बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

स्वास्थ्य

आजदेखि काठमाडौं उपत्यकासहित देशभरका सबैजसो जिल्लामा जोन्सन एण्ड जोन्सनको कोभिड खोप अभियान सुरु

आजदेखि काठमाडौं उपत्यकासहित देशभरका सबैजसो जिल्लामा जोन्सन एण्ड जोन्सनको कोभिड खोप अभियान सुरु

समाचार, स्वास्थ्य
आजदेखि काठमाडौं उपत्यकासहित देशभरका सबैजसो जिल्लामा जोन्सन एण्ड जोन्सनको कोभिड खोप अभियान सुरु हुँदैछ। अमेरिकाबाट कोभ्याक्स फ्यासिलिटीअन्तर्गत सहयोगमा आएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप लगाउन लागिएको हो। यो खोप एक पटक लगाए मात्रै लगाए पुग्नेछ। जाेन्सनकाे १५ लाख ३४ हजार ४५० डाेज काेभ्याक्स सुविधामार्फत् नेपाललाई उपलब्ध गराएकाे हाे। खोप अभियानको पहिलो तथा दोस्रो दिन ५३ देखि ५४ वर्ष उमेर समूहभित्रका व्यक्तिहरु, पूर्ण र अति अशक्त अर्थात् अपांगताको क र ख वर्ग व्यक्ति, हाल नेपालमा बसोवास गरिरहेका शरणार्थी, सफाइकर्मी तथा स्वास्थ्यकर्मी रहने बताइएको छ। साथै, यसअघि छुटेका तोकिएका समूहका व्यक्तिलाई पनि खोप दिइनेछ। खोप अभियानको लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाले खोप केन्द्र तोकिसकेका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा गत मंगलबार बसेको कोभिड–...
संघीय संसद् प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना परीक्षण गरिने

संघीय संसद् प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना परीक्षण गरिने

समाचार, स्वास्थ्य
संघीय संसद् प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ। संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार शुक्रबार सांसदहरुको कोरोना परीक्षणको तयारी गरिएको छ। शुक्रबार बिहान साढे १० बजेदेखि दिउँसो ४ बजेसम्म सांसद, संसदका कर्मचारी तथा सचिवालयका कर्मचारीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्न लागिएको छ। संघीय संसदका प्रतिनिधि र राष्ट्रिय सभा दुवै तर्फका सांसद, मर्यादापालक तथा कर्मचारीको कोरोना परीक्षण गराउने तयारी भइसकेको पाण्डेले बताए। स्वास्थ्य मन्त्रालयसँग छलफल भएर एन्टिजेन विधिबाट सबैको कोरोना परीक्षण गर्ने निर्णय भएको उनले बताए। कोरोना परीक्षण गराउने सांसद तथा कर्मचारी करिब ७ सय जना हुने पाण्डेको भनाइ छ। संघीय संसद्को बैठक बस्ने तयारी भएसँगै संसद सचिवालयले सांसद तथा कर्मचारीहरुको कोरोना परीक्षण गर्न लागिएको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट...
बालबालिकालाई कोरोनाबाट जोगाउन  विज्ञको सुझाव

बालबालिकालाई कोरोनाबाट जोगाउन विज्ञको सुझाव

समाचार, स्वास्थ्य
बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् र उनीहरूलाई कोरोनाबाट बचाउनु अबको महत्त्वपूर्ण कार्य भएको चिकित्सकको सुझाव छ । बालबालिकालाई कोरोनाबाट जोगाउन अभिभावकको भूमिका महत्वपूर्ण हुने विज्ञको सुझाव छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ वर्षभन्दा मुनिका ४१ जना बालबालिकाको मृत्यु कोरोनाकै कारण भइसकेको छ । यसैगरी १० देखि १९ वर्ष उमेर समूहका ४८ जनाको कोरोनाबाट मृत्यु भएको छ । २० देखि २९ वर्ष उमेर समूहका २७६ जनाको मृत्यु कोरोनाबाट भएको छ । प्राप्त तथ्याङ्कले किशोर तथा युवासँगै बालबालिका कोरोनाको उच्च जोखिममा रहेका छन् भन्ने प्रस्ट देखाउँछ । शनिबारको मात्र तथ्याङ्क हेर्ने हो भने १० वर्षसम्मका ५२ जना बालबालिका कोरोना सङ्क्रमित भएका छन् भने ११ वर्षदेखि २० वर्षसम्मका १३० जना कोरोना सङ्क्रमित भएका छन् । नेपालमा कोरोनाको पहिलो चरणको सङ्क्रमणमा बालबालिका जोगिएका थिए । दो...
सरकारले निषेधाज्ञा खुकुलो गराएसँगै संक्रमितको संख्या बढ्दै

