आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

अंगीकृत नागरिकताका विषयमा सुझाव दिन उपसमिति गठन

अंगीकृत नागरिकताका विषयमा सुझाव दिन उपसमिति गठन

राजनीति, समाचार
काठमाडौँ —चैत ७ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अंगीकृत नागरिकता दिने विषयमा सुझाव दिन ५ सदस्यीय उपसमिति गठन गरेको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलको क्रममा समितिका सदस्यहरुबीच मतभेद भएपछि समस्या समाधानका लागि सुझाव दिन पाँच सदस्यीय उपसमिति गठन गरिएको हो । उपसमितिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट विजय सुब्बा, यशोदा सुवेदी र नवराज सिलवाल, कांग्रेसका तर्फबाट देवेन्द्रराज कँडेल र संघीय संमाजवादी फोरम, नेपालका तर्फबाट रामसहाय प्रसाद यादव रहेको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् । बैठकमा समितिका सदस्यहरुले नेपाली नागरिकसँग विवाह गरेको १० वर्ष पूरा नभएका विदेशी महिलालाई अंगीकृत नागरिकता दिन नपाउने व्यवस्था गर्न सरकारसँग माग गरेका थिए । समितिका सदस्य झपड रावलले नेपालीसँग व...
जनताका साना पूँजीबाट आफ्नो मुलुक आफैँ बनाउन सकिने : प्रधानमन्त्री

जनताका साना पूँजीबाट आफ्नो मुलुक आफैँ बनाउन सकिने : प्रधानमन्त्री

आर्थिक, समाचार
काठमाडौँ —चैत ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका साना साना पूँजी सङ्कलित गरेर ठूला आयोजनामार्फत आफ्नो मुलुक आफैँ बनाउन सकिने बताएका छन् । ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्को सेयरधनी’ भन्ने नारासहित जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत ‘त्रिशूली बी’ को सेयर आवेदन शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले मौरीले फूलको रस ल्याएर चाका बनाएजस्तै ठूला आयोजनामा जनताको लगानी बढाएर देशलाई स्वाधीन र समृद्ध बनाउन सकिने बताए । उनले भने,‘नेपाल ऊर्जाको धनी देश हो । पानीको सदुपयोग हुन नसकेको अवस्थामा यस्ता आयोजना सफल बनाउनुपर्छ । यसमा सहभागी हुन स्वदेश र विदेशमा रहेका सबै नेपालीलाई म आग्रह गर्दछु ।’ प्रधानमन्त्री ओलीले विकासका लागि कसैसँग हात नथापी यस्ता आयोजनालाई नमूनाको रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै कृषि, पर्यटनजस्ता क्षेत्रमा पनि जनताको लगानी जोडेर देशलाई आत्मनिर्भर ब...
सुनकोशी नदीमा डुबेर बालक बेपत्ता

सुनकोशी नदीमा डुबेर बालक बेपत्ता

समाचार, समाज
काभ्रेपलाञ्चोक—चैत ७ । तेमाल गाउँपालिका–२ चुखाबेँसीस्थित सुनकोशी नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । बुधबार दिउँसो फागु खेलेर पौडी खेल्न गएका तेमाल गाउँपालिका–२ लामबगरका मोहनलाल तामाङका १४ वर्षीय छोरा सुमन नदीमा डुबेर बेपत्ता भएका हुन् । अन्य तीन साथीसँग दिउँसो ३ बजे सुनकोशी नदीको दहमा पौडी खेल्न गएका उनी पहिला हामफालेको र डुबेर बेपत्ता भएको उनका भिनाजु पेमा लामाले जानकारी दिए । स्थानीयवासी र प्रहरीले राति अबेरसम्म नदीमा खोजतलास गर्दा सुमन नभेटिएकाले आज बिहानैदेखि पुनः खोजी भइरहेको उनले बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले सुमनको खोजी गर्न आज गोताखोरको पनि व्यवस्था गरिएको जानकारी दिए । (रासस)...
पञ्जाब नेसनल बैंकको २ अर्ब डलर घोटाला गरेको आरोपमा नीरव मोदी लन्डनमा पक्राउ

