आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

नेपाल विद्युत प्राधिकरणले असोज २२ सम्म विद्युत महसुल तिरे जरिवाना नलिने

नेपाल विद्युत प्राधिकरणले असोज २२ सम्म विद्युत महसुल तिरे जरिवाना नलिने

समाचार, समाज
काठमाडौं । आगामी असोज २२ गतेसम्म विद्युत महसुल तिरे बिलम्ब शुल्क नलाग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले कोभिड–१९ महामारीका कारण विद्युत महसुल भुक्तानीमा उपभोक्तालाई समस्या परेको भन्दै असोज २२ गतेसम्म बिल तिर्दा अतिरिक्त शुल्न नलिने जनाएको छ । यस्तै असोज २३ गतेदेखि असोज ३० गतेसम्म महशुल बुझाउँदा भने थप ५ प्रतिशत बिलम्ब शुल्क तिर्नुपर्ने प्राधिकरणले स्पष्ट पारेको छ । यसअघि मंगलबार ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरणका अधिकारीहरुलाई मन्त्रालयमा बोलाएर जरिवाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।  प्राधिकरणले जारी गरेको सुचनामा भनिएको छ, ‘२०७७ साल भाद्र महिनामा देशका अधिकांश स्थानहरुमा कोभिड १९को संक्रमणले गर्दा लकडाउन भएकाले विद्युतको मिटर रिडिंग तथा विलिंग समयमा हुन नसकि महशुल भुक्तानीका सन्दर्भमा उपभोक्ता वर्गमा अन्योल उत्पन्न भएको भन्ने वुझिन आएको छ । उपभोक्तावर्ग...
ऊर्जा मन्त्रीको निर्देशन, रिडिङ हुन नसकेका ग्राहकलाई जरिवाना नगर्नु

ऊर्जा मन्त्रीको निर्देशन, रिडिङ हुन नसकेका ग्राहकलाई जरिवाना नगर्नु

समाचार, समाज
कोरोना महामारीका कारण समयमा मिटर रिडिङ हुन नसकेका ग्राहकलाई जरिवाना लगाउने काम नगर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । मन्त्री पुनले आज प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपानेलाई मन्त्रालयमा बोलाएर त्यस्ता ग्राहकलाई तत्काल जरिवाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । कोरोना नियन्त्रणका लागि गरिएको लामो बन्दाबन्दीका कारण प्राधिकरणका अधिकांश ग्राहस्थ र औद्योगिक ग्राहकको मिटर रिडिङ हुन सकेको थिएन । कतिपय ग्राहकबाट सो अवधिमा मिटर रिडिङ नभएका कारण जरिवाना लगाइएको गुनासो आएपछि मन्त्री पुनले तत्काल प्राधिकरणको उच्च नेतृत्वलाई बोलाएर जरिवाना नलगाउन निर्देशन दिएका हुन । मन्त्री पुन प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत हुन । ...
आज बिहान ७ बजेदेखि काठमाडौंका विभिन्न स्थानमा साढे २ घण्टा बिजुली जाने

