के नेपालमा फेरि लकडाउन हुँदैछ ?
असोज ७ काठमाडौं । देशमा सक्रिय संक्रमित को संख्या २५ हजार पुगे फेरि लकडाउन बन्दाबन्दी हुने भएको छ ।स्वास्थ्य मन्त्रालयका सचिव संयोजक रहेको इन्सिडेन्ट कमान्ड सिस्टम आईसीएस को आज बुधबार बसेको बैठकले २५ हजार सक्रिय संक्रमित पुगे लकडाउन (बन्दाबन्दी) गर्न सिफारिस गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ ।
यस्तो छ, पछिल्लो २४ घण्टाको अपडेट :
बितेको २४ घण्टामा नेपालमा थप १ हजार १७२ जनामा कोरोना भाइरस ‘कोभिड- १९’ संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ९ हजार ४४९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ४९२, ललितपु...









