मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

अर्थ सचिव ढुङ्गाना र चेम्बर पदाधिकारी बीच भेट

अर्थ सचिव ढुङ्गाना र चेम्बर पदाधिकारी बीच भेट

आर्थिक, समाचार
काठमाण्डौं, ०७ फाल्गुण - नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको चेम्बर प्रतिनिधी मण्डलले हालै अर्थ सचिवको कार्यभार सम्हालेका शिशिर कुमार ढुङ्गानासंग भेट गरी वधाई ज्ञापन तथा उनको कार्यकालको पूर्ण सफलताको कामना गर्नुका साथै निजि क्षेत्रसंग सहकार्य गरी अर्थत्रन्त्रको विकासमा जोड दिने अपेक्षा निजि क्षेत्रले गरेको धारणा राखेको छ । नेपाल चेम्बर अफकर्मसका प्रतिनिधी मण्डलसँगको भेटमा अर्थ सचिव ढुङ्गानाले कर संकलनको लागत बढेको बताउँदै व्यवसाय गर्ने लागत घटाउन अध्ययन भैरहेको र एकद्धारबाट कर संकलन गर्ने सोच सरकारको रहेको बताएका छन् । सचिव ढुङ्गानाले कर अडिट धेरै नभई निकाय धेरै भईको र आ आफ्नो क्षेत्राधिकार हेर्न सबै सचेत रहेको जनाउदै हाल मुलुकको विदेशी मुद्रा संचिति सन्तोषजनक रहेको बताए । त्यस्तै, सम्पत्ति शुद्धिकरणबाट व्यवसायी आतंकित हुनु नपर्ने बताउँदै बिमा लगायत अन्य ...
मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२० भव्य रुपमा सम्पन्न, मिस तर्फ रुपा अधिकारी र मिसेस तर्फ उर्मिला पन्तको हातमा उपाधी

मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२० भव्य रुपमा सम्पन्न, मिस तर्फ रुपा अधिकारी र मिसेस तर्फ उर्मिला पन्तको हातमा उपाधी

मनोरन्जन, समाचार
काठमाडौं । दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२० को उपाधी मिस तर्फ रुपा अधिकारी तथा मिसेस तर्फको उपाधी उर्मिला पन्त भण्डारीले हात पार्न सफल भएका छन । मिसेस तर्फका विजेता रुपाले बेष्ट स्माईलको सव टाईटल सहित विभिन्न गिफ्ट हम्पर हात पारेकी छिन भने मिसेस तर्फकी विजेता उर्मिलाले मस्ट टैलेन्ट, भिर्वस च्वाईस अवार्ड सहित विभिन्न गिफ्ट ह्याम्पर हात पार्न सफल भईन ।उपाधी विजेताहरुलाई मिसेस व्यूटिफुल नेपाल २०१८ का विजेता संगिता शर्मा बस्याल तथा मिस ब्यूटिफुल नेपाल २०१९ की विजेता सम्पदा अमागाईले क्राउन लगाईदिएका थिए । यस्तै, मिस तर्फ फस्ट रनरअपमा मेनुका श्रेष्ठ भइन भने उनले बेष्ट डान्स तथा फेशन आईकनको अवार्ड पनि हात पार्न सफल भइन र ‘सेकेण्ड रनरअपमा अस्मिता भट् चयन भइन ।  उनीले वेष्ट टैलेन्ट, मस्ट ऐक्टिभ र फेसबुक च्वाईस अवार्ड पनि हात पार्न स...
कैलाश विकास बैंक लिमिटेड, वालिङ्ग शाखाले किर्ते गरेको भन्दै दिपेन्द्र कँडेल मिडियामा, घट्नामा संलग्न कसैलाई नछोड्ने चेतावनी

कैलाश विकास बैंक लिमिटेड, वालिङ्ग शाखाले किर्ते गरेको भन्दै दिपेन्द्र कँडेल मिडियामा, घट्नामा संलग्न कसैलाई नछोड्ने चेतावनी