आज बिहान ७ बजेदेखि काठमाडौंका विभिन्न स्थानमा साढे २ घण्टा बिजुली जाने

समाचार, समाज
काठमाडौं । आज बिहान काठमाडौंका विभिन्न स्थानमा साढे २ घण्टा विद्युत् बन्द गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार रत्नपार्क वितरण केन्द्र र बानेश्वर वितरण केन्द्रअन्तर्गत सिंहदरबारका २ फिडर मर्मत सम्भार गर्नुपर्ने भएकाले अहिले बिहान ७ बजेदेखि साढे ९ बजेसम्म काठमाडौंका मुख्य स्थानमा बिजुली बन्द गरिने भएको हो । यसअन्तर्गत सिंहदरबारभित्र मन्त्रालय, सिहंदरबार दक्षिण गेट बाहिर न्युरो हस्पिटल, काठमाडौं जिल्ला अदालत, सडक विभाग, सिंहदरबार उत्तरतर्फ, लोकसेवा आयोग, महालेखा नियन्त्रण कार्यालय, सिंहदरबार वैद्यखाना र बानेश्वर वितरण केन्द्रतर्फका सबै स्थानमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । साथै प्राधिकरणको सूचनामा भनिएको छ ‘ग्राहक वर्गमा पर्न गएका असुविधाप्रति क्षमाप्रार्थी छौं र सो कार्य निर्धारित समयअगावै सम्पन्न भएमा सो समयभन्दा अगावै लाइन सुचारु हुन सक...
उपत्यकामा अनलाइन सपिङ सहित ५२ ठाउँमा दशैँलक्षित सुपथ पसल

उपत्यकामा अनलाइन सपिङ सहित ५२ ठाउँमा दशैँलक्षित सुपथ पसल

आर्थिक, समाचार, समाज
 काठमाडौँ उपत्यकासहित देशभरमा दशैँलक्षित सहुलियत पसल सञ्चालनमा ल्याइने भएको छ । यसपटक निजीक्षेत्रलाई समेत समेटेर सरकारले यस वर्षको दशैँलक्षित सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको संयुक्त सञ्चालनमा उपत्यकासहित कम्तीमा ५२ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका देशभरका मुख्य कार्यालय, सात वटा प्रादेशिक कार्यालय, पाँच वटा मुख्य शाखा कार्यालय, २३ वडा शाखा कार्यालय तथा १६ वटा डिपो कार्यालयबाट सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । साल्ट ट्रेडिङको सबै आउटलेटमा पनि सहुलियत सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ । सहुलियत पसल सञ्चालनको निर्णय र मोडालिटीको बारेमा आज बस्ने बैठकले निर्णय गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी शर्मीला न्यौपाने सुवेदीले गोरखापत्र अ...
ललितपुर महानगरमा फुटपाथ पसल निषेध

ललितपुर महानगरमा फुटपाथ पसल निषेध

समाज
असोज १२ काठमाडौं ।ललितपुरको पुल्चोक, कुपण्डोल, जावलाखेल र कुमारीपाटीमा फुटपाथ पसल राख्न निषेध गरिएको छ । ललितपुर महानगरपालिकाले सहरलाई सुन्दर र हराभरा बनाउने उद्देश्यसहित उक्त कार्य अघि बढाएको जनाएको हो । कुमारीपाटीको महायान पेट्रोल पम्पको फुटपाथमा व्यापार व्यवसाय गर्न र सवारीसाधन पार्क गर्न आजदेखि निषेध गरिएको नगर प्रहरी प्रमुख सीताराम हाँछेथुले बताए । उनले भने, “हामीले फुटपाथमा तरकारी व्यवसाय, निर्माण सामग्री थुपार्न, सवारी साधन पार्क र वर्कसपको काम गर्नसमेत रोक लगाएका छाँै ।” महानगरपालिकाका विभिन्न स्थानलाई चरणबद्ध रुपमा व्यवस्थीत बनाउँदै लगिने योजनानुरुप सो कार्य अघि बढाइएकौ हाँछेथुको भनाइ छ । फुटपाथ पैदल यात्रुलाई मध्यनजर गरेर छुट्याइएको ठाउँ भएकाले उनीहरुको सहजतामा उक्त निर्णय गरिएको उनले उल्लेख गरे । यसैगरी ललितपुरको जावलाखेलमा एकैसाथ चिल्ड्रेन, मिडल, पिस र गणेशमान नामक चार उ...
महानगरका सबै वडामा मंगलबारदेखि राजश्व प्रणाली अनलाइनबाट

