सुशासन कायम गर्न यी कुरामा ध्यान दिऔं
डा.डिआर उपाध्याय,
देशको बिकास, समृद्धिका लागी सुशासन अनिवार्य सर्त हो । सुशासन बिना बिकास र समृद्धिको कल्पना पनि गर्न सकिदैन । बिश्वका धेरै मुलुक मध्ये केहि मुलुक बिकास र समृद्धिको बाटोमा लम्किएका छन । कारण सुशासन हो । जुन देशमा सुशासन कायम भएको छ, त्यो देशमा बिकास भएको छ । जुन देशमा सुशासन कायम हुन सकेको छैन त्यो देश बिकासको हिसावमा पछाडि परेको छ । हाम्रो देश पनि बिकासको हिसावमा पछाडि छ । त्यो कारण हो हामीले पनि देशमा सुशासन कायम गर्न सकेनौं । देश भ्रष्टाचारले आक्रान्त छ ।
मुलुकको प्रशासन सञ्चालनमा सुशासन कायम हुन सकेन । सवै भन्दा बढि मात्रमा स्थानीय तहमा भ्रष्टाचारले जरा गाडेर बसेको छ । स्थानीय तहमा बेथिति अनियमितता बढेर गएको छ । यसलाई रोक्ने कस्ले ? जनताले सुशासनको चाहना गरेको धेरै भयो । तर अहिले सम्म प्राप्त गर्न सकिएको छैन । सुशासन भनेको असल शासन हो । असल शासनलाई सुशासन भनिन्छ ...








