आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

राष्ट्रिय स्तरमा बालप्रतिभा उजागर गर्ने ‘किड्स ट्यालेन्ट हन्ट’ सम्पन्न

राष्ट्रिय स्तरमा बालप्रतिभा उजागर गर्ने ‘किड्स ट्यालेन्ट हन्ट’ सम्पन्न

मनोरन्जन, समाचार
ललितपुर — ब्ल्याक बर्ड इन्टरटेन्मेन्टको आयोजनामा “नेपाल किड्स ट्यालेन्ट हन्ट २०८२” को ग्रान्ड फिनाले चैत २९ गते आइतबार ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा भव्य रूपमा सम्पन्न भएको छ। करिब दुई महिनासम्म सञ्चालन भएको प्रशिक्षण तथा प्रतिस्पर्धापछि उत्कृष्ट २० जना फाइनलिस्टहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली चलचित्र क्षेत्रका चर्चित तथा वरिष्ठ डान्स कोरियोग्राफर कमल राईको उपस्थिति रहेको थियो। कार्यक्रमलाई आकर्षक र ऊर्जावान बनाउँदै सोनित राज धुंगेलले सञ्चालन गरेका थिए। गायन विधातर्फ दिक्षिता शाही विजेता घोषित भइन् भने प्रोषण परियारले पब्लिक च्वाइस अवार्ड जित्न सफल भए। त्यस्तै, छेसाङ लामा प्रथम रनरअप र श्रियुक्ता शाही द्वितीय रनरअप घोषित भए। गायनतर्फका निर्णायकहरूमा गायक तथा संगीतकार रमेश पाठक, गायक चेतन राई तथा गायिका रानु निरौला रहेका...
१९ वर्षको सफल यात्रा पार गर्दै ‘नवीन सन्देश’ अब २०औँ वर्षमा

१९ वर्षको सफल यात्रा पार गर्दै ‘नवीन सन्देश’ अब २०औँ वर्षमा

समाचार, समाज
काठमाडौं । नवीन सन्देश मासिक ले सफलतापूर्वक १९ वर्ष पूरा गरी २० औँ वर्षमा प्रवेश गरेको सुखद् अवसरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले पत्रिकाको योगदानको प्रशंसा गर्दै पत्रकारिताको जिम्मेवारी र व्यावसायिक वातावरणबारे महत्वपूर्ण धारणा व्यक्त गरेका छन्। कार्यक्रममा पूर्व सभासद् कान्तिका सेजुवालले २० वर्षसम्म पत्रिका निरन्तर सञ्चालन गर्नु आफैंमा चुनौतीपूर्ण भएकाे उल्लेख गर्दै सम्पूर्ण टिमको मेहनत, समर्पण र दृढताले “सुन्दर गोरेटो” कोर्न सफल भएको बताइन्। उनले यतिका वर्षकाे निरन्तरता पत्रकारितामा उदाहरणीय रहेको धारणा राखिन्। त्यसैगरी, मौरिससका महावाणिज्य दूत तथा इपानका अध्यक्ष गणेश कार्कीले २० औँ वर्षमा प्रवेश गरेको अवसरमा बधाई व्यक्त गर्दै पत्रकारिताको मूल मर्म जोगाउनुपर्नेमा जोड दिए। उनले समाचार लेखनमा केवल आकर्षक हेडलाइनमा मात्र केन्द्रित भई सामग्रीको सारलाई क...
सातौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८२ भब्य रुपमा सम्पन्न

सातौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८२ भब्य रुपमा सम्पन्न

मनोरन्जन, समाचार
 सातौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८२ भब्य रुपमा सम्पन्न भएको छ । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो ।  काठमाडौंको राष्ट्रिय नाचघर जमलमा सम्पन्न उक्त अवार्डमा वरिष्ठ सितार बादिका विजया शर्मालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डमा नगद रु.१७,६९६ सहित सम्मान गरिएको थियो । सम्मान प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा, रिलायन्स फाईनान्सका डेपुटी सिईओ रामहरी आचार्य, जुरी संयोजक सन्तोष श्रेष्ठ, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले प्रदान गरेका थिए । त्यसैगरी धुर्व लम्साललाई सगरमाथा कला पत्रकारिता रजत सम्मान नगद रु. ८,८४८ सहित सम्मान गरिएको थियो । त्यसैगरी सगरमाथा रेडियो पत्रकारिता सम्मान शिरोमण दवाडीलाई प्रदान गरि...
मोडलिङ क्षेत्रको योगदानमा अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान’

मोडलिङ क्षेत्रको योगदानमा अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान’

