आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

नीलहीरा सामुदायिक समाजका तेश्रोलिङ्गीहरुलाई व्यावसायिक सिप विकास तालिम प्रदान

नीलहीरा सामुदायिक समाजका तेश्रोलिङ्गीहरुलाई व्यावसायिक सिप विकास तालिम प्रदान

समाचार, समाज
काठमाडौँ — चैत्र २५ । जेसीआई काठमाडौं लेडी नेपालको आयोजनामा गत चैत्र २४ गत्ते सानेपास्थित साथी श्रम प्रशिक्षण केन्द्रमा नीलहीरा सामुदायिक समाजका तेश्रोलिङ्गी सदस्यहरुलाई व्यापारिक सिप विकास तालिम (वेकरी) शुभारम्भ गरिएको छ । यस संस्थाको उद्देश्य संविधानले मान्यता दिएतापनि समाजले नगरेको र बाध्यताले गर्नुपर्ने कामलाई विस्थापन गराउने तथा दिगो विकास अन्तर्गत आर्थिक वृद्दि तथा समाजमा मर्यादित रोजगार लक्ष्य राखेर सामाजिक रुपान्तरणमा सहयोग पुग्ने विश्वास संस्थाकी अध्यक्ष अर्चना श्रेष्ठ मुनकर्मीले जनाएकी छिन ।...
नेपालमा पहिलो पटक ‘मिडिया, कम्युनिकेसन र एड्भर्टाइजिङ एक्स्पो – २०१९’ भृकुटी मण्डपमा आयोजना हुने

नेपालमा पहिलो पटक ‘मिडिया, कम्युनिकेसन र एड्भर्टाइजिङ एक्स्पो – २०१९’ भृकुटी मण्डपमा आयोजना हुने

समाचार, समाज
काठमाडौँ — चैत्र २५ । यहि चैत्र २८, २९ र ३० गते काठमाडौँको भृकुटी मण्डपमा ‘मिडिया, कम्युनिकेसन र एड्भर्टाइजिङ एक्स्पो – २०१९’ तथा ‘अन्तरास्ट्रिय मिडिया सम्मेलन’ हुने भएको छ । करिब १९ देशबाट सहभागिता रहने कार्यक्रम बारे आज राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । नेपाल सरकारले आमसंचार विकासमा लिएको लक्ष्य पुरा गर्न यो एक्स्पोले निकै मद्घत पुग्नेमा आयोजक बिष्वस्त छन । एक्स्पोमा सुचना-संचार-प्रविधि सम्बन्धि कम्पनीहरु, निजि तथा सरकारी- गैरसरकारी संघ संस्था हरु तथा ति संघ-संस्था संग सम्बन्धित व्यक्तिहरु लगायत सहभागी हुने छन । एक्स्पोमा ‘अन्तरास्ट्रिय मिडिया सम्मेलन’ पनि हुने हुदा ४५ भन्दा बढी विज्ञहरु, सरोकारवालाहरू, मिडिया क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरुले कार्यपत्र प्रस्तुत गर्नुका साथै विभिन्न विषयमा छलफल गर्ने छन् । आयोजकका अनुसार सम्मेलनमा देश तथा वि...
एक बर्षसम्मअंग्रेजी शिक्षकको तलबको लागि मासिक दश हजार सहयोग गर्ने वडा अध्यक्ष श्रेष्ठको घोषणा

एक बर्षसम्मअंग्रेजी शिक्षकको तलबको लागि मासिक दश हजार सहयोग गर्ने वडा अध्यक्ष श्रेष्ठको घोषणा

