शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

स्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा ४५२२ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ४५२२ संक्रमित थपिए

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा ४५२२ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक १६ हजार नौ सय १३ जनाको परीक्षण गरिएको थियो।स सो अवधिमा ४१ जना संक्रमितको मृत्यु भएको छ। यस्तै आज ४ हजार नौ सय ४५ जना संक्रमणमुक्त भएका छन्। हालसम्म देशभर पाँच लाख ६४ हजार आठ सय ८२ जना कोरोनामुक्त भएका छन्। निको हुन दर ९०.२ प्रतिशत पुगेको छ । ...
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमित

समाचार, स्वास्थ्य
 नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो। पछिल्लो २४ घण्टामा ६६७७ जनामा पिसिआर परीक्षण गरिएकोमा १४२१ पोजेटिभ देखिएको थियो भने ४२४९ को एन्टिजेन परीक्षण गरिएकोमा १०२१ मा पोजेटिभ देखिएको थियो। कूल २ हजार ४ सय ४२ जना संक्रमित थपिएका छन्। देशभर पछिल्लो २४ घण्टामा २ हजार ४५६ जना कोरोनाबाट निको भएका छन्। त्यस्तै,५१ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ। आज थपिएका कोरोना संक्रममित मध्ये काठमाडौँमा ४५० , भक्तपुरमा २५ र ललितपुरमा ५३ जना गरी काठमाडौँ उपत्यकामा ५२८ जना थपिएका छन्। हाल देशभर ५५ हजार ५ सय ३२ जना सक्रिय संक्रमित रहेकोमा ५१ हजार ८ सय ३३ जना होम आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। यस्तै संस्थागत आइशोलेशनमा ३६ सय ९९ जनाको संस्थागत आइशोलेशनम...
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८२८ जनामा कोरोना संक्रमणको पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८२८ जनामा कोरोना संक्रमणको पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८२८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २२ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित फेला परेका हुन। यस्तै, पछिल्लो २४ घण्टामा थप ५२ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ८ हजार ५५८ जनाको मृत्यु भएको छ। सोही अवधिमा ३ हजार ८२ जना कोरोनाबाट मुक्त भएका छन्। ४३ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। ...
गत २४ घण्टामा विश्वभर ३ लाख ६१ हजार ५ सय ९३ जना कोरोनाका संक्रमित थपिए

गत २४ घण्टामा विश्वभर ३ लाख ६१ हजार ५ सय ९३ जना कोरोनाका संक्रमित थपिए

समाचार, स्वास्थ्य
विश्वभरमा हालसम्म १७ करोड ७३ लाख ८८ हजार ८ सय ७३ जनामा कोरोना भाइरस पुष्टि भएको छ भने ३८ लाख ३७ हजार ४ सय ५८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। हालसम्म १६ करोड १८ लाख १८ हजार ३ सय ८२ निको भएका छन् भने १ करोड १७ लाख ३२ हजार ३३ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ८३ हजार ७ सय २४ जना सिरियस केस रहेका छन्। गत २४ घण्टामा विश्वभर ३ लाख ६१ हजार ५ सय ९३ जना कोरोनाका संक्रमित थपिएका छन्। जसमध्ये सबैभन्दा बढी ब्राजिलमा ८८ हजार ९सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टा मै भारतमा ६२ हजार २ सय २७, अर्जेन्टिनामा २७ हजार २ सय ६०, कोलोम्बियामा २४ हजार ४ सय ५२, रसियामा १४ हजार १ सय ८२ र अमेरिकामा १० हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरी, वितेका २४ घण्टामै ८ हजार ६ सय ५७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। सबै भन्दा बढी ब्राजिलमा २ हजार ७ सय ६० जनाले ज्यान ग...
काठमाडौं महानगरपालिकाले आज र भोलि कोरोना विरुद्धको खोप लगाउने