महानगरका सबै वडामा मंगलबारदेखि राजश्व प्रणाली अनलाइनबाट

समाचार, समाज
 काठमाडौं महानगरका २० वटा वडाबाट ५० जना करदाताले अनलाइन प्रणालीबाट रकम भुक्तानी गरेका छन्। महानगरलाई बुझाउनु पर्ने कर राजस्व निर्धारण तथा संकलन अनलाइन प्रणालीबाट भुक्तानी गरेका हुन्। महानगरले असोज १ गतेदेखि वडा १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ बाट प्रणाली सञ्चालनमा ल्याएको हो। सफ्टवेयर सञ्चालन गर्ने प्राबिधिक ज्ञान दिँदै असोज ५ गतेदेखि वडा ५, ६, ७, ९, १२, १४, १६, २, २९ र ३२ वडामा प्रणाली सञ्चालन गरिएको थियो। यस अवधिमा प्रणालीमा जोडिएका करदाताले तिरेको करबाट महानगरले १ करोड ६० लाख रुपैयाँ राजस्व प्राप्त गरेको, राजस्व विभागका निर्देशक शिवराज अधिकारीले जानकारी दिए। अहिले वडा ९, १३, १७, १८, १९, २० २१, २२, २३, २४, २५ र २७ गरी १२ वटा वडाका कर्मचारीका लागि तालिम भइरहेको छ। आज र भोलि २ दिन हुने तालिमपछि पर्सि अर्थात् मंगलबार ती सबै वडामा प्रणाली सञ्चालन गर्ने लक्ष्य छ। यसो भएम...
प्रधानसेनापति पूर्णचन्द्र थापा ‘सेल्फ क्वारेन्टिनमा’

प्रधानसेनापति पूर्णचन्द्र थापा ‘सेल्फ क्वारेन्टिनमा’

समाचार, समाज
सरकारी निवासको भान्छामा काम गर्ने एक जना सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति पूर्णचन्द्र थापा ‘सेल्फ क्वारेन्टिन’ मा बसेका छन्। प्रधानसेनापति थापाको सरकारी निवासको भान्छामा कार्यरत एक जनालाई शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो। ‘उहाँको सरकारी निवासमा भान्छामा कार्यरत एक जनामा कोरोना पुष्टि भएपछि उहाँ आजदेखि सेल्फ क्वारेन्टाइनमा बस्नु भएको हो,’ सैनिक प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले डिसी नेपालसँग भने, ‘पाँच दिन क्यारेन्टिन पूरा गरेर छैटौं दिन पीसीआर टेस्ट गर्ने स्वास्थ्य मापदण्ड छ।’ प्रधानसेनापति थापा यसअघि पनि सेल्फ क्वारेन्टाइनमा बसेका थिए। सीसीएमको बैठकमा सहभागी हुने क्रममा त्यहाँ कार्यक्रम सहयोगीलाई कोरोना पुष्टि भएपछि प्रधानसेनापति थापासहित रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत सेल्फ क्वारेन्टिनमा बसेका थिए। ...
झ्याप झ्याप विजुली आपूर्ति कटौती  किन भइरहेको छ त?

झ्याप झ्याप विजुली आपूर्ति कटौती किन भइरहेको छ त?