खेलकुद, समाचार
काठमाडौं, ६ फागुन - पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले कैलाश विकास बैंक लिमिटेड, वालिङ्ग शाखाले आफ्नो आमाले लिएको ऋणलाई प्रयोग गर्दै किर्ते गरी पत्रिकामा नाम प्रकाशित गर्न अन्तिम चरणमा पुग्दै गर्दा कँडेल आफैंले घट्नाको पर्दाफास गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कँडेलले कैलाश विकास बैंक लिमिटेड, वालिङ्ग शाखाले आफ्नो परिवारको सामाजिक प्रतिष्ठामाथि नै आँच पुर्याउने गलत उद्देश्यका साथ यस्तो हर्कत अपनाएको दाबी गरे । उनले भने,‘मेरो बुवा आफैं पनि ऋण तथा असुली न्यायाधिकरणका न्यायाधीशको रुपमा कार्यररत हुनुहुन्थ्यो, र, उहाँले आफ्नो गृहजिल्ला स्याङ्जामा पनि विभिन्न वित्तिय संस्था तथा हाल प्रभु बैंक रहेको तत्कालिन गौरीशंकर विकास बैंकसमेत खोल्न निर्णायक भूमिका निर्वाह गर्नुभएको थियो । त्यो बैंकको त उहाँ आफैं प्रथम महाप्रबन्धक हुनुहुन्थ्यो । अहिले बुवा स्वर्गवास ...
वसन्ता प्रकृति र राजनराज सिवाकोटीको  स्वरमा रहेको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया ’ सार्वजनिक (भिडियोसहित)

वसन्ता प्रकृति र राजनराज सिवाकोटीको स्वरमा रहेको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया ’ सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
गायिका वसन्ता प्रकृतिको स्वरमा रहेको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा…’ सार्वजनिक भएको छ । वसन्ता र  राजनराज सिवाकोटीको स्वरमा रहेको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा…’को भिडियो सार्वजनिक भएको हो । वसन्ताको दोस्रो एल्बम ‘साधना’मा रहेको गीत हो यो । उनको पहिलो एल्बम ‘मनमा’ रहेको थियो । डा. राजुबाबु श्रेष्ठको शब्द, राजनकै कम्पोज, आमोश तामाङको एरेञ्ज र श्यामस्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोलाई प्रदीप श्रेष्ठले निर्देशन तथा कोरियोग्राफ गरेका छन् । गीतको भिडियोमा अनुराग शर्मा, ऋचा थापा र रमेश शाहीलाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ । गीतलाई प्रिज्मा रेकडिङ स्टुडियोमा रेकड् गरिएको हो । https://youtu.be/eW0LcZ3gsV0 ...
१५ औँ इन्टर कलेज रोट्रयाक्ट रनिङ्ग शिल्ड क्विज कन्टेस्ट सम्पन्न

१५ औँ इन्टर कलेज रोट्रयाक्ट रनिङ्ग शिल्ड क्विज कन्टेस्ट सम्पन्न

शिक्षा, समाचार
रोट्रयाक्ट क्लब अफ काठमाडौँ, रोट्रयाक्ट क्लब अफ बुटवल साउथ र रोट्रयाक्ट क्लब अफ पोखराले संयुक्त रुपमा आयोजना गरेको “१५ औँ इन्टर कलेज रोट्रयाक्ट रनिङ्ग शिल्ड क्विज कन्टेस्ट” सम्पन्न भएको छ जसमा काठमाडौँ को ‘चेल्सी इन्टरनेसनल एकेडेमी’ प्रथम भएको छ। फाल्गुन ३ गते शनिबार रोटरी हल, थापाथली काठमाडौँमा सम्पन्न भएको उक्त कार्यक्रममा काठमान्डौ कै ‘युनिग्लोब कलेज’ ले दोश्रो र पोखराको ‘स्कुल अफ इञ्जिनियरिङ्ग, पोखरा युनिभर्सिटी’ ले तेस्रो स्थान हासिल गर्न सफल भए। यस कार्यक्रमको रिजनल गेम काठमान्डौ, बुटवल र पोखरामा गरि ३८ वटा टिमबीच माघ २५ गते प्रतिस्पर्धा भएको थियो जसबाट उत्कृस्ट चार टिमलाई फाइनलमा समावेश गरिएको थियो। विगत १५ बर्सदेखी हुदै आएको यस इन्टर कलेज रोट्रयाक्ट रनिङ्ग शिल्ड क्विज कन्टेस्टको १५औं संस्करणमा मुख्य स्पोन्सर को रुपमा 'द आशा प्रोजेक्ट' रहेको थियो साथै स्पोन्सरिङ्ग पार्टनर कै रुपम...
होली फेशन फेस्टको प्रथम अडिसन फाल्गुन १० गते बोकाभातमा

