किवानिज इन्टरनेस्नल वोर्ड ट्रस्टिजमा नेपालका मोहन लम्साल विजय
बिगत लामो समय देखि पर्यटन क्षेत्रलाई आफ्नो ब्यवसाय बनाउनु भएको मोहन लम्सालले नेपाललाई विश्व सामु परिचित गराउदै लानु भएको छ । यसै क्रममा भरखरै अमेरिकाको मेनियपोलिसमा सम्पन्न भएको इन्टरनेस्नल कन्भेन्सनमा नेपालको झन्डा फहराउदै किवानिज इन्टरनेस्नल वोर्ड ट्रस्टिज २०२३-२०२६ जस्तो गरिमामय पदमा विजय भइ नेपाललाई विश्व सामु चिनाउन सफल हुनु भएको छ ।
यस प्रसंसनिय काम अनि गरिमामय पद संगै महत्वपूर्ण जिमेवारी पाउनु भएकोमा हामी किवानिज नेपाल डिस्ट्रिक अन्तर्गतको क्लबहरुको तर्फबाट सफल कार्येकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं। शुभकामना प्रार्थी क्लबहरु: किवानिज क्लब लालीगुराँस, किवानिज क्लब रुकुम खारा , किवानिज क्लब एभरेष्ट, किवानिज क्लब सिन्धुपाल्चोक, किवानिज क्लब गछिया ।
बालबालिकाको क्षेत्रमा बिगत लामो समय देखि अन्तर्राष्ट्रिय रुपमा काम गर्दै आइरहेको किवानिज इन्टरनेस्नल नेपाल...