सरकारले निषेधाज्ञा खुकुलो गराएसँगै संक्रमितको संख्या बढ्दै

समाचार, स्वास्थ्य
सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । गत २० असारदेखि सरकारले निषेधाज्ञा खुकुलो गराएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढेसँगै तेस्रो लहर आउन सक्ने आँकलन गर्न थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ असारदेखि बुधबारसम्म २ लाख ७० हजार ४ सय ८९ जनाको कोरोना परीक्षण गर्दा ५९ हजार १ सय ७७ जनामा संक्रमण देखिएको छ । यसरी हेर्दा नेपालमा संक्रमणको अवस्था २१ दशमलव ८७ प्रतिशत हुन आउँछ । २० असारयता बुधबारसम्म ४४ हजार १ सय १ सय ४२ जनाको कोरोना परीक्षण गर्दा ९ हजार ८ सय ३८ जनामा संक्रमण देखिएको छ । यसरी हेर्दा २२ दशमलव २८ प्रतिशत संक्रमणदर रहेको हुन आउँछ । स्वास्थ्य मन्त्रालयका अनुसार १ असारदेखि २३ असारसम्म १ लाख ६७ हजार २ सय ७८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा ३९ हजार ७ सय ७३ जनामा संक्रमण देखिएको छ ...
नेपालमा पछिल्लो २४ घण्टामा २६३४ जना नयाँ कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा २६३४ जना नयाँ कोरोना संक्रमित थपिए

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा २६३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। देशभरकार विभिन्न प्रयोगशालामा ७५०३ जनाको पिसिआर परीक्षण गर्दा १७१८ जनामा संक्रमण पुष्टि भएको छ भने ५०८२ जनाको एन्टिजेन परीक्षण गर्दा ९१६ जनामा पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५६५ जनाले कोरोनालाई जितेका छन्। यस्तै, १५ जनाको ज्यान गएको छ। योसँगै हालसम्म ९२६३ जनाको मृत्यु भइसकेको छ। आज थपिएका कोरोना संक्रमित मध्ये काठमाडौं काठमाडौंका ३ सय ६५, ललितपुरमा १०५ जना र भक्तपुरमा २९ जना संक्रमित छन्। हाल काठमाडौंमा ५३३०, भक्तपुरमा ९७३ र ललितपुरमा १५२५ सक्रिय संक्रमित छन्। ...
नेपालमा १६०३ जना नयाँ संक्रमित थपिए :स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

नेपालमा १६०३ जना नयाँ संक्रमित थपिए :स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

समाचार, स्वास्थ्य
नेपालमा १६०३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १०४२ जना र एन्टिजन परिक्षण गर्दा ५६१ जना गरि जम्मा १६०३ जना नयाँ संक्रमित थपिएका हुन् ।    आज थपिएका कोरोना संक्रमितमध्ये काठमाडौंका ३४२ जना, ललितपुरका ८८ जना र भक्तपुरका ३१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा २५५२ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २७ हेको छ ।   मन्त्रालयका अनुसार हालसम्म ३५ लाख ७२ हजार ७९२ जनाको कोरोना परिक्षण गरिएको छ । परिक्षण गरिएको मध्ये ६ लाख ४२ हजार जना भन्दा बढी मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।  हालसम्म नेपालका कोरोना संक्रमणदर १९ प्रतिशत रहेको छ । २० वर्ष देखि ६० बर्ष उमेरसमूहका मानिसहरुका सबैभन्दा बढी कोरोना संक्रमण भएको छ ।  ...
आयुर्वेदिक चिकित्सा पद्धतिलाई जनस्तरमा पु¥याउने समयमै ठोस कार्यक्रम र बजेट प्राप्त नहुँदा प्रभावकारीरूपमा काम गर्न सकिएन

आयुर्वेदिक चिकित्सा पद्धतिलाई जनस्तरमा पु¥याउने समयमै ठोस कार्यक्रम र बजेट प्राप्त नहुँदा प्रभावकारीरूपमा काम गर्न सकिएन

समाचार, स्वास्थ्य
कोभिड–१९ सङ्क्रमणको महामारीमा आयुर्वेदिक चिकित्सा पद्धतिको प्रर्वधन आवश्यक देखिएको भए पनि यसतर्फ सम्बद्ध निकायको ध्यान पुगेको छैन । कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आयुर्वेदिक चिकित्सा पद्धतिको प्रयोग प्रभावकारी हुँदै गएपछि यस पद्धतितर्फ सर्वसाधारणको आकर्षण बढ्न थालेको छ । जनस्तरमा आकर्षण बढेपछि सेवाको प्रवद्र्धनका लागि पर्याप्त बजेट र कार्यक्रमको माग गरिँदै आएको छ तर प्रदेश सरकार मातहतका आयुर्वेद स्वास्थ्य केन्द्रहरुका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा निकै न्यून बजेट छुट्याएको छ । आगामी आव २०७८/७९ को बजेटमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको वार्षिक आयुर्वेदिक सेवा कार्यक्रमका लागि र तीन लाख, महामारी रोकथामका लागि रु दुई लाख र केन्द्रको स्तरोन्नतिका लागि रु एक लाख बजेट विनियोजन भएको छ । कोभिड-१९ का सङ्क्रमितको उपचारमा मेहनतका साथ लागेको जिल्ला आयुर्वेद स्वास्थ्य क...
नेपालमा कोरोनाको संक्रमणदर घट्दै, निको हुनेको दर ९३ प्रतिशत