पञ्जाब नेसनल बैंकको २ अर्ब डलर घोटाला गरेको आरोपमा नीरव मोदी लन्डनमा पक्राउ

राजनीति, समाचार
काठमाडौँ —चैत ७ । पञ्जाब नेसनल बैंकको २ अर्ब डलर घोटाला गरेको आरोपमा भारतीय हीरा व्यापारी नीरव मोदी लन्डनमा पक्राउ परेका छन् । मोदीलाई लन्डन प्रहरीले होल्बोर्न क्षेत्रबाट मंगलबार गिरफ्तार गरेको हो । बुधबार वेस्टमिनिस्टर अदालतमा पेस गरिएकामा उनको धरौटीको माग अस्वीकार गरिएको छ । उनलाई अब ९ दिन हिरासतमा राखिनेछ भने अर्को सुनुवाइ २९ मार्चमा हुनेछ । अब उनलाई लिन भारतीय अधिकारीहरू सुपुर्दगीसम्बन्धी कागजात लिएर अर्को साता लन्डन जानेछन् । पञ्जाब बैंकको घोटाला सार्वजनिक हुनुपूर्व नै उनी गतवर्ष लन्डन भागेका थिए । यही मार्चको पहिलो साता बेलायतको टेलिग्राफ पत्रिकाले उनी लन्डनको वेस्ट इन्डस्थित ८० लाख पाउन्डको अपार्टमेन्टमा बस्दै आएको खुलासा गर्दै भिडियोसहितको समाचार प्रकाशित गरेपछि नीरवको सुपुर्दगीका लागि बेलायती अदालतमा कानुनी प्रक्रिया सुरु गरिएको थियो । यसअघि गत अगस्टमै उनलाई सुपुर्दगी गर्...
गिरिजाप्रसादको सभामुख महराले गरे प्रशंसाः ‘कोइराला नेपालको शान्तिप्रक्रियाका नायक’

गिरिजाप्रसादको सभामुख महराले गरे प्रशंसाः ‘कोइराला नेपालको शान्तिप्रक्रियाका नायक’

राजनीति, समाचार
काठमाडौँ —चैत ७ । सभामुख कृष्णबहादुर महराले गिरिजाप्रसाद कोइराला नेपालको शान्तिप्रक्रियाका नायक भएको बताएका छन् । गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवसको सन्दर्भमा आज काठमाडौंमा गरिएको कार्यक्रममा सभामुख महराले राष्ट्रिय र अन्तर्राष्ट्रिय चुनौतिका बीच उनले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्‍याएको स्मरण गरे । १२ बुँदे सम्झौतादेखि पछाडिका शान्ति प्रकृयाका महत्वपूर्ण काम पूरा गर्न कोइरालाको भूमिका महत्वपूर्ण रहेको उनको भनाई थियो । सेना समायोजनदेखि हतियार ब्यवस्थापनसम्म चुनौति भए पनि उनले सहज रुपमा काम गरेको महराको भनाइ थियो । सभामुख महराले गिरिजाप्रसाद कोइराला सबै राजनीतिक दललाई साथ लिएर अगाडि बढ्न सक्ने नेताको रुपमा आफूले पाएको बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापा र भीमसेनदास प्रधानले गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोमा हिँड्नुपर्ने आवश्यकता औंल्याए । ...
पाँचवटा आयोगका अध्यक्ष नियुक्त, नवनियुक्त पाँच अध्यक्षले राष्ट्रपति भण्डारी समक्ष लिए शपथ

पाँचवटा आयोगका अध्यक्ष नियुक्त, नवनियुक्त पाँच अध्यक्षले राष्ट्रपति भण्डारी समक्ष लिए शपथ

राजनीति, समाचार
काठमाडौँ —चैत ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छन् । राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्ष पदमा समिम मियाँ अन्सारीलाई नियुक्त गरेकी हुन् । राष्ट्रिपतिको उपस्थितिमा शीतलनिवासमा आजै आयोजित विशेष समारोहमा आयोगका नवनियुक्त अध्यक्षहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पद तथा गोपनियताको शपथ गराए । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल, उपसभामुख शिवमाया तुम्वाहाम्फे, संवैधानिक अङ्ग र सुरक्षा निकायका प्रमुख तथा नेपाल सरकारका विशिष्ट श्रेणीक...
होली पर्व आज तराईमा मनाइँदै

होली पर्व आज तराईमा मनाइँदै

समाचार, समाज
काठमाडौँ —चैत ७ । रङैरंङको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गदै आज तराईमा मनाईदैछ । काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लाहरुमा हिजो होली पर्व मनाइएको थियो । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकापसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ । असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । तराईका धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, सिरहा, सप्तरी, उदयपुर, झापा, मोरङ, सुनसरी, बाँके, बर्दिया, कैलालीलगायतका जिल्लामा आज बि...
जर्मनी र सर्वियाले मैत्रीपूर्ण फुटबल खेलमा बराबरी खेले

