आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

भटभटे माइला अब फिल्मका नायक, ‘तीन तीघ्रे क्या बिग्रे’ अनुबन्धित

भटभटे माइला अब फिल्मका नायक, ‘तीन तीघ्रे क्या बिग्रे’ अनुबन्धित

मनोरन्जन, समाचार
काठमाडौं । टेलिभिजन र डिजिटल प्लेटफर्ममार्फत ‘भटभटे माइला’को चरित्रबाट दर्शकमाझ अत्यन्त लोकप्रिय बनेका कमेडियन बेगम नेपाली अब पहिलो पटक ठूलो पर्दामा नायकका रूपमा देखिने भएका छन्। उनी रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मा मुख्य भूमिकाका लागि अनुबन्धित भएका हुन्। वर्षौंदेखि टेलिभिजन, डिजिटल माध्यम र विभिन्न मञ्चमार्फत आफ्नो विशिष्ट हास्य प्रस्तुति दिँदै लाखौँ दर्शकको मन जितेका बेगम नेपालीका लागि यो चलचित्र अभिनय यात्राको नयाँ अध्याय बन्नेछ। सानो पर्दामा ‘भटभटे माइला’ का रूपमा स्थापित उनी पहिलो पटक मुख्य नायकको भूमिकामा देखिन लागेका कारण निकै उत्साहित रहेका छन् । अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रको छायाङ्कन यही सातादेखि सुरु हुने तयारी गरिएको छ। चलचित्रका निर्माता रघुनाथ सापकोटा हुन्। निर्माता सापकोटाक...
‘तीन तीघ्रे क्या बिग्रे’ मार्फत प्रभात लामाको डेब्यु

‘तीन तीघ्रे क्या बिग्रे’ मार्फत प्रभात लामाको डेब्यु

मनोरन्जन, समाचार
काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मा लोकप्रिय कमेडियन प्रभात लामा मुख्य भूमिकाका लागि अनुबन्धित भएका छन्। टेलिभिजन, डिजिटल प्लेटफर्म तथा विभिन्न मञ्चमार्फत लाखौँ दर्शकलाई आफ्नो कमेडी प्रस्तुत गर्दै लोकप्रियता हासिल गरेका प्रभात लामा यस चलचित्रमार्फत पहिलो पटक नायकको भूमिकामा देखिन लागेका हुन्। उनको अभिनयले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास निर्माण टिमले लिएको छ। फिल्ममा अनुबन्धित भएपछि प्रभातले चलचित्र अभिनयलाई लिएर निकै उत्साहित रहेको बताएका छन्। अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्ने यस चलचित्रको छायाङ्कन यही सातादेखि सुरु हुने तयारी गरिएको छ। चलचित्रका निर्माता रघुनाथ सापकोटा हुन्। निर्माता सापकोटाका अनुसार चलचित्रमा नेपाली मनोरञ्जन क्षेत्रका अन्य चर्चित तथा लोकप्रिय कलाकारहरूको पनि सशक्त उपस्थिति रहने...
डा. पोखरेल, वियोगी र न्यौपानेलाई डायमनशमशेर राणा प्रतिभा सम्मान

डा. पोखरेल, वियोगी र न्यौपानेलाई डायमनशमशेर राणा प्रतिभा सम्मान

समाचार, समाज
उपन्यासकार डायमनशमशेर राणाको १०९औँ जन्मजयन्तीका अवसरमा डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठानले राणाका ऐतिहासिक उपन्यासका विषयमा विद्यावारिधि गरेका डा. टीकाराम पोखरेल, उनका विषयमा ‘डायमनश्री’ महाकाव्य लेखेका माधव वियोगी र राणाका विषयमा खोज अनुसन्धान गरेका उपप्राध्यावक डा. विष्णु न्यौपानेलाई डायमनशमशेर राणा प्रतिभा सम्मान÷पुरस्कार प्रदान गरेको छ ।डायमनशमशेर राणाका ऐतिहासिक उपन्यासमा इतिहास र कल्पनाको प्रयोगको सीमा, त्यसको ऐतिहासिकता र ऐतिहासिक उपन्यासमा औपन्यासिक शिल्प र कलाको तादाम्यता कसरी हुनुपर्छ र इतिहास र उपन्यास बिचको सन्तुलन कसरी कायम गर्नुपर्छ भन्ने कुराको सैद्धान्तिक आधारमा पोखरेलले डायमनशमशेरको उपन्यासहरुको अध्ययन गरी वि. सं. २०६६ सालमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको हो । यसैगरी वियोगीले डायमनशमशेरको जीवनी र कृतिलाई आधार मानी डायमनशमशेरलाई महाकाव्यको नायकको रुपमा...
“रातो घेरा – द रेड सर्कल” को शुभमुहूर्त सम्पन्न, असार २५ देखि छायांकन सुरु हुने