समाचार, समाज
 पछिल्ला दिनहरुमा सामाजिक सञ्जालहरुमा निकै पोस्ट भइरहेको एक विषय हो – विद्युत आपूर्ति। देशका विभिन्न स्थानमा बस्नेहरुले फेसबुक, ट्वीटरमा आफू बसेको ठाउँमा विद्युत आपूर्ति कटौती भइरहेको विषय लेखिरहेको भेटिन्छ। सामाजिक सञ्जाल हेर्दा देशभर कुनै न कुनै बेला विद्युत आपूर्ति कटौती भएको अनुमान गर्न सकिन्छ। के त्यसरी विद्युत प्राधिकरण कै नीति अनुसार विद्युत आपूर्ति कटौती गरिएको हो त? प्रश्न उठेको छ. अहिले देशमा दैनिक ९०० देखि १४ सय मेगावाटसम्म विद्युतको माग रहेको विद्युत प्राधिकरणले जनाएको छ। र प्राधिकरणको क्षमता पनि मागअनुसार नै छ। त्यसो भए किन समय सयममा आपूर्ति हुँदैन त? विद्युत प्राधिकरणका कार्यबाहक कार्यकारी निदेशक लेखनाथ कोइराला भन्छन्, ‘यो मौसमको कारण पनि विजुली जाने गरेको छ। वर्षातका कारण समस्य भएको छ। कतिपय स्थानमा तार चुँडिएका छन्, पोल ढलेका छन्, रुखले पनि समस्या निम्तिएको छ...
सशस्त्र प्रहरीको  ५० नं  गुल्म बाह्रैमास  छांगरुमा बस्ने

सशस्त्र प्रहरीको ५० नं गुल्म बाह्रैमास छांगरुमा बस्ने

समाचार, समाज
सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छांगरुमै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभए पनि अहिलेलाई भाडाकै घरमा सशस्त्र प्रहरी बाह्रैमास छांगरुमै बस्ने भएको हो । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीको गुल्म नै व्यासको छांगरुमा स्थापना भइसकेकाले अब कुनै पनि हालतमा तल नझर्ने बताए । उनले भने, “हामीले सशस्त्र प्रहरीलाई बाह्रैमास बस्ने व्यवस्था मिलाउँदैछौं, गएको सशस्त्र प्रहरी तल फर्किदैन ।” शुक्रबार गृहमन्त्री रामबहादुर थापा र सशस्त्र प्रहरी प्रमुख खनालले सशस्त्र प्रहरीको भवनको शिलन्यास गरेका थिए । भवन समयमै सक्न ठेकेदारलाई निर्देशन भएको जनाउँदै उनले जे अवस्था रहे पनि सशस्त्र प्रहरीको व्यवस्थापन गरिने बताए । गत वैशाख ३१ गते व्यासको छांगरु गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बसेको थियो । गत असार २८ गते बसेको मन्त्रिपरिषदको...
मानव बेचबिखन तथा दुरुपयोग रोक्नका लागि सचेतना अभियान आवश्यक: डा. डीआर उपाध्याय

मानव बेचबिखन तथा दुरुपयोग रोक्नका लागि सचेतना अभियान आवश्यक: डा. डीआर उपाध्याय

समाचार, समाज
मानव बेचबिखनका समाचार बिभिन्न सञ्चार माध्यममा आएका छन् । ती समाचार पढ्दा, सुन्दा अनि टेलिभिजनमा देख्दा ज्यादै दुख्ख लाग्ने गर्छ । मानव बेचबिखन नियन्त्रण गर्न सरकार लागेको त छ तर त्यति प्रभावकारी ढङ्गले लागेको देखिदैन । दलालहरूले सामान्य नागरिकलाई ललाइफकाई सिमाना कटाउने गरेका समाचार आउछन । ती समाचारले चसक्क मन पोल्छ । अनि केही लेखौ जस्तो लाग्छ । छिमेकी भारत तथा अन्य मुलुक पुर्‍याएर दलालहरूले आफूअनुकूल प्रयोग गर्ने धन्दा चलाएका छन् । यो क्रम अझै रोकिएको छैन। महिला तथा बालबालिकाहरु बेचिएका छन् । कतिपय घटनाबारे समयमै थाहा पाएर प्रहरीले उद्धार गरेको समाचार पनि आउछ । मीठा प्रलोभन देखाएर दलालहरूले महिला तथा बालबालिकाहरूलाई सिमाना कटाउने गरेका छन् । यो ठूलो अपराध हो, यसको नियन्त्रणका लागी सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने देखिएको छ । थुप्रै महिला तथा बालबालिकाहरुलाई कष्टकर जीवन बिताउन बाध्...