मनोरन्जन, समाचार
काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ काठमाडौंमा हालै सम्पन्न ७ औँ संस्करणको ‘सगरमाथा म्युजिक अवार्ड २०८२’मा फेसन तथा पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झालाई 'सगरमाथा कला सम्मान २०८२' द्वारा सम्मानीत गरिएको छ । उनलाई आयोजकले मोडलिङ क्षेत्रमा पुर्‍याएको महत्वपूर्ण योगदानका लागि विशेष सम्मान प्रदान गरेको हो। संगीत र ग्ल्यामर क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा आयोजकले झाको यस क्षेत्रमा पुर्याएको योगदानको  खुलेर प्रशंसा गरेका थिए ।‘मोडलहरूलाई केवल सुन्दर देखिने मात्र होइन, उनीहरूलाई आफ्नो अभिव्यक्ति र प्रस्तुति कसरी प्रभावकारी बनाउने भन्ने कुरामा केन्द्रित भएर काम गर्दै आएको छु। आजको सम्मानले अझ धेरै जिम्मेवारी थपेको महसुस भएको छ’, झाले भने ।अश्विनीले धेरै वर्षदेखि मोडलहरूलाई तालिम, ग्रुमिङ र व...
जीवन शर्माको सिर्जनामा : ‘जीवन रहरमै’ बजारमा

जीवन शर्माको सिर्जनामा : ‘जीवन रहरमै’ बजारमा

मनोरन्जन, समाचार
सिक्किमका स्रष्टा जीवन शर्माको संगीतमा तयार नयाँ गीत ‘जीवन रहरमै’ बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच विमोचन गरिएको छ । साहित्य, संगीत र सिर्जनशीलताको संगम बनेको उक्त कार्यक्रमले नेपाल-सिक्किमबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाएको सहभागीले बताएका थिए । सिक्किमकै स्रष्टा विमल काफ्लेको शब्द रचना रहेको गीतमा चर्चित गायिका अञ्जु पन्तको सुमधुर स्वर रहेको छ । गीतले जीवनका आकांक्षा, अनुभूति र भावनात्मक यात्रालाई कलात्मक ढंगले प्रस्तुत गरेको आयोजकले जनाएका छन् । मिलाप मासिक र साहित्यक पत्रकार संघको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा स्रष्टा शर्मालाई सामूहिक अभिनन्दनसमेत गरिएको थियो । संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मिलापका प्रधान सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । प्रमुख अतिथिका रूपमा वरिष्ठ गीतकार चूडामणि देवकोटा रहनुभएको थियो ।...
पाँचौँ ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ वैशाख १५ देखि १७ गतेसम्म सर्लाहीमा हुने

पाँचौँ ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ वैशाख १५ देखि १७ गतेसम्म सर्लाहीमा हुने

मनोरन्जन, समाचार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण सर्लाहीमा आयोजना हुने भएको छ । वैशाख १५ देखि १७ गतेसम्म आयोजना हुने महोत्सव मधेस प्रदेशको सर्लाही जिल्ला, चन्द्रनगर गाउँपालिकामा आयोजना हुने भएको हो । महोत्सव आयोजनाबारे चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो र आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाबिच सहमति भएको छ । ‘हिमाल, पहाड, तराई कोही छैन पराइ’ भन्ने मूल नारालाई आत्मसात् गर्दै विगतका संस्करणहरू पहाडी क्षेत्रमा सफलतापूर्वक सम्पन्न गरिएको महोत्सव यसपटक तराईमा विस्तार गर्न लागिएको आयोजकले जनाएको छ । ग्रामीण कथा, स्थानीय संस्कृति र समुदाय–केन्द्रित सिनेमालाई प्रवर्द्धन गर्ने उद्देश्य बोकेको महोत्सवले अब तराई क्षेत्रका दर्शक, सर्जक र समुदायलाई समेट्दै सबैको सिनेमा, सबैका लागि भन्ने अवधारणालाई अझ सशक्त बनाउने लक्ष्य लिएको छ । गाउँ–गाउँमा सिनेमा पुर्‍या...
महिला चेम्बरद्वारा  ख्यातिप्राप्त महिलाहरू सम्मानित

महिला चेम्बरद्वारा ख्यातिप्राप्त महिलाहरू सम्मानित

आर्थिक, समाचार
काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव तथा हीरक जयन्तीको अवसरमा देशका विभिन्न क्षेत्रमा ऐतिहासिक योगदान पुर्‍याएका अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान अर्पण गरेको छ। ‘अग्रणी महिला सम्मान’ शीर्षकमा आयोजित उक्त कार्यक्रममा राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकुद लगायत विविध क्षेत्रमा योगदान दिएका जीवित तथा दिवंगत व्यक्तित्वहरूको योगदानको स्मरण गर्दै सम्मान गरिएको हो। सम्मानित व्यक्तित्वहरूलाई रामवरण यादव, हीरक जयन्ती समारोह समितिका अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ लगायतले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए। कार्यक्रममा ओनसरी घर्ती मगर, अष्टलक्ष्मी शाक्य, लैंगिक अधिकार विज्ञ चाँदन...
ग्लोबल स्टार अवार्डको दोस्रो संस्करण वैशाख ३१ मा होटल मर्क्युरमा