होली फेशन फेस्टको प्रथम अडिसन फाल्गुन १० गते बोकाभातमा

मनोरन्जन, समाचार
होली फेशन फेस्टको प्रथम अडिसन फाल्गुन १० गते बोकाभातमा काठमाडौं, ०४ फाल्गुन - होली फेशन फेस्टको प्रथम अडिसन आउने फाल्गुण दश गते हुने भएको छ । उक्त अडिसन अनामनगर स्थित बोकाभात अर्गानिक रेस्ट्रोमा हुन लागेको हो । ग्लोरी मिडियाको आयोजनामा हुन लागेको उक्त इभेण्टमा बोकाभात अर्गानिक रेस्ट्रोको प्रायोजन सहकार्य रहेको छ भने ग्लोबल अनलाईन पे डिजिटल पार्टनरको रुपमा रहेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको दिन अर्थात फाल्गुन २५ गते फेशन र्याम्प, म्युजिकल शो तथा नारी सम्मान कार्यक्रमको आयोजना गर्ने कार्यक्रम रहेको इभेण्ट कम्पनी ग्लोरी मिडियाका अध्यक्ष एवम् प्रबन्ध निर्देशक सरोजले जानकारी दिए । ओझाले अन्तर्राष्ट्रिय नारी दिवसका साथसाथै होली पर्वको अवसर पारेर सो इभेण्ट आयोजक गर्न लागिएको स्पष्ट समेत पारे । संस्था र कार्यक्रम बारे प्रकाश पार्दै उनले भने 'ग्लोरी मिडियाले हालसम्म ८ वटा टेलिभिजन का...
सरिनालाई मिस हिमालय लिटिल एन्जल काठमाडौँको उपाधि

सरिनालाई मिस हिमालय लिटिल एन्जल काठमाडौँको उपाधि

मनोरन्जन, समाचार
काठमाडौँ — फाल्गुन १। कथा ईभेन्टको ब्यानरमा संचालित ‘मिस हिमालय लिटिल एन्जल काठमाडौँ’ को विजेता सरिना तामाङ्ग बनेकी छिन् । विजेता सरिना तामाङ्गले ‘मिस हिमालय लिटिल एन्जल काठमाडौँ’ को उपाधिसहित नगद रु ५०,०००/-, एक वर्षको शैक्षिक छात्रावृत्ती र विभिन्न आकर्षक उपहार प्राप्त गरेकी छिन् भने भ्युवर्स चोईस र बेस्ट हेयरको अवार्ड पनि हाल पार्न सफल भइन । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भव्य समारोहका साथ सम्पन्न प्रतियोगिता वरिष्ठ क्याप्टेन बिजय लामालाई उहाँको कार्यको प्रशंसा गर्दै उहाको नेतृत्वदायी क्षमताप्रति सम्मान समर्पण गरिएको थियो । रोजिन शाक्यको कार्यक्रम सञ्चालन तथा अनिल बुर्जा मगरको निर्देशनमा सम्पन्न कार्यक्रममा प्रतियोगीहरुलाइ एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिएको थियो जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ,...
पेजेन्ट नेपालको आयोजनामा ‘ओसिस व्युटि स्पा भ्यालेन्टाईन फेशन शो’ भव्य रुपमा सम्पन्न

