मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

एक पुरुषको मृत्युपछि कोरोना पुष्टि

एक पुरुषको मृत्युपछि कोरोना पुष्टि

समाचार
असोज ८ चितवन । जिल्लामा एक जनाको मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचाररत् बारा कलैया नगरपालिका वडा नं १० का ७७ वर्षीय पुरुषको मृत्युपछि आज सङ्क्रमण पुष्टि भएको हो। ती पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए।यही असोज ३ गते ज्वरो र निमोनियाको समस्या देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो। आज नै चितवन मेडिकल कलेजमा उपचारत् एक युवकको पनि कोरोना सङ्क्रमणबाट मृत्यु थियो । भरतपुर अस्पतालमा प्रदेश स्तरीय सरुवारोग अस्पताल बनाइने भएको छ। पचास श्ययाको अस्पताल निर्माणका लागि भरतपुर अस्पताललाई आवश्यक प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पत्राचार गरेको छ। अस्पताल विकास समतिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार मन्त्रालयले सरुवारोग रोकथाम, निय...
कतारबाट दुई उडान मार्फत ३१२ नेपाली स्वदेश फर्किए

कतारबाट दुई उडान मार्फत ३१२ नेपाली स्वदेश फर्किए

समाचार
असोज ८ दोहा – कतारबाट दुई उडानमार्फत ३१२ नेपाली स्वदेश फर्किएका छन् । कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकमध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरण मार्फत  ४३ औं र ४४ औं उडानबाट उनीहरु स्वदेश फर्किएका हुन् । दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत ३ महिलासहित १४५ जना तथा हिमालय एयरलाइन्सको ९५६३२ उडानमार्फत २ महिलासहित १६७ नेपाली  स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रविण भट्टराईले बताए । स्वदेश फर्कन लागेका नेपालीहरूको यात्राको समन्वय, सहजीकरण तथा बिदाइका लागि दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । यसैगरी, नेपाल एयरलाइन्सले दोहा–काठमाण्डौ सेक्टरका लागि सेप्टेम्बर २६, २७, २९ र ३० तारिखका लागि उडान तय भएको दूतावासले जनाएको छ । ...
पूर्वप्रधानमन्त्री खनालद्वारा इलाम अस्पताललाई स्वास्थ्य सामाग्री वितरण

पूर्वप्रधानमन्त्री खनालद्वारा इलाम अस्पताललाई स्वास्थ्य सामाग्री वितरण

राजनीति, समाचार
पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलाम अस्पताललाई पीपीई वितरण गरेका छन् । स्वास्थ्यकर्मीलाई सुरक्षित भएर काम गर्ने वातावरण बनोस् भनेर उहाँले सो सामग्री वितरण गरेका हुन् । आफ्नो गृह जिल्लाको एकमात्र सरकारी अस्पतालका डा प्रभु शाहलाई पूर्वप्रधानमन्त्री खनालले इलाम अस्पतालका प्रमुख सामग्री हस्तान्तरण गरेका हुन् । उनले इलाम अस्पतालका लागि २५ थान पीपीई र १०० थान गगल्स वितरण गरेका हुन् । जिल्लामा कोरोनाविरुद्धको लडाइँका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्दै आएका उनले यसअघि पनि जिल्लाको सूर्योदय नगरपालिकालाई सामग्री हस्तान्तरण गरेका थिए । उनले गत भदौमा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहलाई ८०० थान पीपीई र एक हजार ५०० थान सेफ्टी गगल्स प्रदान गरेका थिए । खनालले चाइना इन्टरनेशनल कम्युनिकेशनल सेन्टर चीनको सहयोगमा ती सामग्री वितरण गरेको बताइएको छ । लकडाउन खुले पनि कोरोनाको त्रास समाजम...
वीरेन्द्रनगरबाट नयाँ लाइसेन्स वितरण शुरु

वीरेन्द्रनगरबाट नयाँ लाइसेन्स वितरण शुरु

समाचार
असोज ८ सुर्खेत । वीरेन्द्रनगरबाट नयाँ लाइसेन्स वितरण शुरु गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज एक कार्यक्रमबीच सेवाग्राहीलाई नयाँ लाइसेन्स वितरण गर्नुभयो । गत माघ ६ गतेबाट नयाँ लाइसेन्स सेवा शुरु गरेको कर्णालीको यातायात व्यवस्था कार्यालयले आज मुख्यमन्त्री शाहीको उपस्थितिमा पाँचसय ५३ नयाँ लाइसेन्स वितरण गरिएको छ । गत माघबाटै सेवा शुरु गरिए पनि छपाई गर्न काठमाडौँ पठाउनुपर्ने र कोभिड–१९ का कारण वितरण प्रक्रिया ढिला भएको यातायात व्यवस्था कार्यालयका प्रमुख आनन्द चपाइँले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ लाइसेन्सबाट मात्रै रु आठ लाख ९२ हजार राजश्व सङ्कलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा रु १० करोड ७३ लाख राजश्व सङ्कलन गरिएको जनाएको छ । ‘उत्तरदायी र पारदर्शीरुपमा लाइसेन्स वितरण गर्नुस्’मुख्यमन्त्री शाहीले उत्तरदायी र पारदर्शीरुपमा लाइसेन्स वितरण गर्न निर...
पशुपति मन्दिर र लुम्बिनी खुला गर्ने तयारी