ग्लोबल स्टार अवार्डको दोस्रो संस्करण वैशाख ३१ मा होटल मर्क्युरमा

समाचार, समाज
काठमाडौं — आगामी बैशाख ३१ गते ‘ग्लोबल स्टार अवार्ड’को दोस्रो संस्करण भव्य रूपमा आयोजना हुने भएको छ। आयोजकका अनुसार कार्यक्रम सुकेधारास्थित होटल मरक्युरमा सम्पन्न हुनेछ, जसका लागि तयारी तीव्र पारिएको छ। अवार्डको आयोजना दक्ष इन्टरनेशनलले गर्दै आएको छ भने संस्थाका प्रमुख तथा आयोजक समितिका अध्यक्ष, वरिष्ठ सेलिब्रेटी मेकअप आर्टिस्ट टेकराज पाण्डेको नेतृत्वमा कार्यक्रम सम्पन्न गरिनेछ। यसपटक पनि अवार्डको एसोसियट पार्टनरका रूपमा प्याजेन्ट नेपाल रहनेछ। मुख्य आकर्षण: यस अवार्ड समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका, आ–आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिनेछ। विभिन्न पेशामा लामो समयदेखि सक्रिय रहँदै उल्लेखनीय उपलब्धि हासिल गरेका व्यक्तित्वहरूलाई जुरी टिमको मूल्यांकनका आधारमा छनोट गरिने आयोजकले जनाएको छ। ...
कपनस्थित बाटिका मन्टेश्वरीमा भव्य ग्रेजुएसन कार्यक्रम

कपनस्थित बाटिका मन्टेश्वरीमा भव्य ग्रेजुएसन कार्यक्रम

शिक्षा, समाचार
काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका कपनस्थित बाटिका मन्टेश्वरी स्कुलले अभिभावक दिवससहित ग्रेजुएसन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। एक दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहेको उक्त विद्यालयको कार्यक्रम बौद्धस्थित नेपाल साहित्य सदनमा आयोजना गरिएको थियो। समारोहका तस्विर कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन तथा विविध सांस्कृतिक प्रस्तुति दिँदै उपस्थित अभिभावक तथा अतिथिहरूलाई मन्त्रमुग्ध बनाएका थिए। समारोह समाजसेवी रवि प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा त्रिभुवन विश्वविद्यालय जलवायु विज्ञान विभागका उपप्राध्यापक कुमार अर्याल, बुढानीलकण्ठ नगरपालिका–१२ का वडा अध्यक्ष शम्भु भट्टराई, त्रिज्योति स्कुलका प्रिन्सिपल गणेश मिश्र तथा सगरमाथा एजुकेशनल एकेडेमीका प्रिन्सिपल पुष्पराज सिंखडा लगायतको विशेष उपस्थिति रहेको थियो। समारोहमा बोल्दै प्रमुख अतिथि तथा विशिष्ट अति...
“विविधायन सौन्दर्यम्”: प्रकृति, सिर्जनशीलता र समकालीन डिजाइनको भव्य संगम

“विविधायन सौन्दर्यम्”: प्रकृति, सिर्जनशीलता र समकालीन डिजाइनको भव्य संगम

मनोरन्जन, समाचार
नमुना कलेज अफ फेशन टेक्नोलोजी (एनसीएफटी) को २०औँ ग्राजुएसन फेशन शो “विविधायन सौन्दर्यम्” सिर्जनशीलता, कल्पनाशक्ति र कलात्मक अभिव्यक्तिको भव्य उत्सवका रूपमा सम्पन्न भएको छ ।  द प्लाजा नेपाल, मा आयोजित उक्त कार्यक्रमले रनवेलाई जीवित क्यानभासमा रूपान्तरण गर्दै फेशन, प्रकृति र कथात्मक अभिव्यक्तिको अद्भुत संगम प्रस्तुत ग¥यो । फेसन डिजाइनिङमा स्नातक हुँदै गरेका ६२ जना विधार्थी फेशन डिजाइनरहरूको सिर्जनात्मक यात्रालाई समेट्दै कार्यक्रमले छ वटा अवधारणामा आधारित संग्रहहरू प्रस्तुत ग¥यो, जसले नेपालको प्राकृतिक भू–दृश्य तथा जैविक विविधताको समृद्धतालाई प्रभावशाली रूपमा उजागर गरेको पाइयो ।“विविधायन सौन्दर्यम्” अर्थात् विविधताबाट उत्पन्न हुने सौन्दर्य भन्ने मूल अवधारणाले सम्पूर्ण कार्यक्रमको वैचारिक आधार निर्माण गरेको थियो । नेपालका वन, सिमसार क्षेत्र, हिमाल, वन्यजन्तु तथा पुष्पीय विविधताबाट प्रेरणा लिए...