शिक्षा, समाचार, समाज
तनहुँ— चैत्र २५ । तनहुँको व्यास नगरपालिका वडा न. ५ का वडा अध्यक्ष मोहन कुमार श्रेष्ठले आफ्नो तलब बापत आउने रकम आफ्नै वडामा रहेको शुक्र आधारभुत बिधालयलाई मासिक १० हजारको दरले एक बर्ष सम्ममा एक लाख बिस हजार दिने घोषणा गरेका छन् । शुक्र आधारभुत बिधालयको शनिबार सम्पन्न अभिभावक भेलाका क्रममा अध्यक्ष श्रेष्ठले उक्त घोषणा गरेका हुन । वडा अध्यक्ष श्रेष्ठले आफ्नो तलब मध्येबाट मासिक दस हजार रुपैयाको दरले २०७६ सालको शैक्षिक सत्रबाट एक बर्ष सम्म दिने घोषणा गरेका छन् । श्रेष्ठले अंग्रेजी विषय पढाउने निजि शिक्षक नियुक्तिको लागि उक्त रकम सहयोग गरेको बताए थिए । सोही अवसरमा श्रेष्ठले बारा र पर्सामा आएको हावाहुरीबाट भएको जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई आफ्नो एक महिनाको तलब बराबरको १९ हजार ८ सय समेत सहयोग गर्ने घोषणा गरेका छन ।...
बर्ड फ्लू भेटिएपछि काठमाडौँमा सचेत रहन पशु चिकित्सकको आग्रह

बर्ड फ्लू भेटिएपछि काठमाडौँमा सचेत रहन पशु चिकित्सकको आग्रह

समाचार, समाज
काठमाडौँ — चैत्र २४ । काठमाण्डौ उपत्यकासहित मोरङ र सर्लाहीमा बर्ड फ्लू देखिएपछि सचेत रहन पशु चिकित्सकले आग्रह गरेका छन् । सकेसम्म कुखुरालगायत पशुको मासु नखान, रोग भेटिएको आसपासका ठाउँबाट पन्छिको मासु नकिन्न, र खानै परे राम्रोसँग पकाएर मात्र खान पशु सेवा विभागका उपमहानिर्देशक सम्झना काफ्लेले आग्रह गर्नुभयो । व्यवसायीलाई पनि रोगबाट संक्रमित ठाउँबाट पन्छी नकिन्न पनि उहाँले सुझाव दिनुभएको छ । खानेलाई भन्दा मासु काट्ने, किनेर ल्याउने, कुखुराको हेरचाह गर्नेलाई रोग सर्ने जोखिम धेरै हुने चिकित्सकहरुको भनाइ छ । काठमाण्डौमा काग र कुखुरामा बर्ड फ्लू भएको पुष्टि भएपछि निगरानी बढाइएको पशु सेवा विभागले जनाएको छ । काठमाण्डौको नारायणहिटी दरबार र बेलायती दुतावास रहेको क्षेत्रमा मरेका भेटिएका झण्डै ३ सय कागमा बर्ड फ्लू भएको पुष्टि भएपछि थप निगरानी बढाइएको पशु सेवा विभागका उपमहानिर्देशक काफ्लेले ...
नेपाल मिडिया सोसाइटी भन्छ– ‘प्रेसविरोधी निर्देशन खारेज गर’

नेपाल मिडिया सोसाइटी भन्छ– ‘प्रेसविरोधी निर्देशन खारेज गर’

समाचार, समाज
काठमाडौँ — चैत्र २२ । नेपाल मिडिया सोसाइटीले प्रेसलाई नियन्त्रण गर्ने खालका आदेश र निर्देशन तत्काल सच्याउन सरकारसित माग गरेको छ । सूचना तथा प्रसारण विभागले प्रेस पासका लागि व्यक्तिगत गोपनीयतासँग समेत जोडिने बैंक स्टेटमेन्ट बुझाउनुपर्ने निर्देशन जारी गरेकाले पत्रकारले बैंक स्टेटमेन्ट नबुझाएसम्म प्रेस पास पाएका छैनन् । यस्ता निर्देशन प्रेसलाई नियन्त्रण गर्ने उद्देश्यबाट आएको सोसाइटीको ठहर छ । सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले बिहीबार विज्ञप्ति जारी गर्दै प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि पञ्चायतकाल बिर्साउने गरी आदेश जारी भएको बताएका छन् । ‘नेपाली मिडियाको समेत अपनत्व रहेको संविधानको प्रेस स्वतन्त्रतासम्बन्धी प्रदत्त र अविच्छिन्न अधिकार उपभोगमा कुनै पनि प्रकारको बन्देज नलगाइयोस् भन्ने कुरा सम्माननीय प्रधानमन्त्री र सिंगो मन्त्रिपरिषद्मार्फत सच्याइयोस् भन्ने माग गर्दछौं,’ विज्ञप्त...
प्रदेश–२ मा एसइई परीक्षा पुनः सुरु, केन्द्राध्यक्षबाहेक सबैलाई मोबाइल निषेध