पशुपति मन्दिर र लुम्बिनी खुला गर्ने तयारी

समाचार
असोज ८ काठमाडौं। कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि सर्वसाधारणलाई दर्शन गर्न दिईएको थिएन । विभागीय मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पशुपति मन्दिर र लुम्बिनी खुला गर्ने निर्णय गरेको छ सर्वसाधारणको लागि मन्दिर दर्शन खुला गर्दा मापदण्ड भने बनाईने भएको छ । कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकमा मन्त्री योगेश कुमार भट्टराईले यसबारेमा सिफारिस लैजाने भएका हुन् । आज (बिहीबार) मन्त्रालयमा बसेको उच्चस्तरीय समुहको बैठकले अब धार्मिकस्थलहरु खुला गर्ने निर्णय गरेको हो । पछिल्लो समय पशुपति मन्दिर दर्शनको लागि सर्वसाधरणलाई खुला गरिनुपर्ने जनदबाब बढिरहेको छ । ...
कांग्रेस महामन्त्री कोइराला कोरोनामुक्त

कांग्रेस महामन्त्री कोइराला कोरोनामुक्त

समाचार
असोज ८ काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोनामुक्त भएका छन्।कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो। बुधबार राति आएको रिपोर्टअनुसार कोइराला कोरोनामुक्त भएका हुन्। उनका स्वकीय सचिव तिवारीमा भने अझै कोरोना संक्रमण नै देखिएको छ। उनी होम आइसोलेसनमा छन् । गत भदौ २३ गते कोइरालालाई कोरोना देखिएको थियो । कोरोना संक्रमणकै क्रममा स्वास्थ्य समस्या देखिएर अस्पताल भर्ना भएका उनी केहीदिनमै ठीक भएर घर फर्किएका थिए । ...
ललितपुरको भट्टेडाँडामा पहिरो, ५ जना घाइते

ललितपुरको भट्टेडाँडामा पहिरो, ५ जना घाइते

समाचार
असोज ८ काठमाडौं। ललितपुरको भट्टेडाँडामा पहिरो गएको छ । अविरल वर्षापछि गएको पहिरोमा २ वटा टिप्पर र एउटा मोटरसाइकल पुरिँदा ५ जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार ललितपुरको बाग्मती गाउँपालिका- ३ भट्टेडाँडामा गएको पहिरोले २ वटा टिप्पर र एउटा मोटरसाइकल पुर्दा ५ जना घाइते बनेका हुन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । एसएसपी राईका अनुसार घाइतेहरुको उपचारका लागि काठमाडौं ल्याइएको छ । ...
चितवन जलमग्न, भरतपुर अस्पतालको बिरामी कक्ष समेत डुबानमा

चितवन जलमग्न, भरतपुर अस्पतालको बिरामी कक्ष समेत डुबानमा

समाचार
असोज ८ चितवन । चितवनको भरतपुर अस्पताल डुवानमा परेको छ । लगातार तेस्रो दिन पानी परिरहेकाले अस्पतालको पुरानो भवनका विभिन्न कक्ष र अस्पताल वरपरको भाग डुवानमा परेको हो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालको आकस्मिक, अब्जरबेसन, स्टोर, स्पाईनर ईन्जुरीलगायतका कक्षमा पानी पसेको छ । ती कक्षका बेडहरुमा बिरामी भए पनि कोठामा पानी भरिएको छ । पानीले के कति क्षति पुर्‍यायो भन्ने एकिन हुन नसकेको उनले बताए । अस्पताल वरिपरि पानीको तलाउ बनेपछि आवतजावतमा कठिनाई भएको छ । पानीको उचित निकास नहुँदा अस्पताल वरपर वर्षेनी डुवानको समस्या हुने भएपनि अस्पताल भित्रै पस्ने समस्या भने कम थियो । चार वर्ष अघि स्टोर कक्षमा पानी पसेको भएपनि बिरामी राखिएकै ठाउँमा पानी पसेको थिएन । अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले सबैतिर पानी भएकाले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भईरहेको...
सडकबाट तल खस्यो माइक्रो, १७ जना घाइते

सडकबाट तल खस्यो माइक्रो, १७ जना घाइते

समाचार
असोज ८ काभ्रे - धुलिखेल नगरपालिका(९ विपी राजमार्गस्थित पानी ट्याङ्कीमा बा।४ ख ५८७० नम्बरको हायस गाडी बिहीबार बिहान सडकबाट करिब ८० फिट तल खसेर दुर्घटना हुँदा चालक सहित १७ जना घाइते भएका छन् । दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट काभ्रेभञ्याङबाट खटिएको प्रहरीले घाइतेहरुलाई धुलिखेल अस्पताल पठाएको छ । घाइतेमध्ये १ जना गम्भीर, ८ जना मध्यम र ८ जनाको अवस्था सामान्य रहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...
हप्तामा दुई दिन बिदा दिने प्रस्ताव

हप्तामा दुई दिन बिदा दिने प्रस्ताव

समाचार
असोज ८ काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेश गर्ने भएको छ। पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा आज बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको हो। पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य रहेको एक समिति निर्माण गरिएको छ। समितिमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिलाई समेत सामेल गरेर अध्ययन प्रस्ताव तयार गर्न लागिएको हो। त्यस्तै बैठकले पशुपति...