काठमाडौं महानगरपालिकाले आज र भोलि कोरोना विरुद्धको खोप लगाउने

समाचार, स्वास्थ्य
 काठमाडौं महानगरपालिकाले आज र भोलि कोरोना विरुद्धको खोप लगाउने भएको छ। खोप अभावका कारण रोकिएको खोप अभियान अन्तर्गत आज र भोली काठमाडौंका विभिन्न स्थानहरुमा खोप लगाउने महानगरका स्वास्थ्य विभाग प्रमुख हरि बहादुर कुँवरले जानकारी दिए। उनका अनुसार जेठ २५ गते काठमाडौं उपत्यकालगायत देशभर सुरु भएको खोप अभियान काठमाडौंमा खोप अभावका कारण स्थगित भएको थियो। खोप अभाव भएपछि जेठ २७ गते सूचना जारी गरेर नै स्थगित गरेको कुँवरको भनाइ छ। उनी खोकिएको खोप जेठ ३१ गते सोमबार र असार १ गते मंगलबार पुनः संचालनमा ल्याउन लागेको बताउँछन्। उनका अनुसार महानगरपालिकाले ६०–६१ वर्ष उमेर समूहका नागरिक, भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्ति, कोरानाका बिरामीको उपचार जाँच र प्रत्यक्ष उपचारमा संलग्न चिकित्साकर्मी, प्यारामेडिक्स, नर्सिङका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो मात्रा लगाइने छ। खोप लगाउन वीर अस्पताल, मह...
कास्कीका पाँच राजनीतिक दलले जनताका लागि खोप व्यवस्था गर्न माग

कास्कीका पाँच राजनीतिक दलले जनताका लागि खोप व्यवस्था गर्न माग

समाचार, स्वास्थ्य
 कास्कीका पाँच राजनीतिक दलले जनताका लागि खोप व्यवस्था गर्न माग गरेका छन् । पाँच राजनीतिक दलका तर्फबाट बिहीबार संयुक्त विज्ञप्ति जारी गरी कास्कीमा ल्याइएको खोप अत्यन्त कम हुँदा यहाँका जनतामा निराशा छाएको भन्दै तत्काल सबैका लागि पुग्ने खोपको व्यवस्था गर्न माग गरेका हुन् । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, नेकपा (माओवादी केन्द्र) कास्कीका सचिव बखानसिंह गुरुङ, नेकपा (एमाले) कास्कीका अध्यक्ष धनराज आचार्य, जनता समाजवादी पार्टीका कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङ र राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रविमोहन ढकालद्वारा जारी विज्ञप्तिमा मुलुकमा कोरोना सङ्क्रमणको महामारी र यसले सबै गतिविधि ठप्प भएका कारण आमनागरिकका लागि कोभिडविरुद्वको खोप पहिलो आवश्यकता भएको भनिएको छ । विज्ञप्तिमा प्रदेश सरकार र स्थानीय सरकार नागरिकको अपेक्षाअनुसार खोप भित्र्याउन असफल भएको भन्दै चिन्ता व्यक...
पारासिटामोलको अभाव, फामेर्सीमा सहजै नपाइने

