आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा जो बाइडेनले गरे सपथ ग्रहण

अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा जो बाइडेनले गरे सपथ ग्रहण

अन्तराष्ट्रिय, समाचार
अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा जो बाइडेनले सपथ ग्रहण गरेका छन् । बुधवार वासिङटन डिसीस्थित क्यापिटलमा आयोजित समारोहमा बाइडेनले शपथ लिएका हुन्। बाइडेनलाई अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जो जी रोबर्टस जुनियरले शपथ दिलाएका हुन्। त्यस्तै कमला ह्यारिसले उपराष्ट्रपतिका रुपमा सपथग्रहण गरेकी छिन्। ४ बर्ष लामो ट्रम्प युगको अन्त्य गर्दै बाइडेन अमेरिकी राष्ट्रपति भएका हुन् भने पहिलो महिला उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले इतिहास कायम गरेकी छिन् । सन् २००९ देखि सन् २०१७ सम्म बाराक ओबामाका उपराष्ट्रपति रहेका बाइडन दशकौँको अनुभवप्राप्त, विदेशनीतिका ज्ञाता अनि प्रखर वक्ता राजनीतिज्ञका रूपमा परिचित छन्। बाइडनको वाशिङ्टनसँगको नाता ४७ वर्षअघि सन् १९७३ मा जोडिएको थियो जब उनी अमेरिकी सिनेटका सदस्य बनेका थिए। ...
दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप  स्वदेशी तथा विदेशी सबैलाई निःशुल्क रूपमा प्रदान गर्ने

दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप स्वदेशी तथा विदेशी सबैलाई निःशुल्क रूपमा प्रदान गर्ने

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
 दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्क रूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताए । यसअघि आफ्ना स्वदेशी नागरिकलाई मात्र निःशुल्क प्रदान गर्ने बताए पनि नयाँ निर्णय गर्दै विदेशीलाई पनि उक्त खोप निःशुल्क दिने भएको हो । यससँगै यहाँ रहेका ५० हजारभन्दा बढी नेपालीले पनि उक्त खोप निःशुल्क प्राप्त गर्न सक्नेछन् । आगामी महिनादेखि सञ्चालन गर्ने भनिएको उक्त खोपको पहिलो प्राथमिकतामा अग्रमोर्चामा रहने स्वास्थ्यकर्मी, स्वयंसेवक पर्नेछन् । त्यसपछि प्राथमिकताअनुसार वृद्ध, बालबालिका, अशक्त, अपाङ्गता भएका व्यक्ति हुँदै सबैलाई वितरण गरिनेछ...
आज अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले ४६ औं राष्ट्रपतिको सपथ लिँदै

आज अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले ४६ औं राष्ट्रपतिको सपथ लिँदै

अन्तराष्ट्रिय, समाचार
आज अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले ४६ औं राष्ट्रपतिको सपथ लिँदैछन् । स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोह आयोजना हुनेछ । उनीसँगै उपराष्ट्रपति कमला ह्यारिसले पनि सपथ लिँदैछिन् । सपथ समारोहलाई व्यवस्थित बनाउनका लागि अमेरिकाको राजनधाी वासिङ्गटन डिसीमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । यसपालिको समारोहमा हजारदेखि १२ सय जनासम्म मानिसस सहभागी हुनेछन् । सुरक्षाकर्मीले सपथग्रहणस्थलमा चेक जाँचको कार्य पुरा गरेको छ । राष्ट्रपतिको सपथग्रहणमा २५ हजारभन्दा बढी नेशनल गार्डहरु खटाइएको छ । के–के हुन्छ शपथ ग्रहणमा ? –चिफ अफ जस्टिस जोन जी रोवर्ट जुनियरले क्यापिटल हिलमा जो बाइडेनलाई राष्ट्रपति पदको शपथ दिलाउने छन् । त्यसपछि बाइडेनले भाषण दिनेछन् । उनले मतदातालाई धन्यवाद दिनेछन् । यो कार्यक्रमपछि बाइडेनलाई सैनिकहरूले सम्मान गर्नेछन् । –शपथ...
इन्डोनेरियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प,कम्तीमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी

इन्डोनेरियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प,कम्तीमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी

