनलका लागि ३१ औँ मिनेटमा एलेक्सान्डर लाकाजेटीले एक गोल गरेका हुन् । ...
चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० ले पराजित

चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० ले पराजित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा चेल्सी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० ले पराजित गरेको हो । उसका लागि थिएगो सिल्भाले एक तथा ट्यामी अब्राहमले दुई गोल गरे । जितसँगै २५ अंक जोडेको चेल्सी पाँचौ स्थानमा पुगेको छ ।
भारतले बेलायतबाट भारतका लागि हुने सबै उडानहरूलाई अस्थायी रूपमा स्थिगित गर्ने

भारतले बेलायतबाट भारतका लागि हुने सबै उडानहरूलाई अस्थायी रूपमा स्थिगित गर्ने

अन्तराष्ट्रिय, समाचार
बेलायतमा कोरोनाभाइरसको नयाँ र बढी सङ्क्रामक समस्या उत्पन्न भएपछि भारतले बेलायतबाट भारतका लागि हुने सबै उडानहरूलाई अस्थायी रूपमा स्थिगित गर्ने निर्णय गरेको छ। बेलायतबाट हुने उडानलाई अस्थायी रूपमा रोक्ने केही यूरोपेली मुलुकहरूसहितले गरेको निर्णयसँग मेल खाने निर्णय भारतले पनि गरेको हो। “बेलायतकोे कोभिड–१९ सिर्जित विद्यमान अवस्थालाई ध्यानमा राख्दै भारत सरकारले बेलायतबाट भारत आउने सबै उडानहरूलाई यो वर्षको डिसेम्बर ३१ सम्म स्थगित गर्ने निर्णय गरेको छ,” उड्डयन मन्त्रालयले ट्वीटमा भनेको छ।” उडान स्थगितको यो निर्णय मङ्गलबार राति ११ः५९ बाट लागू हुने बताइएको छ। ‘प्रशस्त सावधानीको उपाय’ का लागि लिइएको यो निर्णय ट्रान्जिट उडानमा बेलायतबाट आउने यात्रीहरूका लागि भने पूर्णतया लागू हुने छैन अर्थात् आगमनमा आरटी–पीसीआर परीक्षणको रिपोर्ट भएमा उनीहरूलाई सम्बन्धित गन्तब्यमा जान रोक लगाइने छैन। ब...
विश्‍वमा एकैदिन पाँच लाख ३९ हजार ९६२ जना कोरोना संक्रमित थपिए

विश्‍वमा एकैदिन पाँच लाख ३९ हजार ९६२ जना कोरोना संक्रमित थपिए

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
विश्‍वमा एकैदिन पाँच लाख ३९ हजार ९६२ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा सात हजार ९१२ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ। विश्‍वमा हालसम्म कुल संक्रमित संख्या सात करोड ७१ लाख ५२ हजार १३० पुगेको छ। तीमध्ये १६ लाख ९९ हजार ११८ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्। अहिलेसम्म पाँच करोड ४० लाख ५१ हजार ४५१ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमित दुई करोड १४ लाख एक हजार ५६१ जना छन्। विश्‍वमा अहिले एक लाख छ हजार २७५ जना गम्भीर बिरामी छन्। ...
विश्वमा एकैदिन १० हजार ७ सय ६६ जनाको मृत्यु

विश्वमा एकैदिन १० हजार ७ सय ६६ जनाको मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
विश्वमा एकैदिन ६ लाख १२ हजार ४ सय १६ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ । यसरी विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ६६ लाख ५ हजार १ सय ८५ जना पुगेको छ । त्यस्तै विश्वमा एकैदिन १० हजार ७ सय ६६ जनाको मृत्यु भएको छ । यसरी विश्वभर कारोनाबाट मृत्यु हुनेको संख्या १६ लाख ९१ हजार १ सय २३ पुगेको छ । त्यस्तै विश्वमा ५ करोड ३७ लाख३६ हजार ट सय ९० जना संक्रमित उपचारपछि निको भएका छन् । ...
ब्राजिलका राष्ट्रपति भन्छन्- कोरोनाको खोपले महिलाको दाह्री पलाउनसक्छ, मान्छे गोही बन्‍नसक्छ

ब्राजिलका राष्ट्रपति भन्छन्- कोरोनाको खोपले महिलाको दाह्री पलाउनसक्छ, मान्छे गोही बन्‍नसक्छ

अन्तराष्ट्रिय
ब्राजिल । कोभिड १९ को महामारी नियन्त्रणमा गम्भीर नबनेको भन्दै ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो आलोचित बनिरहेका बेला उनले हालै कोभिडविरुद्धको खोपबारे विवादास्पद अभिव्यक्ति दिएका छन्। कोभिड विरुद्धको खोप कोही पनि ब्राजिलियनलाई नलगाउने भन्दै उनले हालै यो खोप लगाए मानिस गोही बन्नसक्ने जिकिर गरे। साथै महिलाको गालामा दाह्री पलाउनसक्ने दावी समेत गरे। यस्तै पुरुषको स्वर महिलाको जस्तै बन्नसक्ने वा यस्तै बदलाव आउनसक्ने भन्दै भ्याक्सिन लगाउनु उपयुक्त नभएको उनको ठहर छ। फाइजर कम्पनीको भ्याक्सिनले यसको गलत असर देखिएमा आफू जिम्मेवार नहुने भनेपछि बोल्सोनारोले यस्तो अभिव्यक्ति दिएका हुन्। उनले यसअघि पनि कोरोनाभाइरसलाई साधारण रुघाखोकी मात्रै भएको भन्दै विवादित बनेका थिए। यद्यपि भ्याक्सिनको परीक्षण ब्राजिलमा पनि भइरहेको छ। ब्राजिलसँग चिनियाँ र अरु केही औषधि कम्पनीले सम्झौता गरेका छन्। विश्वमा सब...
कोरोना भाइरस तिब्ररुपमा फैलिने संकेत देखिएपछि लण्डनमा फेरि लकडाउन

