भदाै २८ पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि भएको छ ।क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा थप ३२ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २९३५ पुगेको छ ।
भदौ २८ सिन्धुपाल्चोक । लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ ।
नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताए । ‘ठूलै मानवीय क्षति भएको हुनसक्ने खबर सुनेर घटनास्थलतर्फ जाँदैछु’, शेर्पाले भने । उनले पहिरोमा अझै २३ जना बेपत्ता भएको जानकारी दिए । उनका अनुसार दुई जनाको उद्धार गरिएको छ ।
इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा सात घरका १७ जना बेपत्ताको सूची निकालिएको जानकारी दिए । नागपुजेमा कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ ।
यता सिन्धुपाल्चोकका प्रहरी डिएसपी प्रकाश सापकोटाले घटनास्थलतर्फ जनपद र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जानकारी दिएका छन् । पहिरोस्थल सदरमुकाम चौताराबाट करिब ५० किलोमिटरको ...
बलिउड अभिनेता सोनु सुदले शिक्षा क्षेत्रमा सहयोग गर्ने भएका छन्। स्कूल, कलेजका विद्यार्थी भर्चुल क्लासमार्फत पढिरहेका छन्। तर, भारतका सबै विद्यार्थीसँग इन्टरनेट साथै मोबाइल र ल्यापटपको पहुँच छैन। पहुँच एवं पैसा नभएका विद्यार्थीहरूका लागि सुदले नयाँ योजना ल्याएका हुन्।
उनले मृत आमा प्राध्यापक सरोज सुदको नाममा छात्रवृत्ति उपलब्ध गराउने भएका हुन्।
‘मेरो आमाले विद्यार्थीहरूलाई निः शूल्क पढाउनुहुन्थ्यो। र, आफ्नो मृत्युपछि पनि शिक्षा क्षेत्रमा योगदान पुर्याउन आग्रह गर्नुभएको थियो। त्यसैले यो कार्य गर्न लागेको हुँ,’ सुदले भने।
उनका अनुसार कोरोना भाइरसको संक्रमण फैलिएसँगै सुरु भएको लकडाउनमा सिटी बाहिर पुगेका जेहेनदार विद्यार्थीहरूलाई अनलाइन क्लासको लागि सहयोग गर्नेछन्। त्यसका लागि आफूले विभिन्न विश्वविद्यालयसँग सहकार्य गरेको उनले बताए।
मेडिकल, इन्जिनियरिङ, आर्टिफिसिय यन्टेलिजेन्...
जापानी खेलाडी नाओमी ओशाका दुई वर्षपछि पुनः युएस ओपन च्याम्पियन बनेकी छन्।
न्यूयोर्कमा भएको फाइनलमा भिक्टोरिया अजारेन्कालाई पराजित गरेर ओशाकाले युएस ओपनको महिला एकल तर्फको उपाधि जितेकी हुन् ।
सन् २०१८ मा पनि उपाधि जितेकी चौथो बरियताकी २२ वर्षे ओशाकाले बेलारुसकी अजारेन्कालाई १–६, ६–३ र ६–३ को सेटमा पराजित गरेकी हुन् ।
सन् २०१३ पछि पहिलोपटक प्रमुख प्रतियोगिताको फाइनलमा पुगेकी अजारेन्काले पहिलो सेटमा जित निकाले पछि त्यसपछि पछि परिन् ।
ओशाकाले खेल जीवनको तेस्रो ग्राण्डसलाम उपाधि जितेकी हुन् । ओशाकाले सन् २०१९ मा अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी थिइन् ।
...
सिन्धुपाल्चोकमा बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गएराति खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएका छन्।
स्थायीक शिक्षक बजिर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता भएका छन्। भीरखर्कमा पुरिएका र वेपत्ता मानिसबारे नजिक पुगेर जानकारी दिन कठिन भइरहेको स्थायनीयले जनाएका छन्।
बाह्रविसे नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले दुई ठाउँमा गरी पहिरोले १५ घर पुरेको, २३ जना बेपत्ता भएको र १ एकजनाको शव फेला परेको जानकारी दिए। उनको घटनाको विवरण आइनसकेको जानकारी दिए। घटनाको खबर पाउने वित्तिकै सभामुख अग्नि सापकोटा बाह्रबिसे प्रस्थान गरेका छन्।
...
भदौ २७ । डोटीको बडिकेदार गाउँपालिका जिल्लाकै पहिलो कोरोनामुक्त गाउँपालिका बनेको छ । कोरोना सङ्क्रमण देखिएका स्थानीयवासीको स्वाब सङ्कलनको नतिजा नेगेटिभ आएसँगै सो गाउँपालिका जिल्लाको पहिलो कोरोनामुक्त गाउँपालिका बनेको हो ।
गत जेठमा भारतबाट घर फर्किएका १३ जनामा कोरोना सङ्क्रमण देखिएको र आइसोलेसनमा उपचार गराएर उनीहरु निको भएपछि बडिकेदार गाउँपालिका अहिले कोरोनामुक्त भएको सो गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिका हाललाई कोरोना सङ्क्रमण मुक्त गाउँपालिका भएको छ ।”
छिमेकी जिल्ला र स्थानीय तहहरुमा कोरोना सङ्क्रमणको सङ्ख्या बढ्दै गइरहेको अवस्थामा सङ्क्रमणको स्थितिलाई दृष्टिगत गरी थप सङ्क्रमण फैलिन नदिन रोकथाम तथा उपचारसम्बन्धी कार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाई आवतजावत बन्द गरिएको अध्यक्ष चन्दको भनाइ छ ।
उहाँका अनुसार एक टोेलबाट अर्को ट...