अन्तराष्ट्रिय, समाचार
इन्डोनेरियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ। यस भूकम्पमा परी कम्तीमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी दिएको छ। यस भूकम्पमा परेर एक अस्पताल र कयौँ भवन भत्किनुको साथै र क्षतिग्रस्त भएको बताइएको छ। बिहान सबेरै आएको यस भूकम्पमा परी सुलावेसी द्वीपका सयौँ व्यक्ति घाइते भएका जनाइएको छ। यस द्वीपमा साढे दुई वर्षअघि आएको भूकम्प र सुनामीमा परी हजारौँ व्यक्तिको मृत्यु भएको थियो। सुलावेसी द्वीपको मामुजु शरहमा मात्र यस भूकम्पको कारण २६ जनाको मृत्यु भएको यहाँको प्रकोप नियन्त्रण विभागका प्रमुख अलि रहमान बताएका छन। भवनको भग्नावशेषमा अझै पनि व्यक्तिहरु पुरिएको अनुमान गरिएको छ। त्यसैगरी मामुजु शहरबाट निकै टाढा रहेको दक्षिणी क्षेत्रमा भूकम्पको कारण आठ व्यक्तिको मृत्यु भएको छ। दुबैतर्फ गरी ३४ जनाको मृत्यु भएको प्रकोप नियन्त्रण विभागका अधि...
अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले १.९ ट्रिलियन(१९ खर्ब) डलरको राहत प्याकेज घोषणा

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले १.९ ट्रिलियन(१९ खर्ब) डलरको राहत प्याकेज घोषणा

अन्तराष्ट्रिय, समाचार
 अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले १.९ ट्रिलियन(१९ खर्ब) डलरको राहत प्याकेज घोषणा गरेका छन्। स्थानीय समयअनुसार बिहीवार राति उनले जनताको नाममा सम्बोधन गर्दै यो राहत प्याकेज घोषणा गरेका हुन्। प्याकेजमा राहत चेक, बेरोजगार भत्ता, साना व्यापारीलाई सहयोग र कोरोनाविरुद्धको खोपलाई थप सहयोग समेटिएको छ। ...
डोनाल्ड ट्रम्पविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव तल्लो सदन ‘हाउस अफ रेप्रिजेन्टेटिभ्स’बाट पारित

डोनाल्ड ट्रम्पविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव तल्लो सदन ‘हाउस अफ रेप्रिजेन्टेटिभ्स’बाट पारित

अन्तराष्ट्रिय, समाचार
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव त्यहाँको तल्लो सदन ‘हाउस अफ रेप्रिजेन्टेटिभ्स’बाट पारित भएको छ। स्थानीय समयअनुसार बुधवार दिउँसो ४ बजेपछि शुरु भएको मतदानमा प्रस्तावको पक्षमा २३२ मत तथा विपक्षमा १९७ मत खसेको बीबीसीले जनाएको छ । ट्रम्पविरुद्ध महाभियोग लगाउनुपर्छ भन्ने पक्षमा १० जना रिपब्लिकन सांसदहरुले समेत मतदान दिएका छन् । उक्त मतदान प्रक्रियामा ४ जना रिपब्लिकन सांसद भने सहभागी नभएका समाचारमा जनाइएको छ । योसँगै राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन्। केही दिन अघि क्यापिटल हिलस्थित सिनेटमा भएको दंगामा परी ७ जनाको मृत्यु भएको थियो । राष्ट्रपति ट्रम्पको उक्साहटका कारण सो दंगा भएको भन्दै डेमोक्रेट्स सांसदहरुले उनीविरुद्ध महाभियोगको प्रस्ताव सदनमा पेश गरेका हुन् । जनवरी २० मा उनको कार्...
रुसले नेपाललाई अढाइ करोड डोजसम्म कोरोनाभाइरस भ्याक्सिन उपलब्ध गराउने

