फेव्रुअरी महिना भरि सचेतनामुलक कार्यक्रम गर्दै आयोडिन मन्थ मनाईने
-नेपाल सरकारले प्रत्येक बर्ष अंग्रेजी क्यालेण्डर अनुसार फेव्रुअरी महिनालाई आयोडिन मन्थका रुपमा मनाउदै आएको छ । सोहीको निरन्तरता स्वरुप यस बर्ष पनि सरकारले फेव्रुअरी महिनालाई आयोडिन मन्थका रुपमा मनाउदै छ । आयोडिनको कमीबाट हुने विकृति रोकथामका लागि जनचेतना जगाउने उदेश्यका साथ फेव्रुअरी महिनालाई आयोडिन मन्थका रुपमा मनाउने गरिएको हो । नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई आयोडिन मन्थका रुपमा घोषणा गरी आयोडिन सम्बन्धी चेतनामूलक गतिविधि संचालन गरिदै आईएको छ ।
त्यसो त, जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुनाले नेपालमा नुनमा आयोडिन मिसाई प्रत्येक घर घरमा आयोडिनयुक्त नुनको पहुँच बिस्तारको नीति नेपाल सरकारले लिएको छ । हरेक नेपालीको घर दैलो एवम् चुलो चौकोसम्म आयोडिनयुक्त नुनको पहुँच प्रभावकारी रुपमा पुगोस् भन्ने हेतुले सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशन...







