बीओकेका मल्लको लाभांश रोक्का
काठमाडौँ — चैत्र १४ ।
राष्ट्र बैंकले बैंक अफ काठमान्डू (बीओके) लाई संस्थापक सेयरधनी डम्मबरबहादुर मल्लको लाभांश रोक्न निर्देशन दिएको छ । कानुनविपरीत दुई बैंकमा एक प्रतिशतभन्दा धेरै लगानी गरेको भेटिएपछि राष्ट्र बैंकले मल्लको गत आर्थिक वर्षको लाभांश रोक्न बीओकेलाई निर्देशन दिएको छ ।
‘मल्लले सेयर बेचेर निर्देशित सीमाभित्र ल्याउँदासम्मकुनै पनि लाभांश वितरण नगर्नू भन्दै राष्ट्र बैंकले पत्र पठाएको छ,’स्रोतले भन्यो ।
मल्ल बीओकेका संस्थापक सेयरधनी हुन् । उनीसँग बीओकेको करिब दुई प्रतिशतभन्दा बढी संस्थापक सेयर छ । बैंक तथा वित्तीय संस्था स्थापना गर्नका लागि प्रबन्धपत्र तथा नियमावलीमा हस्ताक्षर गरी लगानी गरेको सेयरधनीलाई संस्थापक सेयरधनी भनिन्छ । राष्ट्र बैंकका अनुसार सिभिल बैंकमा पनि मल्लको एक प्रतिशतभन्दा धेरै संस्थापकसेयर छ । ऐजस्वी प्रालिको नाममा रहेको सिभिल बैंकको सेयर मल्लकै भएको पुष्टि...