नेपालमा कोरोनाको संक्रमणदर घट्दै, निको हुनेको दर ९३ प्रतिशत

समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा कोरोनाको संक्रमणदर घट्दै गएको देखिन्छ। पछिल्लो २४ घण्टामा मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा १ दशमलव ५ प्रतिशत संक्रमणदर रहेको छ। नेपालमा निको हुनेको प्रतिशत पनि अन्य देशहरुभन्दा बढी रहेको पाइन्छ। मन्त्रालयका अनुसार नेपालमा निको हुनेको दर ९३ प्रतिशत रहेको छ। प्रदेश अनुसार होम आइसोलेसनमा बस्नेहरुको संख्यामा आएको कमीका कारण नेपालमा कोरोनाको संक्रमण कम भएको भन्न सकिने अवस्था छ। हाल जम्मा ३२ हजार ३ सय ४९ जना होमआइसोलेसमा रहेका छन्। संस्थागत आइसोलेसनमा २ हजार ९ सय ६१ जना, आइसीयूमा ६ सय ४९ जना र भेन्टिलेटरमा १ सय ८४ जना रहेका छन्। कोरोना संक्रमण घट्दो क्रममा रहे पनि जोखिम भने अझै कायम रहेका जनस्वास्थ्यविद्हरुको भनाइ छ। लामो समयसम्म गरिएको निषेधाज्ञा खुकुलो हुनु, असारमा खेतिपातिको काम पनिसँग भएकाले पनि जोखिम का...
चीनले नेपाललाई करिब ५० लाख डोजको  आधाजति यही असारभित्र दिने

चीनले नेपाललाई करिब ५० लाख डोजको आधाजति यही असारभित्र दिने

समाचार, स्वास्थ्य
चीनले एक महिनाअघि नेपाललाई उपलब्ध गराउने भनेको ५० लाख डोज खोपअन्तर्गत करिब आधाजति यही असारभित्र आउने भएको छ। चीनले नेपाललाई अनुदानमा १८ लाख र खरिद प्रक्रियाअन्तर्गत ५० लाख डोज खोप दिने घोषणा गरेको थियो। बेइजिङस्थित नेपाली दूतावासलाई प्राप्त सूचनाअनुसार यो चरणमा चीनले घोषणा गरेको डोजभन्दा कम खोप दिने स्थिति रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ‘चीनस्थित नेपाली दूतावासलाई जानकारी भएअनुसार २० देखि ३० लाख डोज खोप दिने कुरा छ तर यति नै दिने भनेर यकिनसहितको पत्र आइसकेको छैन’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ डा। रोशनकुमार पोखरेलले भने। खरिदअन्तर्गत आउने यो खोपको मूल्य भने एउटाको १० देखि १४ अमेरिकी डलर पर्नेछ। चीनले नेपाललाई सिनोफार्म कम्पनीबाट उत्पादित ‘भेरोसेल खोप’ बिक्री गर्न लागेको हो। लिखित रुपमा सम्झौतापत्र आइनसके पनि चीनले विश्वका ५० भन्दा बढी देशमा खोप बिक्री गरिरहेको र...
पछिल्ला दुई दिनमा कोरोनावाट सङ्क्रमित हुनेको मृत्यु दर झरेर शून्यमा

पछिल्ला दुई दिनमा कोरोनावाट सङ्क्रमित हुनेको मृत्यु दर झरेर शून्यमा

समाचार, स्वास्थ्य
कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिनमा यो रोगवाट सङ्क्रमित हुनेको मृत्यु दर शून्यमा झरेको छ । गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी नआएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । यो अवधिमा एक हजार ८९२ जनाको नमूना परीक्षण गरिएकोमा ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । ४४४ जना उपचार व्यवस्थापन पछि घर फर्किनु भएको छ । दोस्रो लहर फैलिएयता प्रदेशमा पहिलो पटक गएको जेठ २५गते पनि मृत्यू दर शून्य रहेको थियो । प्रदेशमा अहिलेसम्म ४३ हजार४४२ सङ्क्रमित पुगेका छन् । प्रदेशमा अहिले सम्म दुई लाख ५९ हजार ८८७ जनाको कोरोना भाइरसको नमूना परीक्षण गरिसकिएको छ । दोस्रो लहरको कारोना भाइरस फैलिएयता गएको जेठ ७ गते एकै दिनमा प्रदेशमा सबै भन्दा बढी ९८४ जना नयाँ सङ्क्रमित थपिएका थिए । प्रदेशमा सबै भन्दा बढी एकै दिन ३१ जना सङ्क्रमितको ...