जर्मनी र सर्वियाले मैत्रीपूर्ण फुटबल खेलमा बराबरी खेले

खेलकुद, समाचार
काठमाडौँ —चैत ७ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा जर्मनी र सर्वियाले १–१ गोलको बराबरी खेलेका छन् । गएराति भएको खेलमा सर्वियाका लुका योभिचले पहिलो गोल गरे । तर जर्मनीका गोरेज्काले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् । खेलको ईन्जुरी समयमा जर्मनीका लेरोए सानेलाई फाउल गरेपछि सर्वियाका मिलान पाभ्कोभले रातो कार्ड खाएका थिए । गएराति भएको अर्को मैत्रीपूर्ण खेलमा वेल्सले ट्रिनिडाड एण्ड टोबागोलाई १–० ले हराएको छ । कठिन खेलमा वेल्सलाई विजयी गराउन बेन उडबर्नले ईन्जुरी समयमा निर्णायक गोल गरेका हुन् । (ईमेज खबर)...
नेपालले आज कुवेतसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले आज कुवेतसँग मैत्रीपूर्ण फुटबल खेल्ने

खेलकुद, समाचार
काठमाडौँ —चैत ७ । नेपाली राष्ट्रिय फुटबल टिमले आज कुवेतसँग मैत्रीपूर्ण खेल खेल्दैछ । कुवेतमा हुने खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । स्वीडेनका योहान कालिनले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण समालेपछि नेपालको यो पहिलो खेल हो । नेपाली राष्ट्रिय फुटबल टोली दुई वटा मैत्रीपूर्ण खेलका लागि कुवेत पुगेको हो । दोस्रो खेल आगामी मंगलबार हुनेछ । नेपाली सिनियर टोलीका आधा दर्जन खेलाडी अहिले युथ–२३ प्रतियोगिता खेल्न कतार पुगेका छन् । यसले राष्ट्रिय टोलीको खेलाडी छनोटलाई केही सिमित पारिदिएको छ । नेपाल र कुवेत १९ बर्षपछि खेल्न लागेका हुन । यसअघि सन् २००० मा भएको एएफसी एसिया कपमा नेपाललाई कुवेतले ५–० ले हराएको थियो । कुवेतसँग नेपाली फुटबलको निकै पुरानो साईनो छ । नेपाली खेलाडीले गरेको पहिलो अन्तर्राष्ट्रिय गोल कुवेत विरुद्धकै थियो । सन् १९८२ मा वाइबी घलेले कुवेत व...
‘अन्सारीको नागरिकता त्रुटि मानवीय कारण’- काठमाडौं प्रशासन

‘अन्सारीको नागरिकता त्रुटि मानवीय कारण’- काठमाडौं प्रशासन

राजनीति, समाचार
काठमाडौँ —चैत ५ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले समिम मियाँ अन्सारीको नागरिकताका सन्दर्भमा संसदीय सुनुवाइ समितिलाई पत्र लेखेर स्पष्ट पारेको छ । प्रशासन कार्यालयका अनुसार २०५५ पुस २२ मा अन्सारीले लिएको ७३८४ नम्बरको नागरिकतामा जन्म मिति २०३०/६/२४ भएको र २०६६ भदौ ९ मा ८७१ नम्बरको नागरिकतामा पनि २०३०/६/२४ नै भएपनि रजिस्टरमा २०३७/६/२४ हुनुमा जारी गर्ने अधिकारी र कर्मचारीको मानवीय कारणले त्रुटि भएको हो । समितिले गत फागुन २३ मा अन्सारीको नागरिकताका सम्बन्धमा स्पष्ट पार्न जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको थियो। प्रशासनले फागुन २६ मा त्यसको जवाफ पठाएको हो। संवैधानिक परिषद्ले अन्सारीलाई गत माघ ५ मा मुस्लिम आयोगको अध्यक्षका लागि सिफारिस गरेको थियो। तर, उनीबारे समितिमा उजुरी परेको थियो। उजुरीबारे समितिले पनि छानबिन गरेको थियो। तर, अन्सारीको नाममा सत्तारुढ दल नेकपाकै सांसदहरुको मत बाझ...