प्रदेश–२ मा एसइई परीक्षा पुनः सुरु, केन्द्राध्यक्षबाहेक सबैलाई मोबाइल निषेध

शिक्षा, समाचार, समाज
काठमाडौँ — चैत्र २२ । परीक्षा सुरु हुनुपूर्व नै प्रश्नपत्र आउट भएपछि रद्द र स्थगित गरिएको प्रदेश नम्बर–२ को एसइई परीक्षा शुक्रबारदेखि पुनः सुरु भएको छ । प्रश्नपत्र ‘आउट’ भएपछि राष्ट्रिय परीक्षा बोर्डले रद्द र स्थगित गरेको एसइई परीक्षाअन्तर्गत् शुक्रबार विज्ञान विषयको परीक्षा सुरु भएको हो । प्रदेश–२ का ८ ओटै जिल्लामा रद्द र बाँकी विषयको परीक्षा शुक्रबारदेखि पुनः सुरु भएको हो । प्रदेश–२ मा जम्मा २६३ परीक्षा केन्द्र छन् भने ७० हजार ५६८ परीक्षार्थी परीक्षामा सहभागी भएको प्रदेश–२ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिए । मोबाइल निषेध चैत २९ गतेसम्म चल्ने परीक्षालाई मर्यादित बनाउँदै अवान्छित गतिविधि रोक्न केन्द्राध्यक्षबाहेक परीक्षामा खटिने परीक्षा निरीक्षक, सुरक्षाकर्मी, कर्मचारी र सहयोगी सबैलाई मोबाइल निषेध गरिएको छ । यसअघि, विज्ञान र समाजिक विषयको परीक्षापूर्व नै ...
सशस्त्र प्रहरी महिला परिवारबाट विनासकारी आँधी प्रभावित जिल्लाका परिवारलाई राहात वितरण

सशस्त्र प्रहरी महिला परिवारबाट विनासकारी आँधी प्रभावित जिल्लाका परिवारलाई राहात वितरण

समाचार, समाज
सशस्त्र प्रहरी महिला संघका अध्यक्ष सरिता कंडेल खनालको नेतृत्वमा गएको टोलीले बारा तथा पर्साका आंधीबेहेरी पिडित परिवारहरुलाई राहत वितरण गरेको छ । सशस्त्र प्रहरी महिला संघले विनासकारी आँधी प्रभावित जिल्लाका परिवारलाई बाराको फेटा गाउँपालिका ६, पुराईनियाँ पुगेर  राहात वितरण लगायत आर्थिक सहयोग  गरेको हो । लामो समयदेखी समाजसेवामा समेत सक्रिय सौन्दर्यविद शिलाष्मा हमाल तथा सशस्त्र प्रहरी महिला संघका अध्यक्ष सरिता कंडेल खनालले प्रमुख जिल्ला अधिकारी तथा गाउपालिका अध्यक्षको रोहवरमा आंधीबेहरीबाट पिडित र हुरी बतासले क्षति पुर्याएका स्थानमा राहत सामाग्रीहरु त्रिपाल, चाउचाउ, विस्कुट चिउरा खानेपानी जस्ता सामाग्रीहरु वितरण गरेर फर्किएकी छिन । यस्तो राहत सामग्रीले पीडितहरुलाई तत्काल केही राहत भएपनि दीर्घकालिन समस्याको समाधानका लागी राज्यले नै तत्काल आवश्यक पहल गर्नुपर्ने समाजसेवी हमालले बताइन । राहत वित...
जिल्ला प्रशासन कार्यालयले गृहलाई बुझायो क्षतिको प्रारम्भिक विवरण, १८ सय ९५ घरमा क्षति

जिल्ला प्रशासन कार्यालयले गृहलाई बुझायो क्षतिको प्रारम्भिक विवरण, १८ सय ९५ घरमा क्षति