पारासिटामोलको अभाव, फामेर्सीमा सहजै नपाइने

समाचार, स्वास्थ्य
पारासिटामोल फामेर्सीमा सहजै नपाइने र अन्य फार्मेसीसमेत चहार्नुपर्ने संक्रमितका आफन्तको बाध्यता छ । यही अवस्था रहे पारासिटामोल हाहाकार हुन सक्ने सम्भावना प्रबल बनेको छ । नेपाल औषधि उत्पादक संघ, औषधि आयातकर्ता संघ, फार्मेसी सञ्चालक, औषधि थोक व्यवसायीले पनि ‘पारासिटामोल सहज तरिकाले नपाइने’ स्वीकारिसकेका छन् । औषधि व्यवस्था विभागको तथ्यांकअनुसार देशभर २९ हजार ५८ फार्मेसी दर्ता छन् । नेपाल औषधि थोक व्यवसायी संघ अध्यक्ष शिवराज बास्कोटा विभागले नेपाली औषधि उद्योगीलाई पारासिटामोल उत्पादनमा समयमै सहजीकरण नगर्दा अभाव भएको दाबी गर्छन् । ‘नेपाली उद्योगलाई विश्वासमा लिएर चा“डोभन्दा चा“डो सिटामोल उत्पादनमा प्रेरित गर्न आवश्यक छ,’ उनी भन्छन्, ‘बजारमा पारासिटामोल अभाव भएको यथार्थ हो ।’ भारतलगायत देशमा प्रतिट्याबलेट दुई रुपैया“मा बिक्री हुँदै औषधि नेपालमा पनि मूल्य समायोजन गर्नुपर्ने उनको जोड ...
नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ७० जना कोरोना संक्रमण मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ७० जना कोरोना संक्रमण मुक्त

समाचार, स्वास्थ्य
नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ७० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त ५ लाख ४ हजार ५ सय ३० पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार १ सय ५३ जनामा कोरोना संक्रामण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ९५ हजार ६ सय ६४ (पीसीआर) र १५ हजार ९ सय ४४ (एन्टीजेन) पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर १७ हजार ६ सय ६७ जनाको परीक्षण गर्दा सो परिमाणमा संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोना संक्रमणको कारण थप १ सय ८ जनाको मृत्यु भएको हो । ...
महानगरले आज ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिड –१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिने

महानगरले आज ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिड –१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिने

समाचार, स्वास्थ्य
काठमाडौँ महानगरपालिकाले आज ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिड –१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिने तयारी गरेको छ । खोप लगाउने कार्य बिहान १० बजेदेखि कामपाका ३२ वटै वडामा केन्द्र तयार गरिएको छ । चौँसठ्ठी वर्ष उमेर पुगेका नागरिकले आफूलाई पायक पर्ने केन्द्रमा पुगी खोप लगाउन सकिने बताइएको छ । खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानु पर्नेछ । यदि यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर सिफारिस लिएर जानुपर्नेछ । कामपाले खोप कार्यक्रममा भीड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरेको हो । सहरी स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै आज ६४ वर्ष उमेर समूहलाई, जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन तालिका सार्वजनिक गरेको छ । यसअघि कोभिड...
वीर अस्पताल कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको रुपमा सञ्चालन

वीर अस्पताल कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको रुपमा सञ्चालन

समाचार, स्वास्थ्य
सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको रुपमा सञ्चालनमा ल्याएको छ । अस्पतालमा अक्सिजन जडान गरी बुधबारदेखि बिरामीको उपचार शुरु गरिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा.जागेश्वर गौतमले जानकारी दिए । अहिले अस्पतालमा ५० जना सङ्क्रमितलाई भर्ना गरी उपचार सुरु गरिएको छ । ‘अहिले सबै शय्यामा बिरामी राखिएको छैन । पर्याप्त मात्रामा अक्सिजन जडान भएपछि अस्पताललाई पूर्ण रुपमा सञ्चालन गर्ने छौं,’ डा.गौतमले भने । केही दिनमा सय शैंया र पछि सबै पूर्वाधार जडान भइसकेपछि सबै शैंया सञ्चालनमा ल्याउने उनले बताए । सरकारले वीर अस्पतालको ५०० शैंयाको नयाँ सर्जिकल भवनमा नै युनिफाइड अस्पताल सञ्चालन गरेको हो । अहिले अस्पतालमा तरल अक्सिजन र सिलिण्डर अक्सिजनको व्यवस्था गरिएको छ । डा. गौतमले अस्पतालमा दुई वटा अक्सिजन प्लान्ट र एउटा तरल अक्सिजन प्लान्ट जडान गरिने जानकारी दिए । ‘एक–दुई दिनभ...