पेजेन्ट नेपालको आयोजनामा ‘ओसिस व्युटि स्पा भ्यालेन्टाईन फेशन शो’ भव्य रुपमा सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं ः प्रणय दिवसको अवसरमा काठमाडौंको धुम्बाराही स्थित,स्काई जोन रेष्ट्रो एण्ड व्यांकेटमा ओसीस स्पा भ्यालेन्टाईन फेशन शो भव्य रुपमा सम्पन्न भएको छ । सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईको प्रमुख आतिथ्यता एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ शिक्षाविद् तथा ईन्टरनेशनल मोटिभेटर पूर्ण लामा, वरिष्ठ ईभेन्ट डाईरेक्टर लब वहादुर कार्की,आयोजक एवं पेजेन्ट नेपालका प्रमुख राज लुईटेल, आयोजक एवं सौन्दर्य व्यबसायी सुशिला थापा, फेशन डिजाईनर ममोथा बस्नेत तथा लोकप्रिय कलाकार गोपाल ढकाल छन्देले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए । भ्यालेन्टाईन्स डे को पूर्व सन्ध्यामा पेजेन्ट नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा १७ जना मोडलहरुले ३ वटा सिक्वेन्समा वेष्टर्न ड्रेस, गाउन तथा कपल सिक्वेन्समा आकर्षक ढंगले र्याम्पमा प्रस्तुत भएका थिए । नायक संजित भण्डार...
पाल्पा चेम्बर अफ कमर्सको आयोजनामा तानसेनमा प्रथम पाल्पा महोत्सव

पाल्पा चेम्बर अफ कमर्सको आयोजनामा तानसेनमा प्रथम पाल्पा महोत्सव

आर्थिक, समाचार
 पाल्पा, १ फागुन - पाल्पा महोत्सव फागुन १ बाट शुरु भएको छ ।उक्त महोत्सवको उद्धघाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गरेका छन् । ‘पाल्पाको समृद्धिको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने नारा सहित आयोजना गरिएको महोत्सवमा २ सय ७५भन्दा बढी स्टलहरु रहेका छन् । यस महोत्सवमा किसानले उत्पादन गरेका कृषिजन्य वस्तु, घरेलु तथा साना उद्योगबाट उत्पादित सामाग्री, पाल्पाली करुवा र ढाका जस्ता स्टललाई प्राथमिकता दिइएको मेला आयोजक पाल्पा चेम्बरका अध्यक्ष चिरन्जिबी पोखरेलले जानकारी दिएका छन् । बिभिन्न जातजातिका कला सँस्कृतिसंगै दैनिक राष्ट्रिय र स्थानीय कलाकारहरुको मेलामा प्रस्तुती रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले महोत्सवको सफलताको कामना गर्दै सर्वसाधरणको स्वास्थ्यको विषयमा सरकार गम्भिर रहेको छ । स्वास्थ्य विमालाई प्रभावकारी स्पमा कार्यान्वन गरिने बताए । उपचार खर्चको...
मिस एण्ड मिसेस ब्युटिफुलको टैलेन्ट राउण्ड सम्पन्न,ग्राण्ड फिनाले फाल्गुन २ गते

मिस एण्ड मिसेस ब्युटिफुलको टैलेन्ट राउण्ड सम्पन्न,ग्राण्ड फिनाले फाल्गुन २ गते

मनोरन्जन, समाचार
मिस एण्ड मिसेस ब्युटिफुल को ग्राण्ड फिनालेको लागी नयां बानेश्वरस्थित एलिनाज बेकरी क्याफेको हलमा टैलेन्ट राउण्ड सम्पन्न भएको छ । सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै फरक पहिचान बनाएको दक्ष इन्टरनेशनलको आयोजनामा बिगत ५ बर्ष देखि निरन्तर आयोजना हुदै आएको मिस एण्ड मिसेस ब्युटिफुल नेपाल बिवाहित तथा अबिवाहित महिलाहरुका लागी आयोजना गरिएको वृहत कार्यक्रमको पछिल्लो तथा महत्वपुर्ण राउण्ड अन्तर्गत प्रतियोगीहरुले आफनो प्रतिभा प्रर्दशन गरेका थिए । बरिष्ठ अभिनेता उत्तम केसी, वरिष्ठ अभिनेत्री रश्मि भट्, बरिष्ठ गायक एवं नेपाल आयल निगमका पूर्व निर्देशक सिताराम पोखरेल, नायिका ताथ मोडल एलिना बांस्कोटा, वरिष्ठ सौन्दर्यविद शशी शाह तथा चर्चित कमेडियन गोपाल ढकाल छन्देले निर्णायकको भूमिका निर्वाह गरेको प्रतियोगी प्रतिभा प्रर्दशन कार्यक्रममा प्रतियोगीहरुले आकर्षक नृत्य, गायन, अभिनय, मौल...