“रातो घेरा – द रेड सर्कल” को शुभमुहूर्त सम्पन्न, असार २५ देखि छायांकन सुरु हुने

मनोरन्जन, समाचार
काठमाडौं । निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण हुन लागेको चलचित्र “रातो घेरा – द रेड सर्कल” को आज बिहीबार पाटनस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको छ । असार २५ गतेदेखि छायांकनमा जाने फिल्मको बिहिवार विधिवत रूपमा पटकथा पूजा गर्दै शुभारम्भ गरिएको हो । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर सहित करिब दुई दर्जन कलाकारहरूको अभिनय रहने यस चलचित्रको निर्माण विश्राम फिल्म्स प्रा. लि. को ब्यानरमा निर्माण हुन लागेको हो । अधिकांश छायांकन काठमाडौं उपत्यकामा गरिने निर्माण पक्षले जनाएको छ भने चलचित्रको प्रदर्शन मिति समेत तय भइसकेको छ । चलचित्र आगामी मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने छ । निर्देशक अनिल बुढा मगरका अनुसार चलचित्र सामाजिक तथा भावनात्मक पक्षमा आधारित कथा प्रस्तुत गर्नेछ । सत्य घटनामा आधारित भएर निर्माण भइरहेको यस फिल्मलाई अझ भव्य, कथात्मक रूपमा सशक्त तथा प्राविधिक रूपमा ...
मनोरन्जन, समाचार
तामाङ कला-संस्कृति जोगाउने अभियान: 'मिसेस तामाङ' को ग्रान्ड अडिसन छिट्टै काठमाडौँ । तामाङ समुदायका विवाहित गृहिणी तथा व्यावसायिक महिलाहरूमा रहेको प्रतिभा, आत्मविश्वास र सांस्कृतिक पहिचानलाई प्रबर्द्धन गर्ने उद्देश्यका साथ सौन्दर्य प्रतियोगिता ‘मिसेस तामाङ २०२६’ (Mrs. TAMANG 2026 Season- 5) को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आयोजकका अनुसार यस वर्षको ‘ग्रान्ड अडिसन’ छिट्टै नै सुरु हुँदैछ। एस.के. इन्टरटेनमेन्ट (SK Entertainment) को प्रस्तुतिमा आयोजना हुन लागेको यो प्रतियोगिता पूर्ण रूपमा नि:शुल्क (FREE) रहनेछ। प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक आकांक्षीहरूका लागि आवेदन फारमदेखि प्रशिक्षणसम्मको सम्पूर्ण व्यवस्था नि:शुल्क गरिएको आयोजक तथा वरिष्ठ महिला समाजेवी शान्ता कुमारी तामाङ्गले जनाएका छिन । व्यावसायिक सौन्दर्य प्रतियोगिताहरूमा...
सुदूरपश्चिमको डोटेली गीत ‘मिनाकुमारी’ सार्वजनिक

सुदूरपश्चिमको डोटेली गीत ‘मिनाकुमारी’ सार्वजनिक

मनोरन्जन, समाचार
धनगढी। ए.एस. उडान फिल्म प्रोडक्सन प्रा.लि.को प्रस्तुतिमा तयार गरिएको डोटेली भाषाको गीति एल्बम ‘हिरोइन मिनाकुमारी’ एक विशेष समारोहका बीच भव्य रूपमा सार्वजनिक गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि सु.प. प्रज्ञा प्रतिष्ठानका संस्थापक उपकुलपति तथा संस्कृतिविद् डा. टी.एन. जोशीले एल्बमको औपचारिक विमोचन गर्दै सुदूरपश्चिमको भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यस्ता सिर्जनात्मक प्रयासले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी राजकुमार जोशी, सनराइज टिभीका CEO दीप श्रेष्ठ, प्रबन्ध निर्देशक उत्तम थापा, विभिन्न सांस्कृतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरू, कलाकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता तथा उद्घोषण ए.एस. उडान फिल्म प्रोडक्सन प्रा.लि.का अध्यक्ष तथा सुदूरपश्चिमका प्रथम नायक अम्बिका प्...
नेशनल किड्स एण्ड टिन्स सुपरस्टार–३ का विजेता घोषित, २०२७ मा थाइल्याण्डमा प्रतिनिधित्व गर्ने

नेशनल किड्स एण्ड टिन्स सुपरस्टार–३ का विजेता घोषित, २०२७ मा थाइल्याण्डमा प्रतिनिधित्व गर्ने