रुसले नेपाललाई अढाइ करोड डोजसम्म कोरोनाभाइरस भ्याक्सिन उपलब्ध गराउने

अन्तराष्ट्रिय, समाचार
रुसले नेपाललाई अढाइ करोड डोजसम्म कोरोनाभाइरस भ्याक्सिन उपलब्ध गराउने बताएको छ । रुसले विकास गरेको स्पुतनिक भी भ्याक्सिन आपूर्तिको लागि एक नेपाली फार्मास्युटिकल कम्पनीसँग समझदारीमा हस्ताक्षर समेत भइसकेको रुसी समाचार एजेन्सी स्पुतनिकले जनाएको छ । रुसको विदेश मन्त्रालयको एसियाली विभागका दोस्रो निर्देशक जमिर काबुलोभले स्पुतनिकसँग कुरा गर्दै यसको जानकारी दिएका हुन् । ‘म बताउन चाहन्छु कि क्षेत्रका अन्य देशहरु, जस्तै नेपालले रुसी भ्याक्सिनको आपूर्तिमा चासो देखाएका छन् । एक नेपाली फार्मास्युटिकल कम्पनीले रुसी सीधा लगानी कोषसँग एक समझदारीमा हस्ताक्षर गरेको छ । यो समझदारी अन्तर्गत हिमाली गणराज्यको लागि २५ मिलियन डोजसम्म स्पुतनिक भी आपूर्ति गर्न सकिन्छ’ काबुलोभले भने । सेप्टेम्बरको अन्त्यतिर रुसी सीधा लगानी कोषले नेपालले २५ मिलियन डोजसम्म स्पुतनिक भी भ्याक्सिन पाउन सक्ने बताएको थियो । ...
चीनको राजधानी बेइजिङमा मात्रै १० लाखभन्दा बढीलाई पहिलो चरणको कोरोनाविरुद्धको खोप दिइएको छ।

चीनको राजधानी बेइजिङमा मात्रै १० लाखभन्दा बढीलाई पहिलो चरणको कोरोनाविरुद्धको खोप दिइएको छ।

अन्तराष्ट्रिय, समाचार
चीनको राजधानी बेइजिङमा मात्रै १० लाखभन्दा बढीलाई कोरोनाविरुद्धको खोप दिइएको छ। उनीहरु सबैलाई पहिलो चरणको खोप दिइएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। अहिलेसम्म विकास भएका कोरोनाका खोप हरेक व्यक्तिले दुई चरणमा लगाउनुपर्ने चिकित्सकहरुको सुझाव छ। कोरोनाभाइरसको उच्च जोखिममा रहेकाहरूलाई प्राथमिकता दिएर अहिले उनीहरूलाई मात्रै खोप लगाइएको पनि महानगर स्वास्थ्य आयोगले जनाएको छ। आयोगका उपनिर्देशक गोओ जियनले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार पहिलो चरणको खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप पनि लगाउने तयारी भइरहेको छ। कोरोनाविरुद्धको खोप लगाउँदा पहिलो चरणको खोप लगाएको २१ दिनमा दोस्रो चरणको खोप लगाउन पर्ने सिफारिस चिकित्सकहरूको छ। स्वास्थ्य सेवा, घरेलु यातायातलगायतका सेवामा अग्रपङ्तिमा रहेर काम गरिरहेकाहरूलाई प्राथमिकतामा राखेर खोप दिइएको हो। फेब्रुअरी १२ मा चिनियाँहरूको महत्त्वपू...
इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई ३-१ को महत्वपूर्ण जित दिलाए

इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई ३-१ को महत्वपूर्ण जित दिलाए

अन्तराष्ट्रिय, खेलकुद
इटालियन सिरी ए फुटबलमा युभेन्टसले जित हात पारेको छ । आइतवार राति भएको खेलमा युभेन्टसले सासुओलोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा युभेन्टसलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, आरोन रामसे र डानिलोले समान एक एक गोल गरे । सासुओलोका ग्रेगोइरे डेफ्रेले एक गोल फर्काए । युभेन्टसविरुद्ध सासुओलो पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो । पेड्रो ओबोयाङले पहिलो हाफको अन्तिम समयमा रातो कार्ड पाएका थिए । दोस्रो हाफमा घरेलु टिमले अग्रता बनायो । खेलको ५० औं मिनेटमा डानिलोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर,५८ औं मिनेटमा सासुओलोका डेफ्रेले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । खेलको ८२ औं मिनेटमा रामसेले गोल गर्दै युभेन्टसलाई २-१ को अग्रता दिलाए । खेलको इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई ३-१ को महत्वपूर्ण जित दिलाए । जितसँगै युभेन्टसले १६ खेलमा ३३ अंक जोडे...
विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ६६ लाख ९ हजार १८

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ६६ लाख ९ हजार १८

अन्तराष्ट्रिय, समाचार
विश्वमा एकैदिन ६ लाख ४ हजार ९ सय १८ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ । यसरी विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ६६ लाख ९ हजार १८ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमणबाट एकैदिन ८ हजार ८ सय जनाको मृत्यु भएको छ । यसरी विश्वमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १९ लाख २४ हजार ५ सय १२ पुगेको छ । त्यस्तै विश्वमा ६ करोड ४७ लाख ९३ हजार ३ सय २९ जना संक्रमित उपचारपछि निको भएका छन् । ...