भदौ २७ तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकामा कार्यरत तीन कर्मचारी र चार स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा तुलसीपुरका २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार वडा न. ८ स्थित भिमसेन नगर शहरी प्रवद्र्धन केन्द्र, वडा नं ३ स्थित प्रतापकोट वडा स्वास्थ्य केन्द्र, वडा नं १९ छिल्लीकोट सामुदायिक स्वास्थ्य चौकी, वडा नं ६ स्थित गोलौरा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना सङक्रमण पुष्टि भएको छ ।
तीमध्ये कर्मचारी, स्वास्थ्यकर्मीसहित कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्ति रहेका छन् । जम्मा ८९ जनाको स्वाब परीक्षण गर्दा वडा नं ६ का छ, वडा नं १८ का चार, वडा न. २, ८ र १६, मा २÷२ जना तथा वडा नं ३,४, ५, १५, १७ र १८ मा एक÷एक जनामा कोरोना सङक्...
भदाै २७ काठमाडाै । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा कार्यरत कर्मचारीमध्ये कोरोना जितेर फर्किएकासँग अन्तरक्रिया गरेका छन।कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेतृत्व गरिरहेका मन्त्रालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि उनले यसअघि सम्बन्धित कर्मचारीसँग फोनमा कुराकानी गरेका थिए।
मन्त्रालयका उच्चअधिकारीलाई सँगै राखेर मन्त्री ढकालले कोरोना पोजेटिभ भएका कर्मचारीको अनुभव तथा भोगाइ सुनेका हुन्।उनले समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने अवस्था आएको उल्लेख गर्दै कोरोना जितिसकेका कर्मचारीको वास्तविक अनुभव बाहिर आउनुपर्ने बताए।
मन्त्री ढकालले कोरोना महामारीविरूद्धको लडाइँको अग्रमोर्चामा बसेर सामना गरिरहेका चिकित्सक, नर्स, स्वाथ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, पत्रकारलगायत सबैको उच्च सम्मान गरे।
उनले कोरोनाबाट बच्नका लागि पूर्वजीवनशैली...
भदाै २७ काठमाडौँ । शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली सेनाको जहाज गुडाउँदै दरबारमार्गस्थित नारायणहिटी संग्राहलय लगिएको छ । भीभीआईपी सेक्युरिटीमा पहिला राजसंस्थाले प्रयोग गर्ने नेपाली सेनाको जहाज नारायणहिटी संग्राहलय लगिएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।
एभ्रो एयर क्राफ्टको जहाज सडकमा गुडाएरै आज रातिसम्म नारायणहिटी संग्रालय पुर्याइने पौडेलले बताए । उनले भने, ‘जहाजको पार्टपुर्जा निकालेर गुडाउँदै लगिएको छ ।’जहाजलाई पाँच भागमा विभाजन गरेर खोलिएको पौडेलले जानकारी दिए । ‘आउट अफ फेज’ भएको जहाजलाई नारायणहिटी संग्राहलय पुर्याएपछि ‘एसेम्बल’ गरिने पौडेलले बताए ।
गुडाउँदै लैजाने क्रममा तीनकुनेस्थित गैह्रीधाराको मोडमा जहाज ठोक्किएको छ । जहाज ठोक्किएपछि एकछिन सडकमै रोकिएको थियो । नारायणहिटी संग्रालयमा राखिने नेपाली सेनाको जहाज घ...
भदौ २७ कास्की। राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाको कास्की खण्डको काम बन्दाबन्दी तथा निषेधाज्ञाका कारण प्रभावित बनेको छ ।पछिल्लो पटक गत चैतदेखि देशभर आह्वान गरिएको बन्दाबन्दीका कारण आयोजनामा कार्यरत मजदूर घर गएको तथा अहिलेसम्म पनि फर्किने वातावरण नबन्दा आयोजना तोकिएकै समयभित्रमा बन्न नसक्ने देखिएको छ ।
विसं २०७३ भदौमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सो राजमार्ग निर्माणको ठेक्का सम्झौता भए पनि शुरुआतमा बिजुुलीका पोल र खानेपानी पाइप स्थानान्तरणमा ढिलाइ हुँदा समेत काम प्रभावित बनेको थियो । राजमार्गको कास्की खण्ड अन्तर्गतको हाल निर्माणाधीन ३७ किमी सडकलाई तीन खण्डमा विभाजन गरी बोलपत्र आह्वान भएर रु दुई अर्ब ९३ करोड ६६ लाखको लागतमा ठेक्का सम्झौता गरिएको थियो ।
याम्दीदेखी सुइखेतफाँटसम्म स्वच्छन्द इलाइट जेभीले रु ९८ करोड ७९ लाख ६१ हजार ४१५ तथा सुइखेतदे...