चर्चित कोरियोग्राफर रोजिनको कोरियोग्राफीमा मुम्बईमा मोडल सुपरस्टार २ सम्पन्न
काठमाडौं :हालै मात्र भारतको मुम्बईस्थित अँधेरीमा मोडल सुपर स्टार २ को फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । नेपाली तथा भारतीय मोडलहरुको सहभागिता रहेको फेसन शो शैलीमा सम्पन्न सो मोडल प्रतियोगितामा नेपाली फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यको संचालन तथा कोरियोग्राफी रहेको थियो । प्रतियोगितामा नेपालका रबिन घिसिङ र जिना लिम्बु पाङ्मा विजेता चयन भएका थिए । आकृति सुवेदीले भने भोटिङ आधारमा विजेताको ताज पहिरिन् । नेपालकै स्मृति शाह र प्रशान्त शाह फस्ट रनर अप चयन भएको सो प्रतियोगितामा भारतीय मोडल सुमित आनन्द सेकेन्ड रनर अप तथा स्नेहा बर्मनले अर्गनाइजर च्वाइसको अवार्ड थापे । भारतीय मोडल नेहा शर्माले ट्यालेन्ट विधाको अवार्ड उचालिन् भने नेपाली मोडलहरु रोशन सुनाम वेष्ट वाक र रचना कार्की फोटोजेनिक अवार्डका हकदार बनेका थिए ।
नेपालस्थित प्रोमोटिङ सोलुसन मोडलिङ एजेन्सीले भारतको मुम्बईमा रह...