कोरोना भाइरस तिब्ररुपमा फैलिने संकेत देखिएपछि लण्डनमा फेरि लकडाउन

अन्तराष्ट्रिय
बेलायतको राजधानी लण्डनमा फेरि लकडाउन गरिएको छ। यो लकडाउन इंग्ल्याण्डका अधिकांश भागमा लागु हुने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन्। शनिबार कोरोना भाइरस नयाँ तरिकाले फैलिएको पुष्टि भएपछि प्रधानमन्त्रीले क्याविनेटको आपतकालिन बैठक बोलाएका थिए। सो बैठकपछि लकडाउन घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री जोन्सनले भाइरस नयाँ तरिकाबाट फैलिएको भन्दै त्यसको प्रकोप रोक्न नयाँ तरिका अपनाउनु परेको बताएका छन्। इंग्ल्याण्डमा अत्यधिक चिसो बढेका बेला कोरोना भाइरस तिब्र गतिमा फैलिने संकेतहरु देखिएको जनाइएको छ। स्मरण रहोस बेलायत कोरोना भाइरसविरुद्धको खोप अभियान चलाउने पहिलो मुलुक हो। अमेरिकी कम्पनी फाइजरले विकसित गरेको खोप बेलायतमा लगाउन शुरु गरिएको छ। ...
मास्क नलगाएका कारण चिलीका राष्ट्रपतिलाई ३५ सय डलर जरिवाना

मास्क नलगाएका कारण चिलीका राष्ट्रपतिलाई ३५ सय डलर जरिवाना

अन्तराष्ट्रिय
मास्क नलगाई समुन्द्री किनारमा एक व्यक्तिसँग सेल्फी खिचेका कारण चिलीका राष्ट्रपति सेबास्टियन पिनेरालाई ३ हजार ५ सय अमेरिकी डलर जरिवाना गरिएको छ। डिसेम्बरको सुरुमा समुद्री तटमा भेट भएका एक महिलासँग मास्क नलगाई खिचेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो। स्वास्थ्य अधिकारीहरुले कोरोना महामारी रोक्नका लागि सार्वजनिक स्थलहरुमा मास्क लगाउनै पर्ने कडा नियमको राष्ट्रपति पिनेराले उल्लंघन गरेका कारण उनलाई जरिवाना गरिएको बताएका छन्। चिलीमा सार्वजनिक स्थलमा मास्क नलाउने व्यक्तिलाई आर्थिक जरिवानादेखि जेल सजायसम्म हुने व्यवस्था गरिएको छ। डिसेम्बरको सुरुमा सामाजिक सञ्जालमा फोटो आएपछि पिनेराले माफी मागेका थिए। राष्ट्रपति आफ्नो घर नजिकैको समुद्री तटमा एक्लै टहलिरहेका बेला एक महिलाले उनलाई चिनेर फोटो खिच्न आग्रह गरेपछि उनी त्यसका लागि तयार भएका थिए। फोटोमा दुवैले मास्क लगाएका थिएनन् भने उ...
रोवर्ट लेवान्डोस्कीले यो वर्षको ‘बेष्ट फिफा फुटबल अवार्ड’मा पुरुषतर्फ उत्कृष्ट घोषित ,रोनाल्डो दोस्रो, मेस्सी तस्रो !

रोवर्ट लेवान्डोस्कीले यो वर्षको ‘बेष्ट फिफा फुटबल अवार्ड’मा पुरुषतर्फ उत्कृष्ट घोषित ,रोनाल्डो दोस्रो, मेस्सी तस्रो !

अन्तराष्ट्रिय, खेलकुद, समाचार
लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई पनि पार्दै बायर्न म्युनिखका स्ट्राइकर रोवर्ट लेवान्डोस्कीले यो वर्षको ‘बेष्ट फिफा फुटबल अवार्ड’मा पुरुषतर्फ उत्कृष्ट घोषित भएका छन् । पोल्यान्डका ३२ वर्षीय सुपरस्टार लेवान्डोस्कीले सन् २०१९-२० को सिजनमा ४७ खेलमा ५५ गोल गरेका थिए । बायर्नलाई तीन मुख्य उपाधि दिलाउन उनको निर्णायक योगदान थियो । उनी च्याम्पियन्स लिग र लिग कपका सर्वाधिक गोलकर्ता पनि बनेका थिए । फिफाले हरेक वर्ष ९ विधामा अवार्ड प्रदान गर्ने गर्छ । यसवर्ष म्यानचेस्टर सिटीकी डिफेन्डर लुसी ब्रोन्ज महिलातर्फ उत्कृष्ट बनिन् । विजेताको घोषणा राष्ट्रिय टोलीका कप्तान र मुख्य प्रशिक्षक, समर्थकबाट आउने अनलाइन मत र विश्वभरबाट २ सय जना खेलकुद पत्रकारबाट आउने मतका आधारमा गरिन्छ । यस्तोमा लेवान्डोस्कीले ५२ अंक पाएका थिए भने रोनाल्डोले ३८ र मेस्सीले ३५ अंक पाएका थिए । लेवान्डोस्कीले यो...