मनोरन्जन, समाचार
काठमाडौं । बालबालिकाको व्यक्तित्व विकास, नेतृत्व क्षमता, आत्मविश्वास तथा अन्तरनिहित प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यसहित आयोजित ‘नेशनल किड्स एण्ड टिन्स सुपरस्टार सिजन–३’ को ग्रान्ड फिनाले शुक्रबार राष्ट्रिय नाचघर, जमलमा भव्य रूपमा सम्पन्न भएको छ। व्ल्याकवर्ड ईन्टरटेनमेन्टको आयोजनामा तथा कसविज हर्वल्सको टाइटल स्पोन्सरशिपमा सम्पन्न प्रतियोगितामा ललितपुर जिल्लाका २५ विद्यालयका ४० जना विद्यार्थी सहभागी भएका थिए। प्रतियोगिताअन्तर्गत जुनियर गर्ल्स समूहमा १६, ब्वाइज समूहमा ११ तथा सिनियर गर्ल्स समूहमा १३ जना प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा गायन, नृत्य, व्यक्तित्व विकास, स्टेज प्रस्तुति, आत्मविश्वास, प्रश्नोत्तर तथा विभिन्न सिर्जनात्मक चरणमार्फत सहभागीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। ग्रान्ड फिनालेमा प्रस्तुत भएका आकर्षक सांस्कृतिक कार्यक्रम, नृत्य तथा...
ट्रेड भिजन कार्गो एण्ड कुरियरले औपचारिक रूपमा सेवा प्रारम्भ गर्‍यो

ट्रेड भिजन कार्गो एण्ड कुरियरले औपचारिक रूपमा सेवा प्रारम्भ गर्‍यो

मनोरन्जन, समाचार
काठमाडौं,— नेपालको अन्तर्राष्ट्रिय कार्गो तथा कुरियर क्षेत्रमा नयाँ पहिचान स्थापित गर्ने उद्देश्यसहित ट्रेड भिजन इन्भेष्टमेन्ट कम्पनीद्वारा प्रवर्द्धित ट्रेड भिजन कार्गो एण्ड कुरियर प्रा.लि. को औपचारिक शुभारम्भ आज काठमाडौं महानगरपालिका–१६, बालाजु बाइपासस्थित कार्यालयमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन ट्रेड भिजन इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष विनोद भट्टराई तथा चर्चित गायिका सरिका घिमिरेको विशेष उपस्थितिमा रिबन काटेर गरिएको थियो। कार्यक्रममा उडान कार्गो, सारथी कार्गो, युनिका कार्गो, नेपाल रक्तदाता संघ, नेपाल चलचित्र पत्रकार संघकी गीता अधिकारी, गायक गौरव दर्पण, व्यवसायी युवराज श्रेष्ठ, गोपाल बिष्ट लगायत विभिन्न व्यवसायिक तथा सामाजिक संघ–संस्था, स्थानीय बासिन्दा, व्यवसायी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नवस्थापित कम्पनीको सफलताको कामना गर्दै आगामी दिनमा सं...
राजु शाह निर्देशित ‘जाँड’ आजदेखि देशभरका सिनेमाघरमा

राजु शाह निर्देशित ‘जाँड’ आजदेखि देशभरका सिनेमाघरमा

मनोरन्जन, समाचार
काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा राजु शाहको निर्देशन रहेको चलचित्र ‘जाँड’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत यो चलचित्र आजदेखि सिनेमाघरहरूमा आएको हो । चलचित्रले समाजमा जरा गाडेर बसेका विभिन्न विकृति तथा कुसंस्कारविरुद्ध सशक्त सन्देश दिने निर्माणपक्षले जनाएको छ । चलचित्र ‘जाँड’ले मद्यपानका कारण परिवारमा उत्पन्न हुने तनाव, कलह र त्यसले समाजमा पार्ने नकारात्मक प्रभावलाई मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ । यसअघि सार्वजनिक भएको चलचित्रको ट्रेलरले जाँड सेवन गर्ने व्यक्तिको व्यवहारले परिवारमा सिर्जना गर्ने समस्याका साथै पत्नी, छोरी र समाजले त्यस्ता व्यक्तिलाई हेर्ने दृष्टिकोणलाई यथार्थपरक ढंगले चित्रण गरेको देखिन्छ । चलचित्रले मद्यपानको लतले पारिवारिक सम्बन्धमा ल्याउने दरारमात्र होइन, नेपाली समाजमा अझै विद्यमान ‘वंश धान्न छोरा नै चाहिन्छ’ भन्ने परम्परागत सोचमाथि पनि ...
बौद्ध अम्बेडकर पार्क निर्माण सुरु, बुद्ध प्रतिमा अनावरण

बौद्ध अम्बेडकर पार्क निर्माण सुरु, बुद्ध प्रतिमा अनावरण

समाचार, समाज
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले कैलालीको घोडाघोडी नगरपालिका–१० स्थित बुलबुलेमा भगवान गौतम बुद्धको प्रतिमा अनावरण गर्नुका साथै बौद्ध अम्बेडकर पार्कको शिलान्यास गर्नुभएको छ। नेपाल बौद्ध अम्बेडकर महासभाद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी प्रदेश प्रमुखले बुद्ध प्रतिमाको अनावरण तथा पार्कको शिलान्याससँगै वर र पीपलका बिरुवा रोपेर वृक्षरोपण कार्यक्रमको समेत शुभारम्भ गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुखले सुदूरपश्चिम प्रदेश बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताले सम्पन्न प्रदेश भएकाले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो। उहाँले यस्ता स्थलहरूले प्रदेशको पहिचान, सामाजिक सद्भाव र पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभयो। प्रदेश प्रमुखले कार्यक्रमस्थलमा रहेको प्राकृतिक पा...