समाचार, समाज
काठमाडौँ — चैत्र २० । जिल्ला प्रशासन कार्यालय बाराले तयार पारेर गृहमन्त्रालयलाई बुझाएको प्रारम्भिक विवरण अनुसार आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको भीषण हावाहुरीका कारण १८ सय ९५ घरमा क्षति पुगेको छ । जिप्रका बाराले गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखालाई तयार पारेर बुझाएको प्रारम्भिक विवरण अनुसार ९ सय ४० घरधरीमा पूर्ण क्षति भएको पाइएको छ। जसमा तीनवटा इँटा उद्योग र एक स्वास्थ्य चौकी समेत सामेल छ। साथै ९ सय ५५ घरमा भने आंशिक क्षति मात्रै पुगेको छ। हावाहुरीले सबैभन्दा धेरै क्षति बाराको फेटा गाउँपालिकामा पुर्‍याएको छ। त्यहाँको भरवलियामा १३० घर पूर्णरुपमा क्षति भएका छन् भने ६० घरमा आंशिक क्षति पुगेको छ। यस्तै पुरैनियामा ५५ घर पूर्ण रुपमा ध्वस्त भएका छन् भने २५ घरमा आंशिक क्षति भएको छ। फेटाकै गम्हरियाको ९ घरमा पूर्ण क्षति र ६ घरमा आंशिक क्षति पुगेको छ। सोही गाउँपा...
तीन सय बिघा वन ठेकेदारको लापरवाहीले गर्दा बग्यो

तीन सय बिघा वन ठेकेदारको लापरवाहीले गर्दा बग्यो

समाचार, समाज
टीकापुर— चैत्र २० । हाइग्रिभा–सिद्धी शाही प्रकाश जेभी सामाखुशी काठमाडौँले कर्णाली नदीमा तटबन्धको ठेक्का लिई काम नगरेकाले कारवाही गर्न स्थानीयवासीले माग गरेका छन् । समयमा काम पूरा नगर्दा सत्ती कर्णाली सामुदायिक वन क्षेत्र कटान भएको छ भने लाखौँ मूल्यको वेतको जङ्गल बगिसकेको छ । रानीजमरा कुलरिया सिँचाइ आयोजनाबाट विसं २०७२ चैतमा एक हजार ७०० मिटर तटबन्धको काम पाएको जेभीले तीन वर्षसम्म करीब ६०० मिटर काम पनि पूरा गरेको छैन । ‘समयमै तटबन्ध गरेको भए त्यस क्षेत्रको करीब ३०० बिघा वन जोगिन्थ्यो, पोहोर पूरा गरेको भए आठ बिघा वेत वन जोगिने थियो,’ सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिंह साउदले भने, ‘यस वर्ष पूरा भएन भने जङ्गल त जान्छ नै बस्ती पनि खतरामा पर्नेछ ।’ तत्काल काम शुरु नगरे निर्माण कम्पनीलाई कालोसूचीमा राखी कारवाही चलाउन र यसैवर्ष तटबन्धको बाँकी काम पूरा गर्न सिँचाइ आयोजनालाई अनुर...
नेता, उच्चपदस्थ कर्मचारीदेखि पहुँचवाला सबैको सम्पत्ति छानबिन हुँदैछ : प्रमुख आयुक्त घिमिरे

नेता, उच्चपदस्थ कर्मचारीदेखि पहुँचवाला सबैको सम्पत्ति छानबिन हुँदैछ : प्रमुख आयुक्त घिमिरे

समाचार, समाज
काठमाडौँ — चैत्र १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएर राज्यको ढुकुटी मास्ने ठूला र पहुँचवालाहरुमाथि छानबिन गरिरहेको छ । यस्ता १०० जनामाथि निरन्तर अनुसन्धान गरिरहेको अख्तियारले जनाएको हो । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले छानबिनमा पर्नेमा राजनीतिक नेतादेखि उच्चपदस्थ कर्मचारी र पूर्वपदाधिकारीसमेत रहेको बताएका हुन् । सामान्य घुसका पछि लागेको भन्दै अख्तियार नेतृत्वको आलोचना भइरहेका बेला अकूत सम्पत्ति आर्जन गर्ने पहुँचवालाहरुमाथि पनि छानबिन थालिएको घिमिरेले ‘मिनि संसद’ अर्थात् समितिमा जानकारी दिएका हुन् । अख्तियार नेतृत्वमाथि कसैको दबाब नरहेको दाबी गर्दै घिमिरेले दोषी कसैलाई पनि नछाडिनेसमेत बताए । अख्तियार चुप लागेर नबसेको भन्दै अकूत सम्पत्तिका विषयमा प्रारम्भिक छानबिन भइरह...