शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

समाज

कोभिड–१९ संक्रमितको उद्धारका लागि कर्णालीका विकट क्षेत्रमा हेलिकोप्टरको व्यवस्था गरिने

कोभिड–१९ संक्रमितको उद्धारका लागि कर्णालीका विकट क्षेत्रमा हेलिकोप्टरको व्यवस्था गरिने

समाचार, समाज
कोभिड–१९ (कोरोना भाइरस) संक्रमितको उद्धारका लागि कर्णालीका विकट क्षेत्रमा हेलिकोप्टरको व्यवस्था गरिने भएको छ । बिहीबार प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कम्तीमा १० वटा एम्बुलेन्स तत्काल भाडामा लिएर सञ्चालन गर्ने र माथिका विकट क्षेत्रको हकमा हेलिकोप्टरसहितको व्यवस्था गर्ने निर्णय गरेको हो ।  भौगोलिक विकटताका कारण कर्णालीमा सर्वसाधारणको सहजै स्वास्थ्य संस्थासँग पहुँच पुग्दैन । महामारीमा उपचार नपाएर नागरिकको मृत्यु हुनसक्ने जोखिमलाई ख्याल गर्दै प्रदेश विपद् व्यवस्थापन केन्द्रले उक्त निर्णय गरेको हो । ...
कोरोना संक्रमण बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका मन्दिर बन्द

कोरोना संक्रमण बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका मन्दिर बन्द

समाचार, समाज
नयाँ भेरियन्टसहितको कोरोना संक्रमण बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिएको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापका अनुसार पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने छ । पशुपति क्षेत्रका मठ मन्दिरमा नित्य पूजा बाहेक अरु सबै क्रियाकलाप गर्न निषेध गरिएको छ । यसबाट भक्तजनमा पर्न गएको असुविधाप्रति कोषले क्षमा मागेको छ । तीब्र रुपमा फैलँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण नेपालमा समेत बढ्दै जान थालेपछि रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले स्वास्थ्य मापदण्ड जारी गरेकाले त्यसैअनुसार मन्दिर बन्द गरिएको कोषले जनाएको छ । सोही ऐनको दफा ४ ले दिएको अधिकार प्रयोग गरी अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्द...
भक्तपुरको गठ्ठाघरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भक्तपुरको गठ्ठाघरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

समाचार, समाज
भक्तपुरको गठ्ठाघरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य एक जना घाइते भएका छन् । बुधवार राति सवा ९ बजे बा ३ ख ४४६५ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको रा २ प ४४३७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको पछाडि बस्ने कैलालीको धनगढीका ४३ वर्षीय पद्मराज पाठकको ज्यान गएको हो । पाठकको उपचारका क्रममा बुधवार राति मध्यपुर अस्पताल थिमिमा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक दाङका २५ वर्षीय उमेश चौधरी घाइते भएका र उनको बाँसबारीमा रहेको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ । ...
पैयूँ कला प्रतिष्ठानद्वारा सरसफाइ तथा जागरण अभियान सम्पन्न

पैयूँ कला प्रतिष्ठानद्वारा सरसफाइ तथा जागरण अभियान सम्पन्न

समाचार, समाज
‘संस्कृतिमा विविधता, विविधतामा एकता’ भन्ने मूल नाराका साथ ‘पैयूँ कला प्रतिष्ठान’ले गण्डकी प्रदेश पर्वत ज़िल्लको दक्षिण क्षेत्रको ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्त्व बोकेको सनातन हिन्दू धर्मावलम्बीहरूको आस्थाको धरोहर पैयूँ, बिहादी र महाशिला गाउँपालिकाको संगम स्थ पैयूँकोट मा सरसफाइ जागरण अभियान सम्पन्न गरेको छ । विभिन्न चाडपर्व हरुमा जस्तै यस वर्ष पनि चैतेदशैंको अवसर पारेर दुर्गा माताको दर्शन गर्न आउने श्रद्धालु भक्तजनह┐को उल्लेखनिय उपस्थिति रहेको पैयूँकोटमा प्रतिष्ठानले सरसफाइ जागरण अभियान सँग सँगै दुर्गा माताको भजन नृत्य पनि प्रस्तुत गरेको थियो । जसमा कलाकारहरू बबिता हिताङ, जमुना पौडेल, शिला हिताङ, मन कुमारी नेपाली, कुस्मिता पौडेल र सृष्टि सेन को उपस्थिति थियो । धार्मिक व्यक्तित्व पैयूँकोट पूजा व्यवस्थापन समितिका आजीवन सदस्य साथै पैयूँ–६ का वडा अध्यक्ष थानेश्वर तिवारीको प्रमुख ...
कुम्भ मेलाबाट फर्केका पूर्वराजा- रानीलाई कोरोना संक्रमण

कुम्भ मेलाबाट फर्केका पूर्वराजा- रानीलाई कोरोना संक्रमण

समाचार, समाज
कुम्भ मेलाबाट फर्केका पूर्वराजा दम्पत्तिलाई कोरोना संक्रमण भएको छ। भारतको हरिद्वारमा भएको कुम्भ मेलामा सहभागी भएका पूर्वराजा रानीले नेपाल फर्केपछि कोरोना संक्रमण परीक्षण गराएका थिए। उक्त परीक्षणमा रिपोर्ट पोजेटिभ आएको छ। कन्ट्याक्ट ट्रेसिङ थालिएको अधिकारीहरुले बताएका छन्। भारतको कुम्भमेलामा सहभागी भएका केहि भक्तजनलाई कोरोना देखएिपछि पूर्वराजाको पनि परीक्षण गरिएको थियो। ...
आज चैते दसैं , घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै

आज चैते दसैं , घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै

समाचार, समाज
काठमाडौं । चैते दसैं पर्व आज हिन्दु नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै छन्। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने दशैं यो वर्ष बैशाख महिनामा परेको छ । बडादसैंको जसो मान्यजनबाट टीका र जमरा लगाउने परम्परा नभए पनि चैते दसैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ। देशका विभिन्न शक्क्तिपीठमा भक्तजनहरु आजको दिन पूजाआजा गर्ने चलन छ । यो वर्ष कोभिड १९ को जोखिमका कारण सामाजिक दुरी कायम गरेर पूजापाठ गर्ने व्यवस्था मिलाइएको छ । सरकारले सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी जम्मा नहुन निर्देशन गरेको छ । प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दसैं घरमा चैते दसैंका दिन पनि बलिसहित पूजा गरिन्छ। पूजासँगै चैत्र शुक्ल अष्टमीका दिन राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्‍ने कामनाले बलि दिइन्छ। गत वर्षको चैते दसैंमा कोरोना भाइरसको सन्त्रासका कारण पशु चौपाया ढु...
सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय

सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय

समाचार, समाज
सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो। ‘केही दिनभित्रै संसदको बजेट अधिवेशन आह्वन गर्नुपर्ने भएकाले चालु अधिवशने अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको हो,’ एक मन्त्रीले भने। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ। पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते शुरु भएको थियो। त्यसअघि नै प्रि–बजेटमाथि छलफल र नीति तथा कार्यक्रम ल्याउनु पर्ने भएकाले केही दिनभित्रै संसदको बजेट अधिवेशन आह्वान गर्नु पर्ने भएकाले संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो। ...
जीवन प्रकृतिको सुन्दर अमूल्य उपहार

जीवन प्रकृतिको सुन्दर अमूल्य उपहार

समाचार, समाज
डा.डिआर उपाध्याय, मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको तपाईको एक दिन कसरी बित्छ सर ? मैले यो बारे बताएको थिएन । बताउने कोसिस गदै छु । पत्रकारसाथीहरुले पनि कुनै अन्तरबर्ताका क्रममा यो प्रश्न सोध्दै आउनु पनि भएको छ । तर मैले बिस्तृत रुपमा भने अहिले सम्म बताएको छैन । आज बताउँदै छु । म चावहिलमा बस्छु । घाम पानी ओतने घर छ । घरको नजिक अफिस छ । मेरो एक दिन व्यस्तताले नै बित्छ । म बिहान ५ बजे उठि सकेको हुन्छु । उठि सके पछि फ्रेस हुन्छु । त्यस पछि केहि समय योगा र कसरतमा बिताउँछु । घर वरी परि बिहानको ताजा हावामा घुमफिर गर्छु । हात मुख धोएर मन तातो एक किलास पानी पिउँछु । त्यस पछि पत्र पत्रिका र बिभिन्न सामाजिक सञ्जालमा व्यस्त हुन्छु । लेख्न पढन पनि मलाई बिहान नै रुचि लाग्छ । राजनीतिक , आर्थिक , सामाजिक लगायतका बिषय बस्तुहरुमा मैले जे देख्यो त्यही लेख्ने गरेको पनि छु । प्रयाय जसो बिहान पख केहि...
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरे

समाचार, समाज
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका छन्। तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन्। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लोपटक वैशाख १ गते गैँडा मृतावस्थामा फेला परेको थियो। गत आर्थिक वर्षमा प्राकृतिक कारणले २६ वटा गैँडा मरेका थिए। तीन महिना बाँकी रहँदा गत वर्षभन्दा बढी गैँडा मरेपछि निकुञ्जले गैँडा मर्नुको कारण पत्ता लगाउन समिति नै बनाएर काम गरिरहेको छ। प्राकृतिक कारणले मरेका गैँडा बूढो भएर, एकापसमा जुधेर, दलदलमा फसेर, बाघले आक्रमण गरेरलगायतका कारणले मर्ने गरेका छन्। निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी हुँदा मृत्युदर बढेको अनुमान गरिएको छ। हालै गैँडा गणना भएपछि कुन क्षेत्रमा कति गैँडा छन् भन्ने यकिन तथ्याङ्क आइसकेको छैन। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बर...
मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु

समाचार, समाज
 तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक घाइते छन् । बुधबार मध्यराति नयाँ वर्षको दिन भक्तपुरबाट काठमाडौं जाँदै गरेको बा५३प ६९३८ नम्बरको मोटरसाइकल मध्यपुर ठिमी नगरपालिका-४ एसएस चोकनजिक दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल पछाडि सवार धुलिखेल नगरपालिका-१० का ३२ वर्षीय महेश शाहको मृत्यु भएको हो । दुर्घटनामा सोही ठाउँ बस्ने चालक २२ वर्षीय महेन्द्र शाह घाइते छन् । उनको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको छ । मोटरसाइकल सडकको बायाँतर्फको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो । दुबैले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ । नयाँ वर्ष मनाउने क्रममा मदिरा सेवन गरी तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । ...